बैंकहरुसँग पौने ७ अर्बको गैर बैंकिङ सम्पत्ति, धितो बिक्री नभएपछि १३.२१ प्रतिशतले बढ्यो
काठमाडौं । वाणिज्य बैंकहरुको गैर बैंकिङ सम्पत्ति (नन बैंकिङ एसेट) बढेको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको वार्षिक नियमन प्रतिवेदन सार्वजनिक गर्दै गैर बैंकिङ सम्पत्ति बढेको देखाएको हो । अघिल्लो आर्थिक वर्षमा बैंकहरुको गैर बैंकिङ सम्पत्ति १३.२१ प्रतिशतले बढेको हो । सरकारी स्वामित्वमा रहेका बैंकहरुको गैर बैंकिङ सम्पत्ति भने १४.२३ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । वाणिज्य बैंकहरुसँग कुल ६ अर्ब ७७ करोड ३० लाख रुपैयाँको नन् बैंकिङ एसेट छ । नेपाल राष्ट्र बैंकका अनुसार निजी क्षेत्रका वाणिज्य बैंकहरुसँग ६ अर्ब ३२ करोड ९० लाखरुपैयाँको नन बैंकिङ एसेट छ भने सरकारको स्वामित्व रहेको बैंकहरुको ४३ करोड ३० लाख रुपैयाँको नन् बैंकिङ एसेट छ । यस्तै, आर्थिक वर्ष ७६/७७ मा ५ अर्ब ५४ करोड ९० लाख रुपैयाँ र सरकारी स्वामित्वको बैंकहरुको ४३ करोड ३० लाख रुपैयाँको नन् बैंकिङ एसेट थियो ।
८० विद्यार्थीबाट सुरू भएको टेक्सास : यसरी बन्यो काठमाडौंको उत्कृष्ट कलेज
काठमाडौं । सन् २००९ मा झण्डै ८० जना विद्यार्थी लिएर कक्षा ११ मा पढाई शुरु गरेको टेक्सास इन्टरनेशनल कलेजले १३ वर्षमा आइपुग्दा शैक्षिक क्षेत्रमा निकै ठुलो फड्को मार्न सफल भएको छ । लगानी र व्यवस्थापन पनि थप सुदृढ हुँदै गएको छ । टेक्सासले अहिले अधिकांश आफ्नै भवनहरुमा पढाई सञ्चालन गरेको छ । प्ले ग्रुपदेखि युकेजी, कक्षा १ देखि १२, त्रिभुवन विश्वविद्यालयका कार्यक्रम र विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम गरी टेक्सासले अहिले एउटा बलियो ‘टेक्सास इन्टरनेशनल एजुकेशन नेटवर्क’ निर्माण गरेको छ । कक्षा ११ देखि स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा मात्रै ५ हजार भन्दा धेरै विद्यार्थीले पढ्ने गर्छन् । त्यस्तै ३ सय ५० जना भन्दा धेरै शिक्षक तथा कर्मचारीले टेक्सासमा काम गर्छन् । अध्ययन गर्ने विद्यार्थीहरुलाई विषय छनोटको लागि कलेजले १ दर्जन भन्दा धेरै कोर्षहरु उपलब्ध गराएको छ । जसमध्ये कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र कानून संकायहरु रहेका छन् । त्यस्तै स्नातक तहमा बिएससी सिएसआइटी, बिबिएम, बिएसडब्लू र बिसिए कोर्ष कलेजले सञ्चालन गरेको छ । स्नातकोत्तर तहमा एमबिएस कोर्ष पनि रहेको छ । विद्यार्थीहरुलाई कोर्ष छनोटको प्रयाप्त उपलब्धता भएको कारणले धेरैले टेक्सास रोजेको देखिन्छ । उच्च स्तरको व्यवस्थापन र गुणस्तरीय शिक्षकको विषयलाई कलेजले विशेष प्राथमिकतामा राखेको छ । सबै कक्षा कोठामा प्रोजेक्टरको व्यवस्था र पढाइमा कागजको कम प्रयोग विधिलाई कलेजले अंगिकार गरेको छ । विद्यार्थीहरुले अध्ययन गर्दा आफ्नो प्रस्तुति अनिवार्य रुपमा प्रोजेक्टरबाट प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको कलेजका विजनेस डेभलपमेन्ट डाइरेक्टर नारायण पोख्रेल बताउँछन् । विज्ञान र आइटी पढ्ने विद्यार्थीहरुको लागि पछिल्लो संस्करणको ल्याब स्थापना गरिएको छ । कलेजले प्रत्येक वर्ष कक्षा ११ मा