स्क्यामरको पासोले बैंक खाता रित्तियो
काठमाडौं । ‘हेल्लो म खल्ती एपको म्यानेजर बोलेको हुँ । तपाईंले खल्ती एप चलाउनु हुँदो रहेछ । बधाई छ, तपाईंलाई ६ हजार रुपैयाँको बोनस प्राप्त भएको छ,’ ललितपुरका नवीन श्रेष्ठको फोनमा नयाँ नम्बरको ह्वाट्सएपबाट अनौठो आवाज सुनिन्छ । उनी अपरिचित नम्बरबाट पैसा प्राप्त भएको खबर सुनेर मख्ख पर्दै बोल्छन् । ती व्यक्तिको कुराले नवीन उत्साहित पनि भए । उनीहरूबीच केही समय कुराकानी लम्बिन्छ । अपरिचित व्यक्तिले उनलाई बोनसको पैसा प्राप्त गर्न खल्ती एपको लिङ्कको सम्पूर्ण विवरणसहितको नम्बर लगायत सबै जानकारी पठाउन अनुरोध गरे । नवीनले पनि बोनस पाउने लोभमा खल्ती एपको सबै विवरणसहितको लिङ्क अपरिचित व्यक्तिलाई ह्वाटसएपमा पठाइदिन्छन् । त्यसपछि उनले फोन राखे । फोनमा कुरा गरेको तीन दिनपछि ४२ वर्षीय नवीनको खल्ती एपबाट क्षण–क्षणमा गरेर ९० हजार काट्यो । लगत्तै खल्तीको अफिसमा गए । त्यहाँ जाँदा उनले सबै थाहा पाए । पैसा अरु कसैले लगेको । खल्तीको प्रतिनिधिले जब उनलाई सोधे, ‘तपाईंले कसैलाई खल्तीको एप वा ओटीपी दिनु भएको थियो,’ नवीनले जवाफ दिए, ‘हो मैले एकजनालाई खल्ती एपको लिङ्क दिएको थिए ।’ खल्ती एपका प्रतिनिधिले पुनः भने, ‘तपाईं प्रहरीकोमा जानू । तपाईंको पैसा कसैले लगेको देखिन्छ । प्रहरीकोमा गएर उजुरी दिनू ।’ नवीन लगत्तै प्रहरीकोमा उजुरी दिन पुगे । सबै डिटेल लिएर उजुरी दिन पुगे । उनको पैसा काठमाडौंकै हिमाल भन्ने व्यक्तिको खातामा गएको देखियो हिमालसँग सम्पर्क गर्दा उनले पनि आफ्नो पैसा हराएको सुनाउँछन् । ईसेवाबाट आफू ठगिएको भन्दै २७ वर्षीय सीता तामाङ पनि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगिन् । ईसेवाको कर्मचारी भन्दै उनलाई एक साताअघि फोन आएको थियो । ईसेवाकी महिला कर्मचारी बताउनेले उनलाई फोन गर्दै भनेकी थिइन्, ‘म्याम नमस्ते । हजुरलाई बधाई ।’ केका लागि बधाई पाइन् त्यसको चाल सीताले थाहा पाइनन् । उनलाई बिहान आएको फोन पुनः सोही नम्बरबाट साँझ आयो । बेलुकी फोन गर्दा पनि ती महिलाले सीताले भनिन्, ‘बधाई छ । हजुरको ईसेवामा बोनस आएको छ । तर, हजुरले बोनस रकम प्राप्त गर्न केवाइसी भर्नु पर्छ ।’ सीता पनि सित्तैमा पैसा पाइने भएपछि फुरुङ्ग भइन् । उनले भनिन्, ‘केवाइसी फाराम कसरी भर्नु ? यो भनेको के हो मलाई थाहा छैन ।’ ती महिलाले सीतालाई भनिन, ‘केवाइसी फारम भर्न नआएमा हामी नै सहजीकरण गरिदिन्छौं । हामी तपाईंहरूका लागि सहयोग गर्न बसेका हौ ।’ यति भनेपछि सीताले पनि उनको कुरामा विश्वास गरिन र समर्थन जनाइन् । सीतालाई ती महिलाले तपाईंको मोबाइल म्यासेजमा एउटा नम्बर आएको होला हेरेर ओटीपी नम्बर बताइदिन आग्रह गरिन् । उनको मोबाइलमा पनि नम्बर आएको रहेछ लगतै ओटीपी नम्बर बताइदिन् । नम्बर पाएपछि उनले सीतालाई भनिन्, ‘मैले नम्बर पाएँ । सबै प्रक्रिया पुरा गरेपछि बोनस आउँछ र संकलन गर्नूहोला ।’ सीता र उनको कुरा भएको भोलिपल्ट ईसेवाबाट पैसा काटियो । उनको खातामा १२ हजार थियो । ईसेवाबाट ५ सय रुपैयाँ मात्र राखेर उनको पैसा हरायो । उनी आत्तिन र चिनेजानेका साथी तथा आफन्तलाई आफ्नो समस्या सुनाइन् । उनले अन्ततः स्क्यामरबाट ठगिएको थाहा पाइन् । उनले पनि नवीनको जस्तै प्रक्रिया गरेर बुझिन् । ईसेवामा सम्पर्क गरिन् । ईसेवाबाट पैसा हरायो । कसरी यस्तो भयो भनेर ईसेवामा सोधपुछ गरिन् । तर, ईसेवाको जवाफ पाएपछि उनी आफू ठगिएको र स्क्यामरको सिकार बनेकी थाहा पाइन् । अनलाइनको भर पर्दा पैसा गुम्यो डल्लुकी २३ वर्षीय कल्पना महर्जन अनलाइनबाट लुगा मगाउँथिन् । फेसबुक र इन्स्टाग्राममा लुगाका राम्रा–राम्रा विज्ञापन देख्थिन् । अनलाइनमा लुगाको राम्रो विज्ञापन देखेर अनलाइनबाट लुगा मगाइन् । उनले विभिन्न आइटमका लुगाका साथै लेडिज ब्याग मगाइन् । उनले सामान प्राप्त गर्नका लागि फेसबुक र इन्स्टाग्राममा रहेको नम्बरमा सम्पर्क गरिन् । फोन गरेर आफूले चाहेको लुगा मगाइन् । पहिलोपटक कल्पनाले १२ हजार रुपैयाँ पठाइन् । फेसबुकमा रहेको नम्बरको ईसेवामा पैसा पठाइन् । पैसा पठाए पनि अनलाइन सपिङ्गको नम्बरबाट पैसा नआएको उनलाई बताइन्छ । कल्पनाले पैसा पठाए पनि उताबाट पैसा अड्किएको बताइन्छ । अनलाइनवालाले पैसा नआउनुको कारण कल्पनालाई बताउँछन् । ‘तपाईंको सायद केवाइसी नभरेकाले त्यसरी पैसा अड्किएको हुन सक्छ,’ अनलाइनवालाले कल्पनालाई भन्छन् । उनले पनि केवाइसी नभरेको जानकारी दिन्छिन् । केवाइसी नभरेको भए हामी भरिदिन्छौ । तपाईंको मोबाइलमा ओटीपी नम्बर आएको होला मलाई भन्दिनु । सबै काम एकैछिनमा सकिने र अड्किएको सबै पैसा यता आउने अनलाइनवालाले उनलाई बताउँछन् । ओटीपी नम्बर कल्पनाले हतपत्त अनलाइनवालालाई दिन्छिन् । उताबाट अड्केको पैसा पनि आफूले पाएको उनलाई खबर दिन्छन् । त्यसको भोलिपल्ट कल्पनाको ईसेवामा खातामा रहेको ४५ हजार सबै हराउँछ । उनी पनि सीताजस्तै आत्तिइन पैसा हराएपछि लगत्तै ईसेवालाई सम्पर्क गरिन् । पैसा हराएको विवरण र सम्पूर्ण जानकारी ईसेवालाई दिइन् । ईसेवाले सम्पूर्ण पैसा स्क्यामरबाट लगिएको कल्पनालाई जानकारी दियो । आफू ठगिएको थाहा पाएपछि कल्पना काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी लिएर पुगिन् । पछिल्लो