कामना बैंकका ग्राहकलाई मनकामना अस्पतालमा छुट

<p>काठमाडौं । कामना सेवा विकास बैंक र मनकामना अस्पतालबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । उक्त्त सम्झौता अनुसार कामना सेवा विकास बैंकका ग्राहकले भरतपुरको चितवन स्थित मनकामना अस्पतालमा विभिन्न सेवाहरुमा छुट हुने भएको छ । उक्त बैंकका ग्राहकहरुलाई प्रदान गर्ने ओपिडि सेवा, सामान्य वार्ड, बेड शुल्क, ओटि शुल्क, सिटि स्क्यान, आईसियु, लगायत एनआईसियु, एचडियु/नर्सरी सेवाहरुमा [&hellip;]</p>

काठमाडौं । कामना सेवा विकास बैंक र मनकामना अस्पतालबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

उक्त्त सम्झौता अनुसार कामना सेवा विकास बैंकका ग्राहकले भरतपुरको चितवन स्थित मनकामना अस्पतालमा विभिन्न सेवाहरुमा छुट हुने भएको छ ।

उक्त बैंकका ग्राहकहरुलाई प्रदान गर्ने ओपिडि सेवा, सामान्य वार्ड, बेड शुल्क, ओटि शुल्क, सिटि स्क्यान, आईसियु, लगायत एनआईसियु, एचडियु/नर्सरी सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।

अस्पतालले प्रदान गर्ने सो सेवासुविधाहरुमा बैंकका कर्मचारीहरुले २० प्रतिशतसम्मको र बैंकका ग्राहकले १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

Share News