प्रभु बैंकको ऋणपत्र बाँडफाँडः ४१७ जनाको आवेदन रद्द, बाँकीले मागे जति सबै पाए (सूचीसहित)

काठमाडौं । प्रभु बैंकले निष्काशन गरेको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र(डिबेन्चर) बाँडफाँड भएको छ । उक्त ऋणपत्र आज (साउन २९ गते) निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको कार्यालय नक्सालमा भएको हो । जसमा रितपूर्वक आवेदन दिने सबैले माग गरेजति बैंकको डिबेन्चर पाएका छन् । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको अनुसार १ हजार ८ सय ९१ जना योग्य आवेदकहरुलाई कूल ३ लाख ७९ हजार १ सय ३४ कित्ता ऋणपत्र बाँडफाँड गरिएको छ । उक्त ऋणपत्रमा निर्धारित अवधिभित्र सर्वसाधारण समूहलाई ७ लाख ६० हजार कित्ता ऋणपत्र खरीद आह्वान गरिएकोमा २ हजार ३ सय ८ जना आवेदकहरुबाट कूल ७ लाख ३० हजार ३ सय ६५ कित्ता ऋणपत्रको लागि आवेदन प्राप्त भएको थियो । त्यसमध्ये ४ सय १७ जना आवेदकहरुबाट आवेदन पर्न आएको जम्मा ३ लाख ५१ हजार २ सय ३१ कित्ता ऋणपत्र विभिन्न कारणवश रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ । त्यसैले बाँकी रहेको रितपूर्वक आवेदन दिने १ हजार ८ सय ९१ जना योग्य आवेदकहरुलाई मात्र निजहरुले माग गरे बमोजिम नै बाँडफाँड गरिएको नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जनाएको छ । बैंकले गत साउन १९ गतेदेखि गत साउन २३ गतेसम्म प्रभु बैंक लिमिटेडको “१०% प्रभु बैंक डिबेन्चर २०८४” को एक हजार रुपैयाँ अङ्कित दरको २० लाख कित्ता ऋणपत्रहरु सर्वसाधारण तथा व्यक्तिगत तवरमा खरीद बिक्रीका लागि आह्वान गरिएको थियो । जसमा बैंकले माग गरेको भन्दा ३.०७ गुणा बढीले आवेदन परेको थियो । सो मध्ये १२ लाख कित्ता डिबेन्चरले हुन आउने कूल १ अर्ब २० करोड रुपैयाँ ऋणपुँजी रकम बरावरको विभिन्न व्यक्ति वा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट र ८ लाख कित्ता डिबेन्चरले हुन आउने कूल ८० करोड रुपैयाँ ऋण पुँजी रकम (५ प्रतिशत अर्थात ४० हजार युनिट सामुहिक लगानी कोषका लागि बाडँफाँट गरी) बाँकी रहेको ७ लाख ६० हजार कित्ता डिबेन्चर सर्वसाधारण नेपालीहरुको लागि निष्काशन खुल्ला गरिएको थियो । त्यसमा व्यक्तिगत तवरबाट १२ लाख कित्ता ऋणपत्र खरीद आह्वान गरिएकोमा ४५ जना योग्य आवेदकहरुलाई सर्वसाधारण समूहबाट बाँकी रहेको ३ लाख ८० हजार ८ सय ६६ कित्ता समेत गरी कूल १५ लाख ८० हजार ८ सय ६६ कित्ता ऋणपत्र बाँडफाँड गरेको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिंङ्गले जनाएको छ । सर्वसाधारण समूहबाट ३७ करोड ९१ लाख ३४ हजार रुपैयाँ र व्यक्तिगत तवरबाट १ अर्ब ५८ करोड ८ लाख ६६ हजार रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरिएको थियो । क-कसले पाए ? [pdf id=232263]

कामना सेवाले एक्यानका सदस्यलाई बिना धितो १५ लाखसम्मकाे कर्जा दिने, एकै दिनमा पाउने