समय काठमाडौं उपत्यका अपराध अनुसन्धा कार्यालयमा पनि खल्ती, ईसेवा र अनलाइन लुगा पसलबाट ठगिएको भनेर उजुरी दिन पुग्नेको संख्या बढेको छ । दैनिक जसो ओटीपीको माग गरेर पैसा हराएको भन्दै सेवाग्राहीहरू गुनासो पुग्न थालेका छन् । अपराध अनुसन्धान कार्यालयका एक अनुसन्धान अधिकृतका अनुसार ओटीपीको माग गरेर पैसा हराएको भन्दै दैनिक ८–९ वटा निवेदन पर्न थालेका छन् । केवाईसी अपडेट गर्नुपर्ने भन्दै स्क्यामरले ओटीपी माग गरेर पैसा हराएको भन्दै सेवाग्राही आएको उनले जानकारी दिए । ह्वाट्सएपमा मात्र कुराकानी सेवाग्राहीबाट नयाँ नम्बरबाट ¥यान्डमली व्यक्तिलाई फोन आउने गरेको उनले सुनाए । अपरिचित व्यक्तिबाट पैसा पाउने प्रलोभनमा परेर सेवाग्राहीहरू पनि बोल्ने गर्दा फस्ने गरेको ती प्रहरी अनुसन्धान अधिकृतले विकासन्युजलाई बताए । स्क्यामरले साथीहरूको फेसबुकबाट फ्रेण्ड लिस्ट हेरेर फ्लोअप गर्ने गरेको अनुसन्धानबाट खुलेको उनको भनाइ छ । पैसा गुमाउनेमा शिक्षित तथा सबै प्रकारका मानिसहरू पर्ने गरेको ती प्रहरीको अनुभव छ । स्क्यामरहरूले ह्वाटसएपबाट मात्र कुरा गर्ने गरेको उनले जानकारी दिए । स्क्यामरले ह्वाट्सएपबाट मात्र कुरा गर्ने भएकाले भेट्न नसकिने प्रहरीको भनाइ छ । उनीहरूले व्यक्तिको हराएका नम्बर फेला पारेर कुरा गर्ने गरेको उनको भनाइ छ । स्क्यामरहरू विदाको दिनमा सक्रिय कलेजका विद्यार्थी तथा सरकारी पेन्सन खाने कर्मचारीहरू ओटीपी माग गरेर ठगी भएको भन्दै उजुरी दिन आउने पीडितको संख्या बढिरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सन्तोष खड्का बताउँछन् । स्क्यामहरूले सेवाग्राहीहरूको रूचि अनुसारको कुरा गरेर ओटीपी माग गर्ने गरेको उनले बताए । ‘स्क्यामरले सेवाग्राहीको रुचि तथा स्वभावका कुरा गर्छन्,’ उनले भने, ‘सेवाग्राहीको कुरा तथा भावना बुझेपछि सोही अनुसारको कुरा गरेर ओटीपी माग्न सफल हुन्छन् ।’ सेवाग्राहीले पनि एक पटक कसलाई र किन नम्बर दिँदैछु भनेर नसोची ओटीपी नम्बर दिने गरेको प्रमुख खड्का बताउँछन् । ठगीमा पर्नेहरू विभिन्न पेशामा आवद्ध र घरायसी काम गर्नेदेखि विद्यार्थीहरू समेत ठगिएको उनले जानकारी दिए । प्रलोभनमा परेर, अरुलाई विश्वास र सोधखोज नगरी पैसा तथा ओटीपी नम्बर दिँदा आममानिसहरू पीडित बनिरहेको खड्काले अनुभव सुनाए । पेन्सन खाने कर्मचारीलाई वाणिज्य बैंकबाट बोलेको भन्दै प्रलोभनमा परेर बैंक डिटेल मागेर लैजाने गरेको उनले बताए । स्क्यामरले खाताग्राहीको सम्पूर्ण विवरण पाएपछि खाताको सबै पैसा झिकेको भन्दै उजुरी दिन आएको उनले जानकारी दिए । स्क्यामरले ह्वाट्सएपबाट