कामना बैंकका ग्राहकलाई मनकामना अस्पतालमा छुट
काठमाडौं । कामना सेवा विकास बैंक र मनकामना अस्पतालबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । उक्त्त सम्झौता अनुसार कामना सेवा विकास बैंकका ग्राहकले भरतपुरको चितवन स्थित मनकामना अस्पतालमा विभिन्न सेवाहरुमा छुट हुने भएको छ । उक्त बैंकका ग्राहकहरुलाई प्रदान गर्ने ओपिडि सेवा, सामान्य वार्ड, बेड शुल्क, ओटि शुल्क, सिटि स्क्यान, आईसियु, लगायत एनआईसियु, एचडियु/नर्सरी सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सकिनेछ । अस्पतालले प्रदान गर्ने सो सेवासुविधाहरुमा बैंकका कर्मचारीहरुले २० प्रतिशतसम्मको र बैंकका ग्राहकले १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
मृगौला प्रत्यारोपणको जटिल शल्यक्रियामा नर्भिक सफल, विदेश जानुपर्ने बाध्यता हट्ने
काठमाडौं । मृगौला प्रत्यारोपण सुरु भएको छोटो समयमै थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरुले निकै जटिल र दुर्लभ मानिएको एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्टमा सफलता प्राप्त गरेका छन् । फरक ब्लडग्रुपको व्यक्तिलाई फरक ब्लड ग्रुपको व्यक्तिबाट प्राप्त मृगौला ट्रान्सप्लान्ट गर्ने जटिल विधि नै एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्ट हो । सामान्यतया मृगौला प्रत्यारोपणमा मृगौला फेल भएको व्यक्तिलाई उसैको ब्लड ग्रुपसँग मिल्ने व्यक्तिले मात्र मृगौला दिनसक्ने र त्यस्ता मृगौला मात्र प्रत्यारोपण हुँदै आएकोमा नर्भिकमा हालै फरक ब्लड ग्रुपबाट प्राप्त मृगौलाको जटिल मानिने प्रत्यारोपण समेत सफलतापूर्वक सम्पन्न भएको हो । मृगौला रोग विशेषज्ञद्वय डा. आरके अग्रवाल तथा डा. सुमित आचार्य र मृगौला प्रत्यारोपण सर्जन डा. राकेश बर्मा लगायतको टिमले निकै दुर्लभ र जटिल मानिएको मृगौला प्रत्यारोपण गरेको हो । नर्भिकमा हालसम्म सतप्रतिशत् सफलताको रेटसहित ७ वटा मृगौला प्रत्यारोपण भइसकेको छ । त्यसमध्ये छैठौ पटकको प्रत्यारोपण निकै जटिल र दुर्लभ रहेको डा. आचार्यले बताए । उनकाअनुसार बिरामीको मृगौला प्रत्यारोपण अघि र पछि उसको रगतमा एन्टिबडीको स्तर कम गर्न र दाताको मृगौलालाई अस्वीकार गर्ने एन्टिबडीहरूको जोखिम कम गर्नका लागि विशेष चिकित्सा उपचार विधि अपनाइएको थियो । यस उपचारमा रगतबाट एन्टिबडीहरू हटाउने (प्लाज्माफेरेसिस) गरिन्छ । सामान्य खालको मृगौला प्रत्यारोपणको तुलनामा यो जटिल विधि रहेकोले यसको शुल्क भने केही महङ्गो पर्छ । मृगौला फेल भई नर्भिकमा उपचाररत एक ७२ वर्षीय पुरुष बिरामीलाई ६५ वर्षीया महिला दाताबाट प्राप्त मृगौला प्रत्यारोपण गरिएको हो । मृगौला प्राप्त गर्ने बिरामीको ब्लड ग्रुप ‘ओ’ थियो भने दाताको ‘ए’ थियो । नेपालको सन्दर्भमा यस्तो प्रत्यारोपण निकै दुर्लभ हो । ‘नर्भिकको टिमले जोखिमपूर्ण मानिने यो काममा सफलता प्राप्त गरेको छ ।’ डा. आचार्यले भने–‘जटिल विधिबाट उपचार गरी मृगौला प्रत्यारोपण गरिएका व्यक्तिलाई हामीले ६ दिनमै डिस्चार्ज गरेका थियौं । उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।’ उनकाअनुसार हालसम्म नर्भिकमा मृगौला प्रत्यारोपण गरिएका अन्य बिरामीहरुको अवस्था पनि सामान्य रहेको छ । ‘हामी सतप्रतिशत सक्सेस रेटसहित मृगौला प्रत्यारोपणमा नयाँ नयाँ आयाम थप्दै अगाडि बढेका छौं ।’ उनले थपे–‘यस्ता हाइरिस्क ट्रान्सप्लान्टका लागि विदेश नै जानुपर्ने बाध्यता अब अन्त्य भएको छ । यो सबै नेपालीका लागि समेत खुशीको कुरा हो ।’
यी मानिस जसले आफ्नो उमेर घटाउन लाखौं डलर खर्च गरिरहेका छन्
काठमाडौं । यी मानिस जसले आफ्नो उमेरलाई घटाउनको लागि लाखौं डलर खर्च गरिरहेका छन् । ब्रायन जोनसोन एक प्राविधिक उद्यमी हुन् । जसले आफ्नो जैविक उमेर घटाउन वर्षेनी लाखौं डलर खर्च गरिरहेका छन् । उनी आफूले सोचेको जति उमेर कायम राखिरहन चाहन्छन् । ४५ वर्षीय ब्रायनले आफ्नो उमेर घटाउन वैज्ञानिक र डाक्टरहरुको निगरानीमा विभिन्न किसिमका उपचार र अभ्यास गरिरहेका छन् । ‘मैले यो भन्न सक्छु की मैले १८ वर्षको युवा बन्ने कोशिश गरिरहेको छु, मेरो छोरा १७ वर्षको छ, जब म युवा बन्छु त तिमी जस्तै बन्न चाहन्छु’, ब्रायनले भनेका छन् । मानिसले उमेर बढ्नेको गतिलाई कमि गरिदियो अथवा यदि यसलाई फर्काइदियो भने त्यसले मान्छे बन्नेको अर्थ नै बदलिदिने ब्रायनको भनाइ छ । ३० वैज्ञानिक र डाक्टरको समूहले ब्रायनलाई परीक्षण गरेका छन् । वीवीसीबाट ।