नेपालमा डब्ल्यूटीओ चेयर कार्यक्रम शुभारम्भ
काठमाडौं । विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) ‘डब्ल्यूटीओ चेयर प्रोग्राम’ नेपालमा सार्वजनिक गरिएको छ । डब्ल्यूटीओ चेयर कार्यक्रमका लागि छनौट भएको काठमाडौं विश्वविद्यालयले आज यहाँ आयोजित एक कार्यक्रमका बीच उक्त कार्यक्रमको औपचारिक घोषणा गरेको हो । कार्यक्रमको शुभारम्भ गर्दै मुख्यसचिव शङ्करदास बैरागीले दिगो आर्थिक विकास र व्यापार प्रवद्र्धनका निम्ति डब्ल्यूटीओे चेयर कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे । उनले अन्तर्राष्ट्रिय व्यापार साझेदारीका लागि महत्वपूर्ण रहने उक्त कार्यक्रमको सफल कार्यान्वयनका लागि समन्वय र सहकार्य प्रभावकारी बनाइने बताए । विश्व व्यापार सङ्गठनले कम विकसित मुलुकहरूमा सङ्गठनको काम र आवश्यक अनुसन्धान कार्यमा समन्वय गर्न डब्ल्यूटीओ चेयर कार्यक्रम विगत १० वर्षदेखि सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रमको ‘थर्ड ब्याच’ मा नेपालको विश्वविद्यालय छनौट भएको हो । नेपालसहित ५४ देशका एक सय २६ वटा आवेदन परेकामध्ये नेपालको काठमाडौँ विश्वविद्यालयको ‘स्कुल अफ म्यानेजमेन्ट’ पनि छनौट भएको थियो । यो कार्यक्रममा हालसम्म नेपालसहित विश्वका ३४ विश्वविद्यालय परिसकेका छन् । मुख्यसचिव बैरागीले दिगो आर्थिक विकास र व्यापार प्रवद्र्धनका लागि नीतिगत सुधार र योजनाबद्ध कार्यक्रम अघि बढाइने बताए । उनले भने, ‘नेपालले अझै पनि डब्ल्यूटीओको माध्यमबाट अपेक्षित लाभ लिन सकिरहेको छैन । उत्पादन वृद्धि र निर्यात प्रवद्र्धन प्राथमिकतामा रहेको छ । दिगो विकास लक्ष्य हासिल गर्न केही चुनौतीको सामना गरेर योजनाबद्धरूपमा अघि बढ्नुपर्ने आवश्यकता छ ।’ काठमाडौं विश्वद्यिालयका उपकुलपति डा भोला थापाले व्यापार प्रवद्र्धनका विषयमा अभिमुखीकरण र अनुसन्धानका लागि कार्यक्रमको भरपुर उपयोग गरिने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले नेपाल डब्ल्यूटीओसँग जोडिएको १८ वर्ष लामो अवधिमा अपेक्षित लाभ लिन नसकेको, निर्यात घटेर आयात बढिरहेको भन्दै मुलुकको व्यापार प्रवद्र्धनका निम्ति सरकार र निजी क्षेत्रको साझेदारीलाई बलियो बनाइनुपर्नेमा जोड दिए । डब्ल्यूटीओेका उपमहानिर्देशक डा सियाङचेन झाङले व्यापार प्रवद्र्धनमा साझेदारी अभिवृद्धिका साथै मुलुकको दिगो आर्थिक विकासका लागि कार्यक्रमले सहयोग पुग्ने बताए । नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भल्कले नेपाल डब्ल्यूटीओको सक्रिय सदस्य रहेकाले व्यापार प्रवद्र्धनका लागि कार्यक्रम उपयोगी हुने भन्दै प्रभावकारी समन्वय र साझेदारीका साथ अघि बढ्ने विश्वास व्यक्त गरिन् । विश्वविद्यालयका रजिस्ट्रार प्रोफेसर डा अच्यूत वाग्लेले नेपाल डब्ल्यूटीओे चेयर कार्यक्रम छनोट भएकोमा गौरव अनुभूति रहेको भन्दै यसको प्रभावकारी कार्यान्वयन गरिने बताए । नेपालसहित १७ देश डब्ल्यूटीओ चेयर कार्यक्रममा छनोट भएका छन् । चार वर्षको चेयर कार्यक्रममा करिब दुई लाख स्वीसफ्राङ्क सहयोग रहेको छ । अस्ट्रेलिया, अस्ट्रिया, फ्रान्स र कोरियाले यो कार्यक्रमलाई ‘फन्डिङ’ गरेका छन् । उक्त रकम तीन आधारभूत क्षेत्र नयाँ पाठ्यक्रम विकास र शिक्षा, अनुसन्धान र क्षमता अभिवृद्धिमा खर्च गरिने विश्वविद्यालयका सहायक प्रोफेसर दीपेश कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार व्यापारसँग सम्बन्धित नयाँ पाठ्यक्रम विकास गरिने छ । जुन ‘मास्टर इन विजनेस अफ इकोनोमी’ मा ‘इन्टिग्रेट’ गर्ने योजना रहेको छ । विश्वविद्यालयभित्र विद्यावारिधि र विदेशी विद्यार्थीका लागि अनुदान दिइने जनाइएको छ । क्षमता अभिवृद्धिका कार्यक्रमअन्तर्गत ग्रामीण क्षेत्रका उद्यमी र शिक्षकलाई नेपालको व्यापार घाटालाई कसरी न्यूनीकरण गर्ने भन्नेबारे अभिमुखीकरण