एजुकेसन फेयरले फस्ट ह्याण्ड इन्फरमेसन दिन्छ- शालिकराम भण्डारी
सन् २००५ मा स्थापित द नेक्स्ट एजुकेसन कन्सलटेन्सिले अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्ष दिँदै आएको छ । काठमाडाैं स्थित डिल्लिबजारमा केन्द्रीय कार्यालय रहेको द नेक्स्टको चितवन, बुटवल, पोखरा, पर्सा, धरान, कावासोती तथा अष्ट्रेलिया स्थित सिड्नी र पर्थमा शाखा कार्यालयहरु क्रियाशील छन् । हजारौं विद्यार्थीहरुलाई अध्ययनका लागि अस्ट्रेलिया पठाई सकेको नेक्स्टले यही साउन १७ गते होटल अन्नपूर्ण काठमाण्डौंमा ‘द नेक्स्ट अष्ट्लियनएजुकेसन फेयर-२०१८’ आयोजना गर्न गइरहेको सन्दर्भमा आधारित रहेर द नेक्स्ट एजुकेसन कन्सलटेन्सिका कार्यकारी निर्देशक शालिकराम भण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंश: शालिकराम भण्डारी, कार्यकारी निर्देशक, द नेक्स्टएजुकेसन कन्सलटेन्सि एजुकेसन फेयरको आवश्यकता किन छ ? वर्तमान समयमा शिक्षा प्रणालीमा ब्यापक परिर्वतनहरु भइरहेका छन् । हरेक दिन जस्तो नयाँनयाँ एकेडेमिक कोर्षहरु प्रचलनमा आईरहेका छन् । समाजको आवश्यकता र माग अनुसार शैक्षिक क्षेत्रमा पनि निरन्तर सुधार र परिवर्तन भइरहेको छ । विगतको जस्तो एउटै कोर्ष र सेलेवसले बर्षाै धान्ने अवस्था छैन । समयक्रमसँगै विभिन्न कोर्षहरुसँग विद्यार्थीहरु अभ्यस्त बन्दै जानुपर्छ । यसका लागि उ निरन्तर अपडेट हुनु जरुरी छ । एजुकेसन फेयरहरुले एउटै थलोमा विद्यार्थीहरुलाई अनगिन्ती सुचना र परामर्श प्रदान गर्छ । अष्ट्रलिया कै कुरा गर्ने हो भने पनि त्यहाँ आवश्यकता अनुसार शैक्षिक नीतिनियम र शैक्षिक विषयहरु परिवर्तन भइरहन्छन् । यस्ता कुराहरु बारे विद्यार्थीहरुलाई समयमै र एउटै थलोमा जानकारी प्रदान गर्न फेयरको आवश्यकता पर्दछ । पछिल्लो समय विदेशका विश्वविद्यालय र कलेजहरु लक्षित फेयरहरु निरन्तर भइरहेका देखिन्छन् । फेयरलाई विद्यार्थीले कसरी बुझ्ने ? फेयर के हो र कति किसिमका हुन्छन् ? मुलभूत रुपमा दुई किसिमका एजुकेसन फेयरहरु प्रचलनमा छन् । धेरै कन्सलटेन्सिहरु मिलेर र कुनै कन्सलटेन्सि एक्लैले युनिभर्सिटी तथा कलेजहरुलाई सहभागि गराएर फेयर गर्ने गरेका छन् । धेरै कन्सलटेन्सि मिलेर गरिने फेयरमा कन्सलटेन्सिले मात्रै विद्यार्थीहरुलाई सूचना र परामर्ष प्रदानगर्ने अभ्यास छ । एउटा कन्सलटेन्सिले गर्ने फेयरमा सम्वन्धित विश्वविद्यालय र कलेजका प्रतिनिधिहरु पनि उपस्थित हुन्छन् । सम्वन्धित विश्वविद्यालयका प्रतिनिधिहरुसँग विद्यार्थीहरुले विश्वविद्यालय र कलेजको विषयमा सोझो सोझो संवादगर्न पाउनु भनेको ‘फस्ट हेन्ड इन्फरमेसन’ प्राप्त गर्नु हो । यसले तथ्यपरक सूचना प्रदान गर्छ । विद्यार्थीहरुले सम्वन्धित कलेज, विश्वविद्यालय र विषयहरुको बारेमा स्पष्ट जानकारी प्राप्त गर्छन् । द नेक्स्टले विगतमा पनि एजुकेसन फेयर गरेको थियो । विगतको अनुभव कस्तो रह्यो ? हामीले अष्ट्रलियन एजुकेसन फेयर गर्दै आएका छौं । एउटा कन्सलटेन्सिले आयोजना गरेको फेयरमा २५ भन्दा बढी अष्ट्रेलियनकलेज तथा विश्वविद्यालयको उपस्थिती हुनु निकै सकारात्मक विषय हो । नेक्स्टले गरेको फेयरहरु, अष्ट्रेलियनकलेज तथा विश्वविद्यालयको उपस्थितिले मात्र होइन नेपाली विद्यार्थीहरुको सहभागिताका दृष्टिले समेत उच्च छ भन्ने मेरो विश्वास छ । यही साउन १७ गते विहिबार द नेक्स्ट एजुकेसन कन्सलटेन्सि मार्फत होटल अन्नपूर्ण काठमाण्डौंमा हुन गइरहेको ‘द नेक्स्ट अष्ट्रलियन एजुकेसन फेयर-२०१८’ कुनप्रकारको फेयर हो ? यो फेयर, द नेक्ट एजुकेसन कन्सलटेन्सिको पहलमा हुन गईरहेको छ । हामीले