काठमाडौंमै घरजग्गा भएकाहरु पनि फुटपाथ व्यापार गर्छन् : राजु पाण्डेसँगको अन्तर्वार्ता
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) निर्वाचित भए पश्चात् नगर प्रहरी प्रमुखमा राजुनाथ पाण्डे नियुक्त भए । दुई दशक नगर प्रहरी भएर काम गरेका पाण्डेले अहिले महानगरको सुरक्षाको जिम्मेवारी सम्हालिरहेका छन् । अहिले धेरैले पाण्डेलाई मेयर बालेनले रुचाइएको पात्रका रुपमा चिन्छन् । अहिले काठमाडौं महानगरको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पार्नका लागि पाण्डे रातदिन खटिरहेका छन् । बालेनसँगै काम गरेपछि उनको चर्चा पनि चुलिएको छ । जन प्रशासनमा स्नातकोत्तर गरेका पाण्डे अहिले काठमाडौंको अनाधिकृत संरचनासँगै फुटपाथ हटाउनका लागिरहेका छन् । उनै पाण्डेसँग समग्र काठमाडौं महानगरको सुरक्षा व्यवस्था, काठमाडौंकको अनधिकृत संरचना हटाउनेदेखि फुटपाथ व्यवस्थापन लगायतका विषयमा विकासन्युजका राजिव न्यौपाने र रिसव चौधरीले कुराकानी गरेका छन् । केही समय अगाडि मेयर बालेन साहसहित नगर प्रहरी पनि अनधिकृत संरचना हटाउन व्यापक रूपमा लाग्नु भएको थियो, अहिले सो विषय किन सेलायो ? त्यो विषय सेलाएको भन्न मिल्दैन । यो बिचमा दशैं तिहार र छठ लगायतका चाडपर्व परे । यो बीचमा धेरै सार्वजनिक विदा पनि पर्यो । सार्वजनिक बिदा भएको कारण पनि अनधिकृत संरचना हटाउन रोकेका हौं । सार्वजनिक आवागमनमा अवरोध र अवैध संरचना विषयमा महानगरले विधिगत तरिकाले काम गरिरहेको छ । अनधिकृत संरचनाको तथ्याङ्क आई निर्णय तहमा पुगेपछि प्राथमिकताको श्रेणी बनाएर हटाउने काम गरिरहेका छौं । यो काम निरन्तर अगाडि बढ्दै जान्छ । महानगरले गरेको निर्णयलाई कार्यान्वयन गर्दै जाने हामी नगर प्रहरी हौं । अब चाडपर्व पनि सकिएको छ । कानुनको पालना नगर्नेलाई कानुनको दायरामा ल्याउँछौं । अब पुनः हामी एक्सनमा जान्छौं । अहिले के कस्ता काम भइरहेका छन् ? सामान्यतः हामीले दशैं तिहारमा सार्वजनिक आवागमन जहाँ मानिसहरूको बढी भिड भाड हुन्छ, त्यस्ता ठाउँलाई पहिलो प्राथमिकता दिएर काम गर्यौं । पहिला पर्व लागेसँगै किनमेल गर्न असन लगायतका ठाउँमा आउँने चाप बढी हुन्थ्यो । फुटपाथमा राखिएको सामानका कारण नागरिकहरूको आवागमनमा समस्या हुन्थ्यो । यस वर्षको पर्वमा साना तिना पसलहरू राख्न दिएनौं । चोक चोकमा नगर प्रहरीहरू पनि परिचालन गर्यौं । अहिले पनि फुटपाथ व्यवस्थापन लगायतका कामहरू भइ रहेका छन् । टुकुचा खोलाको विषय पनि व्यापक रूपमा चर्चामा आएको थियो, अब त्यो विषय ओझेलमा परेको हो ? टुकुचा खोलाको विषय बारे महानगरको शहरी विकास विभागले हेर्छ । हामीले निर्णय कार्यान्वयन गर्ने हो । शहरी विकासको नेतृत्वमा इन्जिनियर कर्मचारीहरू खटिएर नाप जाँच गर्नु भएको थियो । त्यसको सर्पोटिङ भूमिका हामी प्रहरीले गर्ने हो । त्यसैको सिलसिलामा हामी त्यहाँ खटिएका थियौं । सम्बन्धित क्षेत्रका पदाधिकारीहरूलाई यसको जानकारी छ । काठमाडौंमा फुटपाथको समस्या पहिले देखिको नै हो, यसको व्यवस्थापन किन गर्न नसकेको ? पहिलो कुरा फुटपाथ हिँड्ने ठाउँ हो । पसल राख्ने ठाउँ होइन । मसँग यसको उत्तर छ । धेरै मान्छेले यसलाई अनुत्तरित प्रश्न भन्छन् । म सोच्छु एउटा सडकमा कति गाडी गुड्छन् ? दैनिक रूपमा हेरौं । अनि कुनै पनि सडकपेटीमा कति मानिस दैनिक रूपमा आवतजावत गर्छन्, त्यो कुरा पनि नियालौं । आवतजावत गर्ने अधिकारलाई लाई हटाएर लाखौं, हजारौं संख्यामा नागरिक हिँड्ने फुटपाथलाई अवरोध गरेर पसल राख्ने कुरा कहाँसम्म जायज हुन्छ ? हिँड्न पाउन अधिकारलाई हनन् गरेर पसल राख्ने कुरा आफैमा जायज कुरा हैन । यो सबैले बुझ्नु पर्ने कुरा हो । फुटपाथका व्यापारीलाई एक ठाउँमा लगेर व्यवस्थापन गर्ने कुराहरू आइरहेका छन् । तर, काठमाडौंमा अहिले जग्गा पाउन समेत मुस्किल रहेको अवस्थामा उनीहरूलाई कहाँ लगेर व्यवस्थापन गर्ने ? काठमाडौं यो घनाबस्तीमा कतै पनि खाली ठाउँ छैन । घर अगाडि फुटपाथमा पसल बस्यो, हिँड्ने ठाउँमा पसल राखिदिएका कारण आवागमनमा मुस्किल भयो भनेर दिनमा यहाँ सयौंको संख्यामा फोन आइरहेको हुन्छ । हामीले सकेसम्म फोन आएको १० देखि १५ मिनेट पुगेर हटाइरहेका छौं । सीमित जनशक्तिको कारण सतप्रतिशत त नभनौं प्राथमिकताको आधारमा कहाँ बढी भिड हुन्छ । त्यस्ता ठाउँमा गएर सूचना पाएको आधारमा अनुगमन गर्छौं । सडक यातायातको लागि हो, पेटी हिँड्नको लागि हो । हाम्रो मापदण्ड त्यो नै हो । मापदण्ड भित्र रहेर हामीले काम गर्नु हाम्रो कर्तव्य हो । व्यापारीलाई २०५० साल भन्दा अगाडि पनि खुल्ला मञ्चमा थिए । त्यहाँ बाट हटाएर भृकुटीमण्डपमा लगेर राखियो । तर, फेरी त्यस्तै निस्किए । मान्छेको घर तथा जग्गा छ । तर, पनि २० औं वर्षदेखि फुटपाथमा व्यापार गर्न छाडेको छैन । सम्पन्न परिवार छ तर पनि फुटपाथमा व्यापार गर्न छाड्दैनन् । त्यस्ताको तथ्यांक हामीसँग प्रशस्त मात्रामा उपलब्ध छन् । सायद ठाउँ भएको