गरिने छ । कार्यक्रमको नेतृत्व विश्वविद्यालयका रजिस्ट्रार डा वाग्ले र विश्वविद्यालयको ‘स्कुल अफ म्यानेजमेन्ट’ का डिन डा देवीप्रसाद बिडारीले गर्नेछन् । कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार प्रोफेसर डा वाग्लेले प्रधानमन्त्री शेरबहादुर देउवा र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको शुभकामना सन्देश पढेर सुनाएका थिए । सन्देशमा प्रधानमन्त्री देउवाले डब्ल्यूटीओे चेयर प्रोग्रामका लागि नेपालको विश्वविद्यालयलाई छनोट गरेकामा सङ्गठनप्रति आभार व्यक्त गर्दै कार्यक्रमले असल अन्तर्राष्ट्रिय साझेदारी बढाएर लगानीको वातावरण सिर्जना गर्न र सरकार र निजी क्षेत्रको समन्वयलाई प्रभावकारी बनाएर मुलुकको व्यापार प्रवद्र्धनका निम्ति फलदायी हुने विश्वास व्यक्त गरेका छन् । त्यस्तै, उद्योगमन्त्री बडूले डब्ल्यूटीओे चेयर कार्यक्रममार्फत नेपालको उद्योग वाणिज्य प्रवद्र्धनमा टेवा पुग्ने बताएका छन् ।
उद्योग संगठन मोरङको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रममा १७ नयाँ उद्यमी छनौट
काठमाडौं । उद्योग संगठन मोरङले यस वर्ष १७ वटा नविन व्यवसायिक आइडियाहरुलाई स्टार्टअप उद्यमीका रुपमा छनौट गरेको छ । नविन सोच तथा अवधारणा भएका युवाहरुलाई उद्यमशिलतामा रुपान्तरणका लागि सहजिकरण गरी नयाँ व्यवसायहरुको श्रृजना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले संगठनले गत वर्षदेखि सञ्चालन गरेको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तरगत दोस्रो ब्याचका लागि १७ युवा उद्यमी छनोट गरेको हो । यस वर्ष छानिएका नवउद्यमीहरुमा छ जना महिला र ११ जना पुरुष रहेका छन । छनौट भएका स्टार्टअपहरु ४ दिनको बुट क्याम्प सम्पन्न भइसकेको संगठनले जनाएको छ । बुट क्याम्पमा बिजनेश हेल्थ चेकअप गरी मेन्टर तथा बिजनेश कोचहरुसँग म्याच मेकिङ गरिएको कार्यक्रमका समितिका संयोजक सुरेन्द्र गोल्छाले बताए । नव उद्यमीलाई सघाउन कार्यक्रम अन्तरगत १८ जना मेन्टर, ५ जना बिजनेश कोच र ६ जना स्टार्टअपफेलो समेत छनोट गरिएको छ । कार्यक्रम अन्तरगत छनौट भएका स्टार्टअपहरुको व्यवसायिक योजना तयारी, सो अनुरुप आवश्यक पर्ने प्राविधिक विषयहरुमा मेन्टरसिप, कोचिङ तथा परामर्श सेवा, नेटवर्क विस्तारका साथै बुट क्याम्पको आयोजना जस अन्तरगत बिजनेश क्यानभास मोडेल, विजनेश हेल्थ चेक अप, उपभोक्तासँग साक्षात्कार गराउन हाटबजार एवं विभिन्न विषयगत कार्यक्रमहरुका माध्यमबाट १२ महिना व्यवासायिक सेवा उपलब्ध गराउदै आवश्यक पर्ने लगानीमा समेत सहजिकरण गरिने कार्यक्रम रहेको गोल्छाले बताए । कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकार उद्योग श्रम तथा रोजगार मन्त्रालय, बिराटनगर महानगरपालिका, स्विस कन्ट्याक्ट, आसामान नेपाल, पूर्वाञ्चल विश्व विद्यालय, अन्तरप्रेरणा, नबिल बैंक, नेपाल युवा उद्यमी मञ्च लगायतका संस्थाहरुसँग संगठनले सहकार्य गरेको छ ।
निगमले सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्यो ७३ कराेड
काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी संचय कोष र नागरिक लगानी कोषलाई ऋणको किस्तावापतको ७३ करोड ९ लाख रुपैयाँ तिरेको छ । निगमले विज्ञप्ति जारी गर्दै असोज ३१ गते सोमबार दुई कोषलाई ऋणको किस्ता वापत ७३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ तिरेको कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको सावाँ र ब्याज वापतको ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ र नागरिक लगानी कोषको ऋण दायित्वको किस्ता बापतको २० करोड रुपैयाँ गरी जम्मा ७३ करोड ९ लाख ५५ हजार २८१ किस्ता वापतको रकम भुक्तानी गरेको निगमले विज्ञप्तिमा जनाएको छ । निगमले यसअघि नै कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्तावापतको एक अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ।
