विकासन्युज

डिशहोममा १ वर्षको रिचार्ज गर्दा राजन दाहालले जिते एक लाख नगद

काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा जितपुर सिमरा उप महानगरपालिका वार्ड नं १६ महान्द्रनगर, सखुवाघाटका राजन दाहालले नगद एक लाख रुपैयाँ जितेका छन् । डिशहोममा १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यस योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाइने छ । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख रुपैयाँ जित्ने अवसर पाउनेछन् । यसै क्रममा जितपुर सिमरा उप महानगरपालिका वार्ड नं १६ महान्द्रनग, सखुवाघाटका निवासी राजन दाहालले एक लाख रुपैयाँ जितेका हुन् । श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्स हेटौडा को डिलर अन्र्तरगत रहेको बारा, सखुवाघाटका सह—बितरक गीता इन्टरप्राइजका डिलर दाई राजेश थापा मगरको मा एक वर्ष रिचार्ज गरेर दाहालले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए । डिशहोमको तर्फवाट एरिया सेल्सम्यन्जेर सन्जिब कार्की, सेल्स अफिसर गौरव घिमिरे ,श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्सका शिवराम श्रेष्ठबाट जितेको पुरस्कार रकम हस्तान्तरण गरेका हुन् । विजेता दाहाललाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यस योजनामा सहभागी जनाई लाभ लिनेछन् भन्ने विश्वास कम्पनीले जनाएकाे छ । लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सकिनेछ ।

सरकारबाट शिखर इन्स्योरेन्सले पायो उत्कृष्ट बीमा कम्पनीको पुरस्कार

काठमाडौं । शिखर इन्स्योरेन्सलाई सरकारबाट उत्कृष्ट बीमा कम्पनीको पुरस्कार प्रदान गरिएको छ । उत्पादन, पोषण र वातावरण सुधारः सुखी जीवनको अधार भन्ने नारा सहित नेपाल सरकार कृषि विभाग र विश्व खाद्य संघठनले आयोजना गरेको यस वर्षको ४२ औं विश्व खाद्य दिवस, २०२२ को अवसरमा कृषि बीमा र दाबी फर्छ्यौट गर्ने उत्कृष्ट बीमा कम्पनीको रुपमा शिखर इन्स्योरेन्सलाई नगद १०,००० रुपैयाँ सहित प्रमाण पत्र प्रदान गरिएको छ । नेपालमा कृषि बीमामा बिकाश र कम्पनीबाट जारी बीमालेखको बमोजिम परेका दाबी, दावीको व्यवस्थापन र फर्छौट गरेको आधारमा यो पुरस्कार प्रदान गरिएको छ। हरेक वर्ष अक्टोवर १६ तारिखमा विश्वभरी खाद्म संकट र भोकमरिको विरुद्ध एक्यवद्ध भई लड्नका लागि विश्व खाद्यान्न दिवस मनाईन्छ, नेपालमा ४२ औं विश्व खाद्य दिवस कृषक र सरोकारवाला निकायहरुको उपस्थितीमा सम्पन्न भएको हो । किसानलाई भएको जोखिम तथा क्षतिको क्षति पुर्ति प्रदान गरेकै कारण यसै कम्पनीलाई  एयनएसएबि द्धारा २०१९ मा ५०,००० पाउण्ड स्ट्रर्लिङ बराबर पुरष्कार रासी प्रदान गरिएको थियो । स्थापना कालदेखि नै नेपाली बीमा क्षेत्रमा विशिष्ट छाप छोड्दै नेपालको अग्रणी बीमा कम्पनीका रुपमा रहदै आएको यस कम्पनी इक्रा नेपालबाट ए रेटिङ प्राप्त गरेको नेपालको एकमात्रै निजिर्वन बीमा कम्पनी समेत हो ।

डलर हालसम्मकै महँगो, १ डलर साट्न १३३ रुपैयाँ १४ पैसा खर्च गर्नुपर्ने

काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । डलरले मूल्यले नयाँ उचाइ कायम गरेसँगै नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि सार्वजनिक गरेको विनीमयदर अनुसार एक डलरको खरीददर १३२ रुपैयाँ ५४ पैसा तोकिएको छ । यस्तै, डलरको बिक्रीदर १३३ रुपैयाँ १४ पैसा तोकिएको छ । अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमासमेत नकारात्मक असर पर्ने अनुमान गरिएको छ । विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्नेछ । मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्नेछ । नेपाली मुद्रा र भारतीय मुद्राबीच स्थिर विनिमय दर भएकाले पनि डलरको मूल्यमा असर परेको हो । भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको असर नेपाली मुद्रामासमेत पर्न गएको छ ।

अर्थमन्त्री र गभर्नरसँग निजी क्षेत्रको छलफल, घट्ला त ब्याजदर !