व्यवस्थित हुन्थ्यो होला । ठाउँ नै छैन । अहिले धेरै ठाउँका फुटपाथका पसलहरू हटाइसकेका छौं । अहिले नगर प्रहरीहरू चोक–चोकमा खटिएका छन् । नगर प्रहरी जाने बित्तिकै सो ठाउँमा आएर पसल राख्ने प्रवृति अझै छ । हामी त्यही सामानहरूलाई जफत गरिराखेका छौं । नियम अनुसार हामीले सोही सामानलाई जफत गर्छौं । हामी कुनै पनि हालतमा सार्वजनिक अवरोध हुने गरी सडक र पेटी अतिक्रमण हुन दिदैनौं । फुटपाथमा व्यापार गरिरहेका सामान खोसेर यसको दिगो व्यवस्थापन हुन्छ ? यसलाई खोस्ने भन्दा पनि हटाइएको भन्छन् । त्यसलाई हामी हटाएर जफत नै गर्छौं । जफत गरेर कार्यालयको नियम अनुसार स्टोर दाखिला गर्छौं । दाखिला गरी सकेपछि नियम अनुसार लिलाम प्रक्रियामा जान्छ । लिलामबाट आएर राखेको रकम राजश्वमा राखिएको हुन्छ । कसैले पनि फुटपाथमा पसल नराखे हटाउनु पर्दैन थियो । दिगो समाधान पनि हुन्थ्यो । तत्काल कुहीने तरकारी तथा फलफूल जरिवाना लिएर छोड्छौं । आज हामीले सामान खोसी दिन्छौं, भोलि त्यही व्यापारी पुनः सामान लिएर बस्छ । अब फुटपाथमा हैन, पसल सटरमा सार्नु पर्याे । महानगर बजार अनुगमनमा पनि सक्रिय देखिन्छ, अनुगमनको क्रममा के कस्ता सामानहरू भेटिन्छन्, म्याद नाघेका सामान कतिको भेटिन्छन् ? बजारमा सामान अनगिन्ती छन् । कर तिर सटरमा राखेका सामान र त्यही सामान फुटपाथमा पनि राखेका छन् । बजार अनुगमन अनेकौं देखिन्छ । कसैले गुणस्तरहीन सामान पनि राखेका पाइन्छ । त्यस्तो सामानको नष्ट गर्नुका साथै जरिवाना समेत गरिरहेका हुन्छौं । उपभोक्ताले पनि नहेरीकन सामान किन्छन् र आफै ठगिन्छन् । ठल्ठूला मासु पसलमा सरसफाइको पनि कमि देखियो । अनुगमनको काम पनि निरन्तर चल्छ । हामीले गर्नु पर्ने काम हामी गरिरहन्छौं । काठमाडौंमा अण्डरग्राउण्ड पार्किङको समस्या समाधान भएको होकि महानगर थाकेको हो ? महानगर थाकेको छैन । समस्या पनि समधान भएको छैन । अण्डरग्राउण्ड पार्किङ नभएको ठाउँमा कतिपयले र्याम बनाइ रहनु भएको छ । नियमित रुपमा हामी जे काम गर्छौं । त्यसको प्रगति के भइरहेको छ त्यो पनि हामी हेर्दै जान्छौं । हाम्रोमा सीमित जनशक्ति छ । यो जनशक्तिले चाहे जति काम पनि गर्न सकिँदैन । हामीले गरेको कामबाट कहिले पछि पर्दैनौं । हामीले गरेको हर काम कारवाही अनुगमन गर्दै हेर्दै पुनरावलोकन गर्दै अगाडि बढ्छौं । बानेश्वरका धेरै ठाउँमा अण्डरग्राउण्ड पार्किङ सञ्चालनमा आइसकेका छन् । पहिला बाटोमा सवारी पार्किङका कारण हिड्न अफ्ट्यारो भयो भनेर सयौं गुनासोहरु आउँथे । अहिले क्रमिक रुपमा यस्ता गुनासाहरु कम हुँदै गएका छन् । अशन इन्द्रचोकबाट दुइ पाङ्गे धेरै सवारी साधन उठाएका छौं । महानगरको गाडी जताततै घुमिरहेको हुन्छ । नागरिकको गुनासोको आधारमा पनि हामीले अनुगमन गर्दै आएका छौं । पार्किङ प्रयोजनको लागि भनेर लिएको ठाउँ अन्य कामको लागि प्रयोजन भएको रहेछ भने कुनै पनि हालतमा छाड्दैनौं । तपाईंको बिचारमा काठमाडौं महानगरलाई व्यवस्थित शहर बनाउन के गर्नुपर्छ ? यसको लागि नागरिक नै सचेत हुन पर्याे । काठमाडौं सम्पदाले भरिएको शहर हो । यसलाई पर्यटकीय रूपमा विकास गर्ने हो भने पनि राम्रो हुन्छ । हरेक नागरिकले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु पर्याे । गलतलाई गलत सहिलाई सही हो भन्न सक्ने हुनु पर्याे । आफ्नो स्वार्थको लागि आँखा चिम्लिएर के भएको छ र भन्ने विगतको प्रवृतिलाई हटाउन जरुरी छ । सबैले आ–आफ्नो ठाउँबाट राम्रो काम गर्ने हो । शहर आफै राम्रो बन्छ । हाम्रो एकल प्रयासबाट मात्रै व्यवस्थित शहरको विकास गर्न सकिँदैन । सबै नागरिकहरूको सहयोग भने काठमाडौंलाई सुन्दर शहरको रूपमा विकास गर्न सकिन्छ । महानगरले मापदण्ड विपरितका होडिङ बोर्ड हटाउन एक सय जनालाई हायर गर्दैछ भन्ने सुनिएको छ, यो काम के कसरी हुन्छ ? काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति, संघ संस्थाहरूले आफ्नो कार्यस्थल बाहिर राख्दै आएको परिचय पाटी हटाउने योजना बनाएको छ । महानगरपालिकाले ३० वर्ग फुटभन्दा माथिका सबै परिचय पाटी हटाउने छौं । परिचय पाटी राख्दै आएका संघ संस्थाहरूले सो पाटी राखेबापतको शुल्क नतिरेको देखिएकाले बुझाउन आग्रह गरेको छ । शुल्क तिरेका र महानगरका मापदण्ड भित्र रहेर तयार पारिएका पाटीहरूलाई हटाइने छैन । परिचय पाटीको राखेको बापत शुल्क तिर्न संघ संस्थाहरू महानगरमा आइरहेका छन् । उनीहरूले शुल्क तिरे पनि महानगरले तोकिदिएको ठूलो वर्ग फिटमा पाटी राखेको छन् । सोही पाटी पनि हामी हटाउँछौं । त्यस्ता पाटी हटाउनको लागि काठमाडौं महानगरपालिकाले एक सय जना कर्मचारीहरू केही समयको लागि हायर गर्ने योजना बनाएको छ । उहाँहरूले कानुनलाई मिचेर ठूलो हुन्छौं भन्ने ठान्नु भएको छ । त्यस्तालाई हामी कानुनको दायरा भित्र ल्याउँछौं । सोही पाटीहरू हटाउनको लागि हामीले आन्तरिक ग्रहकार्य गरिरहेका छौं । घरको भित्ता परिचय पाटी राखेका छ । त्यसलाई हटाउनको लागि