लगानीकर्ताको चित्त बुझाउनु सीईओको लागि सबैभन्दा पिडादायी छ-अजय मिश्र

अजय मिश्र, प्रमुख कार्यकारी अधिकृत -नर्भिक इन्टरनेशनल हस्पिटल हरेक मान्छेको स्वभाव, रुची तथा जीवनशैली पृथक हुन्छ । संस्थामात्र नभई मान्छेले बेलाबेलामा पेसा पनि परिर्वतन गर्छन् । सायद रुची र खुसीका कारण पनि हुन सक्छ । यस्तैमध्येका एक पात्र हुन्, अजय मिश्र । जो कुनै बेला सरकारी जागिरे, विदेशी नियोग, सञ्चार माध्यम, बैंक तथा वित्तीय संस्थाको नेतृत्वदायी तहमा रहेर काम गरेका थिए । र, अहिले नर्भिक अस्पतालको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । प्रस्तुत छः मिश्रसँग पेसागत रुची, चुनौतीसँगै नर्भिक अस्पताल र अर्थतन्त्रमा देखिएको अस्थिरता लगायतका विषयमा विकासन्युजले गरेको विकास वहस । तपाई धेरै संस्थासँग जोडिए काम गर्नुभयो, यसरी बारम्बार संस्था परिर्वत गर्नुको कारण के हो ? म सरकारी विद्यालय र सरकारी कलेजबाट विद्या हासिल गरेको व्यक्ति हुँ । घरको वातावरणको कुरा गर्ने हो भने सबै जना सरकारी जागिरे । परम्परादेखि नै घर परिवार सबै सरकारी सेवा सुविधामा समर्पित । साढे २१ वर्षको उमेरमा म सरकारी लेखा अधिकृतको रूपमा सेवा प्रवेश गरे । किताब पढेको थिए, लेखा अधिकृतमा जागिर खान गए । त्यो बेला सरकारी लेखा प्रणाली मैले पढेको नै रहेनछु । पास भएर जागिर खान गए तर, त्यो सिस्टममा घुलमिल हुन निकै समय लाग्यो । सरकारी प्रणाली बुझ्न र व्यवहारमा लागू गर्न मलाई निकै समय लाग्यो । बिस्तारै काम गर्दैन थिए तर, अधिकृत पोस्टमा मैले गर्न सकिन । सरकारी निकायको काम गर्ने वातावरण मलाई आकर्षित गर्न सकेन । साढे २१ वर्षको युवा जोस जागर धेरै, के–के न गर्न सकिन्छ भन्ने भयो । त्यहाँ धेरै समयसम्म अट्न सकिनँ । मन उकुसमुकुश भयो । त्यसपछि मैले सरकारी जागिर छोडे । जागिर छाडेको केही महिनापछि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युनडीपी) आकर्षक प्रस्ताव आयो र त्यसमा काम गर्न थाले । आज हाम्रो समाजमा लाखौं युवा सरकारी जागिर कसरी खाने भनेर लोकसेवा परीक्षाको लागि भिडिरहेका छन्, उनीहरूको लक्ष्य नै सरकारी जागिर खानु हो । उनीहरूलाई तपाई के भन्न चहानु हुन्छ ? जागिर खादा व्यक्तिको स्पष्ट उद्देश्य हुन्छ । म जागिर खान बाध्य छु । किनकि त्यहाँ म आर्थिक रूपमा निर्भर छु । त्यति खेर म धेरै चिजमा सम्झौता गर्छु । त्यो जागिर मेरो जीविको पार्जन हो भनेर मैले वातावरण अनुकूल नभए पनि त्यसमा म लामो समयसम्म रहन्छु । अर्काे पक्षबाट हेर्दा आर्थिक निर्भरताको लागि म जागिर खान बाध्य छैन । म जागिर सन्तुष्टिको लागि खादै छु भने परिवर्तन धेरै हुँदो रहेनछ । म पनि साढे २१ वर्षको उमेरमा लेखा अधिकृतको जागिर छोड्ने आँट् गर्दिन थिए होला । किनछोडे भने अन्य विकल्पहरू मसँग थिए । म त्यसमा आर्थिक रूपमा निर्भर थिइनँ । अर्काे राम्रो अवसर पाइन भने मेरो मास्टर पढ्न बाँकी नै थियो । त्यो दुइटै अप्सन देखेपछि म खुल्ला रूपमा बाहिर निस्किए । संयोग नै भनौं, म कहिले पनि खाली बस्नु परेन । ३२ वर्षको प्रोफेसनल करियरमा नर्भिक हस्पिटल मेरो लागि १४ औं संस्था हो । त्यसले पनि के संकेत गर्छ भने कामप्रति सन्तुष्टि हुँदैन भने त्यो काम म बन्द गर्छु । हैन भने एउटै संस्थामा रहेर पनि २० वर्षसम्म जागिर खाइन्थ्यो । सबैभन्दा बढी एउटा संस्थामा ७ वर्ष काम गरे । मलाई लाग्छ कि, मैले त्यो संस्थामा गर्नुपर्ने काम जति गरिसकियो, त्यो संस्थामा थप योगदान दिन सक्दिन भन्ने लागेपछि छाडेर हिड्ने हो । मैले पनि त्यो संस्थालाई फाइदा दिने लिमिटेसन हुन्छ । त्यहाँ मेरो काम सकियो, अर्काेमा लागे हुन्छ भन्ने मेरो सोच हुन्छ । सीईओ भएर नै काम गरेको १५ वर्ष भइसक्यो । एकातिर मेरा साथीहरू बैंकको सीईओको रूपमा २ कार्यकाल काम कम भयो भनिरहेका छन् । म चाहिँ बैंकको सीईओेको एक कार्यकाल पर्याप्त हो भन्छु । किनभने ४ वर्षपछि कुनै व्यक्तिले जति भ्यालु एड गर्न सक्छ, त्यसपछि धेरै बाँकी रहँदैन भन्ने मेरो बुझाइ हो । युनडीपीको प्रजोक्टमा के काम गर्नुभयो ? युनडीपीबाट प्लान इन्टरनेसनलमा गरिवी निवारण परामर्शदाता भएर गएँ । ५ वर्ष प्लान इन्टरनेसनल र युनडीपीमा बिताए । मेरो जीवनको सबैभन्दा ठूलो वर्ष लर्निंग पोइन्ट त्यो ५ वर्ष हो । सो वर्षभित्रमा नेपालका गाउँगाउँमा भएका गरिबी, त्यसका कारणहरु, निराकरणको उपायको बारेमा गहिरिए अध्यान गर्न अवसर पाएँ । अलि कति राजनैतिक घटनाक्रमहरु बदलिए, काठमाडौं बाहिर सुरक्षाको चुनौति बढ्यो । विकासको काम गर्नको लागि असहजता भयो । काठमाडौं फर्किने मनासयमा म नेपाल टेलिभिजनमा आएँ । मेरो जिन्दगीमा सबैभन्दा सन्तुष्ट भएर काम गरेको नेपाल टेलिभिजनको ३ वर्षे कार्यकालमा हो । आफ्नो निर्णय सत प्रतिशत गर्न सक्ने, इच्छा लागेको कुरा गर्न सक्नेर स्रोत माथिको सत प्रतिशत कन्ट्रोल