छाला मुनिको प्लाष्टिक सर्जरी : आवश्यकता धेरै, जनशक्ति न्यून
काठमाडौं । केही महिनाअघि ट्रमा राष्ट्रिय सेन्टरमा बाइक दुर्घटनामा परेका बिरामीलाई उपचारका लागि ल्याइयो । खुट्टाको हड्डी भाँचिएर आएका उनको अर्थोपेडिक डाक्टरले उपचार गरे । तर, हड्डी बाहिर देखिन थाल्यो । उपचार भएपनि घाउ छोप्न प्लास्टिक सर्जरी गर्नुपर्ने आवश्यकता भयो । त्यसपछि प्लास्टिक सर्जनले हड्डी छोप्ने गरी मांसपेशी र छाला नभएको अवस्थामा माइक्रो सर्जरीको प्रविधिबाट पेटको मांसपेशी लिएर माइक्रोस्कोपमा सानो रगतको धमनीलाई जोडेर प्रत्यारोपण गर्न सम्भव भयो । खुट्टामा जटिल घाउ हुँदा माशंपेशी अर्को ठाउँबाट सारेर छाला प्रत्यारोपण गरेर उपचार गर्न सम्भव प्लास्टिक सर्जरीबाट हुन्छ । ट्रमा सेन्टरमा कार्यरत प्लास्टिक सर्जन डा. अनुराग थापा प्लाष्टिक शल्यक्रिया बिना ट्रमा सेवा अपुरो हुने बताउँछन् । ‘सामान्य चोटपटकमा अन्य चिकित्सकले काम गर्छन तर यस्ता गहिरा घाउ भर्न प्लास्टिक सर्जनहरूकै आवश्यकता हुन्छ । घाउ चोटपटक लाग्दा प्लास्टिक सर्जरी गर्नुपर्ने हुन्छ,’ उनले भने । ट्रमा अस्पतालमा सयौं बरामी विभिन्न घाउ चोटपटक लागेका बिरामी आउँछन् । उनीहरूमध्ये धेरैको गहिरो घाउ हुन्छ । जहाँ उपचार गर्दा घाउ छोप्न अर्को ठाउँमा मासु ल्याएर छाला प्रत्यारोपण गर्नुपर्ने हुन्छ । ट्रमा उपचारमा प्लास्टिक सर्जरी विलासिता नभइ आवश्यकता रहेको उनी बताउँछन् । जलनमा सर्जरी नेपालमा हरेक वर्ष ५५ देखि ६० हजार हाराहारीमा जलनको घटना हुन्छ । जसमा २ हजार बढीले ज्यान गुमाइरहेका छन् भने हजारौं अगंभंग अवस्थामा पुग्छन् । ४० प्रतिशत शरीर जलिसकेका व्यक्तिलाई बचाउन सक्ने सम्भावना न्यून हुने उनको भनाइ छ । ३० प्रतिशतसम्म गहिरो जलन भएका व्यक्तिमा प्लास्टिक सर्जरी आवश्यकता पर्छ । प्लास्टिक सर्जन डा. नीरन महर्जन जलनका धेरै बिरामीमा प्लास्टिक सर्जनको आवश्यकता पर्ने बताउँछन् । उनी नेपालमा वर्षेनी दुई हजार बढी बिरामीको जलनमा परी मृत्यु हुने गरेको तथ्याङ्क भएपनि अस्पतालमै नपुगेर घरमै मृत्यु हुनेको सख्या अझ धेरै हुनसक्ने बताउँछन् । कुनै पनि चरम ताप, रसायन पदार्थ, करेन्ट तथा विकिरणले जलन हुने गर्छ । जलेका घटनाले शारीरिक मात्र नभइ पारिवारिक जीवनभर भावनात्मक रूपले धेरै गहिरो दख्खल दिएको हुन्छ । जलन भइसकेपछि सबैभन्दा पहिलो प्राथमिक उपचार घरमै गर्न सकिन्छ । शरीरमा भएका गहना कपडा खोलेर करिब २५ मिनेट जति जलेको ठाउँमा पानी खन्याउन सकिन्न्छ । त्यससपछि