सीपयुक्त मानिस चाहियो । काठमाडौंको सुन्दरतालाई घर माथि बोर्डले थिचेर राखेको छ । त्यसलाई हटाउनु पर्छ । हटाएर र भत्काएर मात्र समस्याको समाधान हुने हो र ? हामीले जति पनि भत्काएका हटाएका छौं । त्यही सबै अनधिकृत संरचना हुन् । घर बनाउँदा थोरै ठाउँ छोड्नु पर्ने हुन्छ । तर सोही ठाउँमा पनि संरचनाहरूको स्थापना गरेका छन् । ओपनस्पेस देखाउनु पर्ने ठाउँमा संरचना बनाए । हटाउनु पर्ने ठाउँमा हटायौं । त्यहाँ के बनाउनु पर्ने हो र । महानगरको योजना भित्र परेका विषयहरु बनाउन सुरु भइ हाल्छ । जति पनि हामीले भत्काएका र्छौं, त्यी पुनः बनाउनु पर्ने संरचना हैन । खालि देखाउनु पर्ने ठाउँमा पनि संरचना बनाई भाडा लगाउने जस्ता कार्य गरेकाले महानगरले खाली गरिदिएको हो । तपाईंहरुको आगामी योजनाको बारेमा बताइदिनु होस् ? पहिलाको कामलाई निरन्तरता दिने काम भइ हाल्यो । नगर प्रहरीको जनशक्ति बिहान ७ बजे देखि बेलुका ८ बजेसम्म काम गरिरहेको छ । अहिले महानगर भित्र एक सय ७१ जना नगर प्रहरीहरू हुनुहुन्छ । अहिले रातको समयमा सडकमा ल्याएर फोहोर फ्याल्ने प्रवृति बढ्दो छ । यस्तो प्रवृद्धिलाई रोक्न २४ घण्टा गस्तीको परिचालन गर्ने योजना बनाएका छौं । सडकमा फोहोर फाल्नेलाई जरिवानाका साथै कारबाही पनि गर्छौं । फोहोरको व्यवस्थापन गर्न भए पनि हाम्रो जनशक्तिको परिचालन गर्छौं । तोकिएको समयमा भन्दा बाहिर फोहोर निकाल्न दिदैनौं । केही समय पछि महानगरको चोक तथा फुटपाथमा पसल राख्नेहरू पाउनु हुन्न ।
‘धेरै सूचकमा खल्ती नम्बर वान बनिसकेको छ, ३/४ वर्षमै ठूलो कर्पोरेट हाउस बन्छ’
२७ वर्षकै उमेरमा खल्ती डिजिटल वालेटको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका व्यक्ति हुन् विनय खड्का । गत वर्षको कात्तिकमा कम्पनीको सीईओका रुपमा नियुक्त भएका उनी खल्तीमा प्रवेश गरेको पनि एक वर्ष बितिसकेको छ । यसअघि एनआइसी एसिया बैंक र ईसेवामा काम गरेर अनुभव बटुलिसकेका खड्का आफ्नो ब्याचका चार्टर्ड एकाउन्टेन्ट टप पनि हुन् । नुवाकोटको शिवपुरी घर भएका उनको प्रगति देखेर जो कोही पनि प्रभावित हुन्छन् । उनै सीईओ खड्कासँग विकासन्युजका लागि सन्तोष रोकाया र राजिव न्यौपानेले खल्ती डिजिटल वालेटको समग्र विजनेसको विषयमा कुराकानी गरेका छन् । तपार्ईं प्रमुख कार्यकारी अधिकृत (सीईओ) रूपमा नियुक्त हुन भएको एक वर्ष पुरा भयो, यो अवधिसम्म खल्तीमा काम गर्दाको अनुभव र कम्पनीको बिजनेस कस्तो रह्यो ? नेपालमा फिनटेक उद्योग स्थापना भएको धेरै भएको छैन । अहिले भुक्तानी सेवाको लाइसेन्स २७ वटाले पाइसकेका छन् । तर, आजका दिनमा प्रत्यक्ष काम गर्ने संस्थाहरू नाम मात्रका छन् । फिनटेकको यति धेरै र्यापिड ग्रोथ छ कि म आउने बेलाको बजारको साइज र आजको बजारको साइजको विस्तार धेरै भइसकेको छ । म सीईओको रूपमा नियुक्त भइसकेपछि कर्मचारीको आकार, व्यापार, पाटर्नर थप्ने, नयाँ विशेषता लगायतको विषयमा धेरै प्रगति भएको छ । धेरै विषयमा सुधार पनि भएको छ । हामीले फोनपेसँग पनि अन्तरक्रियाशीलता गर्यौं । खल्तीको राम्रो कामलाई मध्यनजर गर्दै विभिन्न ठुला संस्थाहरूले सम्मानित गर्नुका साथै उत्कृष्ट अवार्ड पनि प्रदान गरेका छ । हामीले गत वर्ष नै सफल स्टार्टअप पुरस्कार पायौं । ग्लोबल लेभलको नै उच्च अवार्ड पनि पाएका छौं । हामीले चलचित्र प्लेटफर्महरू लन्च गरेका छौं । सो प्लेटफर्महरू लन्च गरिसके पश्चात क्यूएफएक्स र आइयनआईमा चल्ने सिनेमाको टिकट काट्न सकिन्छ । उक्त सिनेमा हालमा चल्ने सिनेमा खल्ती एपबाट टिकट काटेर सिट बुकिङ गर्न सक्ने व्यवस्था मिलाएका छौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) जस्ता विभिन्न बैंक, बीमा, सरकारी सेवा, स्थानीय तह लगायतका संघ संस्थाहरूको भुक्तानी खल्तीमा उपलब्ध गराएका छौं । त्यो लगायत खल्तीमा विभिन्न फिचरहरू थपेर कसरी मानिसको जीवनशैली ब्राण्ड बनाएर अगाडि लिएर जाने भन्न हिसाबले नयाँ–नयाँ फिचर ल्याइरहेका छौं । खल्ती र वालेट व्यापार थिम मार्जिनमा सञ्चालन भए पनि दीगो बनाउने कामलाई जोड दिएका छौं । वालेट भनेको उद्योग हो । जसरी बैंक तथा बीमालाई एउटा उद्योग भनिन्छ । एउटा पेमेन्ट अथवा फिनटेक उद्योग अपरेट हुन सक्छ । त्यो सम्भावना नेपालमा छ भनेर त्यसलाई नै अन्वेषण गरेर अगाडि बढिरहेका छौं । गत एक वर्षमा धेरै राम्रा कामहरू भएको मैले महसुस गरेको छु । तपाईं आइसकेपछि खल्तीको विजनेस ग्रोथ कस्तो रह्यो ? हामीले गत एक वर्षमा धेरै विषयमा वृद्धि हासिल गरेका छौं । कुनै विषयमा २ देखि ४ गुणासम्मको पनि वृद्धि भएको छ । समग्र व्यापारमा ८० प्रतिशतसम्मको वृद्धि हासिल गरेका छौं । त्यो भनेको व्यापार, रेभिन्यु पाटर्नरसिप लगायतका विषयहरुमा हो । हाम्रो लागि गत एक वर्ष उपलब्धिमुलक नै रह्यो । कोभिड पनि सकिएको र अर्थतन्त्र पनि चलायमान भएको अवस्थामा हामीले विभिन्न नयाँ सेक्टरमा काम सुरु गर्यौं । खल्तीको स्थापना भई सञ्चालनमा