ज्योति लाइफले एनएमबी क्यापिटललाई बिक्री प्रवन्धकमा नियुक्त गर्यो, ६६ करोडको आईपीओ निष्कासन गर्ने

काठमाडौं । ६ महिनाअघि मात्र सञ्चालनमा आएको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्नका बिक्री प्रवन्धक नियुक्त गरेको छ । ज्योतिले चुक्तापुँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । सेयर निष्कासनका लागि ज्योतिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशबिक्रम खत्री र एनएमबी क्यापिटलका सीईओ श्रीजेश घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीको प्रथम वार्षिक साधारणसभाले चुक्तापुँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गरेपछि बिक्री प्रवन्धक नियुक्त गरिएको हो ।

प्राइम लाइफ इन्स्योरेन्सले फागनु २७ देखि हकप्रद निष्कासन गर्ने

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन ९७ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको ९७ लाख ६३ हजार २ सय कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले साविकका सेयरधनीलाई १६० प्रतिशत (अर्थात १ बराबर १.६० को अनुपातमा) मा हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको हो । हकप्रद निष्कासन बन्द बैशाख २ गते हुने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीले चुक्तापुँजी बढाउन ९७ करोड ६३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ । हकप्रद बाँडफाँड पश्चात कम्पनीको पुँजी १ अर्ब ५८ करोढ रुपैयाँ पुग्नेछ ।

हकप्रद निष्कासन गर्न प्राइम लाइफ इन्स्योरेन्सको बुक क्लोज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर निष्कासनका लागि फागुन १७ गतेदेखि बुक क्लोजन हुने भएको छ । कम्पनीले चुक्तापूँजी बढाउन १६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ । नेपाल धितोपत्र बोर्डले हकप्रद निष्कासनको लागि अनुमति दिइसकेपछि प्रक्रिया अघि बढेको हो । बोर्डको अनुमति अनुसार कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले ९७ लाख ६३ हजार कित्ता हकप्रद जारी गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ । हकप्रद पश्चात कम्पनीको पुँजी एक अर्ब ८६ करोढ रुपैयाँ नाघ्ने छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गरिरहेको छ ।