काठमाडौं । ब्याजदरका विषयमा निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले अर्थमन्त्री र गभर्नरसँग छलफल गर्ने भएको छ । ब्याजदर घटाउन र चालु पूँजी कर्जा सम्वन्धी मार्गदर्शन परिमार्जनको मागसहित बिहीबार अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गर्ने भएको हो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले एक वर्षमा ब्याजदर ८० प्रतिशतसम्म बढेको र चालु पुँजी कर्जा सम्वन्धी मार्गदर्शनले झन् समस्या आउने भन्दै परिमार्जन गर्ने माग सहित दुवै निकायका प्रमुखसँग छलफल गर्ने बताएका हुन् । बिहीबार २ बजे अर्थमन्त्रालयमा हुने छलफलमा राष्ट्र बैंकका गभर्नर अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरु सहभागी हुनेछन् ।  उनले बैंकहरुले ८ प्रतिशतसम्म प्रिमियम लिएकाले उद्योगी व्यवसायी ठूलो समस्यामा परेको बताए । ‘बैंकहरुले ८ प्रतिशतसम्म प्रिमियम लिएका छन्, एक वर्षमा ८० प्रतिशतसम्म ब्याज बढेको छ जसले गर्दा हामी ठूलो समस्यामा परेका छौं,’ उनले भने । राष्ट्र बैंकले चालु पुँजी कर्जाको सिमा २० प्रतिशतमा झारेको थियो । उक्त व्यवस्थाले अर्थतन्त्र झनै समस्यामा पर्ने भएकाले समयमा नै परिमार्जन गर्नु पर्ने अध्यक्ष गोल्छाको माग छ । साथै उनले चालु आर्थिक वर्षको हालसम्म १९ प्रतिशत राजश्व घटेकाले सरकारले यसमा सजग हुनु पर्ने उनको सुझाव छ । उनले महासंघले विभिन्न क्षेत्रमा सर्भे गर्दा निर्माणमा ६० प्रतिशत, जुत्ता उद्योगमा ७० प्रतिशतसम्म गिरवाट भएको देखिएको जानकारी दिए ।

होङ्सी शिवम सिमेन्टले गर्यो १७ अर्बको व्यापार, साढे ६ अर्ब ऋण लिँदै

काठमाडौं । होङ्सी शिवम् सिमेन्टले एक वर्षमा १७ अर्ब ५ करोड ५० लाख रुपैयाँको व्यापार (अपरिष्कृत) गरेको छ । कम्पनीले सन् २०२२ मा सो व्यापार गरेको हो । कम्पनीको गत वर्षको तुलनामा भने व्यापार घटेको छ । गत वर्ष कम्पनीले १७ अर्ब ४५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको व्यापार ४२ करोड २० लाख रुपैयाँले घटेको छ । सन् २०२० मा १३ अर्ब ३७ करोड १० लाख र सन् २०१९ मा १३ अर्ब ४८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले ६ अर्ब ५० करोड रुपैयाँ अल्पकालिन ऋणका लागि रेटिङ गराएको छ । जसले इक्रा नेपालबाट ए प्लस रेटिङ पाएको छ । यस उद्याेगमा दुई कम्पनीको लगानी छ । हङकङ रेड लियन सिमेन्टकाे ७० प्रतिशत र शिवम होल्डिङ प्राइभेट लिमिटेडको ३० प्रतिशत सेयर लगानी छ । पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम सिमेन्टले २०७५ देखि व्यावसायिक उत्पादन थालेको हो । करीब ३६ अर्बको लगानीमा नवलपरासीको सर्दीमा सिमेन्ट उत्पादन सुरु भएको थियो ।

महानगरद्वारा डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान

विराटनगर । विराटनगर महानगरपालिकाले डेङ्गु रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । सरोकारवालालाई राखेर अभिमुखीकरणपछि महानगरले डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानलाई तीव्रता दिएको हो । महानगरको स्वास्थ्य महाशाखाको सक्रियतामा बुधबार विराटनगर–८ का विभिन्न टोलमा लामखुट्टेको लार्भा खोज तथा नष्ट अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ । वडाध्यक्ष राम पोखरेलको नेतृत्वमा शान्तिचोकदेखि दक्षिण जतुवासम्म रहेका मोटरसाइकलका ग्यारेज, स्थानीयको घर र पानी जमेको स्थानमा लामखुट्टेको लार्भा खोजेर नष्ट गरिएको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । विशेष गरी टायर, झाडी, जमेको फोहोर पानीलगायतमा डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टे बस्ने भएकाले खोज तथा नियन्त्रण अभियानलाई तीव्रता दिएको वडाध्यक्ष पोखरेलले जानकारी दिए । यसअघि महानगरले स्वास्थ्य, नागरिक समाजसहित सरोकारवालालाई राखेर डेङ्गुु नियन्त्रण तथा रोकथामका लागि अभिमुखीकरण सञ्चालन गरेको थियो । महानगरका प्रमुख नागेश कोइरालाको निर्देशनअनुसार सबै वडामा डेङ्गु नियन्त्रणको अभियान सञ्चालन गरिरहेको महाशाखा प्रमुख अलीले बताए । सो कार्यअन्तर्गत हरेक दिन विभिन्न वडामा लामखुट्टे र लार्भा नष्ट गर्ने अभियान जारी छ । यसअघि मङ्गलबार वडाध्यक्ष श्याम घिमिरेको नेतृत्वमा वडा नं १९ मा खोज तथा नष्ट गर्ने अभियान सञ्चालन गरिएको थियो । महानगरको अभियानपछि सङ्क्रमणसमेत घट्दै गएको महानगर स्वास्थ्य महाशाखा प्रमुख अलीको दाबी छ । घर वरिपरि फोहोर पानी जम्न नदिने, सुत्दा झुल टाँगेर मात्रै सुत्ने, शरीर ढाक्ने लुगा लगाउने लगायतका विधि अपनाएमा डेङ्गुको सङ्क्रमणबाट बच्न सकिने चिकित्सकले बताउँदै आएका छन् । रासस

