निगमले सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्‍यो ७३ कराेड

<p>काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी संचय कोष र नागरिक लगानी कोषलाई ऋणको किस्तावापतको ७३ करोड ९ लाख रुपैयाँ तिरेको छ । निगमले विज्ञप्ति जारी गर्दै असोज ३१ गते सोमबार दुई कोषलाई ऋणको किस्ता वापत ७३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ तिरेको कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय [&hellip;]</p>

काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी संचय कोष र नागरिक लगानी कोषलाई ऋणको किस्तावापतको ७३ करोड ९ लाख रुपैयाँ तिरेको छ । निगमले विज्ञप्ति जारी गर्दै असोज ३१ गते सोमबार दुई कोषलाई ऋणको किस्ता वापत ७३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ तिरेको

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा कर्मचारी सञ्चय कोषको सावाँ र ब्याज वापतको ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ र नागरिक लगानी कोषको ऋण दायित्वको किस्ता बापतको २० करोड रुपैयाँ गरी जम्मा ७३ करोड ९ लाख ५५ हजार २८१ किस्ता वापतको रकम भुक्तानी गरेको निगमले विज्ञप्तिमा जनाएको छ ।

निगमले यसअघि नै कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्तावापतको एक अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ।

Share News