जापानमा बाढीका कारण मृत्यु हुनेको संख्या ५० पुग्यो, दर्जनौं अझै बेपत्ता
टोकियो । जापानको दक्षिणी नगरहरुमा भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण ५० जनाभन्दा बढीको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति अझै बेपत्ता भएका छन् । सेना सहितका उद्धारकर्ताहरुले मंगलबार बिहानैदेखि उद्धार र बेपत्ता मानिसको खोजीलाई तिब्र बनाएका छन् । जापानको दक्षिणी क्षेत्र क्युसुमा गत शुक्रबारदेखिको भिषण वर्षाका कारण बाढीले व्यापक जनधनको क्षति गरेको अधिकारीहरुले बताएका छन् । मौसम पूर्वानुमान विभागका अनुसार क्युसुलाई केन्द्रविन्दु बनाएर अझै ठूलो वर्षा हुने देखिएको छ । जापानको पश्चिमी आधाजसो भागलाई प्रभावित तुल्याएको वर्षा पूर्वी क्षेत्रतर्फ अघि बढेको देखिएको छ । फुकुओकामा जापानी सेनाले मानिसलाई निकै जोखिमका साथ घरघरबाट उद्धार गरिरहेका दृश्यहरु स्थानीय टेलिभिजनले प्रशारण गरिरहेका छन् । फुकुओकामा एक अधवैंसे महिला आफ्ना परिवारजनको उद्धारका लागि गए पनि बाढीको पानी उनको घाँटीसम्म पुगेको थियो । विपद व्यवस्थापन विभागले कुमामोतोको नदी किनारा क्षेत्रबाट मात्र ४९ जनाको शव निकालिएको जनाएको छ । अर्की एक वृद्धा भने घरभित्रै मृत अवस्थामा भेटिएकी थिइन् । जापानको तेस्रो ठूलो द्वीपको रुपमा रहेको क्युसुबाट करिब ३० लाख मानिसलाई अन्यत्र सुरक्षित स्थलमा जान सरकारले आदेश दिएको छ । हाल उद्धार कार्यमा दशौं हजार सेना, प्रहरी र अरु उद्धार कार्यकर्ता अहोरात्र खटिएका छन् । खासगरी कुमा नदीको आसपासमा बाढी र पहिरोले सबैभन्दा बढी क्षति गरेको छ । उद्धारकार्यमा निरन्तरको वर्षासँगैको बाढीले अबरोध गरिरहेको स्थानीय अधिकारीहरुले बताएका छन् । रासस–एपी
क्यान्टिनमा भाडा माझ्ने ढकाल अहिले रेष्टुरेन्टकाे मालिक, भन्छन्- हरेस खाइन, त्यसैले सफल भएँ
काठमाडौं । सानो कामलाई ठुलो मान्दै लगनका साथ मिहिनेत गरे सफलता पाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् राकेश ढकाल । सामान्य परिवारमा रसुवामा हुर्किएका ढकालमा आफै केहि गरौं भन्ने भावका साथ राजधानी काठमाडौंमा आए । जस्तो सुकै काम गरेर भएपनि काठमाडौंमै जम्ने रहर उनको थियो । त्यहि हुटहुटिले १४ बर्षको कलिलो उमेरमा रसुवाबाट काठमाडौं आई गङगालाल हस्पिटलको क्यान्टिनमा भाडा माझ्ने काम गरे । यहि काममा देखेको लगनशीलताले आज आफै रेष्टुरेन्टका मालिक बनेको छन् राकेश ढकाल । काम सानो हुँदो रहेनछ भन्दै उनले भने, ‘जिवनमा धेरै संघर्ष गरे । हरेस खाइन त्यहि कारण आज रेष्टुरेन्ट खोल्न सफल भँए ।’ राजधानी काठमाडौंको शंखमुलमा खानाका पारिखीहरुको स्वादलाई मध्ये नजर गर्दै गएको फागुनदेखि उनले पूर्ण रुपमा ‘बज्यैको सेकुवा’ सञ्चालनमा ल्याउन सफल भए । नेपाली चुलोमा पकाएको नेपाली परिकारलाई आफूहरूले मेनुमा प्राथमिकता दिएको उनले बताए । हरेक युवाहरु व्यवसायमा नलागेसम्म मुलुक विकसित नहुने भन्दै उनले लामो समयपछिको अनुभवलाई आत्मसाथ गर्दै आफैले नयाँ रेष्टुरेन्ट सञ्चालनमा ल्याएको बताए । अनुभवपछि आफै पनि व्यवसाय गर्नुपर्छ भन्ने उदाहरण दिनका लागि आफूले रेष्टुरेन्ट खोलेको उनको भनाई छ । कर्नरमा सेकुवा लगायत खसीको भुटन कलेजो लगाएत कुखुराको विभिन्न परिकारहरूको स्वाद ग्राहकवर्गले लिन सक्ने उनले बताए । बज्यैको सेकुवा कर्नरले १२ जना कामदारहरूलाई रोजगारी दिन सफल भएको छ । उनले यसबीचमा काठमाडौंका विभिन्न सेकुवा कर्नरहरूमा वेटर देखि मेनेजरसम्म काम गरे । बाजेको सेकुवा, प्रेसिडेन्ट सेकुवामा मेनेजर भई काम गरेको अनुभव यतिबेला उनलाई थप सफलतामा डोराएकाे छ । झण्डै १५ वर्ष अन्य ठाँउमा काम गर्दै गर्दा घरायसी बाध्यताका कारण आफुहरुले विदेशका विभिन्न ठाँउका तारे होटलबाट समेत अनुभव बटुल्न सफल भएका छन् उनी । भाडा माझ्नेबाट वेटर हुँदै मेनेजरसम्म हुँदा होटल रेस्टुरेन्ट व्यवसायमा धेरै योगदान छ ढकालको । विभिन्न कठिन परिस्थितिहरूमा संघर्ष गर्दै यो अवस्थासम्म आइपुग्दा ढकालले आफ्नो छुट्टै ब्रान्ड स्थापना गर्ने सफल छ । लामो समयदेखि विभिन्न सेकुवा कर्नरबाट विभिन्न परिकार सेकुवाको अनुभव लिएका छन् ढकालले । झण्डै ३५ लाख लगानीमा काठमाडौंको शंखमुलमा बज्यैको सेकुवा स्थापना गरेको उनले बताए । ‘देश तथा विदेशका विभिन्न अनुभव समेटेर आफ्नो छुट्टै ब्रान्ड बनाएको छु’ उनले भने- ‘पक्कै ग्राहक मन जित्नेछु । नेपालीपन दिन थप सशक्त बन्नेछु ।’ पूर्ण पारिवारिक वातावरण रहेको सेकुवा कर्नरले आगामी दिनहरूमा आफ्नो ब्राण्डलाई काठमाडौं उपत्यकाको विभिन्न स्थान र उपत्यका बाहिरका मुख्य शहरहरूमा पनि स्थापित गराउने लक्ष्य ढकालको छ । राकेश ढकाल
शादी डट कम: भारतीय डेटिङ साइटमा छालाको रङ्ग जानकारी दिनु पर्ने प्रावधान हटायाे
काठमाडाैं । दक्षिण एशियाली विवाहसम्बन्धी वेबसाइट शादी डट कमले उसको वेबसाइटमा रहेको छालाको रङ्ग जनाउने एउटा प्रावधानमाथि विरोध भएपछि हटाएको छ । सो सुविधा हटाउन डालस अमेरिकाबाट हेटल लखानीले अनलाइन विरोध अभियान सुरु गरेकी थिइन् जसबाट अन्ततस् कम्पनी उक्त प्रावधान हटाउन बाध्य भयो । अमेरिकामा भइरहेको जातिवादी विरोध प्रदर्शनहरूको सन्दर्भमा एक अर्की प्रयोगकर्तासँग छलफल गरेर हेटलले अभियान सुरु गरेकी थिइन् । शादी डट कमले उक्त प्रावधानले ,’कुनै उद्देश्यलाई बल पुर्याएको थिएन,’ भन्दै त्यो ‘हटाउन बिर्सेको एक प्रकारको