अस्पताल पुर्याउनदा जलनको प्रकारी गहिराइ र गम्भिरताका आधारमा धेरै विधागत स्वास्थ्यकर्मीको उपस्थितीतमा उपचार गरिन्छ । क्यान्सरमा सर्जरी त्रिवि शिक्षण अस्पतालका प्लास्टिक सर्जन डा. समित शर्मा क्यान्सर उपचारमा प्लास्टिक सर्जरीको आवश्यकता उत्तीकै रहेको बताउँछन् । ‘प्लाष्टिक सर्जरी एउटा यस्तो विद्या हो यो एक अंगमा मात्र समिति हुँदैन,’ उनी भन्छन्, ‘टाउकोदेखि खुट्टासम्म बच्चादेखि वृद्धसम्म सबैलाई आवश्यकपर्छ, क्यान्सर रोग लागेका बिरामीको उपचार गर्ने चिकित्सकहरूले छाला, मासु, हड्डी नशा सबैको उपचार गर्नुपर्छ ।’ नेपालमा भयानक क्यान्सरका बिरामीको उपचार भएका छन् । केही समय अघि शिक्षण अस्पतालमा एक जना बिरामी टाउकोको पछाडी भागमा ठूलो ट्युमर बोकेर आए । हेर्दै डर लाग्ने मासुको ढिको कपालमा थियो । अस्पतालमा उपचार सुरु हुँदा मासुको डल्लो काटेर फालियो । ट्युमर निकालिएपछि उनको टाउकोमा ठूलो भ्यवाङ पर्यो । क्यान्सर रोग विशेषज्ञले अप्रशेन गरिसकेपछि यो घाउलाई कसरी छोप्ने भन्नेबारे छलफल भयो । प्लास्टिक सर्जनसहितको सहभागितामा कसरी घाउ छोप्ने भन्नेबारे छलफल भइसकेपछि ढाडको मासु लिएर घाउलाई छोपियो । हामीले छोपेको ठाउँमा रौं त आउँदैन तर छोपेनौं भने संक्रमण हुनसक्ने, घाउ पाक्न सक्नेमात्र नभइ गिद्धीभित्र पनि संक्रमण फलन सक्ने डर हुन्छ,’ डा. समित भन्छन्, ‘प्लाष्टिक सर्जनको सहयोगमा क्यान्सरका विभिन्न अंगमा अप्रेशन गर्दा यसरी नै घाउ छोप्नुपर्ने हुन्छ ।’ जन्मजातका समस्यामा समेत सर्जरी कुनै रोग लागेर अस्पताल पुगेका बिरामीमात्र होइन, जन्मजात समस्या भएकाहरू पनि प्लाष्टिकको सर्जरी गर्नुपर्ने हुन्छ । जन्मिदै यस्त समस्या भएका बालबालिकाहरूलाई पनि उपचारको लागि अस्पताल ल्याइन्छ । डा. विशाल कार्की जन्मदै हात जोडिएका, औला जोडिएका वा कसैका बढी औला भएका बच्चाहरू आउने गरेको बताउँछन् । उनी यसको उपचारका लागि पनि प्लास्टिक सर्जरी गर्नुपर्ने बताउँछन् । उनका अनुसार आजभोलि सौन्दर्यको लागि प्लास्टिक सर्जरी गर्नेको संख्या नेपालमा पनि बढिरहेको छ । शरीरका हरेक अंग तन्काउन मिल्ने, खुम्च्याउन पनि पनि मिल्ने भएकाले नाक, कान, आँखा, स्तनदेखि सबै अंग सर्जरी गर्नेको संख्या बढिरहेको छ । सौन्दर्यका लागि होस् या दुर्घटना वा कुनै रोग लागेर होस् अस्पताल विभिन्न कारण अस्पताल पुग्नु परेका बिरामीको प्लास्टिक सर्जरी आवश्यक पर्छ । तर नेपालमा आवश्यक मात्रामा प्लास्टिक सर्जनहरू छैनन् । हाल नेपालमा ५० जनासम्ममात्र