हुने सीईओ पदमा मैले १५ वर्ष काम गरें । तर, सीईओ नभए पनि नेपाल टेलिभिजनको त्यो ३ वर्षे कार्यकाल मेरा लागि सबैभन्दा बढी सन्तुष्टीको समय थियो । नेपाल टेलिभिजनमा जिम्मेवारी के थियाे ? नेपाल टेलिभिजनमा सुरु चोटी म त्यहाँको प्रशिक्षण र योजना विभाग हेर्थे । नेपाल टेलिभिजनको त्यो विभाग मैले नै स्थापना गरेको भन्दा पनि हुन्छ । युनेस्कोसँग सहकार्य गरी प्रशिक्षणको लागि ५५ हजार डलर अनुमोदन पनि गराइयो । नेपाल टेलिभिजन नोक्सानमा गइरहेको थियो, मलाई व्यापार महाशाखा पठाइयो । नेपाल टेलिभिजनको इतिहासमा व्यापारमा फाइदा भएको पहिलो पटक म व्यापार महाशाखामा भएको समयमा नै हो । त्यो बेला बोनस पनि ख्वाइएको थियो । त्यो बेला म शाखा प्रमुख भए पनि मैले प्रस्ताव गरेका कुनै पनि योजना तथा कार्यक्रम रोकिएन । मैले ल्याएको प्रस्तावलाई टेलिभिजनको प्रबन्धक, महाप्रबन्धकले रोक्ने प्रयास गरेनन् । मैले चाहेको हिसाबमा त्यहाँ काम गर्न पाएँ । जहाँ पदभन्दा मर्यादा तथा अवसर पाउनु हुन्छ त्यहाँ सन्तुष्ट हुनुहुन्छ । अहिले पनि नेपाल टेलिभिजनमा जहाँ म माइत गएको अनुभव गर्छु । मैले उक्त सञ्चार माध्यम छोडेको २० वर्ष भइसक्यो । आज पनि मैलेसँगै काम गरेका सहकर्मी साथीहरूबाट त्यही सम्मान, त्यही माया पाउँछु । जो सञ्चार क्षेत्रमा क्रियाशील हुनुहुन्छ उहाँहरू त्यही सन्तुष्टि देखिँदैन तर जो सञ्चार क्षेत्रबाट बाहिर जानुभयो उहाँहरू मिडिया नै राम्रो थियो भन्नुहुन्छ । यो किन यस्तो हुँदो रहेछ ? २० वर्ष अगाडि मिडिया छाडा पनि थिएन । कन्टेन्ट पनि बेच्दैन थिए । त्यो बेला इमानदारिता र अनुशासन थियो । आज धेरै मिडियाको कन्टेन्टमा प्रश्नहरू देखिराखेको छु । अनुसासन भन्ने चिज नै छैन । त्यसमा योग्यता, विज्ञताका चिजहरू ओझोलमा पर्दै गए । ३२ वर्षमा १४ वटा संस्थाको परिवर्तन गर्नुभयो कुन कुन संस्थामा काम गर्नुभयो ? प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी), जिल्ला शिक्षा कार्यालय, युएनडीप, प्लान इन्टरनेशनल, नेपाल टेलिभिजन, एभिन्यूज टेलिभिजनको महाप्रबन्धक भएर काम गरे । यसपछि माछापुच्छ्रे बैंक, प्रुडेन्सियल फाइनान्सको सीईओ भएपछि त्यसलाई एनएमबीमा मर्ज गरेर सिद्धार्थ डेभलपमेन्ट बैंकको सिईओ बने । सिद्धार्थबाट जनता बैंकको डेपुटी सिइओ भएर गए । जनता बैंकपछि युनाइटेड फाइनान्सको सिईओ भएँ । र, हाल नर्भिक अस्पतालमा काम गरिरहेको छु । बैंकतर्फ जुन–जुन संस्थामा रहेर काम गर्नुभयो, ती संस्थाहरुको अस्तित्व नै रहेनन् नि ? प्रुडेन्सियल फाइनान्समा मैले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिदा त्यो संस्था बन्द हुने अवस्थामा थियो । केही गुनासो र सरकारी मुद्दाहरू थिए । नकारात्मक ब्यालेन्ससिट थियो, त्यो संस्था टिकाइरहन गाह्रो थियो । सेयरहोल्डर र निक्षेपकर्ताको हितको लागि त्यो संस्थाको मर्जरको विकल्प थिएन । मर्जरमा लानु पर्ने बाध्यता थियो । प्रुडेन्सियल फाइनान्स एनएमबीमा लगिसकेपछि सिद्धार्थ बैंकको सीइओ भएँ । सिद्धार्थको म सीइओ हुँदा बैंकिङ्ग कसुरका केही मुद्धा चालिरहेको थियो । सेयरको मूल्य ६० रुपैयाँमा झरेको थियो । राष्ट्र बैंकले कारबाही गर्ने अवस्थामा पुगेको संस्था हो । मैले २ वर्षभित्र अत्यधिक रिटन पनि सेयर होल्डरलाई खुवाको हुँ । क्यापिटल बढाएर २ सय ५० करोड रुपैयाँ पनि पुर्याएको थिएँ । शाखा सञ्जाल पनि ह्वातै बढाएँ । त्यतिखेर समयमा डेभलोमेन्ट बैंक मध्ये चौथो नम्बरमा पुयाँइएको हो । त्यति विकास भइसकेपछि सेयर होल्डरको चाहना अनुसार वाणिज्य बैंकमा विकास बैंक मर्जर गर्दा सबैभन्दा बढी मूल्य लिएर मर्जर भएको बैंक सिद्धार्थ डेभलपमेन्ट बैंक नै हो । हेर्दा १ः१ को मर्जर हो । तर सिद्धार्थले ६० प्रतिशत हकप्रद गरेर जनता बैंकले ५० प्रतिशत हकप्रद रद्द गरी मर्जर गरेका हुनाले सेयर होल्डरले एक सय ४० बराबरको मूल्य पाएको मर्जर हो । सिद्धार्थ विकास बैंकको रूपान्तरणको लागि त्यो मर्जर आवश्यकता थियो । जनता बैंक पनि ग्लोबल बैंकमा जानु आवश्यक थियो । जनता बैंकको पनि आफ्नै किसिमको कमिकजोरीहरु थिए । बढ्नको लागि लिमिटेशन थियो, ग्लोबलमा गएपछि अवसर चाहिँ खुलेको हो । यसपछि म युनाइटेड फाइनान्समा गएँ । यो बलियो र पुरानो फाइनान्स कम्पनी हो । तर सानो थियो । यसको फोकस चाहिँ हायर पर्चेज कर्जामा थियो । समय बदलियो र कोभिडको पनि प्रभाव बढ्यो । त्यसपछि युनाइटेडलाई मर्जरको विकल्प रहेन । त्यसपछि नेपालको सबैभन्दा ठूलो बैंकसँग मर्जर गर्यौं । मर्जर गर्नु गराउनुमा नियमकको प्रेसर, सेयर धनीको चाहना र दबाब कति काम गर्याे, तपाईँ जस्तो प्रोफेशनल मान्छेको भूमिकाले कति काम गर्यो ? म आफै पनि ६ वटा मर्जर प्रोशेसमा प्रत्यक्ष संलग्न भएँ । व्यक्तिगत रूपमा भन्दा सबैभन्दा धेरै मर्जर मैले नै गराएको हुँ । म संलग्न भएर गरेको कुनै मर्जर नियमक निकायको