नेशनल माइक्रोफाइनान्सले नेपाल सरकारलाई दियो थप १७ लाख रुपैयाँ

<p>काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले नेपाल सरकारलाई थप १७ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । सरकारद्धारा स्थापना गरिएको कोरोना भाईरस संक्रमण, रोकथाम नियन्त्रण तथा उपचार कोषमा संस्थाले उक्त रकमको चेक हस्तान्तरण गरेको हो । संस्थाको संस्थागत समाजिक उत्तरदायित्व कोष मार्फत २०७७ अषाढ मसान्तसम्मको खर्च गर्न बांकी रहेको रकम उक्त कोषमा जम्मा गरेको छ । [&hellip;]</p>

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले नेपाल सरकारलाई थप १७ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । सरकारद्धारा स्थापना गरिएको कोरोना भाईरस संक्रमण, रोकथाम नियन्त्रण तथा उपचार कोषमा संस्थाले उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।

संस्थाको संस्थागत समाजिक उत्तरदायित्व कोष मार्फत २०७७ अषाढ मसान्तसम्मको खर्च गर्न बांकी रहेको रकम उक्त कोषमा जम्मा गरेको छ ।

संस्थाले यस भन्दा अगाडी सरकारलाई सोही कोषमा १० लाख रुपैयाँ जम्मा गरेको थियो । त्यस्तै, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ विपदको कारण दुई छाक टार्न पनि समस्यामा परेको अति विपन्न परिवारको ग्राहक सदस्यहरुलाई लगभग ५० लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग समाग्री हस्तान्तरण गरेको थियो ।

Share News