काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा ३ लाख ३४ हजार १ सय ६९ रुपैयाँ जम्मा गरेको छ । बैंकले राष्ट्रिय बाणिज्य बैंकमा रहेको खातामा ३ लाख ३४ हजार १ सय ६९ रुपैया जम्मा गरेको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा २०७७ असार मसान्त सम्ममा कायम रकम योगदान गरेको हो ।
संस्थाले योगदान गरेको रकमले कोभिड-१९ फैलिने क्रमले पुर्याएको विषम परिस्थितिमा केही राहत पुग्ने विश्वास लिइएको छ ।