म्याग्दीको अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग निर्माण
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेस्थित संसारको गहिरो अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा अन्धगल्छी नजिकैको काभ्रे गाउँदेखि रुप्से झरना हुदै बाजाढुङ्गासम्म जोड्ने रेलिङसहितको पदमार्ग निर्माण भएको हो । यसैगरी रुप्से झरनाको शिरको डाडामा सम्याएर वरपर रेलिङ राखी दृश्य अवलोकन गर्ने ठाउँ बनाइएको वडा सदस्य लालबहादुर पुनले जानकारी दिए । मुस्ताङ जाने र त्यहाँबाट फर्कने पर्यटकलाई अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा अवलोकन गर्ने सुविधाका लागि पदमार्ग बनाइएको उनले बताए । रुप्से छहराको संरक्षण तथा पर्यटकीय विकास योजनाका लागि नेपाल सरकारको शसर्त अनुदानमा अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्ष २०७८/७९ मा २० लाख रुपैयाँ विनियोजन गरेको थियो । अनुदान बाहेक थप दुई लाख १९ हजार रुपैयाँ चार सय ७८ बराबरको श्रमदान गरेर पूर्वाधार निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सुनिल पाइजाले बताए । काभ्रे गाउँको बेनी–जोमसोम सडकदेखि रुप्से झरना हुँदै बाजाढुङ्गा जोड्ने उकालो बाटोमा ढुङ्गाको सिढीको करिब एक किलोमिटर पदमार्ग निर्माण भएको छ । उपभोक्ता समितिका अनुसार अप्ठ्यारो र जोखिमयुक्त ठाउँको पदमार्गको डिलतर्फ ४०० मिटर रेलिङ राखिएको छ । पदमार्गबाट अन्धगल्छीसँगै रुप्से झरना, पहाडी भूगोल अवलोकन गर्दै छुँदा बाजाको आवाज आउने ढुङ्गा भएको गुफासम्म पुग्न सकिन्छ । यसअघि बाजाढुङ्गा सम्म पुग्ने साँघुरो र जोखिमयुक्त बाटो पदमार्ग बनेपछि सुरक्षित यात्रा गर्न सकिने भएको छ । अग्लो पहाडको टुप्पोमा गुफाभित्रका ढुङ्गाका चुचुरा हेर्दा पञ्चेबाजाका आकृति देखिन्छन् । यी आकृतिको आवाज पनि बाजाको जस्तै सुनिन्छ । ढुङ्गामा दमाह, ढोलक र ट्याम्कुलीको आकृति देखिने चुचुरोमा आकृति अनुसारकै आवाज निस्कने गर्छ । ढुङ्गाको अलौकिक कला र सङ्गीत आश्चर्यजनक छ । छङछङ गर्दैै बग्ने रुप्से झरनाको शिरमा रहेको बाजा ढुङ्गाबाट चिटिक्क मिलेको काभ्रे गाउँ, अन्नपूर्ण हिमशृङखसमेतलाई अवलोकन गर्न सकिन्छ । काभ्रे गाउँदेखि ३० मिनेट पैदल हिडेपनि बाजाढुङ्गा पुग्न सकिन्छ । यस ढुङ्गाको नजीक भएर रुप्से झरना बग्ने र संसारको गहिरो अन्धगल्छीसमेत समीपमै रहेकाले यस क्षेत्रको एकिकृत पर्यटन विकासमा जुटेको वडा सदस्य पुनले बताए । धवलागिरि र अन्नपूर्ण हिमालको टुप्पोबाट नापिएको संसारकै गहिरो खोंच ‘अन्ध गल्छी’, मनमोहक रुप्से झरना र बाजा बज्ने ढुङ्गा नजीकको दूरीमा छन् । तीन वटै पर्यटकीय स्थललाई समेटेर काभ्रे गाउँको प्रवेशद्वारमा जानकारीमुलक होडिङ बोर्ड राख्न पहल गरिएको रुप्से सङ्गम युवा क्लवका अध्यक्ष सुनिल पाईजाले बताए । रासस
फेरिँदै राउटेको जीवनशैली, जोखिममा सभ्यता
सुर्खेत । पछिल्लो केही दशकमा राउटे समुदायमा खाने खानादेखि छानासम्म, नानादेखि गानासम्म फेरिएको छ । जङ्गलमै स्वतन्त्ररूपमा बाँचिरहेका राउटेको सम्बन्ध दुनियाँसँग गहिरिँदै गएको छ । यसरी गहिरिएपछिका अनन्त असर राउटे समुदायले किस्ताकिस्तामा भोग्न थालेको छ । दक्षिण एसियाका लगभग अन्तिम घुमन्ते जातिको रुपमा रहेका राउटे नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको दैलेख, सुर्खेत, दाङ, सल्यान, अछाम, कालीकोट, जाजरकोटलगायत जिल्लामा डुलिरहने जाति हो । दुई/तीन दशक पहिलेसम्म घना जङ्गलले भरिभराउ यो क्षेत्र राउटेका लागि सुरक्षित बासस्थान थियो । तर, पछिल्लो समय विकास, सहरीकरण तथा आधुनिकीकरणको बढ्दो प्रभावले अवस्था फेरिएको छ । विसं २०७८ को जनगणना अनुसार हाल यो समुदायमा कूल ४६ घरधुरी छन् भने जम्मा राउटेहरूको सङ्ख्या एक सय ४३ छ । बाँदरको सिकार तथा जङ्गली फलफूल सङ्कलन गर्दै जीवननिर्वाह गर्न कठिनाइ भएपछि राउटेहरूले काठका भाँडाकुँडा बनाएर स्थानीय मानिससँग अन्नसँग साट्न थालेको झण्डै एक शताब्दी भएको अनुमान छ ।