प्राइम लाइफ इन्स्योरेन्सको १३.६८ प्रतिशत लाभांश घोषणा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । इन्स्योरेन्स कम्पनीको कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷२०७८ को नाफाबाट सेयरधनीहरुलाई १३.६८४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८ को लागि हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत अर्थात् ३६ करोड १३ लाख ५० हजार २५ रुपैयाँ बराबरका बोनस सेयर र ०.६८४२ प्रतिशत अर्थात् १ करोड ९० लाख १८ हजार ४२२ रुपैयाँ बराबरको नगद गरी कूल १३.६८४२  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिबाट स्वीकृत भएर आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुले प्राप्त गर्नेछन् ।

व्यवसायिक पशुपालनबाट मनग्य आम्दानी गर्दै किसान

दोधारा चाँदनी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का हरिभान साउँद व्यावसायिक रुपमा पशुपालनमा लागेका छन् । ७० लाख रुपैयाँ लगानी गरेर उनले बाख्रा, कुखुरा, बङ्गुर, माछा, कालिज र बट्टै पालन गरिरहेका छन् । कोरोना महामारीका बेला भएको लकडाउनका कारण पत्रकारिता छोडेर व्यावसायिक रुपमा पशुपालनमा लागेको उनले बताए । ‘सुरुमा मैले बट्टै पालन गरेको थिए पुख्यौली पेसा बाख्रा पालनले मलाई कृषिको सम्भावना देखायो ।’ उनले भने, ‘लकडाउनपछि मैले चन्द्रप्रताप एग्रो फार्म सञ्चालन गरेर व्यावसायिक रुपमै पशुपालनमा लागे ।’ सुरुआतामा रु चार लाख लगानीमा बाख्रा पालन सुरु गरेका उनले व्यवसाय विस्तार गर्दै अहिले ७० लाख रुपैयाँ लगानी गरेको उनले बताए । ‘बाख्रा पालनबाट कृषिमा सम्भावना देखेपछि मैले व्यवसाय विस्तार गर्दै गए अहिले भैँसीपालनका लागि तयारी गर्दै छु ।’ उनले भने, ‘यो पेशा मैले आत्मसन्तुष्टिका लागि रोजेको हु यसमा टिक्न सक्यो भने राम्रो फाइदा छ ।’ उनको फार्ममा अहिले दुई सय वटा उन्नत जातका बाख्रा, एक सय वटा बङ्गुर रहेका छन् । बाख्रापालनमा राम्रो सम्भावना देखेका उनले बाख्रा पालन बढाएर पाँच सयसम्म पुगाउने लक्ष्य रहेको सुनाए ।’अहिले प्रदेश सरकारबाट पनि मैले  ४० लाख अनुदान पाएको छु ।’ उनले भने, ‘अनुदानले मलाई सहज भएको छ व्यवसाय विस्तार गर्छु ।’ अहिले भैँसीपालनका लागिसमेत आधुनिक गोठ निमार्ण गरिरहेको उनले बताए । ‘भैँसीपालनमा पनि राम्रो सम्भावना देखेको छु सुरुआत चार वटा भैँसीबाट गर्छु ।’ उनले भने, ‘विस्तारै २० वटासम्म भैँसीपालन गर्ने लक्ष्य छ ।’ पशुपालनमा थुप्रै समस्या रहेको भए पनि बजार समस्या भने कहिले झेल्नु नपरेको उनले बताए । ‘हरेक बुधबार यहाँबाट काठमाडौं मैली खसी पठाउने गरेको छु अहिले प्रसस्त माग छ ।’ उनले भने, ‘अहिले एकीकृत गरेर पशुपालन गरेको छु स्थानीय तहसँग समन्वय गरेर अन्य किसानलाई समेत अनुदानमा बाख्रा वितरण गरिरहेका छौँ ।’ उनको फार्ममा अहिले १० जनाले रोजगारी पाएका छन् । रासस