उद्योग संगठन मोरङको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रममा १७ नयाँ उद्यमी छनौट 

<p>काठमाडौं । उद्योग संगठन मोरङले यस वर्ष १७ वटा नविन व्यवसायिक आइडियाहरुलाई स्टार्टअप उद्यमीका रुपमा छनौट गरेको छ । नविन सोच तथा अवधारणा भएका युवाहरुलाई उद्यमशिलतामा रुपान्तरणका लागि सहजिकरण गरी नयाँ व्यवसायहरुको श्रृजना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले संगठनले गत वर्षदेखि सञ्चालन गरेको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तरगत दोस्रो ब्याचका लागि १७ युवा उद्यमी छनोट [&hellip;]</p>

काठमाडौं । उद्योग संगठन मोरङले यस वर्ष १७ वटा नविन व्यवसायिक आइडियाहरुलाई स्टार्टअप उद्यमीका रुपमा छनौट गरेको छ ।

नविन सोच तथा अवधारणा भएका युवाहरुलाई उद्यमशिलतामा रुपान्तरणका लागि सहजिकरण गरी नयाँ व्यवसायहरुको श्रृजना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले संगठनले गत वर्षदेखि सञ्चालन गरेको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तरगत दोस्रो ब्याचका लागि १७ युवा उद्यमी छनोट गरेको हो ।

यस वर्ष छानिएका नवउद्यमीहरुमा छ जना महिला र ११ जना पुरुष रहेका छन । छनौट भएका स्टार्टअपहरु ४ दिनको बुट क्याम्प सम्पन्न भइसकेको संगठनले जनाएको छ । बुट क्याम्पमा बिजनेश हेल्थ चेकअप गरी मेन्टर तथा बिजनेश कोचहरुसँग म्याच मेकिङ गरिएको कार्यक्रमका समितिका संयोजक सुरेन्द्र गोल्छाले बताए ।

नव उद्यमीलाई सघाउन कार्यक्रम अन्तरगत १८ जना मेन्टर, ५ जना बिजनेश कोच र ६ जना स्टार्टअपफेलो समेत छनोट गरिएको छ ।

कार्यक्रम अन्तरगत छनौट भएका स्टार्टअपहरुको व्यवसायिक योजना तयारी, सो अनुरुप आवश्यक पर्ने प्राविधिक विषयहरुमा मेन्टरसिप, कोचिङ तथा परामर्श सेवा, नेटवर्क विस्तारका साथै बुट क्याम्पको आयोजना जस अन्तरगत बिजनेश क्यानभास मोडेल, विजनेश हेल्थ चेक अप, उपभोक्तासँग साक्षात्कार गराउन हाटबजार एवं विभिन्न विषयगत कार्यक्रमहरुका माध्यमबाट १२ महिना व्यवासायिक सेवा उपलब्ध गराउदै आवश्यक पर्ने लगानीमा समेत सहजिकरण गरिने कार्यक्रम रहेको गोल्छाले बताए ।

कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकार उद्योग श्रम तथा रोजगार मन्त्रालय, बिराटनगर महानगरपालिका, स्विस कन्ट्याक्ट, आसामान नेपाल, पूर्वाञ्चल विश्व विद्यालय, अन्तरप्रेरणा, नबिल बैंक, नेपाल युवा उद्यमी मञ्च लगायतका संस्थाहरुसँग संगठनले सहकार्य गरेको छ ।

Share News