कुनै दिन ‘पैसा छोए पाप लाग्छ’ भन्ने राउटे आजभोलि अन्नसँग सागम्री साट्नभन्दा पैसामा साट्न सजिलो मान्न थालेका छन् । उनीहरु आजभोलि चाहीँ तस्वीर खिचेकोसमेत पैसा माग्न थालेका छन् । बाँदरको सङ्ख्या घट्दै जानु, सामुदायिक वनमा रुख सजिलै काट्न नपाउनु तथा विभिन्न सङ्घ संस्थाको प्रभाव राउटे समुदायमा बढ्नाले राउटे विस्तारै परर्निभर बन्दै गएका छन् । सरकारले प्रदान गर्ने भत्ताको आस र अन्य व्यक्ति तथा संस्थाको सहयोगको अपेक्षा गर्ने परम्पराका रूपमा स्थापित हुँदै गएको छ । आफ्नो खुट्टाको साइज र जुत्ताचप्पलको साइजमा खासै सचेत भएको पाइँदैन । तथापि पछिल्लो पुस्ताले जुत्ता चप्पल लगाउन थालेको छ । औपचारिक शिक्षा लिएपछि राउटेलाई आफ्नो संस्कृति मासिने डर छ । विभिन्न गैरसरकारी संस्थाको बढ्दो प्रभावले राउटेहरूलाई स्थायी हुन बाध्य बनाइरहेको छ तर भ्रमणशील राउटे स्थायी रुपमा बस्न खोजिरहेका छैनन् ।‘किताब छोए ईश्वर रिसाउँछ’ भन्ने धारणामा विस्तारै परिर्वतन आइरहेको छ । अहिले राउटेले मोबाइल फोन प्रयोग गर्न थालेका छन् । खैनी र चुरोटका अम्मली राउटे समुदाय अचेल मदिरामोहमा फसेको छ । पाँच वर्षदेखि ८० वर्षसम्मका सबै राउटेले रक्सी पिउने गर्छन् । कमाएको तथा अरुबाट पाएको सहयोगलाई राउटेले मदिरा पिउनमा खर्च गरेको पाइन्छ । अत्यधिक रक्सी सेवनले राउटेको दिनचर्या नै सङ्कटमा फसेको देखिन्छ । बिरलै सरसफाइ गर्ने राउटेले खरानीपानीले लुगा धुने गर्थे । ढुङ्गाले शरीरको मैलो घोटेर फाल्थे । विगत भत्कियो, राउटेहरू आजभोलि साबुनको प्रयोग गर्न रुचाउँछन् । बसुलोले दारी काट्ने राउटे हिजोआज ब्लेडले काट्छन् । फुटेकै भए पनि ऐना हेर्ने बानीको विकास भएको देखिन्छ । विगतमा काठका भाँडाकुँडा अन्नसँग साटेर जीविका धान्न रुचाउने राउटेहरू अहिले पैसामै ती सामग्री साटफेर गर्न रुचाउँछन् । पैसालाई बोक्न सजिलो, आफूलाई चाहिने चीज किन्न सजिलो हुनाले राउटे अन्नभन्दा पैसालाई सजिलो माध्यम ठान्छन् । अरुको त्यसै मागेर नखाने जाति भनेर चिनिने राउटे आजभोलि सबैभन्दा धेरै माग्न आउँछ । झारफुक तथा जडीबुटीमा विश्वास गर्ने राउटे आजभोलि डाक्टरको विश्वास गर्छन् । केही वर्षअघिसम्म मोटरगाडीदेखि डराउने राउटे काम विशेष कतै जानुप¥यो भने गाडी चढ्न रुचाउँछन् । आफ्नै श्रममा बाँच्ने राउटेलाई आजभोलि कहिल्यै नपुग्ने चीज भत्ता भएको छ । सरकारले प्रत्येक वर्ष राउटेलाई सामाजिक सुरक्षा भत्ता दिन्छ तर भत्ता कम भएको गुनासो राउटेहरू पोखिरहन्छन् । लोपोन्मुख राउटे समुदायको महाशत्रु हुन्, स्थायी बसोबास, लेखपढ र खेतीपाती । आफूलाई वनको राजा भन्न रुचाउने र जङ्गलमा भ्रमणशील जीवनयापन गर्दै आइरहेको राउटे समुदाय नेपालको नागरिकता नलिए पनि नेपाली नागरिक हौँ भनेर गौरव गर्छ । राउटे बस्ती पुग्ने जोकोहीसँग राउटे बालबालिका र महिला पैसा माग्छन् । घरायसी प्रयोगका सामग्री कोसी, मदुस, पिर्का, बाकस बनाएर बेच्ने पेसा गर्दै आएका राउटे समुदाय परम्परागत पेसालाई सर्वोपरी ठान्ने राउटे समुदायको ‘संस्कृति र जीवनशैली’ फेरिँदै गएको छ । कल्याल, रास्कोटी र राजवंशी ठकुरी राउटे समुदाय आफ्नो परम्परागत पेसा र जीवनशैलीबाट विस्थापित बन्दै परनिर्भरतातिर गइरहेको छ । आफ्नो परम्परामा कडा देखिए पनि आधुनिकतासँगै राउटे समुदाय पनि आधुनिकतामा रमाउन थालेको छ । राउटेको दैनिक व्यवहार, रहनसहन र कला संस्कृति परिवर्तन हुँदै गइरहेको छ । विगतमा पशुपालन गर्दा राम्रो नहुने भन्दै तिरस्कार गर्ने राउटे समुदाय वनजङ्गल विनाशका कारण गुना र बाँदर पाइन छाडेपछि पछिल्लो