आएको लगभग ५/६ वर्षको समय भइसकेको छ । अब हामी कुद्ने बेला आएको छ । आन्तरिक रूपमा धेरै काम गरेका छौं । टिमको व्यवस्थापन गरेका छौं । बजेटको व्यवस्थापन गर्ने, अन्तर्राष्ट्रिय मापदण्डको रिपोर्टिङ स्ट्याण्डर्ड ‘इन्टरड्युस’ गर्ने काम गरेका छौं । कतिपय कामहरू पाइपलाइनमा नै छन् । फिनकेट उद्योगको वृद्धि भन्दा हामी धेरै नै माथि छौं । बैंक तथा वित्तीय संस्था लगायतका क्षेत्रहरुले डिजिटल बैंकिङलाई प्रमोट गरिरहेका छन्, राष्ट्र बैंक पनि डिजिटल करेन्सीको अध्ययन गरिरहेको छ । नेपालमा समग्र फिनटेक उद्योगको भविष्य कस्तो छ ? आजको दिनमा फिनटेक, डिजिटल बैंकिङ जे भन्छौं, त्यो सबै पेमेन्टलाई भनिरहेको छौं । हामीले मोबाइल बैंकिङको प्रयोग गर्छाैं । मोबाइल बैंकिङ लोन लिन, क्रेडिट कार्ड, बैंक सर्भिस पनि लिन पाइँदैन । पैसा निकाल्न जम्मा गर्न बैंक नै धाइ राख्नु परेको छ । टपअप गरेर बिजुलीको बिल तिरेर मात्र मोबाइल बैंकिङ हुँदैन । पहिला त्योबाट बाहिर निस्कनु पर्याे । हामी जस्तो फिन्टेक कम्पनीले पनि अलिक इनोभेटिभ प्रडक्ट लाइनहरू ल्याउनु पर्यो । जस्तो वित्तीय इकोसिस्टम भनौं । त्यो भयो भने डिजिटल बैंकिङको भविष्य राम्रो छ । कुल ग्राहस्थ उत्पादनको ६/७ प्रतिशत मात्रै डिजिटल पेमेन्ट हुन्छ । ४५/४८ खर्ब रुपैयाँको जिडीपीमा आजको दिनमा ३ खर्ब जति डिजिटल प्रोसेसिङ भइरहेको छ । स्कोप धेरै छन् । तर, कसले कसरी आउने भन्ने हो । खल्ती लगायतका अन्य केही वालेट पनि राम्रो नै पोजिसनमा छन् । जो नयाँ आउनु हुन्छ, उहाँहरूले पनि नयाँ धारणा बोकेर आउनु पर्याे । खल्ती चलाउँदा अन्य वालेटमा सिफ्ट गर्नु पर्याे भने आजको दिनमा गाह्रो छैन । सामाजिक स्तर अर्थात् वित्तीय साक्षरतालाई आर्थिक रूपमा कसरी लिएर आउने विषय एउटा होला । आजका दिनमा भाइबरबाट कल गरे जस्तै पैसा पनि डिजिटल माध्यमबाट पैसाको लेनदेन हुनु पर्यो । मानिसहरुलाई स्मार्ट फोन चलाउने बानी परिसक्यो । उत्पादकत्व वृद्धिका लागि लाग्नु पर्छ । हामीले अब त्यो लाइन बाट पनि सोची रहेका छौं । आजको दिनमा नेपाल सरकारको पनि अधिकांश पेमेन्ट डिजिटल हुन सकेको छैन । अहिले हामी विद्युतिय महसुल खल्ती लगायत डिजिटल माध्यमबाट तिर्छौं । तर, त्यो पनि प्रभावकारी हुन सकिरहेका छैन । किनभने विद्युतीय महसुल तिर्न पनि अफिस खुल्ने समय नै कुर्नु पर्छ । डिजिटल भएपछि रातको बाह्र बजे पनि पैसाको लेनदेन हुनु पर्याे । त्यो लाइनको डिजिटल पूर्वाधारको विकास विस्तारै हुँदै गएको देखिन्छ । यो सबै भइसकेपछि डिजिटलको भविष्य उज्वल छ । फिनटेक उद्योगलाई हेर्ने आम सर्वसाधारणको हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ ? अझै पनि डिजिटल माध्यमको जानकारी गाउँ–गाउँमा पुग्न सकेको छैन । खल्ती लगायतका कम्पनीहरूले मुख्य काम के हो अथवा के सेवा दिन्छ भन्ने कुरा आम नागरिकमा अझै पुगिसकेको छैन । त्यसमा धेरै काम गर्नुपर्ने छ । प्रायः युवाहरूलाई थाहा छ, उहाँहरूले यसको प्रयोग पनि गरिराख्नु भएको छ । तर, फिनटेक कम्पनी प्रतिको धारणा जसले बुझेको छ, उहाँहरूले भोलिका दिनमा ओभरल बैंक, बीमा जस्ता आर्थिक वित्तीय सेवाका क्षेत्र लगायतमा फिनटेक चाहिन्छ भन्ने बुझेको पाइन्छ । कतिपय मानिसहरू २ दिन हिँडेर सदरमुकाम गएर एउटा सानो पेमेन्ट गर्नु पर्ने बाध्यता छ । यो सरकारको कारणले भएको हो । तर विस्तारै कम भने भएको छ । कुनै मान्छेको हामीले २ दिनको समय बचाउन सक्छौं भने त्यो व्यक्तिले त्यो दुई दिनको समय प्रोडक्टिभमा लगाउन सक्छ । हामीसँग ३० लाख ग्राहक छन् । उनीहरूको महिनामा ३ घण्टा समयको बचत गर्न सक्यौं भने पनि ठूलो कुरा हो । डिजिटल तर्फ जानुपर्छ यसको विकल्प छैन । बजारमा खल्ती डिजिटल वालेटको प्रतिस्पर्धी को हो ? फिनटेक उद्योगमा तपाईंहरुको पोजिसन के हो ? यो कुरा मार्केटलाई थाहा नै छ । हामी आजको दिनमा दोस्रो स्थानमा छौं । अहिले ई–सेवा नम्बर वान पोजिसनमा छ । उहाँहरूले हामीभन्दा अगाडिबाट नै सेवा दिन सुरु गर्नु भएको थियो । पहिलो र दोस्रोको ग्याप पनि धरै छ भने दोस्रो र तेस्रो पनि ग्याप धेरै छ । गत वर्ष हामीले जुन हिसाबले ग्रोथ गरेका छौं, त्यो ग्रोथ आजका दिनमा खल्तीको नै छ । वार्षिक ग्रोथ हाम्रो राम्रो छ । खल्ती नम्बर वान डिजिटल वालेटको भएको कहिले सुनिन्छ ? हामीले नम्बर वान भन्दा पनि खल्तीलाई ठूलो कम्पनीको रूपमा विकास गर्ने हो । त्यो नम्बर वान पनि हुन सक्छ या दोस्रो । अल्टिमेट भिजन भनेको वित्तीय समावेशीकरण हो । वित्तीय समावेशीकरणको लागि जेजे प्रडक्टको आवश्यकता हुन्छ, त्यसलाई हामीले ‘क्याटलक’ गर्दै जाने हो । त्यसलाई दीगो बनाएर जाने हो । आउने एक वर्षमा नम्बर वान हुन्छ भन्ने भन्दा पनि बजारको कसरी वृद्धि हुन्छ । त्यसलाई सबैभन्दा ठूलो मध्ये एक कम्पनीलाई कसरी गर्ने भन्ने सोच हो । फिनटेक उद्योगले मान्छेको जीवनशैली चाहिँ परिवर्तन गर्न सक्छ भन्ने कुरा स्थापित गर्नेु हो । किनभने ४८ खर्बको लेनदेनमा ५० प्रतिशतमा डिजिटलमार्फत् कारोबार भयो भने नम्बर ३ ले पनि राम्रो नै रेभिन्यु बनाउन सक्छ । हामी नम्बर वान हुँदैनौं भन्ने पनि हैन । कुन कुरामा नम्बर वान हुने भन्ने विषय हो । ब्राण्ड भ्यालु वाइज नम्बर वान, धेरै प्यारामिटरमा हामी नम्बर वान पनि छौं । गाउँघरमा अझै पनि डिजिटल कारोबार हुन सकेको छैन, यो खालको अन्तरलाई न्यूनीकरण गर्न खल्तीले के काम गरिरहेको छ ? अहिले हामीसँग प्रत्यक्ष ३० लाखभन्दा बढी ग्राहकहरू छन् । तर, अप्रत्यक्ष ग्राहक जोसँग स्मार्टफोन र इन्टरनेट पनि छैन, त्यस्ता ठाउँमा हामीले हाम्रा एजेन्टमार्फत् काम गरिरहेका छौं । खल्तीको ६० हजारभन्दा बढी एजेन्ट दार्चुला, जुम्लादेखि लिएर पूर्व ताप्लेजुङ लगायतका विभिन्न ठाउँमा छन् । त्यो ६० हजार एजेन्टले जुन सर्भिस खल्तीले दिन्छ सोही सेवा उनीहरूले उपभोक्तालाई उपलब्ध गराउँछन् । जस्तै, विदेशबाट रेमिट्यान्स आयो भने त्यही घर छेउको पसलबाट रकम निकाल्न सक्ने व्यवस्था हामीले मिलाएका छौं । बैंक दौडनु परेन । अहिले गाँउगाउँमा टेलिभिजन पुगेको छ, कति ठाउँमा इन्टरनेट पुगेको छ । कतिपय ठाउँमा पुग्न बाँकी छ । तर, डिशहोम त धेरै दुर्गम ठाउँमा पनि पुगेको छ । स्मार्ट फोन नभए पनि साधा फोनको लागी एनटीसीको सिम लिएका छन् । त्यसलाई रिर्चाज गर्नु पर्ला । त्यस्ता ठाउँको आवश्यकतालाई मध्यनजर गरेर विस्तारका कामहरू गरिहरेका छौं । खल्तीमा आबद्ध हुनेले हामीसँग आजको दिनमा खल्ती एप भित्रै ५ सय भन्दा बढी भिडियोहरू छन् । जुन कोहीसँग पनि छैन । भिडियो मार्फत सबै विषयहरु खल्ती एप भित्रका विशेषताको बारेमा जानकारी दिएका छौं । हामीले समय–समयमा क्याम्पियन पनि चलाइरहेका हुन्छौं । खल्तीले केही समय अगाडि स्मार्ट छोरी क्याम्पियन गरेको थियो । स्मार्ट छोरी क्याम्यिन अन्तर्गत सेभिङ के हो, क्यापिटल, बीमा लगायतको विषयमा हामीले प्रशिक्षण दिएका थियौं । अहिले खोटाङका स्थानीय तहमा डिजिटलसम्बन्धी काम गर्ने तयारी गरेका छौं । डिजिटल वालेटहरूमा विभिन्न समयमा विभिन्न खालका समस्या आइरहने तर ती समस्याको समाधान समयमै नहुने गुनासो पनि सुनिन्छ, यस विषयमा डिजिटल वालेटहरु किन जिम्मेवार बोध गर्दैनन् ? आजको दिनमा फिनटेक उद्योगको बैंक, युजर र रेमिट्यान्स लगायतसँग सम्बन्ध हुन्छ । कुनै मान्छेले खल्तीबाट अन्य बैंकमा पैसा पठाउन खोज्यो । हाम्रो यी दुवैसँगको कनेक्सन अन हुनु पर्याे । आफ्नो क्षेत्रमा मात्र नेटवर्क म्यानेजमेन्ट गरेर पर्याप्त छैन । कहिले काहिँ खल्तीबाट पैसा पठाएको तर रकम पुगेन भन्ने गुनासो पनि आउँछ । बैंकमा किन पुग्दैन भन्ने गुनासो आउँछ । बैंकको सिस्टम कहिले काहिँ अन नहुन सक्छ । त्यो बेला आतिएर काम हुँदैन । तपाईंको डिजिटल टा«नजेक्सन कहीँ पनि जाँदैन । हामी नेपाल राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त संस्था हो । एउटा निश्चित नियम भित्र रहेर सञ्चालन गरेको हुन्छ । हाम्रो सातै दिन बिहान ७ बजेदेखि राति १२ बजेसम्म साहयता कक्षा सञ्चालन हुन्छ । ३० जना साथीहरुले साहयता कक्षामा बसेर १८ घण्टा ग्राहकको समस्याको सुनुवाइ र समस्याको तत्काल समाधान गर्नु हुन्छ । खल्तीबाट गरेका काम तत्काल भइ हाल्छ । हाम्रोमा दैनिक ३ लाखभन्दा बढीको संख्यामा ट्रान्जेक्सन हुन्छ । आएका समस्यालाई छिटो समाधान गर्न तर्फ हाम्रो ध्यान केन्द्रित छ । फिनटेक उद्योगमा अहिले पनि धेरै प्रतिस्पर्धा छ, यो क्षेत्रमा थप डिजिटल वालेटहरुको आवश्यकता छ कि छैन ? एउटा फर्म मात्रै भएर उद्योग बन्दैन । नेपालमा आज एउटा मात्र बैंक भएको भए बैंकिङ उद्योग भनेर भनिँदैन थियो होला । अहिले पेमेन्ट उद्योग भन्न सुरु भइसकेको छ । किनभने हामीसँग खल्ती, ई–सेवा, आइएमई–पे लगायत कम्पनी छन् । जीडीपीको ६ प्रतिशत मात्र डिजिटाइज भएको छ । १०/१५ वटा जति नयाँ कम्पनीहरु आए भने एउटा नयाँ भिजन लिएर आउनु हुन्छ । तर, बजारलाई बदनाम चाहिँ गर्नु भएन । यस्तो कुराहरू सदैब आवश्यकता हुन्छ । हिजोसम्म यी कुरा आवश्यकता थिएन । आज एक दिन सर्भर डाउन भयो भने लाखौं मानिसलाई समस्या हुन्छ । धेरै क्षेत्रलाई डिजिटल पेमेन्टमा ल्याउन बाँकी नै छ । पुरानाले पनि नयाँ ढाँचामा काम गर्नु पर्ने आवश्यकता छ । ग्राहकहरूलाई खल्तीले के–कस्ता सेवा सुविधा दिइरहेको छ ? डिजिटल सम्बन्धी धेरै सेवा सुविधाहरू खल्तीमा उपलब्ध छन् । रेमिट्यान्स तथा फन्ड ट्रान्सर्फरको सुविधा त भइ हाल्यो । खल्तीबाट अबको दिनमा डिजिटल पेमेन्ट उपलब्ध गर्ने, क्यापिटल मार्केटमा हामी विस्तारै आइरहेका छौं । त्यो वाहेक क्यूआर पेमेन्ट गर्नेदेखि लिएर टिभीको रिचार्ज गर्नेसम्मका काम गरिरहेका छौं । फिजिकलबाट डिजिटलमा कसरी लिएर आउने त्यसका लागि थोरै भएर पनि रिवार्ड, रोयल्टी स्किम पनि छ । आजको दिनमा क्यास ब्याकहरू राम्रो नै लेबलमा लगानी गरी रहेका छौं । फिजिकल गरिरहेका डिजिटल आउँदा केही सेवा सुविधा थप हुन