मात्र कुराकानी गर्ने गरेको खड्काले बताए । स्क्यामरले धेरैजसो विदाको अघिल्लो दिन पारेर वा विदाको दिनमा पैसा झिक्ने गरेको उनले बताए । बिदाको दिन अफिस बन्द रहने भएकाले बैंकमा कम्प्लेन गर्न नसकून् भनेर उनीहरूले त्यस्तो गरेको हुन सक्ने खड्काले बताए। स्क्यामरहरूलाई नियन्त्रणमा लिन धेरै गाह्रो पर्ने उनको भनाइ छ । उनीहरूलाई नियन्त्रणमा धेरै समय लाग्ने गरेको उनले उल्लेख गरे । ‘ओटीपी कसैलाई नदिनू’ साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार फेसबुक तथा इन्स्टाग्रामबाट अनलाइन लुगा तथा अन्य सामग्री मगाएर पैसा नआएको भन्दै ओटीपीको माग गरिएको छ । सामान मगाउँदैमा पैसा आएन भनेर ओटीपी नदिने उनले आग्रह गरे । स्क्यामरले ओटीपी राख्न लगाएर मोबाइल बैंकिङबाट पैसा लैजान सक्ने अवस्थीको भनाइ छ । सेवाग्राहीलाई प्रलोभनमा पारेर स्क्यामरले बैंक खाताबाहकको विवरण लिने गरेको अवस्थी बताउँछन् । म समस्या वा अप्ठ्यारोमा परेको छु, तुरुन्त पैसा पठाइदिनुहोस्, मेरो बैंकिङ्ग एपमा समस्या आएर मैले पैसा पठाउन सकिरहेको छैन । तपाईं यस क्यूआरमा पैसा पठाइदिनुहोस् भन्ने प्रकारका म्यासेज आएर ठगी क्रम बढेको उनले उल्लेख गरे । उनले साथीभाई लगायत आफन्तहरूलाई पठाई ठगी गर्ने घटनाहरू बढिरहेकोले यस्ता घटनाबाट जोगिन सचेत गराए । उनले ह्वाटसएपमा आएका म्यासेजहरूमा तुरुन्त विश्वास नगर्न आग्रह गरे । सम्भव भएसम्म व्यक्तिलाई प्रत्यक्ष फोन गरेर शंकास्पद लिंक, कोड वा फाइल क्लिक/डाउनलोड नगर्न आग्रह गरे । टु स्टेप भेरिफेकसन अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने अवस्थीको भनाइ छ । आफ्नो ओटीपी तथा भेरिफेकिसेन कोड कसैलाई नदिन अवस्थीले बताए । डिजिटल साक्षरता नहुँदा पैसा गुमाउने बढे आम मानिसमा डिजिटल साक्षरता नहुनुमा ओटीपी नम्बरको माध्यमबाट पैसा गुमाउनेको संख्या बढ्दै गएको साइबर विज्ञ बिक्रम लामा बताउँछन् । डिजिटल कारोबार गर्ने मानिसले मुख्यतया लोभ त्याग गर्नुपर्ने उनको भनाइ छ । ‘डिजिटल कारोबार गर्दा कस्ता मानिससँग आर्थिक व्यवहार गर्दैछु, त्यस विषयमा सचेत हुनुपर्ने र सोच्नुपर्छ,’ साइबर विज्ञ लामाले भने, ‘कसैले गिफ्ट दिँदैछ भनेर फोन गर्छ भने किन र कसले सित्तैमा दिन्छ भनी सोचेर प्रश्न गर्नुपर्छ ।’ उनका अनुसार नियामक निकाय नेपाल राष्ट्र बैंक तथा डिजिटल कारोबार गर्ने पसल वा इकमर्स बजारले डिजिटल साक्षरता बढाउन ध्यान दिनुपर्छ । बैंकमा खाता खोल्दा अनिवार्य रूपमा केवाइसी फाराम भर्नु पर्दछ । केवाईसी फाराममा आफ्नो फोटो, परिचयपत्र, ठेगाना र पारिवारिक विवरण पूर्ण रूपमा खुलाउनु पर्दछ । बचत खाता खोल्न बचत खाता खोल्ने फाराम, फोटो र आवासको प्रमाण (जस्तैः धारा, टेलिफोन वा बिजुलीको रसिद) आवश्यक पर्छ ।