समयमा बाख्रा र कुखुरा पाल्ने थालेका छन् । राउटे पहिलेको तुलनामा रुपैयाँ, पैसा र आधुनिक सामग्रीमा बढी प्रभावित हुन थालेका छन् । ‘हाम्रो मुख्य सिकार बाँदर र गुना जङ्गलमा पाइनै छाडे, चाडपर्वमा मासु खानुपर्छ, त्यसैले बाख्रा र कुखुरा किनेर पाल्ने गर्छौ,’ राउटे मुखिया सूर्यनारायण शाहीले भने । स्थायी रुपमा बस्न नचाहने, वनजङ्गलमा घुमन्ते जीवन बिताउँदै आफ्नै संसारमा रमाउन चाहने राउटे जाति पछिल्लो समयमा आधुनिकतातर्फ मोडिएको छ । राउटे समुदायको युवापुस्ता पनि आधुनिक संस्कृतिबाट प्रभावित हुन थालेको छ । पहिले नयाँ व्यक्ति देख्दा डराउने र बोल्न नचाहने, तस्बीर खिच्न नदिने राउटे जाति महिलालाईसँगै नहिंँडाउने र मुखियाले भनेका सबै कुरा पालना गर्ने गर्थे तर पछिल्लो समय धेरै परिवर्तन भएको छ । उनीहरु अहिले खुलेरै आफ्ना समस्या राख्ने गर्छन्, महिलालाई सँगसँगै हिँडाउँछन् । केही समय अगाडि राउटे समुदायमा फोनमा कुरा गर्नु राम्रो मानिँदैनथ्यो, तर पछिल्लो समय यस समुदायका पाका उमेरका व्यक्तिले हातहातमा मोबाइल बोकेको देखिन्छ । राउटे समुदायका व्यक्तिलाई नागरिक बनाउन गुराँस गाउँपालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको परिपत्रअनुसार २०७५ असार ३० गतेदेखि स्थायी ठेगाना भएको परिचयपत्र प्रदान गर्दै आएको छ । राउटेका पूर्वमुखिया महिनबहादुर शाहीका अनुसार कसैलाई फोटो खिच्न नदिने, सित्तैँमा अरूले दिएको खाने कुरा नखाने, बस्तीमा नचिनेको मान्छेलाई प्रवेश गर्नमा रोक लगाउने संस्कृति राउटे समुदायबाट हराइसकेको छ । उनीहरु आफ्नो दैनिक जीवनलाई आधुनिक संस्कृतिअनुसार परिवर्तन गरिरहेका छन् । राउटे समुदायलाई सहयोग गर्न भित्रिएका गैरसकारी संस्थाले नै परनिर्भरतातिर धकेलेको स्थानीयवासीको आरोप छ । गैरसरकारी संस्थाका प्रतिनिधिले राउटेसँग हेलमेल बढाउन मद्यपान र धूमपानको लतमा पु¥याएको आरोप लाग्ने गरेको छ । आजभोलि रक्सी नभइ नहुने अवस्थामा पुग्न लागेको राउटे समुदायका युवा वीरबहादुर शाहीले बताए । शाहीले भने, ‘खसी र चामल पाएमा हुरुक्क हुने र अरूले दिएको खानेकुरालाई उपहार ठान्ने यो समुदाय पछिल्लो पटक मद्यपान, धूमपानको कुलतमा फस्न थालेको छ । सुरुमा रमाइलो लागेर गाउँलेले दिएको रक्सी पियौँ । रक्सी त रमाइलो गर्न खाने हो । नयाँ मान्छे आउँछन्, रक्सी खुवाइ दिन्छन्, आजभोलि पिउने बानी नै परिसकेको छ ।’ अहिले मद्यपान र धूमपानका कारण राउटेको परम्परा ओझेलमा पर्दै गएको महिनबहादुर शाहीको दुःखेसो छ । ‘हामी गाउँका अन्य मानिसजस्तो रक्सी खाएर झगडा गर्दैनौँ, रक्सी पनि बनाउँदैनौँ । बरु कसैले ल्याइदिएको र गाउँबाट नै किनेर खान्छौँ,’ महिनबहादुरले भने, ‘रक्सी सेवन गरी झगडा गर्ने व्यक्तिलाई राउटे समुदायका अन्य युवा मिली हातखुट्टा डोरीले बाँधेर लडाइदिने चलन छ ।’ उनका अनुसार जङ्गलमा बाँदर सिकार गर्ने राउटे समुदायले अन्नको जाँड बनाउने गर्दछन् । उनीहरूमा रक्सी पार्ने सीप छैन । रक्सी पार्ने काम गरेमा देवीदेवता रिसाएर सिकार बिग्रिने, मानिस बिरामी पर्नेजस्ता विश्वास राख्ने उनीहरूमा छ । यद्यपि उनीहरूका यस्ता मान्यता विस्तारै भत्कँदै छन् । विस्तारै उनीहरूमा खुला समाजको प्रभाव पर्दै गएको छ । बजार नजिकै बसेर बजारको संस्कृति र प्रभावमा रमाउन थालेका छन् । यद्यपि उनीहरू पहिला पहिला मानव बस्तीभन्दा टाढा जङ्गल या नदी किनारमा बस्ने गर्दथे । मुखिया सूर्यनारायण शाहीका अनुसार नेपाल सरकारले लोपोन्मुख जातिलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता पाउनासाथ राउटेले मदिरा पिउन थालेका हुन् । आजकालका तन्नेरी जति भने पनि मान्दैनन् । पैसा पाउनासाथ रक्सी खोजी गर्छन् । पिउन गइहाल्छन् । लोपुन्मुख जाति र कर्णाली प्रदेशको गहनाका रूपमा चिनिने यो समुदायका महिला पनि आधुनिकतासँगै