सप्तरीमा माटोका भाँडा किन्नेको भीड
राजविराज । सप्तरीको राजविराजस्थित हटियामा लक्षमीपूजा अर्थात् दिपावलीको अवसर पारेर बजारमा माटोका दियासहितका भाँडा किन्नेको दैनिक भीण्ड लाग्ने गर्दछ । लक्ष्मी पूजा नजिकिँएसँगै बजारमा माटोका भाँडादेखि विभिन्न पूजाका सामग्री किन्नेको चहलपहलसमेत बढेको देखिन्छ । कुमाल जातीले बनाउने माटोका मूर्ति, सरसामान अति नै शुद्ध हुने भएकाले यसको बिक्रिवितरणमा वृद्धि भएको जनाइएको छ । पूजापाठमा माटोद्वारा निर्मित सामान प्रयोग गरिँदै आइरहेका हुनाले माटोका भाँडा लक्ष्मीपूजामा प्रयोग गर्नेको सङ्ख्या यतिखेर बढेको कुमाल रामकुमार पण्डितले बताए । चार्डपर्व नजकिँदै गर्दा ठाउँ/ठाउँमा माटोको भाँडा, फलफूल, विभिन्न मूर्तिका सामान र माटोको भाँडामा ढकनी, दीप, घैँलो लगायतका खरिदबिक्री भइरहेको व्यापारी बताउँछन् । साथै नयाँ भाँडा चोखो भएको हुनाले पनि त्यसको पनि बिक्री भइरहेको छ । जिल्लाको भारदह, कञ्चनपुर, हनुमाननगर, रुपनी, बोदेबरसाइन् लगायतका विभिन्न ग्रामीण भेगका बजारमा पनि सुनदेखि नून सम्मको सामान मानिस किनमेल गरिरहेको पाइएको छ । यही कात्तिक ७ गते सोमबार हुने दिपावलीका लागि सजावटको समानसहित दिप, मैनवती अगरबती, लड्डू र प्रसादका समानसमेत खरिदबिक्री बढेको सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका–१ भारदहका मिठाइ व्यवसायी जुगेश्वर साहले बताए । शनिबारदेखि सुरु हुने हिन्दूको चार्डपर्व तिहारको लक्ष्मीपुजा दिपावली गाईपूजा, भरदुतीया, सूर्य देवतालाई अर्घ दिएर पूजा गरी तराई–मधेसका जिल्लामा छठपर्व मनाइने गरिन्छ । रासस
जुत्ता सिलाउने भन्छन् : विदेशमा मजदुरी गर्नुभन्दा यही काम ठीक छ, दैनिक १ हजारसम्म कमाई हुन्छ
सिन्धुली । सिन्धुलीको सदरमुकाम सिन्धुलमाढीको बसपार्क अगाडि मधुटार जाने बाटो छ । बाटो छेउमा लामै लाइन देखिन्छ, जुत्ता–चप्पल बनाउनेहरूको । लाइनभित्रै भेटिन्छन्, महोत्तरीको गौशाला नगरपालिका–११ कालिपुलका नथुनी राम ४३ वर्ष । जुत्ता–चप्पलको तलुवा फेर्नु, फाटेको टल्काउनु, च्यातिएको सिउनु र चुडिएको जोड्नु उनको पेसा हो । यो पेसाले उनलाई दाम दिएको छ । दामले जसोतसो जीविका चल्दैछ । दैनिक जीविका चलाउन रहर जलाउनुको विकल्प छैन । यसरी जुत्ता सिएरै दुई दशक बितिसकेको उनी बताउँछन् । हजुरबाले गर्दै आएको कामलाई बुवाले निरन्तरता दिए । रोगले थलिएर उमेरमै बुवाको मृत्यु भएपछि जेठो सन्तानका रुपमा जन्मेका नथुनीलाई नौ जनाको परिवार पाल्ने जिम्मेवारी थपियो । आर्थिक अभावका कारण पढ्लेख गर्न नपाएका उनी सानै उमेरमा बुवाले गर्दै आएको पेसा