प्रेसरले गराएको हैन । सेयर होल्डरको हितको लागि बढी भन्दा बढी रिटर्न दिन सक्ने गरी मर्जर गरेका हौं । जे जति मर्जर भए, त्यो सबै प्रोफेसनल र नितान्त सेयरधनीको चाहानामा भएका थिए । मर्जरमा तपाईले जति भूमिका खेल्नुभयो त्यसमा तपाई पूर्ण सन्तुष्ट रहनुभयो ? म पूर्ण सन्तुष्ट रहेँ । त्यसको कारण छ । कारण के हो भने मर्जर हुने संस्थामा म जागिर खान जान्न भन्थें । त्यसले मर्जर सफल हुन सहयोग गर्दाेरहेछ । मर्जर भाँडिने २ वटा कारण छन् । एउटा सीईओको व्यवस्थापन र अर्काे बोर्डको व्यवस्थापन । मैले भन्ने गरेको छु मर्जपछि मलाई केही पनि चाहिँदैन । जनता बैंक मेरो बाध्यता र परिवेश हो । जनता बैंकले एक वर्षको लागि भएपनि आइदिनु पर्याे भनेर मात्र म त्यहाँ गएको हुँ । बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत तथा नेतृत्व तहमा पुग्ने चाहाना धेरेको हुन्छ, यो जिम्मेवारी सम्हाल्दाका सुखद पक्षहरू केके रहेछन् र यसका जोखिमहरू केके हुन् ? मेरो लागि सुखद पक्ष फरक दृष्टिकोणले पनि छ । म तराइको मान्छे । बैंकिङ क्षेत्रको उपल्लो ओहोदामा बिरलै भेट्नु हुन्छ । म फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएँ, सी क्लासमा केही व्यक्तिहरु तराईबाट सीइओ बन्नुभएको थियो । बी क्लासको पनि सीईओ भएँ, बी क्लासमा एउटा सरकारी संस्थामा मात्रै तराईबाट सीईओ हुनुभएको थियो । म ए क्लास (वाणिज्य बैंकको) को बैंकको डेपुटी सीईओ भएँ । तराईबाट ए क्लासको बैंकको डेपुटी सीईओ हुने म एक जना मात्र हुँ । म डी क्लास (लघुवित्त) को वित्तीय संस्थाको डाइरेक्टर भएँ । यस्तो संस्थाको डाइरेक्टर तराईबाट धेरै जना हुनुभएको छ । म राष्ट्र बैंकले तोकेको ए, बी, सी र डी गरी चारै प्रकारको बैंक तथा वित्तीय संस्थाको नेतृत्वदायी भूमिकामा पुग्न सफल भएँ । मैले जे जति संस्था समाले, त्यो सबै बिग्रेको संस्था समालेको हुँ । त्यो बिग्रेको संस्थालाई बनाएर इज्जतदार भूमिकामा ल्याएर छोडेको छु । मलाई यो विषयमा पूर्ण सन्तुष्टी छ । अहिले पनि अलिकति संस्था बिग्रेको र मर्जर चाहिएको रहेछ भने मलाई खोज्दै आइरहेका छन् । आज पनि मलाई मर्जर गर्नुपर्ने छ, आउनुहोस् भनेर भन्छन् । चुनौतीको कुरा गर्नुभयो, बैंकिङ क्षेत्र बढो चुनौतीको क्षेत्र हो । यसलाई चुनौतीमूलक बनाएको पनि हामी बैंकरले हो । हामी प्रोफेसनल्ली म्यानेज गर्छाैं भन्छौं संस्थालाई । हामी सर्टटर्म भिजनले काम गर्दैछौं । हामी ३ महिना टाल्ने, ६ महिना टाल्ने, एक वर्ष टाल्ने हिसावले काम गर्छाैं । दीर्घकालिन रुपमा काम गर्दैनौं । जस्तो कि छिटै तरलता फालाफाल हुने र नपाएर हैरान हुने अवस्था जुन छ, त्यसमा आधा दोष बैंकरको हो, आधा मात्रै नीतिगत लगायतको हो । आफ्नो सम्पत्ति र दायित्वको व्यवस्थापन त आफैले गर्न सक्नु पर्यो । बैंकिङ क्षेत्र पछिल्लो ४ वर्षमा बढी चुनौतिपूर्ण भयो । किनभयो भने हाम्रा सहकर्मी साथीहरू नै सय मिटरको दौडमा होमिए । बैंकिङ सय मिटरको दौड हैन । तर, सबै संस्थामा सञ्चालक समितिको प्रेसर कस्तो आयो भने त्यो बैंकले सय मिटरको दौड दौडे जस्तो गरी तिमी पनि दौड न भनियो । अनि हामी सबैजना दौडन थाल्यौं । समस्या त्यहाँबाट सुरु भयो । हामीले सिस्टमलाई धरापमा पुर्याएका छौं । बैंक तथा वित्तीय संस्थाहरूको प्रमुख कार्यकारी अधिकृत जिम्मेवारीमा जो बस्नु भएको छ, उहाँहरूको पिडा केके हुन् ? संस्थाका विभिन्न स्टेकहोल्डर मध्ये लगानीकर्ता पनि एक हुन् । लगानीकर्ताको चित्त बुझाउनु सबैभन्दा पिडादायी छ । किनभने सबै संस्थाको आफ्नै स्ट्रेन्थ हुन्छ । लगानीकर्ताले संस्थाको स्ट्रेन्थ नहेरी, जुन १, २, ३ भन्ने नम्बरिङ छ, त्यसमा तुलना गरिदिन्छन् । बजारले बैंकरहरुलाई हेर्ने दृष्टिकोण, विशेष गरी सीइओहरुप्रति सकारात्मक छैन । किनभने इनले धेरै तलब खान्छ, धेरै सुविधा लिन्छन्, ऋणीहरूलाई लुटेर पैसा कमाएर धेरै तलब खाइरहेएका भन्ने छ । बैंकरहरुको तलब धेरै भयो भनेर प्रधानमन्त्रीको मुखबाट पनि सुनिरहेका हुन्छौं । बैंकले राम्रो प्रगति गरेको छ, सेयरधनीलाई प्रतिफल दिएको छ, त्यसैकारण त उसले बढी सेवा सुविधा लिएको हुन्छ । तर यी राम्रा पक्षमा कसैले बोल्दैन, लेख्दैन । सोझै आलोचना मात्रै हुन्छ । यही यो देशको बिडम्बना यो पनि हो । बैंकरप्रति हेर्ने दृष्टिकोण राम्रो छैन । सरकारी निकायबाट काम लिन बैंकलाई ज्यादै कठिन हुन्छ । जस्तो कि कुनै बैंकले कुनै ठाउँमा शाखा खोल्यो भने त्यहाँ विद्युत चाहिन्छ । तर, सिधा प्रक्रियाबाट विद्युतको लाइन जोड्न सकिदैन । ऋण लिन दिनको लागि जग्गा रोक्का फुक्का राख्नुपर्ने हुन्छ । सिधा तरिकाले मालपोतमा हाम्रो काम हुँदैन । यातायातमा गाडीको नामसारीको काम कानुनी व्यवस्था अनुसार हुँदैन । त्यो हाम्रा लागि ज्यादै पिडादायी क्षण हो । किनभने यस्ता खर्च मैले कहाँबाट व्यवस्थापन गर्ने भन्ने पीडा