
काठमाडौँ । गुडविल फाइनान्स लिमिटेड(वित्तीय संस्था) को २४ औँ वार्षिक साधारण सभा चैत १० गते हुने भएको छ । कम्पनी सञ्चालक समितिको माघ ६ गते बसेको बैठकले साधारण सभाको मिति तय गरेको हो । साधारण सभाको लागि कम्पनीको शेयर नामसारी दाखिल खारेज गर्ने मिति माघ २७ देखि फागुन १० गतेसम्मका लागि बन्द गर्ने निर्णयपनि गरिएको छ ।
८० करोड चुक्ता पूँजी रहेको कम्पनीको साधारण सभामा ५.२६३ प्रतिशतका दरले ४ करोड २१ लाख ५ हजार २ सय ६३ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गरिने छ । साधारण सभाले अध्यक्षको प्रतिवेदन छलफल सहित पारित गर्ने कम्पनी सचिव स्वयम्भु शाक्यले जनाएका छन् ।