यो फेयर आयोजना गर्नुको मुल उद्देश्य भनेको विद्यार्थीलाई सहजता होस् भन्ने नै हो । विद्यार्थीले सही इन्फरमेसन पाउन्, कुनै इस्कलरसीपको अवसर छ भने त्यसबाट विद्यार्थीहरु नछुटुन्, आफ्नो आर्थिक सामथ्र्य अनुसारको ट्यूसनफि र कलेजहरुको छनौट गरेर अष्ट्रेलियाजान सकुन् वा अष्ट्रेलिया जाँदा वा त्यहाँ पुगिसकेपछि पनि उनीहरुले कुनै पनि समस्याझेल्नु नपरोस् भनेर हामीले फेयरको आयोजना गरेका हौ । द नेक्स्ट अष्ट्रलियनएजुकेसन फेयर-२०१८ मा अष्ट्रेलियाका २५ भन्दा बढी युनिभर्सिटी तथा कलेजहरुको सहभागिता रहने छ । प्रत्येक युनिभर्सिटी तथा कलेजहरुबाट प्रतिनिधिहरु आउनुहुने छ । फेयरमा अष्ट्रेलियाकाकुनकुनविश्ववद्यालय र कलेजहरुको उपस्थिति रहने छ ? फेयरमा अष्ट्रेलियाका वलङघन युनिभर्सिटी, अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, व्लू माउन्टेन होटल स्कुल, मेलबर्न इन्टिच्यूट अफ टेक्नोलोजी, चाल्र्स स्टर्ट युनिभर्सिटी, युनिभर्सिटी अफताजमानिया, साउथेन क्रस युनिभर्सिटी लगायतको उपस्थिती रहनेछ । फेयरमा उपस्थित हुने विद्यार्थीहरुका लागि हामीले प्रिभिलेज कार्डको ब्यवस्था गरेका छौं । जुन कार्ड मार्फत विद्यार्थीले द नेक्स्टले प्रदानगर्ने आई.एल.टि.एस अध्ययन प्रोसेसिङ्ग लगायतका अन्य सुविधाहरुमा भारी छुट प्राप्त गर्नेछन् । त्यसैगरी विद्यार्थीहरुलाई आकर्षक गिफ्टह्याम्परको पनि ब्यवस्था गरेका छौं । यसरी फेयरमा हरेक विद्यार्थीले आवश्यक सुचना र परामर्र्श सँगसँगै विविध सेवा र सुविधाहरु प्राप्तगर्न सक्नेछन् । अष्ट्रेलियन एजुकेसनसँग सम्विन्धित परामर्श त तपाईहरुले द नेक्स्ट मार्फत हरेक दिनदिँदै आउनु भएको छ, फेयर नै किनगर्नु पर्यो? द नेक्स्टमा १०/१२ जना काउन्सिलरहरु हुनुहुन्छ । उहाँहरुले हरेक दिन विद्यार्थीहरुलाई परामर्श दिँदै आउनुभएको पनि छ । तर, फेयरमा सम्वन्धित कलेज वा युनिभर्सिटीहरुको प्रतिनिधि आउने भएका कारण इन्फरमेसन थप प्रभावकारी हुन्छ । विद्यार्थीहरुले प्रत्यक्ष रुपमाकलेज र युनिभर्सिटीका प्रतिनिधिसँग परामर्श लिन पाउँछन् । हामीले भन्नुभन्दा पनि सम्वन्धित प्रतिनिधले आफ्नो विषयमा भन्नुले कुनै पनि ‘कन्फ्यूजन’ रहँदैन । अष्ट्रेलियाजाने विद्यार्थीहरुले कुनकुन कुरामाविशेष ख्याल पुर्याउनुपर्छ ? अष्ट्रेलिया जानुभन्दा अगाडि कुनविषयको अध्ययनले आफ्नो करिअर निर्माण हुन्छ भन्नेमाविद्यार्थी स्पष्ट हुनु जरुरी छ । करिअर अनुसारको विषय छनौट गर्न सकियो भने अष्ट्रेलिया गइसकेपछि कलेज र विषय परिवर्तन गर्नु पर्दैन । यसबाट आफूले गरेको लगानी गुमाउनु पर्दैन । आफ्नो शैक्षिक र आर्थिक सामर्थ्य अनुसारको विषय छनौट गर्न सक्नुपर्छ । आफूले छनौट गरेको विषयमा इस्कलरसीप छ कि छैन ? कुन कुन युनिभर्सिटी र कलेजहरुले इस्कलरसिप दिन्छन् ? यसबारेमा जानकारी लिनुपर्छ र सोहीअनुसार प्रोसेस गर्नुपर्छ । विदेशी कलेज र विश्वविद्यालयहरुमा पढ्न जाने विद्यार्थीहरुको उच्चमागका कारण धेरै शैक्षिक परामर्शदाता कन्सलटेन्सिहरु सञ्चालनमा छन्, अष्ट्रेलिया पढ्न जाने एउटा विद्यार्थीले द नेक्स्ट नै किन रोज्ने ? द नेक्स्ट स्थापनाको पहिलो दिनबाटै हामीहरुले विद्यार्थीहरुलाई सही, गुणस्तरिय र उसको सामथ्र्य अनुसारको कलेज र विश्वविद्यालय छनौट ज्ञान प्रदानगर्दै आइरहेका छौं । हामीकहाँआउने हरेक विद्यार्थीले सहीगाईड पाउँछन् । सन् २००५ मा स्थापित द नेक्स्टले हालसम्म हजारौं विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाईसकेको छ । यसबाटपनि नेक्स्टको सेवा सुविधा स्पष्ट हुन्छ । अर्काेतर्फ अष्ट्रेलिया अध्ययनका लागि एकेडेमिक क्वालिफिकेसन र आई.