काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा जितपुर सिमरा उप महानगरपालिका वार्ड नं १६ महान्द्रनगर, सखुवाघाटका राजन दाहालले नगद एक लाख रुपैयाँ जितेका छन् ।
डिशहोममा १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यस योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाइने छ ।
साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख रुपैयाँ जित्ने अवसर पाउनेछन् । यसै क्रममा जितपुर सिमरा उप महानगरपालिका वार्ड नं १६ महान्द्रनग, सखुवाघाटका निवासी राजन दाहालले एक लाख रुपैयाँ जितेका हुन् ।