रमेश लेखकको बयान : गोली चलाउने आदेश दिएको होइन, फिल्डकै प्रहरीको निर्णय हो
काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनमा आफूले गोली चलाउने आदेश नदिएको बयान दिएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय छानबिन आयोगसँग बयान दिँदै उनले यस्तो बताएका हुन् । ‘कुनै पनि हालतमा सबैलाई सुरक्षित राख्नुपर्छ भन्ने मेरो धारणा थियो, तर गोली प्रहार गर्न भनी मैले कुनै आदेश दिएको थिइनँ । बल प्रयोग स्थलगत परिस्थि खटिएका अधिकारीले निर्णय गर्ने विषय हो र यस्ता विषयमा गृहमन्त्रीले प्रत्यक्ष आएको पनि छैन । प्रहरी महानिरीक्षकले गृहमन्त्रीसँग अन्तिम बल प्रयोगका लागि लिखित आदेश लिने कानूनी व्यवस्था र व्यवहारिक अभ्यास नभएकाले सो नगरिएको कुर स्पष्ट गरेको छ,’ उनले बयानमा भनेका छन् । रमेश लेखकको बयान भाद्र २३ र २४ गते देशका विभिन्न भाग, विशेषतः काठमाडौं उपत्यकामा देखिएको असहज सुरक्षागत अवस्थाबारे म, गृहमन्त्रीको हैसियतमा, समग्र शान्ति सुरक्षा कायम गर्ने संवैधानिक र कानूनी दायित्वमा थिएँ। घटनाक्रम सुरु हुनुअघि नै सामाजिक सञ्जाल र अन्य माध्यमबाट असन्तुष्टि तथा आक्रोश बढिरहेको जानकारी सुरक्षा निकायमार्फत मलाई प्राप्त भएको थियो र सोही आधारमा गृह मन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसँग निरन्तर समन्वय गर्दै स्थिति अनुगमन गरिरहेको थियो । मैले फिल्डमा प्रत्यक्ष आदेश नदिने, तर नीतिगत निर्देशन, समन्वय र राजनीतिक तहबाट आवश्यक सहजीकरणगर्ने जिम्मेवारी निर्वाह गरेको स्पष्ट पार्छु । नेपाल सरकार कार्यविभाजन नियमावलीले गृह मन्त्रालयलाई आन्तरिक सुरक्षा तथा शान्ति सुव्यवस्था सम्बन्धी नीति, मापदण्ड, कानून, योजना कार्यान्वयन र नियमनको कार्य तोकेको छ र यसको कार्यसम्पादन सम्बन्धित कानून अनुसार मन्त्रालय मातहतका निकायमार्फत हुँदै आएको छ । गृहमन्त्री, मन्त्रालयको प्रशासनिक निकाय र प्रहरी प्रशासनबीचको रिपोर्टिङ र निर्देशन पनि विषयगत कानून बमोजिम नै चल्ने गथ्र्यो, आवश्यकता अनुसार कहिलेकाहीँ सोझै सम्पर्क पनि हुन्थ्यो । नेपाल सरकार मन्त्रिपरिषदमा सामाजिक सञ्जालसम्बन्धी निर्णय गर्ने प्रस्ताव गृह मन्त्रालयको तर्फबाट नभएकाले यस विषयमा सुरक्षा निकायसँग छुट्टै राय सुझाव लिने प्रक्रिया भएको थिएन । भाद्र २२ गते साँझ बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको थियो, जहाँ राष्ट्रिय अनुसन्धान