गुह्येश्वरी मर्चेन्टको नाफा ३ करोड ३४ लाख, सबै सूचक सुधारात्मक

<p>काठमाडौं । गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ३४ लाख रुपैंया खुद मुनाफा कमाएको छ । फाइनान्सले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १० प्रतिशतले नाफा बढाएर सो आकारमा पुर्याएको छ । फाइनान्सले पुस मसान्तसम्म कुल ३२ अर्ब ९६ करोड निक्षेप संकलन गरी ३९ अर्ब ३ करोड [&hellip;]</p>

काठमाडौं । गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ३४ लाख रुपैंया खुद मुनाफा कमाएको छ । फाइनान्सले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १० प्रतिशतले नाफा बढाएर सो आकारमा पुर्याएको छ ।

फाइनान्सले पुस मसान्तसम्म कुल ३२ अर्ब ९६ करोड निक्षेप संकलन गरी ३९ अर्ब ३ करोड रुपैंया कर्जा प्रवाह गर्दा उक्त फाइनान्सको सीसीडी अनुपात ६८.३० प्रतिशतमा सीमित भएको छ । यो अनुपात भनेको फाइनान्सले अझै ठूलो मात्रामा मर्जा लगानी गर्नसक्ने अवस्था हो ।

उक्त अवधिमा फाइनान्सले ७ करोड ४५ लाख रुपैंया खुद ब्याज आम्दानी गर्दा ५ करोड ५८ लाख रुपैंया बराबरको प्रशासनिक खर्च गरेको छ ।

फाइनान्सको पुँजी पर्याप्तता अनुपात २६.४० प्रतिशत, निष्क्रिय कर्जा अनुपात ०.६८ प्रतिशत, कस्ट अफ फण्ड १०.३४ प्रतिशत, आधार ब्याजदर १२.७६ प्रतिशत र ब्याजको स्प्रेडदर ४.८१ प्रतिशत रहेको छ ।

Share News