आरएसडीसी लघुवित्तको ४ लाख कित्ता साधारण सेयर बाँडफाँड

काठमाडौं, ३० असोज । आरएसडीसी लघुवित्त बिकास बैंकले जारी गरेको ४ लाख कित्ता साधारण सेयर बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलमा सो मात्रामा साधारण सेयर बाँडफाँड भएको हो । उक्त सेयर आवेदकहरुले न्युनत्तम ११ कित्तादेखि शून्य दशमलब ३८ प्रतिशतसम्म शेयर पाएका छन् । ५ हजार रुपैयाँ वा ५० कित्तादेखी २ लाख ५५ हजार रुपैयाँ वा २५५० कित्ता शेयरमा आवेदन दिनेहरु गोलाप्रथाबाट छानिएका छन् । उनीहरुले १० कित्ताको दरमा शेयर पाएका छन् । त्यस्तै, २५६० कित्ता देखि ४ हजार कित्ता शेयरको लागि आवेदन दिनेले ११ देखि १४ कित्तासम्म शेयर पाएका छन् । यो वर्गकालाई शून्य दशमलब ३५ देखि शून्य दशमलब ३८ प्रतिशतको दरमा शेयर बाँडफाँड गरिएको हो । हाल बैंकको चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणका लागि चार करोड बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ ।

अरुण काबेलीको ३० कित्ता आइपिओ कात्तिक ९ देखि

काठमाडौं, २१ असोज । अरुण काबेली पावरले सर्वसाधारणको लागि ३० लाख कित्ता सेयर निस्कासन गर्ने भएको छ । कम्पनीले शुक्रबार सार्वजनिक सुचना प्रकाशित गरेर ९ कात्तिकदेखि साधारण सेयर निस्कासन खुल्ला गर्ने जानकारी दिएको छ । सो पावरको इस्यू म्यानेजर सिद्धार्थ क्यापिटल हो । कम्पनीले सर्बसाधारणको लागि छुट्टयाएको सेयर निस्कासन बन्द छिटोमा १२ कात्तिक र ढिलोमा २३ कात्तिकमा हुनेछ । सो कम्पनीको सेयर कम्तिमा ५० कित्ता र बढीमा १५ हजार कित्ताको लागि निवेदन दिन पाइनेछ । कम्पनीमा ७० प्रतिशत प्रमोटर सेयर लगानी छ भने आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि १० प्रतिशत सेयर यसअघि नै निस्कासन गरिसकिएको छ । बाँकी रहेको २० प्रतिशत सेयर सर्वसाधारणलाई दिन लागिएको हो । सो पावर कम्पनीको अधिकृत पूजी १ अर्ब ५० करोड रुपैयाँ छ । आयोजना स्थल पाँचथर र ताप्लेजुङ जिल्लाको थर्पु, नागी, थुम्बेदिन र साब्लाङ गाविसमा पर्छ । सो आयोजनावाट बार्षिक १४ करोड १७ लाख ४६ हजार ४ सय ७० किलोवाट घण्ट विद्युत उत्पादन हुनेछ । यसरी उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणलाई बर्षायाममा प्रतिकिलोवाट घण्टा ४ रुपैयाँ ८० पैसा र हिउदाका दिनहरुमा प्रतिकिलोवाट घण्टा ८ रुपैयाँ ८० पैसाको दरले विक्री गर्ने सम्झौता प्राधिकरणसँग भइसकेको छ । यस्तो मूल्य आर्थिक बर्ष २०७३/७४ लाई आधार बर्ष मानी त्यसपछिका प्रत्येक आर्थिक बर्षमा बार्षिक ३ प्रतिशतका दरले ८ पटक मूल्य बढाउने सम्झौता प्राधिकरण र आयोजनाको विचमा भएको छ । सो आयाजना बनाउनको लागि ४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । २५ मेगावाट क्षमताको सो आयोजना प्रतिमेगावाट १६ करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ । कम्पनीमा हाल १ हजार ९ सय १३ जना प्रमोटर र १४ हजार ६ सय ७३ जना आयोजना प्रभावित क्षेत्रका सेयरधनी छन् । कम्पनीलाई इक्रा नेपालले ४ प्लस रेटिङ दिएको छ । सो कम्पनीको साधारण सेयरको लागि आवेदन दिन सिद्धार्थ क्यापिटलको कार्यालय, सिद्धार्थ बैंकका शाखा कार्यालयहरु र अरुण काबेली पावर लिमिटेडको कार्यालयमा सम्पर्क गर्नुपर्ने कम्पनीले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

सेयरमा विदेशी लगानी खुला हुँदै, उद्योग मन्त्रालयले अगाडि सारेको प्रस्तावलाई सरकारी स्वीकृति पखर्नुपर्ने

काठमाडौं २०, असोज । सरकारले विदेशी कम्पनीलाई धितोपत्र बजारमा लगानी गर्न दिने गरी कानुन ल्याउने तयारी थालेको छ । वैदेशिक लगानी आकर्षित गर्न सरकारले पहिलोपटक धितोपत्र बजारमा विदेशीलाई लगानी गर्न दिने कानुन अगाडि बढाएको हो । विदेशी लगानीसम्वन्धि कानुनको संसोधन र एकीकरण गर्न बनेको विधेयकमा संस्थागत विदेशी लगानीर्तालाई धितोपत्र क्षेत्र खुला गर्ने व्यवस्था राखिएको छ । उद्योग मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामाथि सरोकारवालसँग छलफलको चरणमा रहेको छ । छलफल सकिएपछि यसालाई मन्त्रीपरिषद्बाटै स्वीकृत गराउनुपर्छ । विदेशी लगानीकर्ताले कम्पनी स्थापना गरी पूँजी लगानी कोष खडा गर्न सक्ने व्यवस्था विधेयकमा रहेको छ । यस्तो कम्पनी पब्लिक लिमिटेड हुनुपर्ने व्यवस्था छ । तर, यस्तो कोष एउटै कम्पनीमा चुक्ता पूँजीको १० प्रतिशतभन्दा बढी लगानी गर्न नपाइने व्यवस्था गरिएको समाचार विहिबारको कान्तिपुर दैनिकमा छापिएको छ ।