हुन्छ । कहाँबाट व्यवस्थापन हुन्छ भनेर मैले धेरै भन्न मिल्दैन । अर्काे, नियामकसँगको सम्बन्ध पनि निकै पीडादायी हुन्छ । बैंकका म्यानेजरलाई बैंक व्यवस्थापन गर्न धेरै समय दिन सकिदैन । आधा समय त यस्ता सरोकारवालालाई मिलाउँदैमा जान्छ । धेरै मान्छेले भन्ने गर्छन् नर्भिक अस्पताल धेरै महँगो छ तर सो अस्पतालमा मानिसहरूको भिड पनि लागेका छ । महँगो पनि, भिड पनि किन भइरहेको छ ? तपाई नर्भिकमा आउनु भयो भने ८० प्रतिशत बिरामीहरू मध्यम वर्गीय भेट्नुहुन्छ । ५ प्रतिशत न्यून वर्गीय र १० देखि १५ प्रतिशत मात्र सम्पन्न वर्गीय भेट्नु हुन्छ । त्यो भनेको हाम्रो अस्पतालको सेवा मध्यम वर्गको लागि उपयुक्त छ । नर्भिक कसरी महँगो भन्ने छाप पर्यो भनेर बुझ्नु जरुरी छ । यो अस्पताल २८ वर्ष अगाडि स्थापना भएको थियो । त्यो समय प्राइभेट ठूला अस्पताल थिएन । सरकारी अस्पताल मात्र थिए । अहिले नर्भिक महँगो भनिरहेका छौं, यस्तै २/४ वटा अस्पताल छिरौं र अन्य अस्पतालको तुलनामा नर्भिक सस्तो रहेछ भन्ने अवस्थामा आइपुग्नु हुन्छ । २० वर्ष अगाडि नर्भिकमा हुनेखाने मात्र उपचारका लागि आउँथे । अहिले सबै मध्यम वर्गीय उपचारको लागि आउँछन् । त्यसैले यो अस्पताल सबैको लागि उपयुक्त छ । कुन कुन कारणले गर्दा यस अस्पतालमा आम सर्वसाधारण आकर्षित भइरहेका छन् ? ३ वटा कारणले गर्दा यो अस्पतालमा सर्वसाधारण आकर्षित भएका छन्, एउटा नर्भिकको लोकेशन, अस्पतालमा भएको केही ख्याति प्राप्त डाक्टर र ब्रान्ड इमेजको कारण गर्दा यो अस्पताल नागरिकहरू आकर्षित भएका छन् । यस अस्पतालमा तपाईको नेतृत्वमा के परिवर्तन हुन्छ ? बिरामी र अस्पतालबीचको सञ्चार प्रणालीको सम्बन्धलाई अलिक बढाउने, सेवा विस्तार गर्ने, काठमाडौंर बाहिर पनि यसको पहुँच पुर्याउने योजना बनाएका छौं । नर्भिकको साधारण सेयर निष्काशन प्रक्रिया कहाँ पुग्यो ? आगामी आर्थिक वर्ष २०७९/८० मा यसको प्रक्रिया सम्पन्न हुन्छ । किन भने बुक बिल्डिङको प्रक्रियाबाट अगाडि बढ्छौं । यसका आवश्यक तयारीहरू भइरहेका छन् । २० प्रतिशत सेयर पब्लिकमा लाने हाम्रो सोच हो । समयले यसलाई परिवर्तन गर्न सक्छ । अस्पतालको क्षेत्रमा सरकारले पनि ठूलो लगानी गरिरहेको छ, निजी क्षेत्रबाट खुलिरहेका अस्पतालहरू लगानीको हिसाबले कति सुरक्षित छन् कति नाफामूलक छन् ? अन्य क्षेत्रको तुलनामा अस्पतालहरु नाफामुलक चाहिँ छैन । सरकारका अस्पतालहरू सुविधा सम्पन्न छन् । लगानी पनि अस्पतालको क्षेत्रमा सरकारले निकै गरेको छ । तर, देशको आवश्यकता अनुसारको सेवा सुविधा भने पुर्याउन सकेको छैन । सरकारी अस्पतालमा अपरेसनको पालो कुर्नु पर्याे भने ३ देखि ६ महिनासम्म लाग्छ । बिरामीले त्यो समयसम्म कुर्न सक्दैन बाध्य भएर निजी अस्पताल नै जानु पर्यो । सरकारीमा लोड धेरै छ लोड थेग्न सकेको छैन ।

विदेशी मुद्रा पनि नआउने र राजस्व पनि नउठ्ने समस्या आउन सक्छः डा. पौडेल

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको ७ महिनाको तथ्यांकले नेपालसँग अब ६ महिना २१ दिनको लागि मात्रै वस्तु तथा सेवाको आयात धान्न पुग्ने विदेशी मुद्राको संचिति छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दा राष्ट्र बैंकले नै ७ महिनाको लागि वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी मुद्राको संचिति राख्ने भनेको थियो । राष्ट्र बैंक यो लक्ष्यमा असफल भइसकेको छ । विदेशी मुद्राको संचितिमाथि घट्न थालेको स्पष्ट संकेतहरु गत मंसिर महिनादेखि नै देखिन थालिसकेका थिए । विदेशी मुद्रा संचिति कम हुन थालेपछि राष्ट्र बैंकले आयातमा कडाई गरिहेको छ । यस्तै, पछिल्लो समय रसिया तथा युक्रेनबीचको युद्धले नेपाली अर्थतन्त्रमा पनि प्रभाव पार्न सक्ने देखिएको छ । किनभने अन्तराष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेको छ । त्यसको असर नेपालमा पनि परेर पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगिसकेको छ । यस्तै, रसिया तथा युक्रेनबाट आयात हुने वस्तुहरु नपाइने हुँदा पनि मूल्यमा असर परेको छ । यस्ता परिस्थितिले नेपालको अर्थतन्त्रलाई कस्तो असर पर्ला ? विदेशी मुद्राको संचिति कम भएर ६.