प्लास्टिक सर्जरी गर्ने चिकित्सक रहेका छन् । प्लास्टिक सर्जन बन्नको लागि मास्टर गर्नुपर्यो त्यसपछि इन्र्टनसिप गरेर केही वर्ष काम गरेर प्रतिस्पर्धाका आधारमा जनरल सर्जरी पढ्नुपर्ने हुन्छ । यो पास गरिसकेपछि फेरि २ वर्ष काम गरेर परीक्षा दिनुपर्ने हुन्छ । यसमा पनि पास भइसकेपछि बल्ल अर्काे तीन वर्ष पढ्नुपर्छ । डा. शकरमान राइ यस्तो लामो पढाइधेरै व्यक्तिले पढ्न नचाहदा सख्यामा कमी भएको बताउँछन् । उनी भन्छन्, ‘जनरल सर्जन भएर मात्रै प्लास्टिक सर्जन हुनुपर्ने भएकाले जनरल सर्जन हुने वित्तिकै काम गर्न पाइने भएकाले त्यो पछाडी तीन वर्ष फेरि पढ्न समय नहुँदा प्लास्टिक सर्जनको सख्या बढ्न नसकेको हो ।’ नेपालमा वर्षमा ६ जना चिकित्सकलाई प्लास्टिक सर्जन बन्न तालिम दिनसक्ने अवस्था भएपनि गएको दुई, तीन वर्षदेखि तालिम लिने जम्मा दुई दुई जना मात्र भेटिएका छन् । प्रत्येक वर्ष ६ जना उत्पादन गर्न सकिने भएपनि दुईजना पनि मुस्किलले आउँदा नेपालमा आवश्यक अनुसारको जनशक्ति हुन नसेको राई बताउँछन् । उनी यो विषयमा चिकित्सा शिक्षा आयोगसँग छलफल गरिरहेको बताए । ‘लामो समय टुक्रा टुक्रा गर्नुभन्दा एमबीबीएस पछाडी नै स्पेसालिष्टमा जान पाउने बनाउनुपर्छ भन्ने पक्षमा हामी छौ,’ उनले भने । पढ्न चाहने डाक्टरको समस्या महाराजगञ्ज मेडिकल कलेजमा एमसिएच प्लास्टिक सर्जरी २०११ देखि सुरु भएको थियो । तर सुरुका दुई वर्षसम्म विद्यार्थी कोही पढ्न आएनन् । सिट त्यत्तिकै खेर गयो । यो वर्ष पनि न्याम्समा एउट सिट खालिरहेको प्रा.डा लोहोनी बताउँछन् । परीक्षामा क्वालिफाइड नगरिकन यो विषय पढ्न पाइदैन । हालसालै नेस्नल बोर्ड अफ मेडिकल स्पेसालिटी एनबीएमएस भनेर प्लास्टिक विषयको पढाइका लागि विभिन्न निजी अस्पतालबाट आवदेन परेको छ । उनी भन्छन्,‘भएको सिट खालिरहेको अवस्थामा निजी कलेजले अध्ययन अनुमती मागिरहेको कुरालाई धेरैले फरक अर्थमा पनि हेरिरहेका छन् । जुन गतिले अहिले विश्वमा प्लाष्टिक सर्जरीको विकास भएको छ त्यो सापेक्ष विकास गर्न नेपाली चिकित्सक पनि प्रयत्नरत रहेको उनले बताए । उनी आफ्नो साढे २७ वर्षको रेसियो हेर्दा धेरै चेतना र सचेत भएको बताउँदै यो बीचमा ६ साढे ६ हजार मेजर अप्रेसन गरिएको बताउँछन् । प्लाष्कि सर्जरीको विकासका लागि सबै एक जुट भएर लाग्नुपर्ने उनको भनाइ छ । प्लास्टिक सर्जरीले न्युरो सर्जरी, कार्डियो थेरासिकभास्कुलर सर्जरीसँग पनि काम गर्नुपर्छ भने गाइने सर्जरी सबैसँग काम गर्नुपर्छ । सबै विद्यासँग उत्तिकै जोडिएकाले प्लास्टिक सर्जरीको निकै महत्व रहेको लोहनी बताउँछन् । एशोसियसन अफ प्लास्टिक सर्जन्स अफ नेपालका सचिब प्रा डा.