सहरका होटलमा खाना खान रुचाउँछन् । राउटेले बोल्ने खाम्ची भाषा, संस्कृति, जीविकोपार्जन गर्न सीप हराउँदै जानु, बर्सेनि जनसङ््ख्या घट्दो क्रममा रहनु, मृत्युदर उच्च तथा कुपोषणको समस्या राउटे समुदायमा अधिक रहेको पाइन्छ । बाह्य समुदायबाट हिंसा तथा यौन हिंसाको चपेटामा पर्नु, सामाजिक सुरक्षा भत्ताको दुरुपयोग बढ्नु, दाताले मनलाग्दी आफूखुसी राहत सामग्री वितरण गर्नुजस्ता कारण राउटे समुदायको सुरक्षामा चुनौती थपिएको सम्पद्धहरुको बुझाइ रहेको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा राउटेलगायत लोपोन्मुख तथा सीमान्तकृत समुदायका लागि आयआर्जन कार्यक्रम ९राहत तथा पुनःस्थापना, क्षतिपूर्तिका लागि चार करोड रुपैयाँ विनियोजन गरेको सामाजिक विकास मन्त्रालयकी सामाजिक विकास अधिकृत अनिता ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार राउटे नीतिमाथि विज्ञको राय सङ्कलनको कार्य भइरहेको छ । फिरन्ते जाति राउटे समुदायको उत्थानका लागि सरकारले हदैसम्म प्रयास गरिरहेको छ । दैलेखको गुराँस गाउँपालिकाले राउटेलाई मासिक दुई हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । दक्षिण एसियाका अन्तिम घुमन्ते जाति राउटे नेपाल र नेपालीका लागि खजाना भए पनि बढ्दो आधुनिकीकरणले राउटेको जीवन, दर्शन, संस्कृति र सभ्यता डुब्नै लागेको घामजस्तै भइसकेको छ । औषधोपचारमा विश्वास बिरामी भएमा, चोटपटक लागेमा वा शरीरमा घाउ भएमा जडीबुटीको प्रयोग गर्ने राउटे अहिले स्वास्थ्यकर्मीबाट उपचार गर्न थालेका छन् । राउटेहरु चोट लागे खोटो टाँस्ने गर्थे, टाउको दुखे झारपात खान्थे, घस्नुपर्दा खरानी घस्थे । झारफुक गर्थे । बिरामी परेमा स्वास्थ्योपचार भन्दा पनि उनीहरु थामी, झाँक्री बसालेर ग्रह काट्ने, भूतको भाग फाल्ने गर्छन् । राउटे समुदाय स्वास्थ्य संस्थासम्म नपुगे पनि अहिले औषधोपचारमा विश्वास गर्न थालेका छन् । उनीहरुले सानातिना घाउ–चोटपटक लाग्दा पनि औषधोपचार गर्ने र मल्हमपट्टी लगाउने र त्यसका लागि स्वास्थ्य संस्थामा पुग्ने गरेको छन् । राउटे जाति अहिले खुट्टाको सुरक्षाका लागि जुत्ता चप्पल लगाउन थालेको छ । सरसफाइमा पनि उत्तिकै ध्यान दिन थालेका छन् । उनीहरु पछिल्लो समय साबुनको प्रयोग गरेर नुहाउने, दाह्रीजुँगा काट्ने र आफू बसेका स्थानमा बनाइएका छाप्रो वरिपरि सरसफाइ गर्छन् । आफैँले उत्पादन गर्ने कपडाको मात्रै प्रयोग गर्ने राउटेहरु आजभोलि बजारमा पाइने आधुनिक कपडाको प्रयोगतर्फ आकर्षित हुन थालेका छन् । राउटे युवा प्रकाश शाहीले भने, ‘हामीले कोट पनि राखेका छौँ, अब विस्तारै कोट पनि लगाउँछौंँ ।’ राउटे युवतीहरुले पनि पछिल्लो समय चुरापोतेलगायत शृङ्गार सामग्री प्रयोग गर्न थालेका छन् । राउटेले बनाएका कोसी, मधुश, आरी र खाटजस्ता सामग्री बिक्री हुन छाडेपछि राउटेलाई गाउँ–गाउँ डुल्नुपर्ने बाध्यता पनि छैन । एकै ठाउँमा बस्दैनन् राउटे फिरन्ते जीवन बिताउने राउटेहरु एक ठाउँ धेरै नबस्नुमा बसेको ठाउँमा कुनै सदस्यको मृत्यु भएमा तत्काल त्यस ठाउँ छाड्नुपर्ने राउटेको चलन छ । कुनै सदस्यको मृत्यु भए तत्काल त्यही ठाउँमा गाडेर सबै जना रुँदै कराउँदै अर्को बासको खोजीमा हिँड्ने संस्कारले गर्दा एकै ठाउँमा नबस्ने राउटेका मुखिया सूर्यनारायण शाहीले बताए । उनले भने, ‘हाम्रो समुदायको व्यक्ति मरेको स्थान हाम्रा लागि सधैंँ अशुभ हुन्छ, तयो ठाउँमा हामी कहिल्यै फर्किँदैनौँ ।’ राउटे समुदायमा कसैको मृत्यु हुनेबित्तिकै त्यस ठाउँलाई सधैँका लागि अशुभ ठानेर नयाँ ठाउँको खोजीमा हिँड्ने गरेको उनको भनाइ छ । ‘नयाँ ठाउँमा पुगेर मृत्युको पीडालाई भुल्ने र त्यसपछि विस्तारै मृत्युको कुरा बिर्सन्छौँ,’ सूर्यनारायण भन्छन्, ‘हामी बसाई सर्दा उपयुक्त ठाउँको छनोट गर्दैनौं । हिँड्दै जाँदा जहाँनेर रात पर्छ, त्यसैलाई उपयुक्त बासस्थान ठानेर त्यही बस्छौं ।’ राउटे मुखियाको पुस्ता रहँदासम्म राउटे स्थायी बसोबास गर्ने स्थिति देखिँदैन । रासस
