काठमाडौं । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालकी सिनियर एनालिस्ट ग्रीस्मा ढुंगानाले कम्पनीको सुधार गर्न रेटिङ आवश्यक भएको बताएकी छिन् ।
मंगलबार धितोपत्र बोर्डले धितोपत्र बजारमा क्रेडिट मूल्याङ्कन सेवाबारे गरेको कार्यक्रममा उनले कम्पनीको रेटिङ जति धेरै भयो त्यति नै धेरै विश्वास बढ्ने बताइन् ।
उनले कुनै ऋणीले लिएको क्षमताको आधारमा रेटिङ गर्ने गरेको बताइन् । कम्पनीको काम गर्ने क्षमता र कम्पनीको क्यास फ्लोको आधारमा रेटिङमा असर पर्ने बताइन् । ‘युनाइटेड स्टेडबाट रेटिङ शुरु भएको हो,’ उनले भनिन्, रेटिङ विश्लेषण हुने भएकाले सेयर मार्केटमा आवश्यक पर्छ ।
यस्तै, इक्रा नेपालका सैलेश सुवेदीले ४ सय ग्राहकलाई नेपालमा मात्र ३ वटा कम्पनीले रेटिङ सुविधा दिइरहेकाे बताए । सुवेदीले रेटिङकाे बजार बढेपनि यसकाे लागि दक्ष जनशक्ति नभएकाे र भएकालाई पनि राम्राे सेवा नभएकाे गुनासाे गरे ।
वित्तिय स्थायित्वकाे लागि रेटिङको महत्वपुर्ण भएकाे बताउँदै उनले नितिगत रुपमा स्पस्ट निति नहुदा काम गर्न गाह्रो भएको बताए । ‘एकपटक रेटिङ गरेपछि भैहाल्यो भन्ने गतल बुझाइले काम गर्न गाह्राे छ,’ उनले भने ।
रेटिङले क्लाइन्टलाई प्रत्यक्षमा लाभ दिन नसकेपनि व्यवसायलाई विकास गर्न भने सहज गराउने उनी बताउँछन् । सुवेदीले धितोपत्र बोडसङ्ग सबैभन्दा नजिक भएर काम गर्ने संस्था रेटिङ कम्पनी भएपछि बोडले समन्वय गर्न नचाहेको बताए ।