यूनाईटेड इन्स्योरेन्सको बीमा शुल्क अहिलेसम्मकै उच्च, खुद नाफा पनि ६० प्रतिशतले बढ्यो
काठमाडौं । यूनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) ले गत आर्थिक वर्ष २०७६/७७मा ३१ करोड ८० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जुन कम्पनीको इतिहासमै अहिलेसम्मकै उच्च बीमा शुल्क हो भने अघिल्लो आवको तुलनामा ३७.८२ प्रतिशत बढी हो । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा २३ करोड ७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । खुद बीमा शुल्कसँगै कम्पनीको खुद नाफामा पनि वृद्धि भएको छ । अघिल्लो आवमा २ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आवमा ३ करोड ४१ लाख रुपैयाँ कमाएको छ । जुन प्रतिशतको आधारमा ६०.४४ प्रतिशत बढी हो । गत असार मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी बढेर एक अर्ब २ करोड रुपैयाँ पुगेको । त्यस्तै, जगेडा कोष वृद्धि भई ७ करोड ५२ लाख रुपैयाँ पुगेको छ भने बीमा कोष पनि बढेर ३० करोड ८० लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको जगेडा कोषमा २ करोड ८४ लाख रुपैययाँ र बीमा कोषमा २९ करोड ३ लाख रुपैयाँ रहेकाे थियाे । समीक्षा अवधिमा कम्पनीले ९ हजार ७ सय ९३ वटा बीमालेख बाट ६५ करोड ५४ लाख रुपैयाँ कमाएको छ । त्यस्तै, २ हजार ४२ वटा दावी मार्फत २२ करोड ३८ लाख रुपैयाँ भुक्तानी गरेको देखिन्छ भने एक हजार ९ सय १४ वटा दाबीबाट ४३ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३२ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३७.९४ रुपैयाँ छ । प्रतिसेयर कुल सम्पत्तिको मूल्य एक हजार २ सय ३५ रुपैयाँ रहेको छ ।
शिखर इन्स्योरेन्सको नाफा बढ्यो, बीमा शुल्क एक अर्ब १८ करोड रुपैयाँ बढी
काठमाडौं । शिखर इन्स्योरेन्सको खुद नाफा ६.३९ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७५/७६ मा ४२ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले २०७६/७७मा ४५ करोड एक लाख रुपैयाँ आर्जन गर्न सफल भएको हो । समीक्षा अवधिमा कम्पनीले एक अर्ब १८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छ । अघिल्लो आवको सोही अवधिमा इन्स्योरेन्सले एक अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । चुक्ता पुँजी एक अर्ब ५ करोड रुपैयाँ भएको यस कम्पनीको जगेडा कोषमा ८३ करोड ६३ लाख रुपैयाँ बढी छ । जुन अघिल्लो वर्षमा ४० करोड ११ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीले २ लाख ५९ हजार वटा बीमालेख जारी गरेको छ । त्यस्तै, १४ हजार ४ सय ७० वटा दाबीबाट कूल एक अर्ब ६७ लाख रुपैयाँ भुक्तानी गरेको छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ४२.५८ रुपैयाँ रहेको छ । त्यस्तै, प्रति सेयर नेटवर्थ २ सय ८८ रुपैयाँ रहेको छ ।
एक वाणिज्य बैंक र सबै विकास बैंकलाई पछि पार्दै सहकारी बैंकले कमायाे ६८ करोड १८ लाख नाफा
काठमाडौँ । कोरोना कहरबीच राष्ट्रिय सहकारी बैंक लिमिटेडले लोभलाग्दो प्रगति गरेको छ। सहकारी क्षेत्रको एक मात्र बैंकको रुपमा स्थापित भएको राष्ट्रिय सहकारी बैंक लिमिटेडले विश्वमै महामारीको रुपमा फैलिएको कोरोनाका बीच समेत मुनाफामा उल्लेखीय प्रगति हासिल गरेको छ। बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ६८ करोड १८ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन रकम केही वाणिज्य बैंक र धेरै विकास बैंकहरूकाे भन्दा बढी हाे । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४९ करोड ८८ लाख २६ हजार रुपैयाँ नाफा कमाएको थियो । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.६९ प्रतिशतले बढी हो । बैंकले प्रकाशित गरेको लेखा परिक्षण नभएको वित्तीय विवरण अनुसार शेयरपूंजी २ अर्ब २२ करोड ३८ लाख ९९ हजार रहेको छ । बैंकको जगेडा कोषमा १ अर्ब ४ करोड ५० लाख १७ हजार रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा १.३४ प्रतिशतबाट घटेर ०.७० प्रतिशतमा रहेको छ । बैंकको नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार आएको छ । गत आवमा १ अर्ब १० करोड ७६ लाख ७६ हजार पुगेको खुद व्याज आम्दानी गरेकाे छ । अघिल्लो आवको सोही अवधिमा ९२ करोड २२ लाख ६१ हजार रहेको थियो । बाणिज्य बैंक र विकास बैंक भन्दा अगाडी सहकारी बैंक हाल सम्म गत आ.व. को चौथो त्रयमासको वित्तीय विवरण सार्वजनिक गरेका गरेका बाणिज्य बैंक र विकास बैंकहरु मध्ये राष्ट्रिय सहकारी बैंकको नाफा एक बाणिज्य बैंककाे भन्दा बढी छ भने विकास बैंकहरु कसैको नाफा राष्ट्रिय सहकारी बैंकको भन्दा बढी छैन | ७७ जिल्लाका सबैखाले सहकारी संघ/संस्थाहरु सदस्य बन्न सकिने बैंकमा हाल १२ हजार सहकारी संघ/संस्था सदस्य रहेका छन भने बैंकले ४६ अर्व ८८ करोड बचत संकलन गर्दै २६ अर्व ६९ करोड कर्जा लगानी गरेको छ, बैंकमा चार्टड अकाउन्टेड बद्रीकुमार गुरागाईं प्रमुख कार्यकारी अधिकृत रहेका छन भने बैंकका अध्यक्ष वरिष्ठ सहकरीकर्मी के.वी. उप्रेती हुन |