एल.टि.एस.मात्र भएर पुग्दैन । अन्य धेरै प्रोसेसहरु पनि हुन्छन् । खासगरी विद्यार्थीको फाईनाईन्ससियल ब्याग्राउण्ड र उसको शैक्षिक सामर्थ्य अनुसारको कलेज र विषय छनौट गर्नुपर्छ । हामीहरु यस विषयमा पनि विद्यार्थीलाई उचित परामर्र्श दिन्छौं । हामीमार्फत अष्ट्रेलिया गएको विद्यार्थीले आफ्नो अध्ययनलाई निरन्तरता दिन सकोस् भन्नका लागि विद्यार्थीलाई धेरै कुरामा सजग गराउँछौं । द नेक्स्ट अष्ट्रेलियनएजुकेसन फेयर-२०१८’ सँग सम्वन्धित रहेर सम्पूर्ण विद्यार्थीहरुलाई के भन्न चाहानुहुन्छ ? द नेक्स्टप्रति सम्पूर्ण अभिभावक र विद्यार्थीहरुले देखाउनु भएको विश्वास प्रतिहामीआभारी छौं । आगामी दिनमा पनि यस्तै विश्वास कायम राख्न सफल हुन्छौं भनेर सम्पूर्ण अभिभावक र विद्यार्थीहरुलाई आश्वस्तबनाउन चाहान्छौं । द नेक्स्टले यहीसाउन १७गते बिहिबार काठमाण्डौंको होटल अन्नपूर्णमा आयोजना गर्न गईरहेको द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर-२०१८’मा सहभागी भइ दिनुहुन सम्पूर्ण अभिभावक र विद्यार्थीहरुलाई आह्वान गर्दछौं । यो फेयर अष्ट्रेलिया पढ्न जाने विद्यार्थीहरुका लागि उत्कृष्ट अवसर हो । खासगरी अभिभावकहरुले आफ्ना सन्ततिको भविश्यसँग जोडिएको विषयमा सम्वन्धित कलेज र युनिभर्सिटीको प्रतिनिधि सँगप्रत्यक्ष संवाद गरेर उत्कृष्ट कलेज वा युनिभर्सिटीको छनौट गर्न सक्नु हुनेछ । जसले विद्यार्थीहरुको भविश्य निर्माणमा सहयोग पुर्याउने छ ।
डिसहोम मिडियाको आइपीओ प्रिमियम मूल्यमा निष्काशन हुन्छ- सुदीप आचार्य
डिसहोम मिडिया नेटवर्क लिमिटेडले सिम्पल टिभी नेटवर्क एक्वाएर गर्दैछ । डिसहोमले साउनदेखि नै सिम टिभी व्यवस्थापन लिईसकेको छ । प्राइभेट कम्पनीको रुपमा रहेको डिसहोम मिडिया नेटवर्क एक वर्षअघि पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । यसै आर्थिक वर्षमा कम्पनीले सर्वसाधारणको लागि सेयर पनि बिक्री गर्ने तयारी गरिरहेको छ । यसै सन्दर्भमा कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यसँग गरिएको विकास वहस यस अंकमा । सुदीप आचार्य, प्रबन्ध निर्देशक, डिसहोम मिडिया नेटवर्क लिमिटेड डिसहोमले किन सिम टिभी लिदैछ ? हाल हामीले सिम टिभीको व्यवस्थापन मात्र लिएका छौं । उक्त कम्पनी एक्वाएर गर्ने उदेश्यसहित हामीले व्यवस्थापन लिएका छौं । सिम टिभी अप्ठ्यारो अवस्थामा रहेको छ । यसमा विदेशी लगानी ८० प्रतिशत छ । स्वदेशी लगानी २० प्रतिशत मात्र हो । सिम टिभीको विदेशी लगानीकर्तासँग डिस होमको पनि ४७ प्रतिशत सेयर छ । नेपाली साझेदार पनि डिसहोमको प्रवद्र्धक भएकोले एक्वाएर गर्ने सोच आएको हो । यो प्रक्रिया पुरा हुन धेरै समय लाग्छ । सिम टिभीले दिने सेवा र डिस होमले दिने सेवामा के फरक छ ? दिने सेवा र प्लेटफर्म एउटै हो । तर डिसहोमले आकाशबाट स्याटलाईट मार्फत सेवा दिन्छ । सिम टिभीको सेवा जमिनबाट केबुल मार्फत प्रवाह हुन्छ । त्यसैले डिस होम खोज्ने ग्राहक र सिम टिभी खोज्ने ग्राहक फरक हुन्छन् । सिम टिभी र डिसहोम मध्ये कुन राम्रो सेवा हो ? कुन राम्रो, कुन नराम्रो भन्ने होइन । पहिलादेखि केबुलबाट टिभी हेर्दै आएका ग्राहकहरुको लागि सिम टिभी रोजाईमा पर्छ । बजारमा यस्तो ग्राहकको हिस्सा अहिले पनि ७० प्रतिशतभन्दा बढी छन् । नयाँ र स्मार्ट सेवाको खोजी गर्नेहरुको रोजाईमा डिसहोम पर्छ । अहिले पनि डिस होमको बजार २५ देखि ३० प्रतिशत मात्र छ । यो अवस्थामा केबुल टिभी प्रयोग गर्ने उपभोक्तालाई लक्षित गरी हामीले सिमटिभी अघि बढाउन खोजेका हौं । पहुँच र विश्वासले