विभिन्न संकायमा गरी ६ सय ५० जना विद्यार्थीलाई भर्ना लिने गरेको छ । जसमा ८० जना ए प्लस ल्याएका विद्यार्थीले पूर्ण रुपमा छात्रवृत्ति प्राप्त गर्छन् । ती विद्यार्थीको छात्रवृत्ति कक्षा १२ मा पनि लागू हुने व्यवस्था रहेको र सो छात्रवृत्ति कलेजमा पढ्न आउने विद्यार्थीको ग्रेडका आधारमा प्रदान गर्ने गरिएको पोख्रेलको भनाइ छ । सैद्धान्तिक पढाइलाई भन्दापनि क्षमताको विकासलाई प्राथमिकतामा राख्दै कलेजले विद्यार्थीहरुलाई रिपोर्ट राइटिङको विषय अनिवार्य गराउने गरेको छ । साथै कलेजले राष्ट्रिय परिक्षा बोर्डको कार्यक्रम बाहेक पनि कम्प्युटर कोर्ष, हस्पिटालिटी म्यानेजमेन्ट लगायत विषयमा आफ्नो छुट्टै कोर्षको विकास गरको छ । यी विषयहरु विद्यार्थीले अनिवार्य रुपमा पढ्नु पर्छ । यी विषयहरु पढिसकेपछि विद्यार्थीले व्यवहारिक ज्ञान प्राप्त गर्ने पोख्रेलको भनाइ छ । शिक्षकहरुलाई समसामयिक रुपमा अपडेट गराउन र थप सक्षम बनाउनको लागि कलेजले नियमित तालिम र संकाय वर्कसप गराउने गरेको पोख्रेलले बताए । वर्कसपमा शिक्षकहरुले आफ्नो अनुभव आदानप्रदान गर्ने र एक्सपर्टले आवश्यक प्रशिक्षण दिने गर्दछन् । जसले गर्दा शिक्षकको निरन्तर क्षमता वृद्धि हुने गरेको उनको भनाइ छ । विद्यार्थीहरुलाई निरन्तर कक्षाको साथै कलेजले विभिन्न अतिरिक्त कार्यक्रमहरुको सञ्चालन गरी थप क्षमता अभिवृद्धि गर्न सघाउ पुर्याउने गरेको पोख्रेल बताउँछन् । उनका अनुसार कलेजले वर्षमा २ वटा ठुला प्रतिस्पर्धात्मक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । सो प्रतियोगितामा विशेषगरी साइन्स र आइटी पढ्ने विद्यार्थीहरु सहभागी हुने गर्छन् । विद्यार्थीहरुले अध्ययनमार्फत् आफुहरुले सिकेको शिक्षालाई प्रयोगात्मक विधिबाट उक्त प्रतिस्पर्धामार्फत् पदर्शन गर्छन् । कलेजले विद्यार्थीहरुको सिर्जनशिल तथा खोज क्षमतामा वृद्धि गर्नको लागि कलेज भित्र नै इन्क्युभेसन सेन्टर निर्माण गरेको छ । जहाँ विद्यार्थीहरुले नियमित रुपमा खोज तथा अनुसन्धान गर्न सक्छन् । त्यस्तै कलेजले खेलप्रेमी विद्यार्थीहरुको लागि क्रिकेट, एकेडेमी, ब्याडमिन्टन, फुटसल र स्वीमिङ पुलको पनि व्यवस्था गरेको छ । टेक्सास शुरुवात भएको झण्डै १३ वर्षमा यहाँबाट उत्पादित अधिकांश विद्यार्थीहरु रोजगारमा रहेको पोख्रेलको भनाइ छ । उनका अनुसार इन्जिनियर, डाक्टर, उद्यमी, बैंकर्स, कर्मचारी, वैदेशिक लगायत क्षेत्रमा टेक्सासका विद्यार्थीहरु छन् । कलेजले नियमित पढाइको साथसाथै सामाजिक क्षेत्रमा पनि राम्राे काम गर्दै आएको छ । गाउँमा शिक्षकहरुलाई आइटी सम्बन्धी तालिम, डिजिटल शिक्षा सम्बन्धी शिक्षकहरुलाइ तालिम, शौचालयको निर्माणमा सहयोग, महिला हिंसा विरुद्धमा सचेतना कार्यक्रम, वृद्ध आश्रमहरुलाई सहयोग र गरीव विद्यार्थीहरुलाई सहयोग लगायतका थुप्रै सामाजिक कार्यक्रम कलेजले गर्ने गरेको पोख्रेलले बताए । किन रोज्ने टेक्सास ? अनुभवी एवं उच्च क्षमताका शिक्षक, गुणस्तरीय भौतिक पूर्वाधार, नयाँ संस्करणका ल्याब, धेरै विषय छनोटको अवसर, इन्क्युभेसन सेन्टर, अधिक अतिरिक्त क्रियाकलाप, कलेजको भिन्न कोर्ष, छात्रवृत्ति, उत्कृष्ट नतिजा