७ महिनाको लागि आयात धान्न मात्रै पुग्ने हुनु भनेको चिन्ता गर्नुपर्ने अवस्था हो कि होइन भन्ने लगायतका विषयमा त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागका एसोसिएट प्रोफेसर डा. रमेश पौडेलसँग कुराकानी गरेका छौं । विदेशी मुद्रा संचिति कम हुँदै गएर नेपाली अर्थतन्त्रको वाह्य क्षेत्रमा दवाव परेको देखिन्छ, यो परिस्थिति चिन्ता मान्नुपर्ने अवस्था हो कि होइन ? विकसित देशहरुमा ३ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्राको संचिति छ भने त्यसलाई सहज अवस्था मानिन्छ । नेपालमा भने हाम्रो अर्थतन्त्रका धेरे अवयवहरु हेरेर करिब ८ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा संचिति छ भने त्यसलाई सहज अवस्था मान्ने भनिएको छ । तर, अहिले हामीसँग भएको विदेशी मुद्राको संचितिले साढे ६ महिनाको आयात मात्रै धान्न पुग्ने देखिएको छ । यो तथ्यांक पुस मसान्तसम्मको हो । अर्काे, युक्रेन र रसियाबीचको युद्धले गर्दा कतिपय बस्तुहरुको मूल्य बढ्ने देखिन्छ । पछिल्लो ६ महिनामा युक्रेनबाट साढे १३ देखि करिब १४ अर्ब रुपैयाँ बराबरको खाने तेल लगायतका वस्तुहरुको आयात भएको देखिन्छ । त्यसको मूल्य पनि अझै बढ्ने देखिन्छ । त्यसैकारण बजारमा मूल्य बढ्ने र त्यसले विदेशी मुद्राको संचितिमा थप दबाब पर्दै जाने देखिन्छ । पुस मसान्तसम्मको तथ्यांकले ६ महिना १८ दिनको लागि वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा संचिति देखिन्छ, त्यति पैसा हुँदा पनि हामी डराउनु पर्छ र ? अहिलेको अवस्थामा अरु अवयबहरु थपिएनन् भने त्यति डराउनु पर्दैन । विकसित देशहरु त ३ महिनाको लागि पुग्ने विदेशी मुद्रा संचिति हुँदा पनि हामी सहज अवस्थामा छौं भन्दै काम गर्छन् । तर, हामी कहाँ सम्भावनाहरु अप्ठारा छन् । यसका केही राम्रा सम्भावनाहरु पनि छन् । जस्तो कि माघ र फागुनमा थोरै भएपनि रेमिटान्स केही बढेको छ भन्ने संकेतहरु देखिएका छन् । बैंकिङ क्षेत्रमा तरलता पनि बृद्धि भएको देखिदैछ । तर, विभिन्न तथ्यहरु विश्लेषण गर्ने हो भने साढे ६ महिनाको लागि मात्रै आयात धान्न पुग्ने विदेशी मुद्राको संचिति भनेको त्यती सहज अवस्था होइन । हामी डराउनु पर्ने, सतर्क हुनुपर्ने नै अवस्था हो । त्यही भएर नै नेपाल राष्ट्र बैंकले आयातमा केही कडाईहरु गरिरहेको छ । आयातमा गरिएको कडाईले विदेशी मुद्राको संचिति बढ्ने भन्दा पनि अनौपचारिक कारोबारले प्रश्रय पाउन सक्छ भनेर व्यापारीहरुले भनिरहेका छन्, तपाईंलाई कस्तो लाग्छ ? आयातलाई नियन्त्रण गर्ने भन्ने कुरा सन् १९७० पछि सिद्धान्ततः असफल भइसकेको छ । अहिलेको जमानामा अहिलेका उपभोक्तालाई आयात प्रतिस्थापन गर्छु, नेपालमा जे छ त्यही उपभोग गर भनेर सकिने अवस्था छैन । अन्तराष्ट्रिय व्यापारका अर्थशास्त्रीहरुले पनि आयात प्रतिबन्द गर्ने भन्ने विषय अस्वीकार गरिसकेको विषय हो । त्यति राम्रो निर्णय नभएपनि राष्ट्र बैंकले तत्कालको लागि केही सहज हुन सक्छ कि भनेर आयातमा कडाई गरेको छ । किनभने अवस्था राम्रो छैन, यस्तो बेलामा केही गर्ने कि नगर्ने, केही उपाय निकाल्ने कि ननिकाल्ने त भन्दा गर्ने भन्ने कुरा भयो । तर, निजी क्षेत्र, व्यापारिक क्षेत्रले प्रश्न उठाए जस्तो आयातमा अहिले गरिएको कडाईले तत्कालको लागि विदेशी मुद्राको संचिति कम हुन केही रोकेपनि केही समयपछि अर्काे ठाउँबाट हागाँ हाल्छ । किनभने औपचारिक माध्यमबाट आयात गर्न महंगो भएपछि अनौपचारिक माध्यमबाट आयात हुन थाल्छ । आयातलाई नियमन र मौद्रिकरण (मनिटरिङ र मनिटाइजिङ) गर्न सकिरहिएको छैन । किनभने हाम्रो देशमा यो यो वस्तु मात्रै आयात हुन दिन्छु भनेर रोक्न सक्ने अवस्था छैन । दोस्रो, जति पनि आयात हुन्छ, त्यसलाई औपचारिक दायरामा ल्याउन सकिएको छैन । अहिले अवस्था नराम्रो छ, त्यसैले केही समय आयातमा कडाई गरौं भन्ने हो भने पनि त्यसलाई सहयोग गर्ने अरु संयन्त्र खै त ? त्यो तयार नभइकन नीति मात्रै बनाउने हो भने तल्लो वर्गलाई केही अप्ठेरो हुन्छ । तर, अक्टोफसको जस्तो चारैतिर हाँगा भएका व्यापारिक क्षेत्रले एकपछि अर्काे बाटो निकालिहाल्छ । त्यसैले कडाई तत्कालको उपाय हुन सक्ला तर दीर्घकालिन उपाय हुन सक्दैन । बैधानिक माध्यमबाट हुने आयातमा कडाई गर्दा अवैधानिक माध्यमबाट आयात हुने र त्यसले विदेशी मुद्रा संचिति घटाउने काम भने गरिरहने खतरा कत्तिको देख्नुहुन्छ ? त्यस्तो खतरा पनि छ । अर्थतन्त्रलाई स्वभाविक गतिमा जान नदिने र सामान्य नियमभन्दा बढी गएर हस्तक्षेप गर्न थालियो भने त्यसका दीर्घकालिन प्रभावहरु धेरै क्षेत्रमा एकैचोटी फैलिन्छन् । केही नीतिगत निर्णयले तत्कालका लागि राम्रो उपलब्धी हासिल हुने अवस्था रहन्छ भने केही नीतिगत निर्णयले लामो समयपछि नकारात्कम असर देखिन पनि सक्छ । जस्तो कि रसिया र युक्रेनबीचको युद्धको कारण अमेरिकाले रसियाको निर्यातलाई प्रतिवन्द लगायो । अब हामीले रसियाको तेल अर्काे ढंगले कुटनीतिक माध्यम प्रयोग गरेर ल्याउन सक्यौ भने अर्थात अमेरिका जाने पेट्रोलियम पदार्थ नेपाल आउन आउन सक्यो भने सस्तो होला । तर, युक्रेनबाट आयात हुने खानेतेलको विकल्प तयार हुन समय लाग्ला । जस्तो कि केही वर्षयता नेपालको निर्यात व्यापारमा पाम आयाल लगायको निर्यात पनि बढेको छ । त्यसको एउटा कारण त युक्रेन रहेछ । हिजोदेखि नै निजी क्षेत्रले के भनिरहेको थियो भने – पाम आयाल र सोयाविन आयालमा भएको निर्यातलाई देखाएर छाती नफुलाउ नीति निर्माताहरु, कुनै पनि बेला ध्वस्त हुन सक्छ । त्यो भनेको त मिल्यो । अहिले ध्वस्त हुन