उन्नति सहकार्य लघुवित्तले कमायाे ३ करोड २४ लाख रूपैयाँ नाफा

<p>काठमाडाैं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा ३ करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ४ करोड १८ लाख रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १४ करोड ९५ लाख रुपैयाँ रहेको संस्था साबिकको उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त [&hellip;]</p>

काठमाडाैं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा ३ करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा ४ करोड १८ लाख रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १४ करोड ९५ लाख रुपैयाँ रहेको संस्था साबिकको उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था बिच मर्जर भइ बनेको हो । गत आ.व. को चौथो त्रैमासिक अवधिमा ७७ करोड ३० लाख ८५ हजार १ सय ४० रुपैयाँ निक्षेप संकलन गरेको छ जुन अघिल्लो आवको सोही अवधिको ५५ करोड ६० लाख ३६ हजार भन्दा ३९ प्रतिशतले बढि प्रगति गरेको छ ।

२ अर्ब २८ करोड रुपैयाँ उठ्न बाँकि कर्जा हरेकोमा अघिल्लो सोहि अबधिमा भएको १ अर्ब ४६ करोड ९३ लाख ९९ हजार १ सय २० रुपैयाँ उठ्न बाँकि कर्जाको तुलनामा संस्थाले ५५.६ प्रतिशत बढि प्रगति हासिल गरेको हो । २०७७ असार २६ गतेबाट एकीकृत कारोबार गर्ने अनुमति प्राप्त साबिकको उन्नति लघुवित्तको प्राप्त १५ कार्य क्षेत्र जिल्ला र सहकार्य लघुवित्त वित्तीय संस्थाले प्राप्त १० कार्य क्षेत्र जिल्ला गरि हाल २५ कार्यक्षेत्र जिल्ला रहेको यस संस्थाले राष्ट्रिय स्तरको संस्थामा स्तरोन्नतिको प्रक्रिया अघि बढाएको छ ।

अघिल्लो वर्षको तुलनामा विभिन्न सूचकहरु सकारात्मक प्रगति देखिएपनि हालको काेभिड-१९ को त्रासदीपूर्ण अवस्थाको कारण प्रक्षेपित असुली दरमा कमीआइ कर्जा नोक्सानी व्यवस्थामा बढोत्तरी भएको हुनाले मुनाफा कम भएको देखिन्छ ।

सो अवधिमा ४० करोड ८ लाख ८८ हजार ९ सय १० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा अघिल्लो सोहि अवधिको तुलनामा ७३.६१ प्रतिशत प्रगति देखिएको छ भने  १ दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

Share News