विभाग, नेपाल प्रहरीलगायत सबै सुरक्षा निकायबाट भाद्र २३ गते जेनजेड युवाहरूले शान्तिपूर्वक प्रदर्शन गर्ने जानकारी दिइएको थियो र सम्भावित हिंसाबारे कुनै ठोस सूचना प्राप्त भएको थिएन। गृहमन्त्रीको हैसियतले मैले भाद्र २३ गतेको प्रदर्शनका सन्दर्भमा गृह सचिव र सुरक्षा निकायका प्रमुखहरूलाई बल प्रयोग गर्दा हताहती नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस्, समन्वयात्मक रूपमा शान्ति–सुरक्षाको उचित व्यवस्था मिलाउन, राजनीतिक समूहको प्रदर्शन नभएकाले नेतृत्वविहीन हुन सक्ने जोखिम र सम्भावित घुसपैठप्रति सतर्क रहन निर्देशन दिएको थिएँ । भाद्र २३ गते प्रदर्शनकारी र प्रहरीबीच संसद भवन परिसरभित्र बाहिर भिडन्त भइरह भवनलाई कुनै पनि हालतमा सुरक्षित राख्नुपर्छ भन्ने मेरो धारणा थियो, तर गोली प्रहार गर्न भनी मैले कुनै आदेश दिएको थिइनँ । बल प्रयोग स्थलगत परिस्थि खटिएका अधिकारीले निर्णय गर्ने विषय हो र यस्ता विषयमा गृहमन्त्रीले प्रत्यक्ष आएको पनि छैन । प्रहरी महानिरीक्षकले गृहमन्त्रीसँग अन्तिम बल प्रयोगका लागि लिखित आदेश लिने कानूनी व्यवस्था र व्यवहारिक अभ्यास नभएकाले सो नगरिएको कुर स्पष्ट गरेको छ । बानेश्वरतर्फ प्रदर्शन उग्र र हिंसात्मक हुँदै गएको जानकारी सम्माननीय प्रधानमन्त्री माननीय रक्षामन्त्री र नेपाली सेनाका प्रधान सेनापतिलाई गोली चलेर व्यक्ति हताहत भएको खबर पाएपछि नागरिकको जीउज्यानको मिलाउन, हताहती रोक्न गृह मन्त्रालयका पदाधिकारी र सुरक्षा निकायहरूसँग त गरियो र घाइतेहरूको उपचारका लागि प्रशासनलाई सहजीकरण गर्न निर्देशन दिइ गतेको दुःखद र अकल्पनीय घटनाको कारण म अत्यन्त दुःखी र मर्माहित भई ठूलो पीडाबोधको कारण मैले तत्काल नैतिक जिम्मेवारी लिदै गृह मन्त्रीको पदबाट राजीनामा दिएँ । जेनजेड पुस्ताले उठाएका मागहरू मूलतः ठीक थिए भन्ने कुरा मैले सार्वजनिक र छु, तर त्यस पवित्र मनोभावनामा घुसपैठ भएर भएका दुःखद घटना र राज्यका अमूल्य संरचनामाथि भएका आक्रमणलाई केवल आवेगको परिणाम भनेर सीमित मेरो ठम्याइ छ। ’हाम्रो आन्दोलन सफल भएको छ यसलाई हाइज्याक गरेर हिंसा साथीहरू आ–आफ्नो घर फर्किनुस्’ भन्ने जेनजेड अगुवाहरूको अभिव्यक्तिले भएको तथ्य पुष्टि भएको मैले देखें । भाद्र २४ का घटनालाई युवाको मागभन्दा पृथः र आपराधिक कार्यमा संलग्न जो कोहीलाई कानूनबमोजिम कारवाही हुनुपर्छ भन्नेर काठमाडौंस्थित नैकाप र कञ्चनपुर महेन्द्रनगरमा रहेका मेरा निजी घरमा प्रदर्शनकारी तोडफोड, आगजनी र लुटपाट भयो नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी नयाँ संसदमा