थाल्यो । अब हाम्रो निर्यात घट्ने अवस्था देखिन्छ । यस्तै, पेट्रोलियम पदार्थको आपूर्ति संयन्त्र नै ध्वस्त भयो भने त्यसको मूल्य पनि अकाशिन्छ । पेट्रोलियम पदार्थको मूल्य बढ्नु भनेको सबै विषयको मूल्य बढ्नु हो । बस्तुको मूल्य बढेपछि भएकै विदेशी मुद्राको संचितिबाट आयात गर्नुपर्ने हुन्छ । विदेशी मुद्रा संचितिमा अहिले देखिएको दबाब विगतको कुनै नीतिगत निर्णयको कमजोरीले आएको हो कि हाम्रो काबु बाहिरको परिस्थिति हो ? नीतिगत कारणले भन्दा पनि व्यवहारिक समस्याको कारण देखिएको हो । जस्तो कि विगत २ वर्षजतिदेखि विदेशी मुद्रा आउनले सम्भावनाहरु कम हुँदै गए । त्यो कम भएको बेलामा हामीले हाम्रो आयात रणनीतिलाई केही परिमार्जन गर्नु सक्नु पथ्र्याे । जस्तो कि विदेशी मुद्राको प्रमुख मध्येको स्रोत पर्यटन २ वर्षदेखि ठप्प छ । त्यसको परिपूर्ति कसरी गर्ने भनेर सरकारले रणनीति बनाउनु पर्ने थियो । यहाँ त सिंगो राष्ट्रको कुरा छ । राष्ट्र बैंकको मात्रै कुरा होइन । हामीले हलुका तर महंगा बस्तुको निर्यात गर्ने भन्यौं तर त्यसको लागि पर्याप्त गृहकार्य गर्न सकेनौं । जस्तो कि हामीले पर्याप्त मात्रामा मसला निर्यात गर्न सक्थ्यौ होला । तर, हामीले त्यता पनि काम गरेनौं । हाम्रो स्केल अफ इकोनोमी सानो छ, कहीबाट ठूलो मात्रामा माग आयो भने पनि परिपूर्ति गर्न सक्दैनौं । पर्यटनबाट आउने डलर नआउँदा के गर्ने भन्ने विकल्प हामीसँग हुँदै भएन । त्यो विकल्प नहुँदाको समस्या अहिले देखिएको हो । विदेशी मुद्रा संचिति कम भएपछि राष्ट्र बैंकले नगद मार्जिनको सीमा बढाएर आयात कडाई गरिरहेको छ । यसमा मौद्रिक नीतिमाफर्त भन्दा पनि अर्थमन्त्रालय आफैले केही गर्नु उपयुक्त हुन्थ्यो कि ? मौद्रिक नीतिमार्फत जति छिटो काम गर्न सकिन्छ, वित्त नीति (बजेट) मार्फत त्यति छिटो काम गर्न सकिदैन । जस्तो कि अहिले नेपाल राष्ट्र बैंकले कुनै आयातमा कडाइ गर्यो । आयात नगर भनिएको छैन, तर आयातमा कडाई त भयो । राष्ट्र बैंकले अहिले गरेको नीतिगत व्यवस्थाले ५ महिनासम्म धान्ला । त्यसपछि के गर्ने भनेर अर्थमन्त्रालयले ध्यान दिनुपर्यो । अहिले आयातमा कडाई गरिएका वस्तुहरुको नेपालमै उत्पादन गर्ने वातावरण अर्थ प्रशासनले गरिदिनु पर्यो । त्यसकारण तत्कालको लागि राष्ट्र बैंकले जे गर्यो त्यो ठीक छ । तर, दीर्घकालिन समस्या समाधान भने होइन । हाम्रो भिजन यो हो है भनेर अर्थ मन्त्रालयले प्रष्ट पार्न सक्नु पथ्र्याे, त्यसमा अर्थ मन्त्रालयले चुकेको छ जस्तो लाग्छ । नेपाल राष्ट्र बैंकले पुनकर्जा भन्दै २ खर्ब ५० अर्ब रुपैयाँ नोट छापेर बाढेको थियो, अहिले देखिएका आर्थिक समस्याहरुको कारण त्यो पनि हो ? मौद्रिक उपकरणहरुलाई जुनबेलासम्म वित्त नीतिका उपकरणहरुले सहयोग गर्दैन, त्यो बेलासम्म प्रभावकारी हुँदैन । मौद्रिक नीतिले लिएका लक्ष्यहरु प्राप्त गर्न वित्त नीतिले सहयोग गर्नुपथ्र्याे । यी दुबै नीतिहरु सँगै नहिड्दाको परिणति हो । जस्तो कि अहिले राष्ट्र बैंकले पुनरकर्जाको लागि जति पनि उपायहरु अपनाएको छ, त्यसमा अर्थमन्त्रालयले सहयोग कहाँ गरेको छ र । वाणिज्य बैंकहरुले आफ्नो किसिमले कर्जा प्रवाह गरेका छन् । उनीहरुलाई त्यसको लागि वाध्य बनाइएको पनि छ । मौद्रिक उपकरणलाई वित्त उपकरणले सहयोग गर्नुपर्छ । पोलिसीलाई टेलरिङ गर्नुपर्छ ।

नबिलमा गाभिदा नेपाल बंगलादेश बैंकका सेयरधनीलाई राम्रो फाइदा हुन्छ-इन्द्रबहादुर थापा

नेपाल बंगलादेश बैंक लिमिटेडको सञ्चालक इन्द्रबहादुर थापा सिजर्नी पावर डेभलपमेन्ट लिमिटेडको अध्यक्ष पनि हुनुहुन्छ । उहाँ गौरीशंकर पावर डेभलमेन्ट लिमिटेड, आईबी इनर्जी लिमिटेड, एपेक्स मकालु हाइड्रोपावर लिमिटेडको प्रबन्ध निर्देशक समेत रहनु भएको थापा धेरै अन्य धेरै कम्पनीको प्रवद्र्धक तथा सेयर लगानीकर्ता हुनुहुन्छ । खासै राम्रो प्रतिफल नदिए पनि लगानीकर्ताहरु किन जलविद्युत कम्पनीहरुको सेयरमा आकर्षित भएका छन् ? नेपाल बंगलादेश बैंकले किन नबिल बैंक नै रोज्यो ? यसबाट लगानीकर्तालाई के फाइदा छ ? प्रस्तुत छ यिनै विषयमा केन्द्रीत थापासँगको विकास वहस । तपाईले कति वटा कम्पनीमा लगानी गर्नु भएको छ ? नेपालमा स्टक ट्रेडिङ सुरु भएदेखि नै आइपिओमा लगानी गरेँ । त्यसपछि सेकेन्डरी बजारमा आफनो हैसियत अनुसारको सानो तिनो लगानी गर्दै गरेको हुनाले मलाई पनि थाहा छैन । कति वटा कम्पनीमा लगानी छ । धेरै थोरै गरेर धेरै वटा कम्पनीमा लगानी चाहिँ होला । एउटा लगानीकर्तालाई कतिवटा कम्पनीमा यति शेयर छ भन्ने ज्ञान पनि हुदैन र ? त्यस्तो भन्दा पनि जम्मा समग्रमा कति लगानी गरेको छ भन्ने चाहिँ हुनसक्छ । तर आज किनिन्छ, भोलि बेचिन्छ, फेरि कुनै नयाँ किनिन्छ, कुनै बेचिन्छ । त्यसकारण कुनै दश/बिस कित्ता, कुनै लाख कित्ता पनि हुनसक्छ । त्यसकारणले कति कित्ता कति कम्पनीको छ भन्ने कुरा चाहिँ सधैं फेरि