एक सातामै कसरी घट्यो बैंकहरूको ६३ अर्ब निक्षेप ?

<p>काठमाडौं । साउन पहिलो सातामा वाणिज्य बैंकको ६३ अर्ब रुपैयाँ निक्षेप घटेको छ । नेपाल बैंकर्स संघका अनुसार असार मसान्तको तुलनामा साउन पहिलो सातामा वाणिज्य बैंकको निक्षेप ६३ अर्ब रुपैयाँले घटेको हो । असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेकोमा साउन पहिलो सातामा ६३ अर्ब रुपैयाँले घटेर ४४ खर्ब [&hellip;]</p>

काठमाडौं । साउन पहिलो सातामा वाणिज्य बैंकको ६३ अर्ब रुपैयाँ निक्षेप घटेको छ । नेपाल बैंकर्स संघका अनुसार असार मसान्तको तुलनामा साउन पहिलो सातामा वाणिज्य बैंकको निक्षेप ६३ अर्ब रुपैयाँले घटेको हो ।

असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप संकलन ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेकोमा साउन पहिलो सातामा ६३ अर्ब रुपैयाँले घटेर ४४ खर्ब ७८ अर्ब रुपैयाँ कायम भएको हो ।

यस्तै, वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १० अर्ब रुपैयाँले घटेको छ । वाणिज्य बैंकहरुले असार मसान्तसम्म कुल ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेकामा साउन पहिलो सातामा कुल ४१ खर्ब ६५ अर्ब रुपैयाँ कायम भएको हो ।

वाणिज्य बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८७.७५ प्रतिशत छ । नयाँ आर्थिक वर्षको सुरूआतसँगै एक सातामै एक्कासी प्रणालीबाट ६३ अर्ब रुपैयाँ निक्षेप घटेपछि धेरैलाई चासोको विषय बनेको छ ।

बैंकरहरुका अनुसार नयाँ आर्थिक वर्ष सुरु भएसँग नियामक नेपाल राष्ट्र बैंकले केही सहुलियत तथा नियामकीय सुविधाहरु फिर्ता लिएपछि निक्षेपमा भारी गिरावट देखिएको हो । असारमसान्तसम्म ९० प्रतिशतको सीडी रेसियो कायम गर्नु पर्ने दबाबले पनि बैंकहरुको कर्जा र निक्षेप घटेको देखिएको हो ।

यस्तै, यसअघि बैंकहरूले आफूले संकलन गरेको निक्षेपमा ऋणपत्रसमेत जोड्न सक्ने प्रावधान थियो । तर, अब बैंकहरुले ऋणपत्रलाई पुँजीमा मात्रै ऋणपत्रलाई गणना गर्न पाउने नियामकीय व्यवस्थासँगै निक्षेप घटेको देखिएको हो । बैंकहरुले करिब एक खर्ब रुपैयाँ बराबरकाे ऋणपत्रलाई निक्षेपका रुपमा गणना गर्दै आएका थिए ।

Share News