दर्ता भई राज्य व्यवस्था समितिमा छलफलमा थियो। मैले राज्यको देखिएका कमजोरी, सूचना संकलन र विश्लेषणको अभाव, युवापुस्तासँग राज्यको संवाद पूर्वतयारी पर्याप्त नहुनुजस्ता पक्ष आत्मालोचनासहित स्वीकार गरेको छु । दीर्घकालीन सुरक्षाको सुनिश्चितताका लागि कानूनी सुधार, सुरक्षा निकायको क्षमता अभिवृद्धि, मान भीड व्यवस्थापन, अन्तर– निकाय समन्वय, प्रविधिको प्रयोग र राजनीतिक प्रशासनिक उत्तरदायित्व स्पष्ट गर्नुपर्ने आवश्यकता मैले औल्याएको छु ।
ओलीको बयान : ६/७ हजार युवा आएर शान्तिपूर्ण विरोध हुने सूचना थियो, हाइज्याक भयो
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ गते ६÷७ हजार युवा सडकमा आएर शान्तिपूर्ण आन्दोलन हुने सूचना भएको बयान दिएका छन् । जेनजी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगलाई बयान दिँदै ओलीले युवाहरूलाई अघि सारेर आफ्नो उद्देश्य पूर्ति गर्न खोज्ने समूहले उत्तेजना सिर्जना गरेको आरोप लगाएका हुन् । ओलीको बयान : २०८२ साल चैत्रमा काठमाडौंको तीनकुनेको घटनापछि सबै सुरक्षा निकायहरूलाई त्यस्ता घटनाहरूको सन्दर्भमा कमभन्दा कम धनजनको क्षति होस् र अवान्छित तत्वको घुसपैठ नहोस् भन्नेतर्फ सुरक्षा निकायलाई निर्देशन दिने गरेको थिए । केन्द्रीय सुरक्षा समितिको अध्यक्ष गृहमन्त्री रहने हुँदा सुरक्षा संवेदनशीलता र सो सँग सम्बन्धित सूचनाहरू गृहमन्त्रीसँग हुने हुँदा तत्कालीन गृहमन्त्रीलाई जवाफको लागि आयोगमा जान भनेको हो । धेरै विषय गृहमन्त्रीको जवाफबाट खुलेकै होला । वास्तवमा भाद्र २३ र २४ गते देशमा हालसम्म नभएको अकल्पनीय र बर्बरतापूर्ण घटना घट्यो । भाद्र २३ गते जियनजेड पुस्ताद्वारा भएको आन्दोलनको दौरान भएका तत्काल र तुरुन्त हुने घटनाको सन्दर्भमा प्रधानमन्त्रीलाई सोझै जानकारी गराउने विषय होइन । प्रधानमन्त्रीले प्रहरीलाई आदेश दिने होइन, यसको लागि गृह मन्त्रालय विभागीय मन्त्रालयको रुपमा नै रहन्छ । तर्कपूर्ण ढंगले प्रधानमन्त्री यो विषयमा जवाफदेही हुँदैन । सुरक्षाकर्मीमाथि नै आक्रमण गर्ने, सुरक्षाकर्मीहरूका ड्रेस, बन्दुक खोसी लगाई सेल्फी खिच्ने जस्ता उच्छृङ्खल क्रियाकलाप गर्ने कार्य पक्कै पनि आन्दोलनको घोषणा गरेका जेनजीले होइन । आन्दोलनको फाइदा उठाएर घुसपैठ समूहबाट भएको हो । जियनजेड हरूले आफ्ना मागहरू हाइज्याक्ड भयो हाम्रो उद्देश्य यस्तो थिएन शान्तिपूर्ण आन्दोलन थियो भनेकै छन । संसद् भवन जलाउने प्रयास २३ गते भएकै हो । सो दिन आन्दोलनमा युवाहरूलाई अगाडि लगाएर आफ्नो उद्देश्य पूरा गर्ने समूहले सुनियोजित रुपमा युवाहरूमा