बीमा समितिकाे केही अधिकार खाेस्दै नयाँ एेन, पुराना सीर्इअाेलार्इ फलिफाप, सञ्चालकलार्इ कडार्इ

काठमाडौं । बीमा कम्पनीका पुराना प्रमुख कार्यकारी अधिकृतहरूका लागि अवसरकाे घण्टी बजेकाे छ । बीमककाे संस्थागत सुशासन निर्देशिका अनुसार दुर्इ कार्यकाल पुरा भर्इ काम गरिरहेकाे कम्पनीबाट विदा लिनु पर्ने दिन नजिकदै गएकाे सीर्इअाेहरूका लागि बीमा एेन २०७५ फलिफापपूर्ण हुने भएकाे छ । संसद्मा पेश भएकाे बीमा एेनमा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई ८ वर्षसम्म एउटै कम्पनीमा काम गर्न मिल्ने व्यवस्था गरिएकाे छ । त्यसमा ऐन लागू भएपछि मात्रै बीमा कम्पनीहरुमा सीईओहरुको कार्यकाल गणना हुने लेखिएको छ । ऐनको मस्यौदामा सीर्इअाेकाे कार्यकाल चार बर्षको हुने र अर्काे एक कार्यकालका लागि पुनः नियुक्त हुन पाउने लेखिएको छ । सो व्यवस्था भने ऐन लागू भएपछि मात्रै कार्यान्वयनमा आउने उल्लेख छ । समितिकाे अधिकार कटाैति प्रस्तावित बीमा एेनमा हाल बीमा समितिले प्रयाेग गर्दै अाएकाे केही अधिकार खाेसेर कम्पनीकाे सञ्चालक समितिलार्इ दिएकाे छ । त्यसमा बीमा कम्पनीका सञ्चालकहरूकाे याेग्यतामा थप कडार्इ गरिएकाे छ भने सीर्इअाेहरूकाे लागि सुविधाजनक व्यवस्था राखिएकाे छ । सीर्इअाेकाे याेग्यतामा स्नातकाेत्तर गरेकाे वा स्नातक तह उत्तीर्ण गरेर व्यवथापन क्षेत्रमा १० वर्षकाे अनुभव भए हुने व्यवस्था गरिएकाे थियाे । यसअघि सीर्इअाेकाे याेग्यता बीमा समितिले जारी गर्ने संस्थागत सुशासनले निर्धारण गर्दै अाएकाे थियाे । यसका पटक पटक परिवर्तन हुँदा बीमा क्षेत्रमा याेग्यताकाे विषय नै विवादित भएकाे थियाे । सीर्इअाे नियुक्ति विधि पनि सजिलाे भएकाे छ । बीमा कम्पनीले अाफ्नाे अावश्यकता अनुसारकाे व्यक्तिलार्इ सीर्इअाे पदमा नियुक्त गरी बीमा प्राधिकरणलार्इ ७ दिनसम्ममा जानकारी दिए पुग्नेछ । हाल सञ्चालक समितिकाे निर्णय बीमा समितिले स्वीकृत गरेपछि मात्र लागू हुने व्यवस्था छ । सीर्इअाेकाे तलव सुविधा पनि सञ्चालक समितिले ताेक्न पाउने बनाइएकाे छ । यसअघि सीर्इअाेकाे तलव सुशासन निर्देशिकाले ताेकेकाे मापदण्ड अनुसार वा साधारणासभाले गरेकाे निर्णय अनुसार हुने व्यवस्था थियाे । सञ्चालकलार्इ कडार्इ बीमा कम्पनीकाे सञ्चालक बन्न स्नातक तहसम्म अनिवार्य पढेकाे हुनु पर्नेछ । त्यस्तै उच्च व्यस्थापनमा रहेर पाँच वर्ष काम गरेकाे अनुभव पनि चाहिन्छ । स्नातकाेत्तर तहकाे शिक्षा हासिल गरेकाे व्यक्तिसँग तीन वर्षकाे अनुभव भए पुग्छ । बैंककाे कालाेसूचिमा परेकाे, सेयर काराेबारी, कर बक्याैता बाँकी रहेकाे व्यक्ति बीमा कम्पनीकाे सञ्चालक बन्न पाउने छैन । बीमा एेनका धेरै विषय बैंक तथा वित्तीय संस्था सम्बन्धि एेन, राष्ट्र बैंक एेन र बीमककाे संस्थागत सुशासन निर्देशिकामा अाधारित छन् । नेपालीलाई विदेशमा बीमा गर्न बाटो खुला गरिदै, अब नेपाली बीमा कम्पनीहरुको विजनेश विदेशी कम्पनीले खोस्ने स्वास्थ्य बीमा कार्यक्रम प्राधिकरणमा तानिँदै, सञ्चय कोष र नागरिक लगानी कोषले बीमा गर्न नपाउने

राष्ट्रिय वाणिज्य बैंक र नेको इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेको इन्स्योरेन्स लिमिटेड बीच बिहिबार बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिल्सिनाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बीमा नेको इन्स्योरेन्सबाट गर्न सक्नेछन् । बैंकको हाल ७४ जिल्लामा २०४ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । गत आ.व.को आषाढ समान्तसम्म बैंकले १ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब कर्जा रुपैयाँ लगानी गरेको छ ।