पीयुष दाहाल नेपालमा प्राचिनकालदेखि नै प्लास्टिक सर्जरीको इतिहास रहेको बताउँछन् । ऐतिहासिक पृष्टभूमिमा महादेवले जतिवेला गणेशको टाउको काटेर पछि टउकोलाई रिप्रण गरेका थिए यो । इतिहाससँग प्लास्टिक सर्जरीलाई जोड्ने गरिन्छ । यो कथा कहीँ न कहीँ स्वास्थ्यसँग पनि जोडिएको छ । प्रा.डा दाहाल सो सर्जरीको सुरुवात नेपाल अथवा हाम्रो क्षेत्रबाटै भएको इतिहाँस रहेको बताउँछन् । सुश्रुतलाई अहिले फादर अफ प्लास्टिक सर्जरी भन्ने गरिन्छ । उनले सिकेको नभइ पुस्तक लेखेको, औजार प्रयोग गरेको हुनाले ‘सुश्रुत संहिता’ भन्ने किताबमा प्रस्ट लेखेकाले त्यही औजारकोहरूको विकास क्रममा विकास हुँदै जाँदा अहिलेको अवस्था पुगिएको मानिन्छ । नेपालमा आधुनिक चिकित्सा सेवा वीर अस्पतालबाट सुरु भएको मानिन्छ । त्यो भन्दा पहिले बैद्यले पनि सर्जरी गर्थे । यो सेवा धेरै पहिलेदेखि ब्रिटेनबाट आएको प्लास्टिक सर्जनहरूले सुरु गरेको थिए । यो कुरा अन्तराष्ट्रिय जर्नलमा पनि प्रकाशित भएको इतिहास पाइन्छ । यसैको आधारमा एउटा अभियान सुरु भएको थियो त्यो बेला प्लाष्टिकको सर्जरी सेवा दिएको भेटिन्छ । प्लास्टिक सर्जरी सेवा १९७३ अर्थोपेडिक डिपार्टमा सुरु भएको थियो । त्यो बेला प्लास्टिक सर्जन कोही पनि थिएनन् । पछिल्लो समयमा एचआरडिसी भनेर जोरपार्टीमा विकालंगहरूलाई सेवा पु¥याउने कार्यक्रम थियो प्लास्टिक सर्जरीको कार्य सुरु भयो । र १९८८ मा प्लास्टिक सर्जरी सेवा सुरु भयो र छुट्टै वर्नवार्ड प्वालाष्टिक सर्जरी वार्ड बनेर २००१ देखि छुट्टै सेवाको विकास भयो । १९९५ मा त्रिवि शिक्षण अस्पतालमा सुरु भएको थियो । सबैभन्दा पहिलो केशवराज जोशी (केपि)ले प्लास्टिक सर्जरीको सुरुवात गरेका थिए भने त्यसपछि डा.शंकरमान राइ, प्रा.डा.इश्वर लोहनीहरूले यसलाई बिकासको धारमा अगाडि बढाएका थिए । काटिएको हात जोड्ने, काटिएको औलाहरू जोड्ने कामदेखि जलनको कामलाई पनि यही समूहले काम गरेको थियो । पछिल्लो समय काठमाडौंमा मात्र केन्द्रित नभइ यो सेवालाई दुरदराजमा पुर्याउनुपर्ने आवश्यकता पनि औल्याइएको छ । ‘मान्छेको चाहना पनि बढ्दै गयो, कपाल रोप्नदेखि राम्रो बन्ने चाहना पनि बढ्दै गयो । चाहना बढेसँगै सेवा पनि बढ्दै गयो डा. दाहल भन्छन्, ‘२०१८ मा आउँदा थोरै प्लास्टिक सर्जन थिए । त्यसपछि अझै प्वालिष्टक सर्जनको आवश्यकता भयो । प्वालाष्टिक सर्जरी एशोसिएसनको २०१७ मा स्थापना भयो । केन्द्रबाट दुर्गम क्षेत्रसम्म पुर्याउनुपर्छ भन्ने हिसाबले काम सुरु गरियो । नेपालमै प्लास्टिक सर्जन उत्पादन गर्ने कार्य सुरु भयो ।’ प्लास्टिक सर्जरी यस्तो विषय हो यो कुनै एक अंग विशेषसँगमात्र सम्बिन्धत नभएर पुरै शरीर टाउकोदेखि खुट्टासम्मका सबै ठाउँका अपूर्णतालाई पूर्णतामा परिणत गर्ने जमर्को गर्छ । अहिले पनि जनमानसमा प्लास्टिक सर्जरीमा प्लाष्टिकको प्रयोग गर्ने होइन भन्ने कुरा बुझाउन निकै गाह्रो परेको थियो । अहिले बिस्तारै मानिस सुसचित हुँदै गएका छन् । समस्याकै कुरा गर्ने हो भने जताततै समस्या छ । ‘सबै ठिक हुन्छ र काम गरौला भनेर बसेको भए सायद यहाँसम्म पुगिदैन थियो होला अहिले पनि सबै सुविधा शहरमामात्र केन्द्रित छ । दुरदराजमा उस्तै समस्या छ,’ प्रा.डा इश्वर लोहनीले भने । आधारभुत स्वास्थ्य सेवा सर्वसाधरणको पहुँचबाट टाढा रहेको अवस्थामा प्लास्टिक सर्जरीको विकास गर्न लामो यात्रा तय गर्नुपर्ने उनको भनाइ छ ।
नेपाल मेडिसिटीले पियर किड्नी एक्सचेन्जमार्फत बचायो ४ जनाको जीवन
काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले पहिलो पटक मिर्गौला सट्टापट्टा प्रत्यारोपण (पियर किड्नी एक्चेन्ज) सफलतापूर्वक गरेको छ । काठमाडौं निवासी र सिराहा निवासी दुई परिवारबीच मिर्गौला साटासाट गरी असार ३१ गते प्रत्यारोपण गरिएको हो । एक परिवारका ४८ वर्षे महिलाले अर्का परिवारका ५८ वर्षे पुरुषलाई मिर्गौला दान गरेकी हुन् भने ५९ वर्षे महिलाले ४९ वर्षे पुरुषलाई मिर्गौला दान गरेकी हुन् । श्रीमतीले आफ्नो श्रीमानलाई मिर्गौला दान गर्न चाहे पनि रक्त समूह नमिल्दा पियर किड्नी एक्सचेन्ज विधि अपनाइएको हो । अस्पतालमा मल्टिडिसिप्लिनरी टिम भएकै कारण पियर किड्नी एक्चेन्ज प्रत्यारोपण सफल भएको हो । यो शल्यक्रिया गर्दा एकैपटक दुई जना दाता र दुई जना प्राप्तकर्तालाई छुट्टाछुट्टै चारवटा अपरेशन कक्षमा एकैपटक शल्यक्रिया गरिन्छ । यसका लागि मिर्गौला रोग विशेषज्ञ, मिर्गौला सर्जनहरु, मुटुरोग विशेषज्ञ, एनेस्थेसियोलोजिस्टस्, तालिमप्राप्त नर्सहरुको टीमकै सहभागिता आवश्यक पर्दछ । नेपालमा पियर किड्नी एक्सचेन्जलाई कानुनी रूपमै मान्यता दिइएको छ । मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ तथा संशोधित ऐन २०७२ अनुसार, दुई वा दुई भन्दा बढी परिवारका कुनै सदस्यलाई अङ्ग प्रत्यारोपण गर्नुपर्ने अवस्थामा त्यस्ता परिवारका आफ्नो नजिकको नातेदारको अङ्ग नमिली प्रत्यारोपण हुन