विराजभक्त श्रेष्ठको फेरि काठमाडौं ८ मा जित सुनिश्चित
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा विराजभक्त श्रेष्ठ जित नजिक पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रेष्ठले ९ हजार ३२० मत प्राप्त गर्दै फेरि संसद् यात्रा सुनिश्चित गरेका हुन् । श्रेष्ठ यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । लगातार दोस्रोपटक जित हात पार्दै उनले आफ्नो राजनीतिक प्रभाव कायम राख्न सफल भएका छन् । यस क्षेत्रमा सुमन सायमि भने अपेक्षित मत ल्याउन सकेनन्। नेपाली कम्युनिष्ट पार्टी का उम्मेदवार सायमिले यसपटक १ हजार २३४ मत मात्र प्राप्त गरे ।
चितवन-२ मा रवि दोब्बरले बढाउँदै मतान्तर
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा रास्वपाले अग्रता कायम राखेको छ । रास्वपा सभापति रवि लामिछाने उम्मेदवार रहेको चितवन-२ मा हालसम्म ९ हजार ८३५ मत गणना भएको छ । जसमा रास्वपाका लामिछानेले ५ हजार १८८ मत पाएका छन् भने उनलाई एमालेका उम्मेदवार अस्मिन घिमिरेले पछ्याइ रहेका छन् । घिमिरेले २ हजार २५ मत ल्याएका छन् । कांग्रेसकी मिना खरेलले १ हजार ९१९ मत पाएकी छिन् । उनी तेस्रो स्थानमा रहेकी छिन् ।
उदयपुर-१ मा रास्वपाका गेलाल दोब्बर मतले अगाडि
काठमाडौं । उदयपुर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पारशमणि गेलालले अग्रता दोब्बर बनाएका छन् । उनले १२२६ मत ल्याउँदा नेकपा एमालेका दुर्गाकुमार थापाले ६०५ मत ल्याएका छन् । त्यस्तै नेकपाका उम्मेदवार बलदेव चौधरीले ४६४ मत ल्याएका छन् । श्रम संस्कृति पार्टीका राजेशकुमार राईले ४५२ मत ल्याउँदा नेपाली कांग्रेसका बिदुर बस्नेतले ४१२ मत ल्याएका छन् ।