अँगाल्न बाध्य भए । यो पेसा सुरु गर्दा उनी १६ वर्षे ठिटो थिए । हप्ताको एकपटक सरकारी कर्मचारीले लगाउने छालाका जुत्ता टल्काउन सिन्धुलीमाढी आए । महोत्तरीबाट २० रुपैयाँ गाडी भाडा तिरेर माढीबजार आएको उनलाई हिजोजस्तो लाग्छ । त्यो बेलाको सिन्धुली सम्झिँदा अहिले सपनाजस्तो लाग्ने उनले बताए । उनका अनुसार पछिल्लो समय जिल्लामा आमूल परिवर्तन आएको छ । त्यतिबेला यहाँ काठका घर पातला थिए । अहिलेको फोस्रेटार, धुराबजार, मधुटार, गैरीबजार, ढुङ्ग्रेबासमा घना जङ्गल थियो । बसपार्कमा एउटा मात्र काउन्टर थियो । दैनिक दुई–चारवटा मात्र बस चल्थे । समय सधैँ कहाँ एकैनास हुने रहेछ र ? आफ्नो केश फुल्न थाले । माढीबजारको रङ बदलियोे । काठका घर विस्थापित भए । सिमेन्टका ठूला–ठूला घरहरु बन्दै गए । जङ्गल गाउँ हुँदै सहरमा परिर्वतन भयो । सवारीसाधनको चाप बढ्यो । काउन्टर थपिँदै गए । पार्कले थेग्नै छोडिसक्यो । चहलपहल बढ्दै गयो । गाँस, बास, कपासलगायतका उपभोग्य सामग्रीको मूल्य आकाशियो । समय पूरै परिर्वतन भयो । उनी भन्छन्, ‘तर हाम्रा दुःख ज्यूँका त्यूँ छन् । मेहेनत र सङघर्षले विश्राम लिएको छैन । थकानले विश्राम पाउँदैन ।’ आधुनिक प्रविधिको जमानामा पनि उनको काम गर्ने शैली पुरानै छ । जीवन भोगाइमा पृथकता आउन सकेको छैन । उनले आफ्नो जीवनशैली परिर्वतन गर्न नचाहेको पनि होइन । आर्थिक अवस्था कमजोर भएपछि रहर एकातिर आफ्नो बाध्यता अर्कोतर्फ हुने बताए । ‘मेरो छोरो र भाइहरु सबैले यस्तै काम गर्छन्, जागिर गर्न पढेका छैनन्, बुवाआमाले मलाई पढाउन सक्नुभएन, मैले छोराछोरीलाई पढाउन सकिनँ’, उनले भने । जुत्ता, चप्पल सिलाएर कमाएको पैसाले अत्यावश्यक गाँस, बास र कपास पु¥याउनै धौधौ हुने उनको भनाइ छ । ‘कोठाभाडा, बिजुली बत्ती र पानीको लागि महिनैपिच्छे पाँच हजार छुट्याउनु पर्छ । पाँच जनाको परिवारलाई चामल, तरकारी, नुनतेल, लुगाफाटो, चाडबाडमा पाहुनाको सत्कारमा खर्च ठूलो छ । कमाई महिनामा १०–१५ हजार पनि हुँदैन’, उनले सुनाए । नथुनीको भाइ राजकुमार राम वर्ष ३९ को कथा दाइको भन्दा कम छैन । सानो उमेरमा आर्थिक अभावका कारण ठूलो दबाबमा परे । दाइको कमाइले बिरामी आमाको उपचार गर्न खर्च पुगेन । मजदुरी गर्न भारत गए । लेखपढ नभएको उनलाई चाहेको जस्तो काम मिलेन । बल्लतल्ल मिलेको काम पढलेख नभएकै कारण गर्न सकेनन् । भारतमा टिक्न गाह्रो भयो । जुत्ता, चप्पल बनाउन, सिलाउन, तलुवा लगाउनलगायतको जो अहिले गरिरहेको सीप सिकेर गर्ने निर्णयमा पुगे । सीप सिक्ने तालिम लिन पैसा थिएन । अरुले काम गरिरहेको ठाउँमा गएर हेरेकै भरमा सबै सीप