काठमाडौं । कामना सेवा विकास बैंकले नेपाल चार्टड एकाउन्टेन्ट संघ(एक्यान)मा आवद्ध सदस्यहरुलाई बिना धितामो प्रोफेशनल कर्जा दिने भएको छ । सो सम्बन्धी दुई संस्थाबीच द्विपक्षीय सम्झौता भएको हो । द्विपक्षीय समझदारी पत्र अनुसार एक्यानका सदस्यहहरुलाई सरल तरिकाबाट बैंकको १२४ शाखाबाट एकैदिनमा बिना धितोमा १५ लाख रुपैयाँसम्मको प्रोफेशनल कर्जा प्रदान गरिनेछ । यो सम्झौता पछि एक्यानका सदस्यहरुले व्यक्तिगत आवश्यकताहरु पूरा गर्नको लागि बिना धितोमा सहुलियतपूर्ण बैंकिङ सुविधा (कर्जा) लिन सहज हुने कुरामा आफु विस्वस्त रहेको संघका उपाध्यक्ष रमेश धितालले जानकारी गराए । साथै, एक्यानमा आवद्ध सदस्यका श्रीमतिद्वारा सञ्चालित व्यापार व्यवासयलाई समेत सहुलियतपूर्ण कर्जा प्रवाहको लागि समझदारी भएको धितालले जानकारी गराए । आगामी दिन यसका साथै अन्य बैंक तथा वित्तीय संस्थासंग समेत समझदारीको लागि छलफल भैरहेको धितालले जानकारी दिए । यस समझदारी पत्रमा कामना सेवा विकास बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एक्यानका तर्फबाट अध्यक्ष आनन्दराज शर्मा वाग्लेले हस्ताक्षर गरेका हुन् । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ वि.सं २०३५ सालमा स्थापना भएको गैरनाफामूलक, गैरराजनैतिक तथा नेपाली चार्टर्ड एकाउण्टेण्ट्सहरुको एक मात्र पेशागत संघ हो । यसको मुख्य उद्धेश्य देशमा लेखाव्यवसायको संरक्षण एवम् सम्बर्द्धन गरी सुब्यवस्थित एवम् सुचारु रुपले लेखा व्यवसाय संचालन गराउने तथा सदस्यहरुको सामूहिक हितको संरक्षण गर्नु हो । यो संघ चार्टड एकाउटेण्टहरुको छाता संगठन भएकोले लेखापरीक्षण, लेखा तथा लेखामान, करपरीक्षण, कर परामर्श, कानुनी परामर्श आदि विषयमा विज्ञहरुको जम्मा हुने थलो हो ।

रिलायन्स फाइनान्सले मोबाईल बैंकिङका लागि एफवान सफ्टसँग गर्यो सम्झौता

काठमाडौं । रिलायन्स फाइनान्सले मोबाईल बैंकिङ सेवाका लागि एफवान सफ्ट इन्टरनेशनलसँग सम्झौता गरेको छ । सम्झौतामा रिलायन्स फाइनान्सका सीईओ अनिल श्रेष्ठ, सिनियर म्यानेजर केशव प्रसाद खनाल र एफवान सफ्ट इन्टरनेशनलका सीईओ सुवास शर्माको उपस्थितीमा हस्ताक्षर भएको थियो । सम्झौतासँगै एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले भने- ‘रिलायन्स् फाइनान्स्सँग हामी पहिलो पटक सहकार्य गर्न पाउँदा अत्यन्त खुसी छौं । हामी हाम्रा साझेदारहरूलाई उत्कृष्ट उत्पादन र सेवाहरू उपलब्ध गराउन प्रतिबद्ध छौं ।’ सन् २००४ देखि नै एफवान सफ्टको मूख्य ध्यान बैंकिङ कारोबारसँग सम्बन्धित (वित्तीय प्रविधि) उत्पादनहरूको विकास गर्नु रहेको छ । एफवान सफ्ट मोबाईल बैंकिङ र मोबाईल वित्तीय सेवामा नेपालमा पायोनियर कम्पनी हो । नेपालका ९५ प्रतिशत भन्दा धेरै बैंक तथा वित्तीय संस्थाका लागि सेवा दिने नेपालको अग्रणी कम्पनी हो । एफवान सफ्टले ५१ वटा सदस्य बैंक मार्फत एक करोड १० लाख ग्राहकलाई सेवा पुर्याउँदै आएको छ । मोबाईल बाट हुने ८५ प्रतिशत भुक्तानी कम्पनीको नेटवर्कबाट हुने गरेको छ । रिलायन्स् फाइनान्स् लिमिटेड नेपालमा वित्तीय सेवा दिनका लागि २०६६ सालमा स्थापित नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘सी’ बर्गको बित्तीय संस्था हो । बैंक तथा वित्तीय संस्था (बाफिया) ऐन २०६३ अन्तरगत नेपालको ८४औं फाइनान्स कम्पनीका रूपमा सुरू भएको थियो । विशेषगरी कोरोना भाइरस महामारीको समयमा मोबईल बैंकिङ डिजिटल कारोबारका लागि प्रभावकारी र लाभदायक हुनेछ ।