पनि बजारमा ठूलो प्रभाव परेको हुन्छ । केबुल टिभी पुरानो विधि हो । तर पनि यो सेवा विगत ३० वर्षदेखि प्रयोग हुँदै आएको छ । धेरै मानिसहरु यसैमा विश्वास राख्छन् । नेपालको भूगोललाई हेर्दा, खासगरी हिमाली र पहाडी क्षेत्रमा डिस होम नै उपयोगि र प्रभावकारी हुन्छ । सिम टिभीको नेटवर्क कस्तो छ ? सिम टिभीले सेवा दिदै आएको तीन वर्ष भयो । यसको सेवा खासगरी दाङ, नेपालगञ्ज, चितवन, पोखरामा ग्राहक धेरै छन् । प्रडक्ट आफैमा राम्रो छ । यसको सेवास्तरमा सुधार जरुरी छ । सिम टिभीको व्यवस्थापन डिसहोमले लिएपछि सिम टिभीका ग्राहकले कस्तो सेवा पाउँछन् ? सेवा स्तरमा सुधार हुन्छ ? केही नयाँ कन्टेन्ट हुनेछन् । त्यसले ग्राहकलाई सन्तुष्टि नै दिन्छ । टिभी नेटवर्क सेवा प्रदायकहरुमा लगानीकर्ता निकै अस्थीर देखिएका छन्, किन यस्तो हुन्छ ? मेरो विचारमा लगानीकर्ताले गहिरो अध्ययन नगरी नै यस क्षेत्रमा लगानी गरे र लगानी गरिसकेपछि जोखिम देखे । तत्काल नाफा देखेनन् । त्यसैले लगानीकर्ताहरु सेयर बेचेर छोड्न तयार भएको देखिन्छ । यदि हामीले पनि पहिला सबै कुरा बुझेका थियौँ भने यस क्षेत्रमा लगानी गर्दैन थियौं होला । हामीले पनि नबुझिकन लगानी गरेकैले ६/७ वर्षसम्म लाभांश लिन सकेका छैनौ । यो क्षेत्रमा अरु केबुल टिभीहरुमा पनि यस्तो समस्या छ । डिस नेपाल र होम टिभीमा शुरुका सबै लगानीकर्ता अहिले डिसहोममा देखिदैनन् । दुबै कम्पनीका लगानीकर्ताले आफ्नो लगानीको सुरक्षा र सेवाको स्तरमा सुधारको लागि मर्जको बाटो रोजे । अहिले डिसहोम निकै बलियो कम्पनी भएर आएको छ । त्यस्तै सिम टिभीमा पनि अहिले तेस्रो पटक लगानीको स्वामित्व परिवर्तनको प्रक्रियामा गएको छ । यस क्षेत्रमा ठूलो लगानी आवश्यक रहेछ । यो विजनेशको नेचर नै पहिला पैसा खन्याउने र पछि कमाउने हो । यस्तो क्षेत्रमा लगानीको स्रोत जुटाउन पनि कठिन छ । डिसहोममा १४ वटा बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरणबाट ६७ करोड रुपैयाँ कर्जा लिन परेको थियो । त्यसले पनि पैसा पुगेन । प्रवद्र्धकले पैसा थप्दै जानु पर्यो । हाम्रा बैंकहरुले गुडविलको भ्यालुएशन, ग्राहकको भ्यालुएशनलाई मान्दैनन् । उनीहरुले आम्दानी र सम्पत्ति मात्र हेर्छन् । सरकारको नीतिमा आएको परिवर्तनले पनि हामीले नोक्सानी बेहोर्नु परेको छ । सरकारी नीतिमा आएको परिवर्तनका कारण डिसहोमले कहाँ कहाँ नोक्सानी बेहोर्नुपर्यो ? सरकारले दिएको लाइसेन्स, त्यसको सर्त, सरकारको नीतिभित्र रहेर हामीले व्यवसाय गर्छौ । रोजगारी सिर्जना गर्छौ, सरकारलाई राजश्व पनि दिन्छौं, नागरिकलाई सेवा दिन्छौ । फेरि सरकारी नीति परिवर्तन हुँदा हुने नोक्सानी हामीले मात्र बेहोर्नुपर्छ, सरकारले जिम्मेवारी लिँदैन । हाम्रो लगानीको कसरी सुरक्षा गर्ने भनेर सरकारले कहिल्यै सोच्दैन । सरकारले अचानक क्लिनफिड नीति ल्यायो । कसैले लविङ गरेका आधारमा सरकारले यो नीति ल्यायो । एक वर्षअघि हामी सरकारलाई साँचो बुझाउने अवस्थामा पुगेका थियौं । क्लिनफिड भन्ने शब्द नै गलत छ । विश्वभर क्लिनफिड छ भनेर हावादारी कुरा गरे । विश्वमा विज्ञापन नराखी चलेको टेलिभिजनहरु पनि छन्, जसले टेलिभिजन नेटवर्क सर्भिस प्रोभाईडरबाट उच्च शुल्क लिएर चलाएका हुन्छन् । विदेशी च्यानलमा विज्ञापन नै बज्नुहुन्न भनियो । मेरो विचारमा विदेशी च्यानलमा नेपाली विज्ञापन बज्नुपर्छ भनिएको भए सहि हुने थियो । मेरो विचारमा काठमाडौंमा ८/९ हजारमा घरमा विदेशी डीटीएच जोडिएको छ । तराईको सीमा क्षेत्रमा ५ लाख भन्दा बढी घरमा विदेशी डीटीएच छन् । जसलाई नियन्त्रण गर्नेतर्फ सरकारको ध्यान गएको छैन । विदेशी डीटीएचलाई तपाईहरुले किन विस्थापित गर्न सक्नुभएन ? डिसहोमको सेवा विदेशी डीटीएचसँग प्रतिस्पर्धी छैन ? विदेशी डीटीएच गैर कानुनी छ । यसबाट सरकारले कुनै कर पाएको छैन । गैरकानुनी र करको दायरामा नआएको सेवासँग कानुनी र करको दायरामा रहेको कम्पनीले प्रतिस्पर्धा गर्न कठिन छ । यसमा सरकार नै चनाखो हुनुपर्छ । अर्को विदेशी सेवा प्रदायकसँग नेपाली सेवा प्रदायकले प्रतिस्पर्धा गर्न केही समस्या छन् । ठूलो स्केलको इकोनोमी भएको देशका कम्पनीको भन्दा सानो स्केलको इकोनोमी भएको देशको सेवा प्रदायकको सेवाको लागत बढी हुन्छ । महत्वपूर्ण कुरा के हो भने विदेशी डीटीएच हेर्ने नेपालीहरुमा नेपालीपन, नेपाली कला र संस्कृति हुँदैन । उनीहरु प्रधानमन्त्री भन्ने वित्तीकै नरेन्द्र मोदि सम्झन्छन्, केपी शर्मा ओली होइन । उनीहरुले हेर्ने समाचार, उनीहरुले हेर्ने, फिल्म, टेलिसिरिएल, म्यूचिक भिडियो, टक शो सबै विदेशी हुन्छन्, नेपाली हुँदैनन । उनीहरुमा नेपाली भाषा, साहित्य, संस्कृति, संस्कार सबै मरेको हुन्छ । उनीहरुमा राष्ट्रियता नै हुँदैन । देशको लागि यो ठूलो समस्या हो । यसतर्फ सरकारले गम्भिरता पूर्वक ध्यान दिनु जरुरी छ । डिसहोममा अहिलेसम्म लगानी कति भयो ? २०१ करोड रुपैयाँ सेयर पुँजी छ । २०० करोड रुपैयाँभन्दा बढी बैंक कर्जा छ । त्यसबाहेक अरु दायित्व पनि छन् । कम्पनीको नाफा कति हुन्छ ? अघिल्लो वर्ष हामीले खुद नाफा ४५ करोड गरेका थियौ । गत आर्थिक वर्ष ४५ करोडभन्दा बढी नै नाफा हुने देखिएको छ । यस कम्पनीको मुख्य लगानीकर्ता को को हुन् ? यस कम्पनीमा ४७ प्रतिशत विदेशी लगानी छ । नेपाली लगानीकर्तामा आईएमई ग्रुप, प्रभु ग्रुप, आरएम ग्रुप यस कम्पनीका मुख्य लगानीकर्ता हुन् । डिसहोममा सिम टिभी एक्वाएरपछि अवस्था के हुन्छ ? मर्ज होइन, एक्वाएर गर्न लागिएको हो । एक्वाएर गर्दा सेयर संरचनामा केही पनि परिवर्तन हुन्न । अहिले हामीले व्यवस्थापन मात्र लिएका छौं । पछि मदर कम्पनी डिसहोम मिडिया नेटवर्क लिमिटेड हुन्छ । सिम्पल टिभी नेटकर्व सिस्टर कम्पनीको रुपमा रहन्छ । सर्वसाधारणमा सेयर निष्काशन गर्दा कुन कम्पनीको सेयर निष्काशन हुन्छ ? डिस होमको सेयर निष्काशन हुन्छ । वासलातमा हाम्रो सिस्टर कम्पनी सिम्पल टिभी नेटवर्क हो र त्यसमा यति लगानी भएको भनेर खुलस्त पारिन्छ । डिसहोमले सेयर कहिले निष्काशन हुन्छ ? सेयर निष्काशन गर्नुपूर्व धेरै तयारी हुनुपर्छ । लगातार तीन वर्ष नाफामा गएको हुनुपर्छ । लिमिटेड कम्पनी भएको १ वर्ष पुरा हुनुपर्छ । तीन वर्षसम्म नाफा भएको र लिमिटेड कम्पनी भएको एक वर्ष हुनुपर्ने मुल सर्त पुरा भएका छन् । अब क्रेडिट रेटिङ गर्नुछ । बिक्री प्रबन्धक नियुक्ती गर्नुछ । सेयर निष्काशन गर्नुुु पूर्व गर्नु पर्ने प्रक्रियागत काम गर्नुछ । चालु आर्थिक वर्षभित्र नै सेयर निष्काशन हुन्छ । साधारण सेयर निष्काशन गर्नु पर्ने आवश्यकता हो कि वाध्यता हो डिस होमका लागि ? बाध्यता भन्दा पनि विजनेश गर्ने मोडलको कुरा हो । डिस होम नेपालको एउटा ठूलो कम्पनी भईसक्यो । यसको ग्राहक पनि देशभर छन् । ग्राहकलाई पनि सेयर होल्डर बनाएर जाँदा कम्पनी बढी बलियो हुन्छ । कम्पनी डे वान देखि घाटामा थियो तर पनि हामीले हाम्रो वित्तीय विवरण पूरा पारदर्शी रुपमा राखेका छौं । पब्लिक कम्पनी भएपछि ब्राण्ड भ्यालु अझै बढ्छ । अहिले त सरकारले १०० करोडभन्दा बढी पुँजी हुने सबै कम्पनी सेयर बजारमा जानै पर्छ भनेको छ । कतिको सेयर निष्काशन गर्ने हो ? १० प्रतिशत । त्यसबाट कर्मचारीलाई पनि दिन्छौं । प्रिमियम