नसकेको अवस्था भएमा र त्यसरी प्रत्यारोपण गर्न खोजिएको अङ्ग अर्को परिवारको सदस्यसँग मिल्ने भएमा आपसी सहमतिको आधारमा लिखित रूपमा एक अर्काको परिवारको सदस्यले मन्जुरी दिएको मनासिब देखिएमा प्रत्यारोपण स्वीकृती समितिले स्वीकृति दिन सक्ने छ । अस्पतालमा प्रत्यारोपण गराएका बिरामीहरुको आफ्नै परिवारबाट मिर्गौला दान गर्न सम्भव नभएपछि पियर किड्नी एक्सचेन्जको बाटो अपनाइएको हो । नेपाल मेडिसिटीको यस सफल प्रयासले नेपाली मिर्गौला उपचार सेवा क्षेत्रमा नयाँ अध्याय थपेको छ । अस्पतालले भविष्यमा पनि यस्ता नवीनतम चिकित्सा अभ्यासहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता व्यक्त गर्दछ ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको एक वर्षको समीक्षा : 'भनेजस्तो सजिलो रहेन काम गर्न'
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मन्त्री प्रदीप पौडेलले एक वर्षको कार्यकालमा गरेका कामको विवरण सार्वजनिक गरेका छन् । स्वास्थ्य पन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले एक वर्षभित्र गरेका काम र प्रयासको विषयमा सार्वजनिक गरेका हुन् । उनले आफुले मन्त्रीको पदबाट गर्न मिल्ने सबै प्रयास गरेपनि कतिपय काम भनेजस्तो गर्न सजिलो नभएको बताए । ‘मैले सक्दो मिहिनेत गरेको छु, यसमा धेरै फल भएको जस्तो पनि लागेको छ, तर भन्नु र काम गर्नुमा निकै गाह्रो हुँदो रहेछ,’ उनले भने । उनले एक वर्षमा आधारभूत अस्पताल संचालनदेखि डेंगु नियन्त्रण तथा नसर्ने रोगको स्क्रिनिंग,एचपीभी खोप अभियान तथा कर्मचारी समायोजन तथा व्यवस्थापनमा थुप्रै काम गरेको दाबी गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतमा पाँच वर्षभित्र १२ हजार जनशक्ति थप गर्ने प्रयास स्वरुप हाल २ हजार १सय जनशक्ति सहितको संगठन संरचना सुधार गर्न सर्वेक्षण प्रतिवेदन तयार गरी मन्त्रिपरिषद्मा समक्ष पेश गर्ने गरी स्वीकृतीको अन्तिम चरणमा रहेको, स्वास्थ्य क्षेत्रलाई निर्देशित गर्ने १० वटा महत्वपूर्ण विधेयक तथा विद्यमान ऐनहरुलाई संशोधन गर्ने गरी विधेयकहरूलाई अघि बढाइएको,रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक प्रतिनिधि सभामा टेबुल गर्न मन्त्रिपरिषद् समक्ष स्वीकृतिका लागि पेश गरिएको,सूर्तिजन्य पदार्थ नियन्त्रण ऐन (संशोधन) मन्त्रिपरिषदमा पेश गर्ने अन्तिम तयारीमा रहेको बताए । निःशुल्क उपचार तथा औषधि पौडेलले आफ्नो कार्यकालमा निःशुल्क उपचार तथा औषधी वितरण दिन सुरु गरेको विवरण सार्वजनिक गरेका