बारामा वोमी माइक्रोफाइनान्सले शुरू गर्याे पशुपालन तालिम कार्यक्रम
काठमाडौं । बारा जिल्लामा वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले पशुपालन तालिम कार्यक्रम सञ्चालन गरेको छ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १७ स्थित जैतापुरमा २७ जना सदस्य तथा स्थानियलाई पशुपालन सम्बन्धी तालिम प्रदान गरेको छ । पशुपालन तालिम कार्यक्रममा प्रशिक्षण प्राविधिक श्रोत व्यक्तिद्धय विकास प्रसाद दाहाल तथा प्रभातकुमार यादवले बताएका छन् । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको बारा जिल्लामा सिमरा तथा परवानीपुर गरी २ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।
कञ्चन डेभलपमेन्ट बैंकबाटै जनरल इन्स्योरेन्सको पोलिसी किन्न सकिने
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी कञ्चन डेभलपमेन्ट बैंकबाट किन्न सकिने भएको छ । जनरल इन्स्योरेन्स कम्पनी (जीआईसी) र कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडबीच आइतबार ‘बैङ्कासुरेन्स’ सम्झौता भएको भएसँगै त्यस्तो सुविधा प्राप्त हुने भएको हो । आइतबारका दिन आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको बताइएको छ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशी र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।
आजदेखि ठूला भारतीय नोट नेपालमा अवैध, राष्ट्र बैंकले जारी गर्यो यस्तो निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा भारतीय २००, ५०० र २००० दरका नोटहरु नेपालमा अवैध हुने ठहर गरेको छ । बैंकले एकीकृत इ.प्रा. परिपत्र १/२०७४ को बुँदा १.१ अन्तर्गत १.११.६ को खण्ड क संशोधन गरी त्यस्तो व्यवस्था गर्दै यस्ताे निर्देशन दिएकाे जनाएको हो । सरकारले यसअघि नै सो दरका भारतीय नोटलार्इ नेपालमा चलनचल्ती हुन नदिने बताइसके पनि मौद्रिक नियमनको अधिकार पाएको नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरेपछि मात्र उक्त निर्णयले आधिकारिकता पाउने भएकाे हो । भारतले उक्त दरका नोटहरु नेपालमा चलाउन नदिने भएपछि नेपाल सरकारले यसअघि नै आफ्ना नागरिकहरुलाई सो जानकारी गराएको थियो । सरकार र राष्ट्र बैंकले भारतीय पक्षलाई नोट चलाउन दिने व्यवस्था गर्न पटकपटक आग्रह गरे पनि भारतीय पक्षले नमानेपछि राष्ट्र बैंकले त्यस्तो निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकको निर्देशनसँगै नेपालमा भारतीय रुपैंया आजदेखि अवैध हुने भएको छ ।