कृष्णपुर नगरपालिका विद्यालय सुधारका कार्य अगाडि बढाउँदै
कञ्चनपुर । शिक्षालाई समयानुकूल बनाउन कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयमा सुधारका कार्य अगाडि बढाएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक सङ्घ, सङ्गठन, राजनीतिक दल र शिक्षाविद्सँग छफल गरीे सुझाव सङ्कलन गरेर सोही आधारमा विद्यालय सुधारका कार्य अगाडि बढाइएको नगर प्रमुख हेमराज ओझाले बताए । ‘सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी मिलानको कार्य पूरा गरेका छौंँ’ उनले भने,’कम्तीमा पनि प्रत्येक सामुदायिक विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी स्थायी शिक्षकले पाउनुपर्छ भन्ने मान्यता थियो, त्यो पूरा भएको छ ।’ निजी विद्यालय र सामुदायिक विद्यालय बिचको पठनपाठनलाई एकरुपता ल्याउन एउटै कार्यतालिका बनाइ लागू गर्ने तयारी गरिएको छ । तिहारपछि कार्यतालिका बनाएर लागू गर्न शिक्षा शाखालाई निर्देशन दिइसकिएको नगर प्रमुख ओझाको भनाइ थियो । प्रत्येक सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउनका लागि ई हाजिरी जडान गर्न लागिएकोे उनले बताए । ‘ई हाजिरीका लागि १० लाख रुपैयाँ बजेटको व्यवस्था गरिएको छ । विगतमा भन्दा शिक्षाको गुणस्तरमा सुधार गर्नका लागि तीन गुणा बढी बजेट विनियोजन गरेका छौँ’ नगरप्रमुख ओझाले भने, ‘पाँच वर्षभित्र शिक्षामा आमूल परिवर्तन गर्ने लक्ष्य लिएका छौँ ।’ आर्थिक स्रोत अभावले कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहुन भन्नका लागि छात्रवृत्ति वितरण कार्यलई वस्तुगत बनाइ गरिब र जेहन्दार समूहलाई केन्द्रित गरी मेयर गैरआवासीय छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले बताए । उनका अनुसार उक्त कार्यक्रमअन्तर्गत टुहुरा, असहाय, अति विपन्न, लोपोन्मुख, जाती, गरिब, जेहन्दार, मुक्तकमलरी तथा दलित, अपाङ्गत भएका बालबालिकालाई छात्रवृत्ति प्रदान गरिने छ । ‘सामुदायिक विद्यालयका छात्रालाई निःशुल्करुपमा स्यानीटरी प्याड उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखिएको छ’ सूचना अधिकारी बोगटीले भने, ‘विद्यालय, शिक्षक, विद्यार्थी सङ्ख्याको अनुपातमा विद्यालयको भौतिक संरचना सुधारको कार्य अगाडि बढाइएको छ, प्रारम्भिक बालविकास केन्द्रलाई आधुनिकरण गरी प्रभावकारी रुपमा सञ्चालन एवं व्यवस्थापन गर्ने कार्य भइरहेको छ ।’ नगरपालिकाभित्र सञ्चालित विद्यालयमा प्राविधिक विषय अध्ययन गर्दा कृष्णपुरवासीका लागि १० प्रतिशत आरक्षण, अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने विद्यालयलाई अनुदानको व्यवस्थाका साथै प्रत्येक वडामा कम्तीमा एउटा सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट अध्यापन गराउन योजना बनाइएको छ । विद्यालयमा शैक्षिक सामग्रीको अभाव पूर्ति, भौतिक पूर्वाधार सुधार, आधुनिक प्रयोगशालाको व्यवस्था, पुस्तकालय स्थापना, फर्निचरको व्यवस्था र खेलकुद सामग्रीको अभाव हुन नदिन आवश्यक बजेट व्यवस्था गरिएको उनको भनाइ थियो । रासस
‘कम्पनीको सुधार गर्न रेटिङ आवश्यक छ, एकपटक गरे भैहाल्छ भन्नु गतल बुझाइ हो’
