
काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्रस्तावित ४० प्रतिशत लाभांश पारित भएको छ । संस्थाको शुक्रबार सम्पन्न पाचौँ वार्षिक साधारणसभाले सेयरधनीलाई २५ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो ।
सभाले पारित गरेअनुसार संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने छ । सो मात्राको बोनस पश्चात संस्थाको चुक्ता पुँजी बढेर १५ करोड ४ लाख रुपैयाँ नाघेको छ ।
साथै, सभाले सस्थापक तर्फबाट ४ जना सञ्चालकहरुको निर्वाचित गरेको छ । जसमा नेपाल इन्भेष्टमेण्ट बैकको तर्फबाट रबिन सिंजापती र बरुण श्रेष्ठ, कुमारी बैंकको तर्फबाट राजिव गिरी तथा केशवप्रसाद आचार्य निर्वाचित भएका छन् ।
हालसम्म संस्थाले कर्जा २ अर्ब ६३ करोड र बचत ८४ करोड रुपैयाँ भन्दा बढी संकलन गरेको छ ।