नेपालीलाई विदेशमा बीमा गर्न बाटो खुला गरिदै, अब नेपाली बीमा कम्पनीहरुको विजनेश विदेशी कम्पनीले खोस्ने

काठमाडौं । सरकारले नेपाली नागरिक वा कम्पनीलाई विदेशमा बीमा गर्न बाटो खुला गरिदिने भएको छ । सरकारले संसदमा पेश गरेको बीमा ऐन २०७५ को मस्यौदामा प्रत्यक्ष रुपमा विदेशमा बीमा गर्न पाउने व्यवस्था गरिएको छ । ‘नेपालमा इजाजतपत्र पत्र बीमकले स्वीकार नगर्ने बीमा व्यवसाय, पुर्नबीमा व्यवसाय वा नेपालमा इजाजतपत्र प्रदान नगरिएको बीमा व्यवसायका सम्बन्धमा विदेशी बीमा कम्पनीसँग कारोबार गर्न बाधा पर्ने छैन’ दफा २४ (३)मा बाधा फुकाउने नाममा लेखिएको छ । यसअघि नेपाली नागरिक वा नेपालमा दर्ता भएको कुनै पनि फर्म, कम्पनी, संघ, संस्थाले बिदेशमा बीमा गर्न नपाउने व्यवस्था थियो । विधेयकको दफा २४ को बाधा फुकाउ अनुच्छेद जस्ताको जस्तै पारित भएमा विदेशी लगानी रहेको नेपालको सबै कम्पनीहरुले बीमा विदेशी कम्पनीमा गर्न सक्ने जानकारहरु बताउँछन् । ‘प्रस्तावित व्यवस्था जस्ताको जस्तै आयो भने सूर्य नेपाल, यूनिलिभर, डावर नेपाल, बोटलर्स नेपाल जस्ता बहुराष्ट्रिय कम्पनीले नेपालमा बीमा गर्दैनन्’ एक बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने–‘इन्डस्ट्रियल अल रिक्स पोलिसी, साइबर क्राइम पाेलिसी वा  नेपालमा नभएको अन्य कुनै पोलिसीको नाममा उनीहरुले विदेशमा बीमा गर्छन ।’ कानुनले नै विदेशी कम्पनीलाई नेपाली बजार खुला गरेपछि विदेशी बीमा कम्पनीहरु नेपालका कर्पोरेट विजनेशनमा छिर्ने अनुमान गरिएको छ । ‘विदेशी भन्ने वित्तिकै राम्रो भन्ने सोच पनि छ । उनीहरुसँग केही फरक बीमा पोलिसी पनि हुन्छन्, विदेशी कम्पनीले नेपाली कम्पनीको बजार खोस्ने सम्भावना अधिक हुन्छ’ उनले भने । बैंक, होटल, जलविद्युत कम्पनी, सिमेन्ट उद्योग, परामर्श सेवा सञ्चालक लगायत धेरैले बिदेशी बीमा पोलिसी लिन सक्ने जानकारहरु बताउँछन् । जीवन बीमातर्फ पनि यसको प्रभाव पर्ने देखिएको छ । विकशित देशहरुले जीवन बीमा पोलिसीलाई व्यवसायिक लाभ र हानीसँग जोडेर विशेष प्रकारको बीमा पोलिसी तयार गरेका हुुन्छन् । त्यस्तै, हरेक वर्ष नेपाली मुद्रा अवमूल्यन हुने भएकोले भारत बाहेकका देशमा जीवन बीमा गर्दा विदेशी मुद्रा विनियम दरमा बृद्धिमा हुने लाभ पनि केही नेपालीले लिदै आएका छन् । ‘पुँजी बजारमा लगानी गर्ने, डेरिभेटिम मार्केटमा लगानी गर्ने लगानीकर्ताहरुलाई लक्षित गरेर विदेशमा बनेका जस्तो पोलिसी नेपालमा बन्न धेरै समय लाग्छ’ नेपाल लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झा भन्छन्–‘अहिले विदेशमा बीमा गर्नु पुरै गैरकानुनी मानिन्छ । तैपनि सीमा क्षेत्रका नेपालीले भारतमा र राजधानीका सम्पन्न मानिसहरुले भारत, अमेरिका वा तेस्रो देशमा बीमा गरेको पाइन्छ । कानुनी रुपमा खुला भयो भने उनीहरुलाई विदेशमा बीमा गर्न सहज हुन सक्छ ।’ विदेशमा बीमा गर्ने बाटो खुला गर्ने हो भने जीवन बीमा बजार भन्दा निर्जीवन बीमा बजार बढी प्रभावित हुने उनीहरु बताउँछन् । तुलनात्मक रुपमा जीवन बीमा कम्पनीहरु बढी प्रतिस्पर्धी भएको र जीवन बीमा सम्बन्धी धेरै बीमा पोलिसीहरु नेपालमा बनिसकेको, बीमाको दावी भुक्तानी र सेवाको स्तर पनि राम्रो भएकोले जीवन बीमातर्फ कम जोखिम भएको बताइएको छ । नेपालमा नभएका बीमा पाेलिस बनाउन र नेपालमा नै बीमा गराउन प्रेरित गर्ने र बजारलार्इ दवाव  दिन काम नगरी सरकारले साेझै विदेशमा बीमा गर्न बाटाे खुला गर्नु बीमा बजारकाे लागि दुर्भाग्य भएकाे अनुभवीहरू बताउँछन् ।