पर्याे । अन्य विभिन्न स्कीमहरू पनि ल्याइरहेका छन् । अहिले हाम्रो प्लेटफर्म मार्फत् दैनिक २ लाखभन्दा बढीले ‘कुइज’ खलिरहेका छन् । अब यो संख्या १०/१५ लाखसम्म पुग्छ । एउटा एपबाट १०/१५ लाखले आफ्नो ज्ञान बढाइ रहेको छन् । त्यो एउटा गर्वको कुरा पनि हो । यसमा फरक–फरक सेग्मेन्ट लिएर आउँछौं । अरूले नदिएको सेवालाई खल्तीमा ल्याएर जोड्ने काम गरिरहेको छौं । लगानीकर्तालाई खल्तीले के कस्तो प्रतिफल दिइरहेको छ ? कुनै पनि व्यापारको तिन वटा फेज हुन्छ । अधिग्रहण, सक्रियता र मनिटाइजेसन । यसमा सबैको आ–आफ्नो सिद्धान्त हुन्छ । अधिग्रहण भनेको सकेसम्म बढीभन्दा बढी मान्छे यो सेवा चलाओस् भन्ने हुन्छ । आएपछि त्यतै बसोस् र चलाओस् भन्ने हुन्छ । त्यसपछि मात्र रेभिन्यु बनाउन थाल्ने हो । हामीले आजको दिनमा हेर्ने हो भने जति बजारको आवश्यकता छ त्यो अझै छ । अगाडि नै लाभांश नै बाड्छु भन्ने पनि हुँदैन । मैले ५० करोड कमाए भने आज एक करोड रुपैयाँ लगानी गर्नुपर्ने आवश्यकता छ । अझै पनि यो २÷३ वर्ष निरन्तर चलिरहन्छ । त्यसपछि मात्र लगानीयोग्य बन्छ । पैसा नकमाउने हैन । दैनिक १८ करोड रुपैयाँको कारोबार गरिरहेका छौं भने त्यहाँ केही पैसा छ । त्यसमा पनि पहिलो प्राथमिकता भनेको हाम्रो बोर्ड अथवा म्यानेजमेन्ट के कुरामा विश्वस्त छ भने अझै ३ वर्ष कमाएको र थप आइडी सर्भिस यडिस्नल पैसा बजारमा लगानी गर्नु पर्याे । हामीले यो लाइनमा काम गरिरहेका छौं । खल्तीले बजारमा सेवा गर्न थालेको ६ वर्ष भइ सकेको छ, कतिपय कम्पनीले पब्लिकमा जाने पनि इच्छा देखाउँछन्, यस विषयमा केही सोच्नु भएको छ ? हामीलाई राष्ट्र बैंकले पब्लिकमा जानुपर्छ भन्ने कुरा गरेको छ । पब्लिकमा गएको ३ वर्षपछि आईपीओमा जानै पर्छ । प्राइभेट लिमिटेड कम्पनीबाट सुरु भए पनि पब्लिकको लगानी भएको कम्पनी खल्ती हो । यो भनेको यहाँ पब्लिकको पैसा छ । खल्ती पब्लिकलाई सेवा दिने कम्पनी हो । हामी ५/६ वटा संस्थालाई सिस्टम बनाएर बेच्ने संस्था हैन । आईपीओ पनि निकाल्छौं । तर, त्यसको लागि समय लाग्न सक्छ । त्यसमा जानु भन्दा अगाडि गर्नुपर्ने धेरै कामहरू छन् । आगामी दिनमा खल्ती कसरी अगाडि बढ्छ, भावी योजनाहरू के–के छन् ? हामीले सर्वसाधारणलाई बढीभन्दा बढी सेवा दिने हो । खल्तीले बनाएका प्रडक्ट र सर्भिस राम्रो होस् भन्ने हिसाबले काम गरिरहेका छौं । गत वर्ष गरेको कामको आधार बनाएर थप नयाँ काम गर्दै जाने हो । ३/४ वर्ष पछि खल्ती सबैभन्दा ठूलो कर्पोरेट हाउस रूपमा विकास गरेर अगाडि बढ्ने सोच्मा छौं । अहिले हामीसँग २ सय जान कर्मचारीहरू हुनुहुन्छ । हामीले सोल्टी मोडमा एउटा हब खोलेका छौं । केही समयपछि पोखरा र चितवनमा नयाँ शाखा खोल्दैछौं । डिजिटल काम भएको कारणले शाखाको धेरै आवश्यकता थिएन । तर, पनि नयाँ शाखा खोल्ने सोच बनाएका छौं । हामीले ७ वटै प्रदेशमा एक/एक वटा शाखा खोल्ने सोच बनाएका छाैं । सम्बन्धित समाचार : टुकी बालेर सीए टप, २७ वर्षको उमेरमै सीईओ
रकम जम्मा नगरी मोको वालेटबाट पेमेन्ट गर्न सकिन्छ : सरोज बस्नेत
फोकसवान पेमन्ट सोलुसन एक भुक्तानी प्रदायक कम्पनी हो । मोको वालेट वा एपबाट डिजिटल भुक्तानी गर्न सकिन्छ । माेकाेले मोबाइल भुक्तानी प्रणालीमार्फत् कार्डवाहकरुलाई विशेष सेवा प्रदान गर्दै आएको छ । मोको एप प्रयाेग गरेर मोबाइलबाटै भुक्तानी गर्न, टिकट बुक गर्न र मोबाइलमा ब्यालेन्स ट्रान्सफर गर्न सकिन्छ । साथै, वालेटमा रकम बिना नै डेबिट तथा क्रेडिट कार्डहरू डिजिटल भुक्तानी गर्न सकिन्छ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी मोकोले प्रयोगकर्ताको सुरक्षालाई उच्च प्राथमिकता दिएको छ । कुनै प्रचार-प्रसार बिना हजारौं ग्राहकलाई सेवा दिईरहेको यस कम्पनीको आगामी योजना र सेवा सुविधाका विषयमा मोको वालेटका हेड अफ बिजनेश अप्रेसन सरोज बस्नेतसँग विकासन्युजका लागि सीआर भण्डारी र राजिव न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत उक्त कुराकानीको सम्पादित अंश : फोकसवान पेमेन्ट सोलुसन्स् अर्थात् मोको वालेट कहिलेबाट सुरु भएको हो ? पहिला पेमेन्ट सिस्टममा पीएसपी तथा पीएसओ थिएन । सन् २०१९ बाट पीएसपी तथा पीएसओ आएको हो । सुरुमा फिन टेकमा एसएमएस जस्ता कामका लागि फोकसवान स्थापित भएको थियो । सन् २०१९ मा राष्ट्र बैंकले चिप बेस कार्डहरु लन्च गर्न निर्देशन दिएको थियो । त्यो बेलामा एससीटीसँग चिप बेस कार्ड थिएन । भिजासँग मात्रै चिप बेस कार्ड थियो । त्यसपछि हामीले एससीटीसँगको पार्टनरसिप छुट्टिएर भिजासँग पार्टनरसिप गरेका हौं । त्यसअघि सन् २०१४ देखि २०१९ सम्म एससीटी कार्ड एड गरेर विभिन्न पेमेन्ट गर्न मिल्थ्यो । माेकाेले सन् २०२० मा चाहिँ पीएसपीको लाइसेन्स पाएको थियो । सन् २०२१ को जुलाईबाट हामीले नेपाल इन्भेष्टमेन्ट बैंक (एनआइबिएल) र हिमालयन बैंक (एचबिलएल) सँगको पार्टनरसिपमा भिजा कार्ड (डेबिट र क्रेडिट कार्ड) एड गरेको हो । अहिले