मूल्यमा आउने हो कि १०० रुपैयाँमा ? प्रिमियम मूल्यमा नै आउँछ । किनकी कम्पनीका पुराना प्रवद्र्धकहरुले अहिलेसम्म लाभांश लिएका छैनन् । ७ वर्षसम्मको संघर्षपछि कम्पनी बलियो भएको छ । नयाँ नाफा पनि राम्रो छ । २०० करोडको कम्पनीले वार्षिक ४५ करोड भन्दा बढी नाफा गर्नु राम्रो हो । कम्पनीले देशभर सेवा फैलाएको छ । देशभर ग्राहक बनाएको छ । सशक्त ब्राण्ड भएको छ । त्यसैले हामी प्रिमियम मूल्यमा जाने मानसिकता बनाएका छौं । तर प्रिमियम मूल्य कति भन्ने अहिले भन्न सकिदैन । कम्पनीको संचित नाफा कति हो ? असार मसान्तअघि संचित कोष ऋणात्मक नै थियो । गत वर्षको नाफाले संचित कोष धनात्मक हुन्छ । डिसहोमको स्याटलाईट कहाँ छ ? यसको प्राविधिक साझेदार को हुन् ? डिसहोमको स्याटलाईट पृथ्वीबाट ३७ हजार किलोमिटर टाडा छ । यसको प्राविधिक साझेदारमा मुख्य कम्पनी इजराइली कम्पनी छ । हामीले लिने सेवा र यस कम्पनीलाई आवश्यक पर्ने प्राविधिक सामानहरुको खरिद विश्वका धेरै कम्पनीहरुसँग लिनु पर्ने हुन्छ । कतिपय समान स्वीस कम्पनीको उत्पादन हुन्छ । सफ्टवयर नर्वे, अष्ट्रेलिया लगायत देशबाट लिएका हुन्छौं । सेटअप बक्स टाइवानबाट आएको हुन्छ । छाता इण्डियाबाट आउँछ । कनेक्टर युरोप लगायत विभिन्न देशबाट आएको हुन्छ । कन्टेन्टहरु इण्डिया, सिंगापुर, यूरोपबाट आईरहेको हुन्छ । यो विजनेश ग्लोवल टाइमको हुन्छ ।
बीमा भनेको जोखिम हस्तान्तरणसँगै लगानी पनि हो-प्रविनरमण पराजुली
मर्चेन्ट बैकिङ क्षेत्रमा राम्रो छवि बनाएका प्रविण रमण पराजुली पछिल्लो ६ महिनादेखि रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । मर्चेण्ट बैंकिङमा राम्रो दख्खल राख्ने पराजुलीले नयाँ जीवन बीमा कम्पनीको कमाण्ड गरेर आफूलाई प्रमाणित गर्ने प्रयास मात्रै गरिरहेका छैनन्, कम्पनीको उचाई बढाउने प्रतिवद्धता पनि गरिरहेका छन् । प्रस्तुत छ नयाँ कार्य क्षेत्र, नयाँ कम्पनी र पुराना कम्पनीसँगको प्रतिष्पर्धाका बारेमा विकासन्युजले पराजुलीसँग गरेको विकास बहस । प्रविनरमण पराजुली, प्रमुख कार्यकारी अधिकृत, रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड मर्चेन्ट बैंकरबाट लाइफ इन्स्योरेन्स कम्पनीको सिइओ बन्न आउनु भएको छ, कस्तो छ चुनौति ? म सधैँ चुनौति लिने मान्छे हुँ । यो चुनौति र अवसर दुबै हो । फरक क्षेत्रको मान्छे मलाई यो क्षेत्रको नेतृत्व गर्ने अवसर दिनु भएको छ, त्यसले मलाई छुट्टै उत्प्रेरणा पनि दिएको छ । यो जोखिमलाई अवसरका रुपमा बदल्ने अघि बढ्ने हो । बीमा पोलिसी तयार गर्दा वा बीमाको प्राविधिक पक्षमा निर्णय लिनुपर्दा कतै कन्फ्युजनमा परेको जस्तो लाग्छ कि ? अध्ययन भनेको सधै निरन्तर हुन्छ । सिक्ने कुरा कहिल्यै सकिँदैन् । एक्सपर्टहरुले पनि शंकाको सुबिधामै काम गर्ने हो । पोलिसीलाई अन्तिम चरणमा पुर्याउँदा मैले अलि मेहनत गर्नु पर्छ नै । काम गर्दै सिक्दै जाने हो । मुल कुरा भनेको सोँच नै हो । मैले सोचे जस्तै भएको छ । के सोच्नु भएको थियो, के के गर्नु भयो ? मैले संस्थालाई एउटा उचाईमा पुर्याउछु भन्ने सोचेको थिए । त्यो करिब पुरा भएको छ । संस्थालाई जहाँ पुर्याउँछु भन्ने थियो त्यो पुरा भएको अनभूति गरेको छु । साढे ८ वर्ष नविल इन्भेष्टमेन्टमा काम गर्दा त्यो संस्थालाई सोचेकै ठाउँमा पुर्याएँ भन्ने लाग्छ । अब संस्था र क्षेत्र बदल्छु भन्ने सोचेको थिए, त्यति बेला नै यता आउने अवसर प्राप्त भयो । यहाँ आएर पनि सोचेकै अनुसार काम गरिरहेको छु । यो संस्थाले तपाईसँग गरेको अपेक्षा पुरा गरिरहनु भएको छ ? अहिले नै त्यति अगाडि बढेर सोच्ने बेला