लगायत टेक्सासका विशेषता हुन् । पढ्ने मात्रै भन्दापनि असल र क्षमतावान मान्छे बन्नुपर्छ भन्ने कुरालाई टेक्सासले अंगालेको पोख्रेलको भनाइ छ । टेक्सास आएर कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई एउटा स्वावलम्बी नागरिकको रुपमा उत्तिर्ण गराउने कुरालाई कलेजले मुख्य रुपमा लिएको निर्देशक पोख्रेलको भनाइ छ । कलेजले विद्यार्थीहरुलाई पढाइसँगै व्यवहारिक ज्ञान प्रदान गर्न दर्जनौं संख्यामा उत्कृष्ट आइटी कम्पनी र होटलहरुसँग पार्टनरसिप समेत गरेको छ । पछिल्लो समयमा अध्ययनको लागि वा कामको लागि विदेश जाने विद्यार्थीहरुले स्वदेशमा नै काम गर्नको लागि क्षमता हासिल गर्न सकुन भनेर कलेजले क्षमता आर्जनलाई मुख्य प्राथमिकतामा कलेजले राखेको छ । स्वदेशमा नै विद्यार्थीलाई क्षमतावान शिक्षा प्रदान गर्न सकेमा उनीहरु अध्ययनकै लागि विदेश जान नपर्ने र स्वदेशमा रोजगार प्राप्त गर्नसक्ने वा उद्यमी बन्नसक्ने पोख्रेल बताउँछन् । स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरेर टेक्सासले लिंकन युनिभर्सिटीका विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । जसमा बिबिए, एमबिए, बिआइटी, बिएचएम, बिसिएस, बिसिएस र एमसिएस कार्यक्रमहरु रहेका छन् । यी कोर्षहरु समयानुकुल, गतिशिल र प्रयोगात्मक विधिमा आधारित रहेको र नेपाली विद्यार्थीहरुले टेक्सास कलेजबाट नै सो शिक्षा हासिल गर्न सक्ने अवस्था रहेको छ ।
एक सातामै कसरी घट्यो बैंकहरूको ६३ अर्ब निक्षेप ?
काठमाडौं । साउन पहिलो सातामा वाणिज्य बैंकको ६३ अर्ब रुपैयाँ निक्षेप घटेको छ । नेपाल बैंकर्स संघका अनुसार असार मसान्तको तुलनामा साउन पहिलो सातामा वाणिज्य बैंकको निक्षेप ६३ अर्ब रुपैयाँले घटेको हो । असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेकोमा साउन पहिलो सातामा ६३ अर्ब रुपैयाँले घटेर ४४ खर्ब ७८ अर्ब रुपैयाँ कायम भएको हो । यस्तै, वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १० अर्ब रुपैयाँले घटेको छ । वाणिज्य बैंकहरुले असार मसान्तसम्म कुल ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेकामा साउन पहिलो सातामा कुल ४१ खर्ब ६५ अर्ब रुपैयाँ कायम भएको हो । वाणिज्य बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८७.७५ प्रतिशत छ । नयाँ आर्थिक वर्षको सुरूआतसँगै एक सातामै एक्कासी प्रणालीबाट ६३ अर्ब रुपैयाँ निक्षेप घटेपछि धेरैलाई चासोको विषय बनेको छ । बैंकरहरुका अनुसार नयाँ आर्थिक वर्ष सुरु भएसँग नियामक नेपाल राष्ट्र बैंकले केही सहुलियत तथा नियामकीय सुविधाहरु फिर्ता लिएपछि निक्षेपमा भारी गिरावट देखिएको हो । असारमसान्तसम्म ९० प्रतिशतको सीडी रेसियो कायम गर्नु पर्ने दबाबले पनि बैंकहरुको कर्जा र निक्षेप घटेको देखिएको हो । यस्तै, यसअघि बैंकहरूले आफूले संकलन गरेको निक्षेपमा ऋणपत्रसमेत जोड्न सक्ने प्रावधान थियो । तर, अब बैंकहरुले ऋणपत्रलाई पुँजीमा मात्रै ऋणपत्रलाई गणना गर्न पाउने नियामकीय व्यवस्थासँगै निक्षेप घटेको देखिएको हो । बैंकहरुले करिब एक खर्ब रुपैयाँ बराबरकाे ऋणपत्रलाई निक्षेपका रुपमा गणना गर्दै आएका थिए ।