छन् । जस अन्तर्गत कान्ती बाल, भक्तपुर क्यान्सर, पाटन अस्पताल र बी पि कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर अस्पतालहरुमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार पूर्णतः निःशुल्क गरिएको जानकारी दिए । संघीय अस्पतालहरुमा पक्षघात (स्ट्रोक), हिमोफिलियाको औषधि निःशुल्क उपलब्ध गराइएको छ भने सरकारी अस्पतालहरुमा सिकलसेल एनेमिया तथा थालासेमियाका बिरामीलाई आवश्यक औषधि तथा भ्याक्सिन निःशुल्क गरिएको विवरण सार्वजनिक गरेका छन् । स्वास्थ्य सूचना र गुनासो सम्बोधन गर्न सुरु गरेको हेल्लो स्वास्थ्य '१११५' ७ हजार बढी गुनासाहरू आएका र यसलाई मन्त्रालयले सम्बोधन गरेको बताए । नयाँ तथा विशिष्टीकृत सेवाहरूको सुरुवात गरेका छन् भने वीर अस्पतालः जलन वार्ड र सर्जिकल आईसीयू सेवा विस्तार गरिएको छ । भक्तपुर क्यान्सर अस्पतालः सिटि स्क्यान, रेडियोथेरापी सेवा र बाल क्यान्सर उपचारका लागि अन्कोलोजी वार्ड स्थापना,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानः नशा परीक्षणको अत्याधुनिक सेवा विस्तार,बीपी प्रतिष्ठान, धरानः बर्न वार्ड, अन्कोलोजी वार्ड र मिल्क बैंक सेवा विस्तार गरिएको जानकारी गराए । सरकारी अस्पतालको भिड हटाउन चुनौती मन्त्री पौडेलले मन्त्रीको पद सम्हाले यता सबैभन्दा अगाडि सरकारी अस्पतालको भिड नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका थिए । त्यही अनुसार उपत्यकामा बिरामीको भिड लाग्ने अस्पताललाई निर्देशन गरेका थिए । सबै अस्पतालले भिड नियन्त्रणका लागि प्रयास गरेको लिखित जाफसमेत मन्त्री पौडेललाई पठाएका थिए । तर उनले प्रतिबद्धता जनाए जस्तो न भिड नियन्त्रण भयो न त अनलाईनमार्फत टिकट लिने व्यवस्था भयो । यो प्रसंगमा मन्त्री पौडेलले अस्पतालको भिड नियन्त्रण गर्न सबैभन्दा अफ्ठेरो काम भएको बताए । उनले भने, ‘अस्पतालमा बिरामीको भिड नियन्त्रण गर्न अस्पताल नै बढाउनुपर्ने रहेछ, मैले धेरै प्रयास गरेँ सकिएन अब कि अस्पतालको तला थप्नुपर्यो, कि अस्पतालको क्षेत्र बढाउनुपर्यो त्यो भन्दा अर्को विकल्प अर्को देखिएन । उनले सरकारी अस्पतालप्रति सेवाग्राहिको बढी विश्वास भएकाले सरकारी अस्पतालमा बिरामीको भिड बढी हुने बताए । ‘मैले लाइन व्यवस्थापन गर्न नसक्दा आलोचित पनि बन्नुपर्यो उनी भन्छन्,’ ‘भिड नियन्त्रण गर्न नसक्दा काम नै नगरेको जस्तो देखियो होला तर, नीतिगत तहमा थुप्रै काम गरेको छु ।’ यस्तो छ उनले एक वर्षको अवसरमा प्रस्तुत गरेको वक्तव्य