कोरोना कोषमा छिमेक लघुवित्तको १ करोड ३१ लाख आर्थिक सहयोग

<p>काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी नेपाल सरकारलाई १ करोड ३१ लाख ९२ हजार ३ सय २३ रुपैयाँ आर्थिक सहयोग गरेको छ । सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा वित्तीय संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमा २०७७ असार मसान्तमा बाँकी रहेको उक्त रकम हस्तान्तरण गरेको [&hellip;]</p>

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागी नेपाल सरकारलाई १ करोड ३१ लाख ९२ हजार ३ सय २३ रुपैयाँ आर्थिक सहयोग गरेको छ । सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा वित्तीय संस्थाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषमा २०७७ असार मसान्तमा बाँकी रहेको उक्त रकम हस्तान्तरण गरेको हो ।

उक्त रकम आज(भदाै १ गते) आयोजित एक समारोह विच वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले अर्थमन्त्री डा.युवराज खतिवडालाई हस्तान्तरण गरेका छन् ।

वित्तीय संस्थाले यस अघि पनि गत चैत्र १९ मा नेपाल सरकारले खडा गरेको कोरोना संक्रमण तथा नियन्त्रण कोषमा २५ लाख रुपैयाँ प्रदान गरिसको छ र विभिन्न स्थानीय निकायहरुले कोरोना भाइरस रोकथामका लागि स्थापना गरिएका क्वारेन्टिन ब्यवस्थापनका लागि सञ्चालक समितिबाट थप २० लाख रुपैयाँ स्वीकृत गरी उक्त रकम शाखा कार्यालयहरु मार्फत पनि आर्थिक सहयोग गरेको छ ।

यस कोषको रकमबाट नेपालका गरिव, विपन्न तथा आर्थिक हिसावले कमजोर तथा सामान्य सुविधाको अवसरबाट बन्चित परिवारलाई यस कोभिड–१९ को संक्रमणबाट जोगाई सरल र सहज रुपमा स्वास्थ्य सेवा पाउनेछन् भन्ने अपेक्षा यस वित्तीय संस्थाले राखेको छ ।

Share News