स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने मन्त्री बस्नेतको निर्णय

<p>काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् । बिहीबार पदभार ग्रहणपछि मन्त्री बस्नेतले प्रदेश र स्थानीय तहका साथै दातृ निकायको समन्वयमा नियमित सेवाका अलावा कोरोना, डेंगु लगायतका सरुवा रोग फैलिन नदिन स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन् । यस्तै। उनले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी [&hellip;]</p>

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् ।

बिहीबार पदभार ग्रहणपछि मन्त्री बस्नेतले प्रदेश र स्थानीय तहका साथै दातृ निकायको समन्वयमा नियमित सेवाका अलावा कोरोना, डेंगु लगायतका सरुवा रोग फैलिन नदिन स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

यस्तै। उनले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने पनि बताए । उनले अस्पतालहरुमा उपचार सेवा र उपलब्ध साधन स्रोतको अधिकतम उपयोग भए नभएको अनुगमन गर्न अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा अनुगमन समिति बनाउने निर्णय पनि गरेका छन् ।

Share News