रहने बिषयबस्तु भाको हुनाले परिर्वतन भइरहन्छ । तपाईंसँग कति मूल्य बराबरको शेयर छ ? मैले पनि आँकलन गरेको छैन । ऋणहरू पनि हुन्छन । अरु दायित्वहरू पनि हुन्छन । त्यसकारण ठयाक्कै कति छ भनेर भन्न चाहिँ अलिक गाह्रो हुन्छ । लगानीबारे खुलाउँदा कुनै जोखिम छ ? जोखिमको बिषय भन्दा पनि कतिपय कुराहरू सार्वजानिक गर्न नहुने कुराहरू हुनसक्छ । सार्वजानिक गरिरहने कुरा पनि हँुदैन । दिनपर्ने कुराहरू त दिइनैहाल्छौ । सार्वजानिक गर्न अलिक अप्ठेरो पनि हुन्छ । तपाईं कति वटा कम्पनीमा नेतृत्वदायी भूमिकामा हुनुहुन्छ ? नेतृत्वदायी भूमिकामा माथिल्लो निकाय भनेको सञ्चालक समिति हो । सञ्चालक समितिमा नेपाल बङलादेश बैंक लिमिटेड बोर्ड सदस्य छु । त्यसपछि सूचीकृत कम्पनी सिनर्जी पावर डेभ्लोप्मेन्ट लिमिटेडमा म अध्यक्ष छु । त्यसपछि केही हाइड्रोपावर कम्पनीका बोर्ड सदस्य छु । हाइड्रोपावर शेयर पछिल्लो समय बजारमा लगानीकर्ताको नजरमा निकै आकर्षक मानिन्छ, किन ? एक वर्ष अगाडि हेर्ने हो भने हाइड्रोपावरमा सुचिकृत कम्पनी निकै थोरै थिए । पाँच वर्ष अगाडि हेर्ने भए तीन चार वटा कम्पनी बाहेक थिएन होला । अहिले चाहिँ थुप्रै कम्पनीहरू सूचिकृत आए । बजार कस्तो देखिरहेको छ भने जुन कम्पनीको सप्लाइ कम हुन्छ त्यो कम्पनी ट्रेडिङ बढी हुन्छ । यो दीर्घकालिन लगानीको हिसाबले चाहिँ राम्रो होइन । ट्रेडिङको हिसाबले माग र आपूर्तिले कारोबार भइरहेको त्यही अनुसार मूल्य पनि बढिरहेको छ । पिई हेर्ने हो भने बैंकहरूको मूल्य १५÷२० मा बसिरहेको छ । हाइड्रोपावरको साठी, सत्तरी, असी अथवा इन्सुरेन्स कम्पनीहरूमा सयभन्दा माथिसम्म बसिरहेको छ । त्यसकारण जुन कम्पनीको सीमित सप्लाई छ त्यो कम्पनीमा मान्छेको ट्रेडिङ आकर्षण हुँदोरहेछ । सिनर्जीको सेयर प्रतिकित्ता पाँच सयको हाराहारीमा कारोबार भैरहेको छ । यो मूल्य जायज हो ? सिनर्जी पावर डेभलपमेन्टमा लामो समयदेखि विभिन्न समस्याहरू थियो । एउटा त भूकम्पले निकै क्षतिग्रस्त भएकोले एक डेढ वर्ष पछि पूर्नस्थापना गरेर हामीले सञ्चालन गरेका छौं । त्यसपछि ट्रान्समिसन लाइनको समस्या थियो । त्यो समस्यालाई पनि हामीले यसपालीबाट समाधान गरेका छौं । उत्पादन भइरहेको जति विद्युत हामीले बेच्न पाइरहेको थिएनांै । यस वर्ष पनि सिजन अनुसार असार, साउन र भदौमा पनि सबै बेच्न सकेनौं । अब चाहिँ यो समस्या रहँदैन । हामीले हल गरिसकेको छांै । त्यस हिसाबले हाम्रो आम्दानी यो सालबाट बढ्न पनि सक्छ । त्यसबाहेक अहिले हामीले सिनर्जीपावर डेपलोप्मेन्टको शेयर धनीहरूलाई लाभ दिन अर्को योजना बनाउनु पर्छ भनेर हामीले २२ मेघावाटको योजना अगाडी बढेको छ । २२ मेघावाटमा ४० प्रतिशत सिनर्जीले लगानी गरेको छ । यो निकै राम्रो योजना छ । एपेस मकालु हाइडोपावर योजनामा हामीले चालीस प्रतिशत लगानी गरेको छौ । अहिले निर्माणको चरणमा छ । त्यसको रेभिन्यु हेर्दा सिनर्जी पावरको भन्दा बढी हुन्छ । त्यसको लगानीको स्रोतको लागि हामी राइट शेयरमा पनि जादैछौं । त्यसले अहिलेको मूल्यलाई जस्टीफाई गर्छ । कम्पनीले लगानीलाई कति लाभांश दिन्छ होला ? सिनर्जी पावरले कमाएको शेयरबाट प्रति शेयर रु १० दिन सक्छ । अर्को दुई योजना दुई वर्षभित्र पूरा गर्ने लक्ष्य लिएका छौं । त्यो योजना पूरा गर्न सकियो भने ५० प्रतिशत पूँजी लगानी गरे पछि ५० प्रतिशत नै अतिरिक्त शेयरहरूबाट फाईदा हुन्छ । नविल बैंकले नेपाल बंगलादेश बैंक एक्वाएर गर्दैछ । जुन मूल्यमा बङगलादेश बैंक नविल बैंकमा मर्ज हुदैछ, त्यो सन्तृस्ट गर्न लायक छ ? नेपाल बङगलादेशको १०० शेयर बराबर ४३ वटा शेयर चाहिँ नविल बैंकको शेयर नेपाल बङगलादेशको शेयर धनीहरूले पाउने भनेर मोटामोटी सैद्धान्तिक सहमति गरेका छौं । यसमा दुई वटा कुरा छ । एउटा राष्ट्र बैंकले दिएको दिशानिर्देश अनुसार डिडिएले निकालेको मूल्य हाम्रो सहमति भन्दा १० प्रतिशत तलमाथि भए मात्रै हामी फेरी नयाँ स्वाप रेसियो हुन्छ । अर्को कुरा सबै भन्दा ठूलो कुरा चाहिँ बङ्लादेश बैंकको लगानीकर्ताको अधिकारको कुरा हो । त्यो सबै प्रक्रिया सकेपछि हामी विशेष साधारणसभामा जान्छौ । त्यसले पास गरेपछि मात्र लागू हुन्छ । तपाईंले मर्जको लागि नविल बैंक नै किन रोज्नु भो ? बङगलादेश बैंकमा ४१ प्रतिशत विदेशी लगानीकर्ता छ । विदेशी लगानीकर्ता भएकोमा उहाहरूको इच्छाविना मर्ज गर्न सकिदैन । उहाँहरू इच्छुक हुनुहुन्थेन त्यसकारण हामीले कसैसँग पनि यो कुरा चलाको छैनौ । अहिले चाहिँ नविल बैंकको प्रमोटरसँग किनबेचको कुरा पनि चलेको रहेको छ । किनबेचको कुरा पछि होला तर पहिले मर्ज गरौ भन्ने कुरामा सहमति भएर मर्ज गर्न लागेको हौ । तपाई लामो समयदेखि नेपाल बंङगलादेश बैंकको सञ्चालक हुनुहुन्छ । यो बैंकलाई टिकाइराख्न नसक्दा कस्तो अनुभूति भैरहेको छ ? नेपाल बंङगलादेश बैंक अगाडि बढ्न सकेन । किनभने बङगलादेश बैंकमा ५० प्रतिशतको दरले बङ्गाली साझेदारहरू आउनु भयो । उहाँहरूबाट हाम्रो राष्ट्रले जे अपेक्षा गरेको थियो, त्यो भएन । विदेशी पूँजी, विदेशी प्रविधि, विदेशी सीप, यी तिन कुराको आस गरेको थियौं । पूँजी चाहिँ आयो तर अरु आएन । २०६५ सालमा उहाँहरूले सञ्चालन गर्दा गर्दै समस्याग्रस्त भयो । त्यसपछि राष्ट्र बैंकले टेककभर गर्यो । राष्ट् बैंकले लगानीकर्तालाई व्यवस्थापन हस्तान्तरन गरेपछि म सञ्चालक भएको हो । त्यतिबेला २७ प्रतिशतको सेरोफेरोमा एनपीए थियो । त्यो एनपीए व्यावस्थापन गर्दा गर्दै केही वर्ष हामीलाई लाग्यो । यो बैंकले खुट्टा टेक्न नै धेरै समय लाग्यो । र, २०६९/२०७० बल्ल सेयरधनीलाई लाभांश दिन थाल्यौ । बैंक सञ्चालन भएको झन्डै १५ वर्ष सम्म हामीले शेयर धनीहरूलाई केही पनि दिन सकेनौ । समग्रमा हामीले जति अपेक्षा गरेका थियौं, त्यो अनुसार व्यवसाय विस्तार गर्न पनि सकेनौं । बैंकहरुको संख्या पनि धेरै भए । राष्ट्र बैंकको चाहाना पनि मर्जमा जाने, संख्या घटाउने भन्ने रह्यो । सबै परिस्थितिलाई नियालेर हामी मर्जमा जान लागेका हौं । बङगालीहरूले किन यो बैंक छोड्ने निश्कर्षमा पुगे ? एक त बङगलादेश हामी जस्तै हो । उहाँहरूले जुन हिसावले लगानी गरेको हो, जुन हिसाबले प्रतिफल हुने अपेक्षा थियो, त्यो भएन । २७ वर्ष पुरानो बैंकमा उहाँहरूले जति लगानी गरेर जति प्रतिफल लानु भो सुरुमा गरे अनुसारको प्रतिफल पाउनु भएन । त्यसकारण यहाँबाट लगानी निकाल्नु पर्ने रैछ ठन्नु भो होला । यो शेयर बेच्ने कुरा क्रममा पनि त बङगालीहरूले सनराइज बैंकको प्रमोटरसँग साझेदारी गरेको कुरा बाहिर आयो । फेरी पछि नविल बैंकसँग मर्जको प्रक्रिया अगाडि बढ्यो । यस विषयमा मुद्दा मामिला चलिरहेको छ । किन यस्तो समस्या भयो ? मैले जाने अनुसार के हो भने एउटा प्रमोटरले अरुलाई बेच्छ भने सञ्चालक समितिमा आउनु पर्छ । सञ्चालक समितिमा नआएको विषयलाई उहाँहरूले बेच्दै हुनुहुन्छ भन्ने कुरा हामीलाई जानकारी हुँदैन । सनराइज बैंकको समूहलाई उहाँहरूले बेच्न खोज्नु भएको कुरा म सञ्चालक समितिको सदस्य भएको हैसियतले मेरो सञ्चालक समितिमा कहिले पनि त्यस्तो कुरा आएको थाहा छैन । हामीले यति शेयर बेच्दै छौ भनेर सूचना नै सार्वजानिक गरेको होइन र ? उहाँहरूले बेच्ने कुरा गर्नुभयो । हामीले प्रमोटरहरू तपाईहरू को किन्नु हुन्छ, आउनुहोस् भनेर सञ्चालक समितिले निर्णय गरेर सूचना निकाल्यौं । सूचना निकालि सकेपछि एक्जेस्टिङ प्रमोटरहरूले हाल्नु पनि भो । त्यसको निश्चित प्रक्रिया पनि हुन्छ । त्यो पूरा गर्न उहाँहरू सफल नभएको निष्र्कष निस्क्यो । त्यही अनुसारको राष्ट्र बैंककबाट पनि निर्देशन प्राप्त भयो । त्यो अनुसार फेरी अरुलाई बेच्न सक्ने अवस्था छ अहिले । एउटाले भन्दा अर्कोले बढी मूल्य तिरेको कारणले फरक परेको होइन ? त्यस्तो पनि होइन तर यहाँले सोधिहाल्नु भो मलाई । एउटा कुरा चाहिँ मैले के भन्नु पर्छ भने सनराइज बैंक अध्यक्ष मोतीलाल दुगडबाट चाहिँ के आको थियो भने –‘हामीले उहाँहरूसँग सटेन मूल्यमा नेगोसेसन गरेका छौं । त्यसको कागज यो हो । यो अनुसार दिलाई पाऊ’ भन्नु भाथ्यो । त्यो चाहिँ गत २०२१ अप्रिलको कुरा हो । उहाँहरूले त्यो बेला गरेको ड्राफको एमओयू पनि पेस गर्नु भाथ्यो जसमा हस्ताक्षर चाहिँ थिएन । अचम्मको कुरा त के छ भने नेपालको एक्जेस्टी कानुुन अनुसार जो मान्छेले त्यो शेयर लिन एमेयु गरे भन्नु भो, एक जना मान्छे जो चाहिँ अर्को बैंकको १० प्रतिशत भन्दा माथि शेयर धनी हुनुहुन्छ, यसको बैंकको ४० प्रतिशत शेयर किन्न इलिजिबल नै हुनुहुन्न । अर्काे कूरा नेपालको एकजेस्टी कानून अनुसार कुनै पनि बैकको प्रमोटर शेयर, प्रमोटर शेयरको पहिलो प्राथमिकता हुन्छ, अरुलाई हुदैन । त्यो मोतिलाल दुगडहरूले खरिद गरेको जुन प्रक्रिया चाहिँ बंगलादेश बैंकले साबिकका संस्थापकहरूलाई शेयर किन्न अपिल गर्नु भन्दा अगाडिको प्रोसेस रैछ ? अगाडिको प्रोसेस हो । हामीलाई जे डकुमेन्ट प्राप्त भो त्यो चाहिँ हामीले जुलाई २४ मा सूचना निकाल्नु भन्दा अगाडिको रहेछ । नविलमा मर्ज भैसकेपछि बंगलादेश बैंकका सेयरधनीलाई के फाईदा हुन्छ ? शेयरधनीले मुख्य हेर्ने भनेको लाभांश हो । नविल बैंकको विगतलाई हेरेर दुई/चार वर्ष अध्यायन गर्यौ भने ३० प्रतिशत ४० प्रतिशतको हाराहारीमा उनीहरूले चाहिँ लाभांश पाइरहेका छन् । जबकी हाम्रो १० प्रतिशतको हाराहारीमा छ । हामीले नबिलमा ४३ प्रतिशत पाएर त्यहाँ गयौं र हामीले त्यहाँ ३० प्रतिशत पायौ भने अहिलेको भन्दा राम्रो फाइदा पाउछौं । ट्रेडिङकै हिसाब गर्नुहुन्छ भने अहिले हाम्रो सेयर प्रतिकित्ता ४०० मा बन्द भएको छ । नविल बैंकको ११०० को हाराहारीमा छ । ४३ प्रतिशत गर्दा खेरी ५०० हाराहारीमा हुन्छ । एउटा पब्लिक शेयर ५०० को हुनेभो त्यसमा १०० फाईदा भयो । त्यस हिसाबले हाम्रो शेयर धनीलाई फाइदा नै हुन्छ ।