त्यसैबाट एक्टिभिटिज पे गर्न मिल्छ । अहिले मोको वालेटबाट थुप्रै पेमेन्ट गर्न मिल्छ । जस्तो टप अप, खानेपानीको बिल, विजुलीको बिल, विद्यालयको शुल्क र टिभिको बिल तिर्न पनि मिल्छ । हामीले अब इन्स्योरेन्स कम्पनीको प्रिमियम तिर्न मिल्ने, ट्राफिक जरिवाना तिर्न मिल्ने गरी सेवा थप्ने तयारी गरेका छौं । क्यूआर पेमेन्ट पनि सहज रुपमा गर्न सकिन्छ । दरबारमार्ग र ठमेल क्षेत्रतिर क्यूआर मर्चेन्ट पनि छन् । एपबाट स्क्यान र पे गर्न मिल्छ । बजारमा थुप्रै वालेट कम्पनीहरु छन्, मोको वालेटले कसरी प्रतिस्पर्धा गरिरहेको छ ? अरु वालेट कम्पनी र मोको वालेटमा फरक छ । अरु वालेटमा रकम जम्मा गर्नुपर्ने हुन्छ । यदि रकम जम्मा नगरेमा बैंक लिंक गर्नुपर्छ । जसरी पनि वालेटमा रकम हुनैपर्छ । मोको भनेको नन् स्टोर भ्यालू वालेट हो । मोको वालेटमा रकम जम्मा गर्नु पर्दैन । यसमा भिजा कार्ड (डेबिट र क्रेडिट कार्ड) लाई एड गरेर रकम लोड नगरि पेमेन्ट गर्न सकिन्छ । अहिले भिजा कार्डबाट मात्रै कारोबार भइरहेको छ । पछि हामीले मास्टर कार्डबाट पनि कारोबार हुने व्यवस्था मिलाउनले छौं । कार्ड प्रयोग गरेपछि मात्रै काटिने भएकाले इन्ट्रेस्ट लस हुँदैन । बैंकमा जम्मा भएको रकम बैंकमा नै सुरक्षित हुन्छ । पेमेन्ट गरेको सयममा मात्रै रकम काटिन्छ । जति पनि वालेट छन्, तिनीहरुमा रकम जम्मा गरेको हुनुपर्छ । तर मोको वालेटमा रकम नहुँदा पनि क्रेडिट कार्डबाट पेमेन्ट गर्न सकिन्छ । क्रेडिट कार्डमा ४५ दिनसम्म पेमेन्ट गर्न लिमिट छ । जस्तो आज खर्च गर्नु भयो भने ४५ दिनसम्म फ्रि क्रेडिट पाउन सकिन्छ । अहिले क्रेडिट कार्ड ठूलाठूला पर्स मेसिनहरुमा मात्रै प्रयोग गरिन्छ । भाटभटेनी वा ठूलाठूला मर्चेन्टहरुमा मात्रै स्वाइप गर्न पाइन्छ । नेपालमा स्वाइप मेसिन १५/२० हजार भन्दा बढी छन् । त्यो बैंकलाई स्पाण्ड गर्न पनि गाह्रो छ । पर्स मेसिन भनेको फिक्स कस्ट हुन्छ । डिभाइसको कस्ट लाग्छ । नेट चाहिन्छ । रेगुलर अप्रेटिङ कस्ट पनि लाग्छ । मोको वालेटबाट अहिले बजारमा संचालनमा रहेका क्यूआर गर्न सकिन्छ । क्यूआरमा नेट पनि चाँहिदैन । पैसा छ भने डेबिट कार्डबाट तिर्दा भयो । डेबिट कार्डमा रकम नभए क्रेडिट कार्डको प्रयोग पनि गर्न मिल्ने भयो । यसले गर्दा बैंकलाई पनि सजिलो हुन्छ । कस्टमरलाई पनि पैसा नहुँदा पनि कारोबार गर्न सकिन्छ । सानो-सानो मर्चेन्टमा पनि आजकाल क्यूआर राखिएको हुन्छ । पसलमा क्यूआर कोड हुन्छ । उसलाई नेट चाहिएन पर्सको क्यूआर कोड रिप्लेसमेन्ट हुनसक्छ । क्यूआर स्टाण्डिङ राखेर पेमेन्ट रिसिभ गर्न मिल्छ । नयाँ स्वाइप स्वाइप मेशिनको ३० हजार रुपैयाँ पर्छ । त्यो ३० हजार बैंकको लागि कस्ट कम भयो । त्यसको सट्टा क्यूआर राख्यो भने क्रेडिट कार्ड र डेबिट कार्डबाट पनि लिन सकिन्छ । मोको एप डाउनलोड गरेर आफ्नो भिजा डेबिड क्रेडिट कार्ड एड गरेर पेमेन्ट गर्न मिल्छ । ९५ प्रतिशत कस्टमरले क्रेडिट कार्ड प्रयोग गर्नु भएको छ । पैसा भएर यसबाट पेमेन्ट गर्नेभन्दा पनि पैसा नहुँदाखेरि क्रेडिट कार्डको प्रयोगले रकम पे गर्न सक्नुहुन्छ । डेबिट कार्डभन्दा पनि क्रेडिट कार्ड बढी प्रयोग भइरहेको छ । अन्तर्राष्ट्रिय ग्राहकहरुले पनि भिजा कार्डबाट पेमेन्ट गर्न सक्नुहुन्छ । भारत, बङ्गलादेश, चाइनाबाट जहाँबाट पनि ग्राहकले मोबाइल एप्लिकेसनबाट पे गर्न सक्नुहुन्छ । सबै बैंकहरुको मोबाइल एपमा नेपाल पे इनएबल भइरहेको छ । मोकोको मर्चेन्टमा भिजा, नेपाल पे, यूनियन पे, आलि पे बाट पेमेन्ट गर्न मिल्छ । यस्तै, स्मार्ट क्यूआर सँग पनि छलफल भइरहेको छ । त्यहाँबाट पनि स्क्यान र पे गर्न सकिन्छ । हाम्रो क्यूआर सिंगल यूनिफाइड क्यूआर जस्तै भइरहेको छ । यसकाे प्रयाेग गर्दा मर्चेन्टहरुलाई ३/४ वटा क्यूआर राख्नुको सट्टा एउटा क्यूआर राखे पुग्ने सुविधा हुन्छ । हाम्रो ग्राहक भनेका बैंकका ग्राहकहरु हुन् । २ लाख बढी क्रेडिट कार्ड होल्डरहरु हुनुहुन्छ । बैंकसँग सहकार्य गरेर यसबाट आम्दानी गर्न सक्नुहुन्छ । सर्वसाधारणले मोको किन चलाउने ? ‘मेक योर एभ्रिडे मोर रिवार्डिङ’ अर्थात् दैनिक कारोबार गरेर थप पुरस्कार जित्नुस् भन्ने छ । मोकोले रिवार्डहरु धेरै दिन्छ । रिवार्ड रिटर्न गर्न मिल्छ । रिवार्डका लागि हामीले छुट्टै सिस्टम मिलाएका छौं । जस्तै, आफूसँग रकम नभएको बेला बत्तिको बिल तिर्न सकिन्छ, क्रेडिट कार्डबाटै सहज रुपमा तिर्न सकिन्छ । नेपाल विद्युत प्राधिकरणको बिल तिर्न स्वाइपको काम छैन । तर प्राधिकरणलाई तत्काल दिनुपर्ने हुन्छ । नगद बाट नै तिर्नुपर्ने हुन्छ वा वालेटबाट नै तिर्नुपर्ने हुन्छ । तर मोको वालेटमा रकम जम्मा गरेको छैन भनेपनि क्रेडिट कार्डबाट बिल तिर्न सकिन्छ । क्रेडिट कार्ड होल्डर भएका सेवाग्राहीलाई फाइदा भनेको रकम नभएको बेलामा पनि पेमेन्ट गर्न सकिन्छ । मोकोले कस्ता कस्ता सेवाहरु प्रदान गरिरहेको छ, स्किममा कसरी प्रतिस्पर्धा गरिरहनु भएको छ ? मोकोले ‘उडानमा उमङ्ग, लान्छौं हामी गोसाईकुण्ड’ अफर चलिरहेको छ । यो अफर सेप्टेम्बरदेखि नोभेम्बरसम्म मात्रै हो । हामीसँग २० वटा बैंक सदस्य छन् । २० वटा बैंकबाट कुनै पनि डेबिट वा क्रेडिट कार्डबाट एयरलाइन्सको टिकट काट्यो भने हरेक दिन एकजनाले शतप्रतिशत क्यास ब्याक पाउनुहुन्छ । यस्तै, ६३ दिनको क्याम्पेन छ । ६३ दिनमा यूनिक प्रयोगकर्ताले क्यास ब्याक पाउन सक्नुहुन्छ । साथै बम्परमा १० वटा हेलि राइड टू गोसाइकुण्ड छ । ६३ दनभित्र टिकट काट्नेहरुमध्ये १० जनालाई गोसाईकुण्ड हेलिकप्टरमा घुमाउने स्किम छ । माेकाेले अहिले ल्याएका स्किम यति नै हो । अब नयाँ वर्ष, विश्व कपमा केही नयाँ स्किम ल्याउने तयारी छ । नयाँ ग्राहकलाई पनि थप्नु पर्ने भएकाले बेलाबेलामा स्किम ल्याइरहेका हुन्छौं । हाल मोको वालेट ३५ हजार बढीले प्रयोग गरिहरनु भएको छ । उहाँहरु अर्गानिक ग्राहकहरु हुनुहुन्छ । आफ्नो व्यवसाय प्रति कतिको सन्तुष्ट हुनुहुन्छ ? वालेटमा हामी नयाँ हो । हामीले अहिलेसम्म वालेटको मार्केटिङ गरेका छैनौं । हामीले मार्केटिङमा लगानी पनि गरेका छैनौं । सधैं बैंकको कार्ड हुन्छ भन्ने छैन । जस्तो एनआइबिएलमा मात्रै लाइभ गरेर मार्केटमा लाइभ भयाे भनेर पब्लिस नगर्नुको कारण अरु कुनै बैंकको कार्ड छ भने त्यो कस्टमरले एसेप्ट गर्दैन । त्यसैले हामी सबै बैंकसँग जोडिन खोज्दै छौं । त्यसपछि हामी मार्केटमा जाने छौं । अहिले एक जनासँग दुइतीन वटा खाता छन् । त्यसैले उहाँहरुले एउटा न एउटा बैंकको कार्ड लिंक गर्न सक्नुहुन्छ । अहिले २० वटा बैंक लाइभ भइसकेको छ । बाँकी रहेका बैंकसँग तिहारपछि काम हुन्छ । अब हामी मार्केटिङ गर्ने हिसाबले जाने तयारी गरिरहेका छौं । अहिलेसम्म एक वर्षको अवधिमा अर्गानिक ३५ हजार ग्राहक आउनु भनेको राम्रो नै हो । हामी सन्तुष्ट नै छौं । मोको वालेट कति सुरक्षित छ ? मोको पीसीआई डीएसएस सर्टिफाइड पहिलो पीएसपी कम्पनी हो । डाटा सुरक्षामा राम्रो गरेको सर्टिफिकेट हामीले पाएका छौं । हाम्रो डाटा सुरक्षित छ भन्ने सर्टिफिकेट हो । हामीले सबै ऐन नियमलाई नै मानिरहेकोले हाम्रो एप्स सुरक्षित छ । मोको एपमा एड गरेको कार्डको विवरण मात्रै देखाउँछ । मोबाइलमा कार्डको डिटेल्स बस्ने भएकाले अर्काे मोबाइलबाट लगइन गर्याे भने फेरि कार्ड एड गर्नुपर्ने हुन्छ । जस्तो एउटा मोबाइलमा कुनै बैंकको कार्ड एड गरियो । फेरि अर्काे डिभाइसमा लग इन गर्याे भने त्यसमा कार्डको डिटेल देखाउँदैन । त्यसैले ह्याकिङ गर्दा पनि ह्याकिरले सबै कस्टमरको एउटा एउटा ह्याक गर्नुपर्छ । मोबाइल चोरि भइहाल्यो भने अथवा पासवर्ड कसैले थाहा पायो भने पनि लग इन गरेर केही गर्न सक्दैन । सुरक्षाको हिसावमा धेरै राम्रो छ । बजारमा प्रतिस्पर्धी बन्न आगामी योजनाहरु के-के छन् ? नयाँ वर्ष र विश्व कपलाई टार्गेट गरेर अथवा पछि आउने दिनहरुमा ग्राहकलाई कुनै न कुनै फाइदा हुने किसिमको स्किम ल्याउने तयारी छ । अहिले पेमेन्ट गर्ने मात्रै धेरै एप्सहरु छन् । तर मोको एप पेमेन्ट मात्रै नभएर लाइफ स्टाइल एप पनि हो । मोको एपमा डिस्कोभर प्ल्याटफर्म छ । यसमा हाम्रो मर्चेन्ट को को हो, कुन मर्चेन्ट कुन स्थानमा छ भनरे खोज्न मिल्छ । त्यो मर्चेन्टले के–के सेवा दिन्छ, मर्चेन्टमा विशेष के रहेको छ भनेर हेर्न पनि सकिन्छ । मर्चेन्ट कति बजे खुल्छ, ग्राहकले एभरेजमा कति खर्च गर्ने रहेछ, यो पसल केको लागि फेमस छ भनेर यी सबै कुराहरु एड गरेका छौं । नयाँ रेष्टुरेन्ट, नयाँ पसल जानु भयो भने के छ भनेर थाहा हुँदैन । यी सबै कुरा हेरेर त्यहाँ जान सकिन्छ । यसैले नै मोको एप लाइफ स्टाइल एप बनेको हो । एउटा वालेटबाट अर्काे वालेटमा रकम ट्रान्सफर्मर गर्न किन मिल्दैन ? वालेटहरु छुट्टाछुट्टै संस्था भएको हुनालो एउटा संस्थाबाट अर्काे संस्थामा सजिलै पेमेन्ट गर्न सकिदैँन । मुख्य दुई वटा पीएसओ छन् । एनसिएचएलमा केही पीएसओ आवद्ध छन् भने फोन पेमा केही पीएसओ आबद्ध छन् । दुइवटै पीएसओ इन्टर अप्रबेवल भयो भने सम्भव छ । कोही एनसिएचलसँग आवद्ध भएका छन् भने कोही फोन पेमा आवद्ध भएका छन् । मुख्य भनेको दुइवटा पीएसओबीच इन्टर अप्रेटर छैन । त्यो भएर वालेटमा एउटा वालेटबाट अर्काे वालेटमा रकम ट्रान्सफर गर्न एउटा सुपर बडि हुनु पर्छ । कुनै डिस्पियुट आयो भने मिलाइदिन अथोरिटी आवश्यक हुन्छ । आगामी दिनमा राष्ट्र बैंकले त्यो व्यवस्था पनि गरिदिनुपर्छ । कारोबारको सीमा बढाउन आवश्यक छैन ? कारोबारको सीमा बढाउने भनेको सेवाग्राही अनुसार हुन्छ । ठूलाठूला मर्चेन्टमा पेमेन्ट गर्न, इन्स्योरेन्स कम्पनीको प्रिमियम पेमेन्ट गर्न वा लाखौंको पेमेन्ट गर्न मर्चेन्ट स्पेसिफिक बनाउन सकिन्छ । कसैको क्षमता हजार हुन्छ भने कसैको लाखौं हुन्छ । सबैलाई एउटैमा राख्नुभन्दा पनि क्याटागोरीवाइज जुन मर्चेन्टमा बढी पेमेन्ट हुन्छ त्यसको लागि मात्रै बढी कारोबार हुने सिस्टम बनाउन सकिन्छ । अहिले तोकिएको सीमा ओभरलमा ठिकै हो ।