काठमाडौं । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालकी सिनियर एनालिस्ट ग्रीस्मा ढुंगानाले कम्पनीको सुधार गर्न रेटिङ आवश्यक भएको बताएकी छिन् । मंगलबार धितोपत्र बोर्डले धितोपत्र बजारमा क्रेडिट मूल्याङ्कन सेवाबारे गरेको कार्यक्रममा उनले कम्पनीको रेटिङ जति धेरै भयो त्यति नै धेरै विश्वास बढ्ने बताइन् । उनले कुनै ऋणीले लिएको क्षमताको आधारमा रेटिङ गर्ने गरेको बताइन् । कम्पनीको काम गर्ने क्षमता र कम्पनीको क्यास फ्लोको आधारमा रेटिङमा असर पर्ने बताइन् । ‘युनाइटेड स्टेडबाट रेटिङ शुरु भएको हो,’ उनले भनिन्, रेटिङ विश्लेषण हुने भएकाले सेयर मार्केटमा आवश्यक पर्छ । यस्तै, इक्रा नेपालका सैलेश सुवेदीले ४ सय ग्राहकलाई नेपालमा मात्र ३ वटा कम्पनीले रेटिङ सुविधा दिइरहेकाे बताए । सुवेदीले रेटिङकाे बजार बढेपनि यसकाे लागि दक्ष जनशक्ति नभएकाे र भएकालाई पनि राम्राे सेवा नभएकाे गुनासाे गरे । वित्तिय स्थायित्वकाे लागि रेटिङको महत्वपुर्ण भएकाे बताउँदै उनले नितिगत रुपमा स्पस्ट निति नहुदा काम गर्न गाह्रो भएको बताए । ‘एकपटक रेटिङ गरेपछि भैहाल्यो भन्ने गतल बुझाइले काम गर्न गाह्राे छ,’ उनले भने । रेटिङले क्लाइन्टलाई प्रत्यक्षमा लाभ दिन नसकेपनि व्यवसायलाई विकास गर्न भने सहज गराउने उनी बताउँछन् । सुवेदीले धितोपत्र बोडसङ्ग सबैभन्दा नजिक भएर काम गर्ने संस्था रेटिङ कम्पनी भएपछि बोडले समन्वय गर्न नचाहेको बताए ।
कैलाली र कञ्चनपुरका किसानलाई धानबाली भित्र्याउन भ्याइनभ्याइ
कैलाली । झण्डै एकसाता अघि लगातार वर्षा भएर केही दिनदेखि आकाश खुलेकाले कैलाली र कञ्चनपुरका किसानलाई यतिबेला धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ । अविरल वर्षा भएपछि अघिल्लो वर्ष झै पूरै धानबाली क्षति हुन लागेकामा किसान चिन्तामा थिए तर चार/पाँच दिनको अविरल वर्षापछि आकाश खुलेपछि किसान हिजोआज बिहानैदेखि झिसमिसे अँध्यारोसम्म पनि खेतमै भेटिन्छन् । अहिले धान काट्न, थुपार्न र थ्रेसर गर्नमै व्यस्त देखिएका उनीहरु आकाश खुलेर धान काट्न पाएकामा खुसी छन् । परिवारका सानादेखि ठूला सबै सदस्य कोही धान काटिरहेका हुन्छन् त कोही काटेको धान थुपारिरहेका हुन्छन् । धनगढी उपमहानगरपालिका– २ की किसान मनसरा साउदले खेतमा धान पाकेर झर्ने अवस्थामा पुगेकाले आफू बिहानदेखि खेतमा व्यस्त हुने गरेको सुनाउँछन् । उनी भन्छन्, ‘हिजोआज घरको सबै काम छोडेर पनि खेतमै बढी समय बिताउने गरेको छु । र बिहान पनि सबेरै खेतमा जान्छौँ र झिसमिसे अँध्यारोसम्म खेतमै हुन्छौँ ।’ बडादशैंको भोलिपल्टदेखि सुरु भएको लगातारको बेमौसमी वर्षाले लगानी र मेहनत डुब्ने चिन्ताले यस क्षेत्रका अधिकांश किसानका मनमा खिन्नता भएको थियो तर वर्षा रोकिसँगै आकाश खुलेपछि किसानले बाली भित्र्याउन पाइने भएकामा खुसी व्यक्त गरेका हुन् । खेतमा धान काट्दै गरेका धनगढीको पुरानो भन्सार कटान गाउँका किसान ललित विष्टले मौसम सफा भएपछि रातिको १२ बजेसम्म पनि धान भित्र्याउनका लागि थ्रिसेर मेसिनको पालो कुर्नु परेको बताउँछन् । गतवर्ष वर्षाले पूरै धानबाली नोक्सान गरेपछि यसपाली छिटोछिटो बाली भित्र्याउन किसान हतारिएका छन् । कतिपय किसान त अघिल्लो वर्ष वर्षाको पानीले धानबाली नोक्सान गरेपछि त्यस किसिमको जोखिमबाट समयमै सचेत रही बाली छिटो भित्र्याउनका लागि ज्यालादारीमा थप कामदार लगाई धान भित्र्याउन लागिपरेका छन् । हातैले धान काट्ने र धानको मुठा चुटेर परम्परागत तरिकाले धान भित्र्याउने गरेका किसानसमेत यति बेला वर्षापछिको मौसम खुलेपछि आधुनिक उपकरण प्रयोग गरी धान भित्र्याउने गरेको पाइन्छ । किसान पहिले एकअर्कासँग पालोपैँचो तथा पर्मा गर्दै हातैले धान काट्ने, चुट्ने र भित्र्याउने गर्दथ्ये भने हिजोआज ती परम्परागत प्रविधि विस्थापित हुन थालेका छन् । किसानका खेतमा यसवर्ष सर्जु, मन्सुली, भालेमन्सुली, राधा–४लगायत धानका उन्नत जात बढी मात्रामा देखिन्छन् । गतवर्ष वर्षाले खेत डुबानमा परेपछि किसानले हप्तौँ दिनसम्म पनि धान उठाउन सकेका थिएनन् । खेत पानीले तलाउमा परिणत भएका थिए । काटेर चुट्न थुपारिएका धान खेतको पानीमै तैरिनाका साथै खेतमै धान उम्रिएर जमरा झै भएको थियो । कुहिएर धान पूर्णरुपमा क्षति भएको थियो । घरपालुवा पशुचौपायाको आहाराको लागि प्रयोग गरिने परालसमेत खेतमै कुहिएको थियो । रासस