भएको छैन । म ६ महिना अघि संस्थामा आएको थिएँ । शाखा विस्तार भएको थिएन । कर्पाेरेट अफिस पनि सेटअप भैसकेको थिएन । एकाध पोलिसी मात्रै तयार भएका थिए । आज हामी धेरै अघि बढिसकेको छ । के के काम भयो आजसम्म ? आजका दिनमा हामी १६ वटा शाखाबाट सेवा दिईरहेका छौं । ३२ वटा शाखा तयारी अवस्थामा छन् । ६ वटा पोलिसी बेचिरहेका छौं । एजिएमको तयारी पुरा भयो । कर्मचारी व्यवस्थापन पनि निकै अघि बढिसकेको छ । हामीले यस अवधिमा गनुपर्ने कामको ९५ प्रतिशत काम गरेका छौं, सफलता प्राप्त गरेका छौं । यतिबेला काम गर्ने आधार तयार भएको छ । अर्काे आर्थिक वर्षमा बजारमा राम्रो उपस्थितिका लागि हामी तयारी अवस्थामा पुगेका छौं । यसपाली व्यापारै चाँही राम्रो छैन तर अर्काे वर्ष सोचे अनुसारकै बिजेनश हुनेछ । गत आर्थिक वर्षमा निर्धारण गरिएको लक्ष्य १०० प्रतिशत भएन भने त्यो सफल भएको मानिन्न । केहि प्रतिशत नपुग्नु भनेको लक्ष्य नभेटिनु नै हो । हामीले धेरै काम गर्नुपर्ने छ तर बजारमा एक स्तरको छवि भने निर्माण गरिसकेका छौं । बजारले रिलायन्स लाइफलाई चिन्न थालेको छ । आगामी वर्ष गर्नै पर्ने काम के के छन् ? मुलतः शाखा विस्तारमा विशेष ध्यान जान्छ । प्रडक्टको विकास गर्नुपर्नेछ । अलि नयाँ खाले पोलिसी ल्याउनु पर्नेछ । त्यसका लागि केहि रिसर्च पनि गर्नुपर्नेछ । बजारमा नभएका केहि नयाँ पोलिसी ल्याउने प्रयास गर्नेछौं । धातक रोगहरुको पोलिसीमा नेपालमा ७, ११ र १८ वटा रोग समेटेका छौं । १८ वटासम्म रोग समेट्ने नेपालमा रिलायन्स इन्स्योरेन्स मात्रै हो । अहिले पोलिसी खरिद गर्दा अतिरिक्त करार गर्न पाइन्छ । १० लाखको पोलिसी लिँदा घातक रोगको पोलिसी अतिरिक्त लिन सकिन्छ जसमा न्युनतम शुल्क मात्रै तिर्दा हुन्छ । नेपालका सन्दर्भमा १८ वटा रोग समेट्ने योजना हाम्रो मात्रै हो । चाईल्ड प्लानमा पनि हामी नयाँ गरिरहेका छौं । डबल प्रोटेक्सन दिईरहेका छौं । नयाँ कम्पनीका बीचमा पनि प्रतिष्पर्धा छ, कस्तो महशुस भैरहेको छ ? प्रतिष्पर्धा भनेको नयाँ र नयाँका बीचमा मात्रै होइन । पुरानाहरुसँग पनि प्रतिष्पर्धा छ । प्रतिष्पर्धा भनेको बजारमा नयाँ हुने कुरा हो । म बाहिरबाट आएको मान्छे हुँ । त्यसकारण यहाँको भिन्नता के हो ? कहाँ बजारमा जान सकेको छैन् ? कुन क्षेत्रमा अवसर छ भन्ने कुरा बाहिरबाट राम्रोसँग हेर्न सकिने रहेछ । कुन क्षेत्रमा बढि सम्भावना रहेछ ? मुल कुरा भनेको अरु भन्दा फरक हुनु नै हो । नयाँ पोलिसी, गुणस्तरीय एजेण्टको निर्माण, बजारको अवस्थाको अध्ययन लगायतका कुरामा ध्यान दिनुपर्नेछ । तपाईहरुका पोलिसीमध्ये बजारमा साह्रै रुचाईएको कुन चाँही हो ? हामीले चाईल्ड प्रडक्ट ल्याएका छौं जुन अरु भन्दा फरक छ । त्यसमा चाईल्ड प्लान लिँदा अविभावकका लागि पनि सुरक्षा दिएका छौं । रिटर्न भन्दा पनि सुरक्षाका लागि भनेर यो पोलिसी ल्याएका हौं । बोनसलाई भन्दा सुरक्षालाई ध्यान दिनुपर्छ । यो प्रडक्टमा त्यहि गरेका छौं । नागरिकले कुन प्रडक्ट खरिद गर्ने भन्ने छनौट गर्न पाउनु पर्छ । एजेण्टले त प्रडक्टको बारेमा बताउने मात्रै हो, नागरिकले आफैं फलानो पोलिसी लिनुपर्छ भनेर सोच्न सक्ने वातावरण बनाउनु पर्छ । विकाशोन्मुख मुलुकहरुमा इन्स्योरेन्सलाई प्राथमिकतामा ल्याउन नसकिएको हो ? हामीले वित्तीय योजना बनाउँदा इन्स्योरेन्सलाई कहिल्यै समावेश गरेको हुन्नौ । खाली बैंकमा डिपोजिट गर्ने वा अन्य विकल्पबारेमा मात्रै सोच्छौं । पाँच लाख रुपैंयाँ हुनेले बैंकमा राख्न वा अरु काम गर्न चाहान्छ । तर उसको जीवन तलमाथी भयो भने जम्मा आउने पाँच लाख मात्रै हो । तर इन्स्योरेन्स गर्ने हो भने जोखिम हस्तान्तरण हुने थियो । तर हामीले त्यतातिर सोचिरहेका छैनौं । यो प्रक्रियालाई वित्तीय योजना बनाउँदा खासै सोच्ने गरिएकै छैन । बैंकहरुले ऋण दिने बेलामा ऋणीको जीवन बीमा गराउने बारे केहि योजना बनेको छ ? ऋण दिने बेलामा त्यसबारेमा केहि न केहि भन्ने गरेका छौं । कुन दिन कसलाई के हुन्छ, थाहा हुन्न । मुल ऋणीको जीवन तलमाथी भयो भने पनि लगानी नडुबाउनका लागि र परिवारको समेत जोखिम बहनका लागि ऋणीको बीमा गराउनुपर्छ । जोखिम हस्तान्तरण अनिवार्य भैसकेको छ । हामीले संस्थालाई कसरी बलियो बनाउने भन्नेबारे काम गरिरहेका छौं । संस्था बलियो भएपछि बीमा शुल्क आफैं बढ्नेछ । हामी स्वतन्त्र क्षेत्रबाट आएका मान्छेहरुले मार्केटको ग्याप देख्छौं । त्यसलाई समातेर बजारमा नयाँपन दिने काम पक्कै पनि हुनेछ । हामीले ल्याएका पोलिसीहरु अन्य कम्पनीले पनि गरौं न त भन्दा हामी धेरै अघि बढिसकेको हुनेछौं । टार्गेट समूह पनि बनाउनुभएको छ ? हामी जस्तो नयाँ कम्पनीले टार्गेट समूह बनाउनु उपयुक्त हुन्न । हामीले साना देखि ठूला सबैलाई समेट्ने प्रयास गरेका छौं । मुल कुरा भनेको नयाँपन दिने भन्ने नै हो । बजारमा भएका अन्य पोलिसी भन्दा फरक ल्याउनु पर्छ । बजारको अवस्था हेरेर सबैलाई मिल्ने खालका योजना ल्याउनु पर्छ । हामीले साना देखि ठूला सबै उपभोक्तालाई समेट्नु हाम्रो प्रयास हो । नागरिकले सेयरमा लगानी गर्न भन्दा वा बैंकमा निक्षेप राख्न भन्दा पहिला बीमा पोलिसी खरिदलाई प्राथमिकता दिने दिन कहिले आउला ? त्यस्तो दिन पक्कै पनि आउँछ । तर त्यसका लागि फाइनान्सियल प्लान बनाउँदा इन्स्योरेन्सलाई पनि समेट्ने अवस्था निर्माण गरिनुपर्छ । त्यस्तो वातावरण बनाउन चेतना बढाउनु आवश्यक हुन्छ । मानिसले आफूसँग भएको पैसालाई फरक फरक ढंगले लगानी गर्नु पर्छ । जोखिम हस्तान्तरण गराउनुपर्छ । नयाँ इन्स्योरेन्स कम्पनीको आइपीओमा सर्वसाधारण लगानीकर्ताको चासो छ, कहिले ल्याउन सकिने अवस्था हो ? नयाँ बीमा कम्पनीको आईपीओका बारेमा केहि कन्फ्युजन छन् । उदेश्य अनुसार एक आर्थिक वर्षको कारोबार गरेको हुनुपर्ने भनिएको छ । त्यसलाई बीमा समितिले पूरा आर्थिक वर्ष भन्न सक्छ, धितोपत्र बोर्डले पनि त्यस्तै भन्न सक्छ । मेरो साधारण बुझाई भनेको चाँही पुरा आर्थिक वर्ष होइन । उदेश्य अनुसार एक वर्ष कारोबार गरेपछि आइपीओ निष्काशन गर्न दिनुपर्ने हो । इन्स्योरेन्स कम्पनीहरुले प्रिमियम मूल्यमा आईपीओ ल्याउने अवस्था रहन्छ ? हामीलाई चाँडै पुँजी पुर्याउनु पर्ने बाध्यता छ । ३ बर्ष नाफामा गएपछि मात्रै प्रिमियम मूल्यमा आइपीओ जारी गर्न पाइन्छ । हामीले आगामी आर्थिक वर्षभित्रै पुँजी पुर्याउनुपर्ने अवस्था छ । प्रिमियम मूल्यमा आइपीओ निकाल्न चार पाँच वर्ष कुर्नुपर्ने हुन्छ । त्यसकारण अहिलेकै अवस्थामा प्रिमियम मूल्यमा आईपीओ निकाल्ने सम्भावना देखिन्न । त्यसमा धेरै प्राविधिक कठिनाई छन् । सेयर बजार घटिरहेको छ, प्रिमियम मूल्यका आइपीओ बिक्री भैरहेका छैनन्, आइपीओ नबिक्ने जोखिम देख्नुहुन्छ ? नियामकले पनि एक आर्थिक वर्षको वित्तीय विवरण लिएर मात्रै आइपीओमा जान पाइन्छ भन्नुको कारण पनि विश्वास बनोस् भन्न कै लागि हो । हामी विश्वस्त छौं कि हाम्रो आईपीओ पक्का बिक्छ । यस कम्पनीको संस्थापक लगानीकर्ताहरुको आधारले पनि आइपीओमा कुनै समस्या हुन्न । ३ बर्षको प्रोजेक्सन गर्नुपर्ने व्यवस्था पनि छ । सबै संस्थालाई केहि न केहि जोखिम चाँही छ तर हामीलाई कुनै समस्या हुन्न । एक सय रुपैंयाँको सेयर खरिद गराउन कुनै ठूलो कसरत गर्नु पर्दैन ।