काठमाडौँ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले भैरहवा, रुपन्देहीमा ११ औं शाखा शुभारम्भ गरेको छ । नेपाल राष्ट्र बैंक, भैरहवाका निर्देशक अशोककुमार पौडेलले एक समारोहका बीच शाखा उद्घाटन गरेका हुन् ।
संस्थाका अध्यक्ष श्रीमान श्रेष्ठ, पूर्व अध्यक्ष राजेशलाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठको कार्यक्रममा उपस्थिति रहेको थियो । चाँडै नै बुटवल रुपन्देहीमा नै १२ औं शाखा विस्तार हुने संस्थाद्वारा प्रेस विज्ञप्ती मार्फत जनाइएको छ ।
प्रधान कार्यालय हरिहर भवन, ललितपुर तथा शाखा कार्यालयहरु काठमाडौको चावहिल, चुच्चेपाटी, अजरअमर रोड, हेटौँडा, आदर्श नगर, वीरगञ्ज, चारआली, विर्तामोड, थानारोड, दमक, कलैया बजार, बारा, मेनरोड, जीतपुर, जनकपुर, धनुषा र नारायणगढ चितवनमा रहेको छ ।
गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले ०७५ पौष मसान्तसम्म निक्षेप संकलन ३ अर्ब ३० करोड तथा कर्जा २ अर्ब ९० करोड प्रवाह गरी ५ करोड २६ लाख संचालन मुनाफा गरेको संस्थाद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । यस वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा १५ करोड ९७ लाख रहेको छ ।
बैकिङ्ग सेवामा ATM सेवा, SMS Banking सेवा, Internet Banking सेवा, ECC सेवा, IPS सेवा, Safe Deposit Locker सुविधा विभिन्न विप्रेशन (Remittance) सेवा तथा DP सेवा र C-ASBA सेवा साथै व्यक्तिगत खाताको लागि ३ लाखसम्मको निक्षेप विमा सेवा दिइदै आएको छ ।