नेपालले अन्तर्राष्ट्रिय वित्त निगमको सेयर खरिद गर्ने

काठमाडाैं । नेपाल सरकारले अन्तर्राष्ट्रिय वित्त निगमको सेयर खरिद गर्ने भएको छ। विश्व बैंकअन्तर्गतको संस्था अन्तर्राष्ट्रिय वित्त निगमको सेयर नेपाल सरकारले खरिद गर्ने भएको हाे । अन्तर्राष्ट्रिय वित्त निगमले पुँजी वृद्धि गर्ने भएपछि नेपाल सरकारले पनि सेयर खरिद गर्ने निर्णय गरेको अर्थमन्त्री डा.युवराज खतिवडाले बताए । सोमबार बसेको मन्त्रिपरिषद्को बैंकले अर्थ मन्त्रालयलाई सेयर खरिदको स्वीकृति दिएको हो।

कोरोना रोकथामका लागि सिटिजन्स बैंकले दियो २० लाख १५ हजार रुपैयाँ

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष’ मा २० लाख १५ हजार ५ सय ४ रुपैयाँ सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड-१९) ले विश्व नै आक्रान्त बनेको बेला बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले सो सहयोग गरेको हो । यस अघि पनि कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बैंकले प्रत्येक प्रदेश सरकार अन्तर्गतको कोषमा ७ लाख रुपैयाँका दरले ४९ लाख रुपैयाँ, विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव ६ लाख रुपैयाँ तथा विभिन्न संघ संस्थालाई ६ लाख रुपैयाँ गरि हालसम्म कुल ६१ लाख रुपैयाँको सहयोग गरिसकेको छ । नेपाल सरकारले स्थापना गरेको ‘कोरोना संक्रमण रोकथाम,नियन्त्रण र उपचार कोष’ मा २० लाख १५ हजार ५ सय ४ रुपैयाँ सहयोग गरे पश्चात कोरोना नियन्त्रणका लागि बैंकको सहयोग ८१ लाख रुपैयाँ पुगेको छ । यस विपतको घडीमा बैंकले गरेको सहयोगबाट कोरोना भाइरसको रोकथामका साथसाथै सिमान्तकृत तथा निम्न आय भएका नेपालीहरुको दैनिक अत्यावश्यक सामाग्रीहरु प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । महामारी नियन्त्रण गर्न बैंक हरेक प्रकारको सहयोग गर्न तयार रहेको कुरा बैंकले जनाएको छ । यस किसिमको सहयोगले कोरोना भाइरसबाट प्रभावितहरुको दुःखको घाउमा मलम लगाउन टेवा पुग्ने विश्वास बैंकले लिएको छ । कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले यस बैंकको एटीएम कुनै पनि बैंकको एटीएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । विश्वभरी फैलिएको कोरोना भाइरसले सृजना गरेको बिषम परिस्थितिको बाबजुद पनि कर्जालाई सरल र सहज तरिकाले ग्राहक सामु पस्कने उद्देश्यका साथ बैंकले घर कर्जा ९.५० प्रतिशत वार्षिक ब्याजदरमा एसएमई कर्जा (साना तथा मझौला कर्जा) ९.५० प्रतिशत वार्षिक ब्याजदरमा र मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १०.९९ प्रतिशत वार्षिक ब्याजदरमा प्रवाह गर्ने योजना देशै भरी छरिएका बैंकका ११० शाखाहरुबाट संचालनमा ल्याएको छ ।

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा भदौ २६ गते, छैन लाभांश प्रस्ताव

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७५/७६ को अठारौं वार्षिक साधारणसभा आगामी भदौ २६ गते हुने भएको छ । उक्त सभा सो दिन पर्साको कम्पनी रजिष्टर्ड कार्यालय विरगञ्जमा बस्ने भएको हो । भदौ २ गते बसेको कम्पनी सञ्चालक समितिले साे दिन कम्पनीको साधारणसभाको मिति तय गरेको हो । उक्त सभामा कम्पनीले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छैन । बीमा समितिको वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिमको वित्तीय विवरण एनएफआरएस बमोजिमको वित्तीय विवरण तयार गर्दा जगेडा तथा व्यवस्थाहरु कायम गर्नुपर्ने भएकोले कम्पनीले उक्त आर्थिक वर्षको लागि बोनस सेयर तथा नगद लाभांश कुनै पनि प्रस्ताव नगरेको जानकारी गराई सकेको छ । सम्बन्धित समाचारः यसकारण प्रुडेन्सियल इन्स्योरेन्सका सेयरधनीले आर्थिक वर्ष २०७५/७६ को लाभांश नपाउने