एनआईसी एशिया बैंकका ग्राहकलाई सिद्धबाबा हस्पिटलमा उपचारमा छुट सुविधा
काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले बुटवलस्थित सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गर्दा छुट पाउने भएका छन् । यस सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता सम्पन्न भएको हो । सम्झौता अनुसार बैंकका ग्राहकले हस्पिटलमा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यसका लागि ग्राहकले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्न सक्नेछन् वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । बैंकले यस सहकार्यले आफ्ना ग्राहकलाई स्वास्थ्य उपचारमा प्रत्यक्ष लाभ दिलाउने र मुलुकमा डिजिटल भुक्तानीलाई प्रवर्द्धन गरी नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ ।
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १० पुग्यो, घाइतेले अस्पताल भरिभराउ
काठमाडौं । जेन जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा १० जनाको मृत्यु भएको छ । अहिलेसम्मको सूचना अनुसार प्रहरीको गोली लागेर १० जनाको मृत्यु भइसकेको छ । उपचारका लागि ट्रमा सेन्टर पु¥याइएका ६ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको हो । यस्तै, केएमसी र त्रिवि शिक्षण अस्पतालमा पनि एक÷एक जनाको मृत्यु भएको छ । मृतकहरूको पहिचान खुल्न बाँकी छ । ट्रमा सेन्टरमा पुगेका हाम्रा सम्वाददाताका अनुसार ट्रमामा ५० जनाको उपचार भइरहेको छ ।
घाइतेले अस्तव्यस्त सिभिल, बेड नै पाइएन (तस्बिरहरु)
काठमाडौं । जेनजी प्रदर्शनमा सयौं जना प्रदर्शनकारी घाइते भएका छन् । सिभिल अस्पतालमा मात्रै सय बढी घाइते भर्ना भएको जानकारी प्राप्त भएको छ । अस्पतालका अनुसार अहिले घाइतेलाई राख्ने बेड पनि नहुँदा अस्तव्यवस्त भएको छ । अस्पतालका एक कर्मचारीका अनुसार घाइतेलाई राख्नका लागि बेड पनि नहुँदा समस्या भएको छ ।