काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा मुकेश कुमार कपूर नियुक्त भएका छन् ।
कम्पनीको असार २ गते बसेको सञ्चालक समिति बैठकले नायब प्रमुख कार्यकारी अधिकृत रहेका कपूरलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।
यससँगै कम्पनीको कार्यकारी नेतृत्व अब अस्थायी रूपमा कपूरले सम्हाल्ने भएका छन् । कम्पनीले आन्तरिक व्यवस्थापन सुदृढ गर्दै निरन्तरता दिन उक्त निर्णय गरिएको जनाएको छ ।