फोहोर मात्र थियो’ भनेको छ । उक्त वेबसाइट प्रयोगकर्ताले उनीहरूको आफ्नो छालाको रङ्ग कस्तो छ भनेर जानकारी हाल्नुपर्ने प्रावधान थियो । जीवनसाथीको खोजी मेघन नागपालले उक्त वेबसाइट प्रयोग गरेर भारतीय मूलको जीवनसाथी खोज्न चाहन्थिन् । तर त्यसमा रहेको छालाको रङ्ग सम्बन्धी प्रावधानबारे उनले एउटा फेसबुक समूहमा कुरा राखिन् जहाँ हेटल पनि सदस्य छिन् । हेटलले त्यो त अति भयो भनेर विरोध शुरू गरेको बताइन् । ‘१४ घण्टामै १,५०० जनाले हस्ताक्षर गरे। हामीले यस्तो काम गर्यौँ भनेर कैयौँले खुशी व्यक्त गरे ।’ मेगन र हेटल भन्छन् ( त्यसपछि शादी डट कमले उनीहरूलाई ट्विटरमा त्यसबारे प्रतिक्रिया दियो र त्यसै रात प्रावधान हटायो । हेटलले भनिन्, ‘हामीसँग कैयौँ बीए एमए गरेका तर बिहे नगरेका व्यक्ति छन्। छालाको रङ्गकै कारण बिहे हुन नसक्ने हो भने त्यो त राम्रो भएन ।’ मेगनले भनिन्, ‘यो दक्षिण एशियाली समुदायमा एउटा समानतामुखी सानो पाइला मात्र हो ।’ दक्षिण एशियामा रङ्गको मोह अमेरिकामा काला जातिका जोर्ज फ्लोइडको मृत्युमा उठेको विरोध सन्दर्भमा दक्षिण एशियामा रहेको रङ्ग मोह पनि चर्चामा आएको छ । भारतीय नायक र नायिकाहरू एकातिर गोरोपनसम्बन्धी क्रिमको विज्ञापन गर्ने र अर्कोतिर ब्ल्याक लाइभ्स म्याटरु भन्ने अभियानको समर्थन गर्ने गरेकोमा विरोधाभाष भएको भन्दै आलोचना भएको छ । दक्षिण एशियाली समुदायमा खासगरी अलि उमेर ढल्केको पुस्ताले महिलाहरूको सन्दर्भमा ‘उनी कति गोरी र सुन्दरी’ भन्ने टिप्पणी गर्ने गर्छन् । त्यो थाहा नपाई पालिएको पूर्वाग्रह हो । हेटलले अन्तर्राष्ट्रिय पहुँच भएको त्यस्तो संस्थाले जिम्मेवार हुनुपर्ने बताइन् । पूर्वाग्रह ‘मान्छेहरूमा पूर्वाग्रह हुन सक्छ तर कम्पनीले त्यस्तो संस्कृतिलाई बढावा दिनु हुँदैन ।’ शादी डट कमका बजार निर्देशकले बीबीसीलाई भने, ‘प्रेम जुनसुकै रङ्गका व्यक्तिबीच हुने हामीलाई विश्वास छ । र हामी भारतमा त्यस्ता व्यक्तिबीच सम्बन्ध बनाएको भन्ने प्रतिनिधित्व गर्न पाउँदा गौरव गर्छौँ ।’ प्रिया (नाम परिवर्तन)ले अरू साइटबाट छालाको रङ्गकै कारण अस्वीकृत भएपछि शादी डट कमबाट आफ्ना श्रीमान फेला पारेकी हुन् । उनले बीबीसी एशियन नेटवर्कलाई भनिन् ‘मेरो छालाको रङ्ग कालो छ त्यसैले शादी डट कममा छालाको रङ्ग सम्बन्धी जवाफ धेरै सोचेर गहुँगोरो भनेकी थिए ।’ ‘मेरी सासु हाम्रो बिहेको कडा विरोधमा थिइन् किनभने उनका छोरा सुन्दर र गोरा छन् जबकी म काली छु । उनको पुस्ता रङ्गका आधारमा सुन्दरता हेर्थ्यो जुन मैलै सधैं घृणा गरे । मैले मेरो रङ्ग परिवर्तन गर्न सक्दिन त्यसैले रङ्ग सम्बन्धी तर्कले मलाई पीडा दिन्छ ।’ (बीबीसी नेपालीबाट)