उत्तेजना सिर्जित गरी ज्यान नै हताहती हुने सम्मको स्थिति सिर्जना गराएको हो । सरकारका तीनवटै निकायहरूमाथि आगजनी र आक्रमण सुनियोजित घटना हो । सार्वभौम जनताको प्रतिनिधित्व गर्ने थलो संसद भवन, देशको प्रशासनिक केन्द्र सिंहदरबार र न्याय निरुपणको थलो सर्वोच्च अदालतमा खोजी खोजी मिसिल हेरी हेरी छानेर डाटा खोजेर जलाइयो त्यसमा संलग्नहरूको भिडियो सार्वजनिक भएको छ उनीहरूको बयान आयोगद्वारा लिइएको छ ? राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्षको हैसियतले बैठक बसी निर्देशन दिन सकिने अवस्था रहेको तर सरकारको तर्फबाट कम भन्दा कम हतियारको प्रयोग र मानवीय क्षति नहोस् भन्ने नै थियो । सेना परिचालन गर्ने मनसाय सरकारको नभएकोले त्यस्तो गरिएन । नेपाली सेनाको सुझाव पनि सोही बमोजिम थियो । २२ गते राति नै सुरक्षा निकायका प्रमुखसँग छलफल गरिएकोमा सुरक्षा निकायबाट ६–७ हजार जति जियनजेड आई शान्तिपूर्ण हुने भनेको हो । हताहती हुन नदिन प्रधानमन्त्रीको हिसाबले निर्देशन दिइएको हो । मेरो सबै सम्पत्ति जलाइयो र मलाई बस्न दिए वापतको अरुको निजी सम्पत्ति जुन २३ वर्ष अघि नै बेचेको हो सो पनि जलाइयो । तेह्रथुम जिल्लामा एकमात्र आगलागि भएको घर मेरो रहेको । यो सबै गर्नेहरूलाई सोधीखोजी र बयान लिने काम आयोगबाट भयो भएन ? उद्योग जलाउनु देशको अर्थतन्त्र जलाएको होइन ? सामाजिक प्रबन्धमाथिको आक्रमण, आर्थिक प्रबन्धमाथिको आक्रमण र हाम्रो संस्कृति ध्वस्त गरी देशलाई तहसनहस बनाउने काम भयो । यसरी लगानी प्रवर्धन गर्न सकिन्छ र ? भाद्र २३ गतेको घटनामा प्रधानमन्त्रीले प्रहरीलाई गोली हान्न आदेश दिने अधिकार हुँदैन । यो भन्ने पनि होइन । यस्ता प्राविधिक प्रश्नहरू सम्बन्धित व्यक्तिहरूले जवाफ दिनुभएकै होला । भाद्र २३ गतेको घटनापछि बेलुका सरकारको बैठक बसी घटनाको निष्पक्ष छानविन सम्बन्धमा न्यायिक आयोग गठन गर्ने, घाइतेको प्रभावकारी उपचार साथै मृतक परिवारलाई राहत दिने र जियनजेड पुस्ताको माग बमोजिमको सामाजिक सञ्जालमा लगाएको प्रतिबन्ध खोल्ने निर्णय गरिएको हो । भाद्र २४ गते मैले राजिनामा दिएको हु । म बाधक भएको कारणले त्यो आन्दोलन भएको भए मेरो राजीनामापछि सबै ठीक हुनुपर्ने तर भएन त ? सामाजिम सञ्जालको नियमनको विषयमा सरकारले निर्णय गर्यो, सामाजिक संञ्जाल नियमन त हुनुपर्यो नि ! जवाफदेही हुनु पर्दैन? पर्छ नि ! हो त्यसै कारणले निर्णय गरेको हो । तत्कालीन जिम्मेवारीमा रहेका राज्यका पदाधिकारीहरूले घटना सम्बन्धमा आयोगमा बयान दिइसकेका, यस विषयमा सार्वजनिक रुपमा आफ्ना धारणा पटक पटक दिइसकेको छु ।