जानेको उनले बताए । राजकुमारसँग नयाँ जुत्ता, चप्पल बनाउने कला पनि छ । मागअनुसार जस्तो भन्यो त्यस्तै बनाइदिन सक्ने सीप आफूसँग भएको उनले सुनाए । यसका लागि स्रोत र साधन जुटाउन नसकेको उनको भनाइ छ । ‘कोठा लिएर पसल खोल्नसमेत नसकेर धुँलोधुवा, उखरमाउलो गर्मी, झरी, हावाहुरी सबै सहेर दैनिकी सडकमै बताउनुपरेको छ’, उनले भने, ‘पसल खोल्न पैसा छैन । बिनाधितो बैंकले ऋण दिँदैन । धितो राख्न जमिन छैन, सीप भएर के गर्नु ‘ उनले दुःखेसो पोखे । जुत्ता चप्पल सिलाउँदा–सिलाउँदै रोगले थला परेका बुवाको उपचार गर्दा ऋण लाग्यो, बाँच्नु भएन । आमाको पनि दुःखद् निधन भयो । एक जना दाइले जुत्ता सिलाएको कमाइले पेटभरि खानै पुग्थेन । पढ्न जान कपी नै हुँदैन थियो उनले विगतलाई सम्झिँदै भने, ‘नपढेता पनि सीप सिकेको छु । यही सीपले चार जनाको परिवार पालेको छु । कहिलेकाहीँ कमाइ नै हुँदैन । व्यवहार टार्न मुस्किल पर्छ । बाँकी दिनमा एक सयदेखि एक हजारसम्म कमाइ हुन्छ ।’ यही पैसाले छोराछोरीलाई सरकारी स्कुलमा पढाएको समेत उनले सुनाए । विदेशमा मजदुरी गर्नुभन्दा यसैमा खुसी मिलेको उनले बताए । जुत्ता, चप्पलको उद्योग चलाउन स्थानीय सरकारको ढोका पटकपटक ढकढकाउँदा समेत केही सयोग लिन नसकेको उनको गुनासो छ । मेसिनलगायतका आवश्यक सामान किन्न तीन लाख रुपैयाँ मात्र ऋण पाएको भए यसैबाट कमाइ हुन्थ्यो र तिर्थे भन्ने उनलाई लागेको छ । नथुनी र राजकुमारको जस्तै महोत्तरीको औरही नगरपालिका–६ बैरियाका विन्देश्वर राम ४२ वर्ष को तीन पुस्ताको जिउने आधार यही पेसा भएको छ । वैदेशिक रोजगारीका क्रममा कतार र मलेसिया पाँच वर्ष विताएर आफ्नो देश फर्किएका उनले बुवाले गर्दै आएका पेसालाई निरन्तरता दिएका हुन् । छोरा सञ्जय राम १७ वर्ष र भतिजा विजय राम २८ वर्ष पनि यतै जुत्ता सिलाउने काम गर्दछन् । बुवा दुखा राम ७० वर्ष अझैसम्म यही काम गरिरहेकाे उनले बताए । ‘आफू त नपढेर दुख पाए, छोराले पढेर जागिर गरोस् भनेर पढाउने धेरै कोशिस गरें, पढेन । यो पेसामा पहिलोको जसरी कमाइ हुन छोड्यो, अब नागरिकता बनाएर विदेश पठाईदिन्छु,’ उनले भने । चार छोरी र दुई छोराका बाबु बताउने विन्देश्वर दुई छोरीको बिहे गरिदिएको र बाँकी रहेका छोराछोरी, घर परिवारको खर्च बाबुछोराको कमाइले धानेको बताउँछन् । सम्पत्तिको नाममा बुवाको नाममा दुई कठ्ठा जमिन छ । उनको दुई दाजुभाइले बुवाको त्यही जमिनमा छुट्टाछुट्टै घर बनाएर यही पेसा गरेर परिवार पालेका छन् । सिन्धुलीमाढीमा महोत्तरीका मात्रै १५ जनाभन्दा बढी छन् । उनीहरु सबैको आर्थिक अवस्था नाजुक छ । जुत्ता, चप्पल सिलाउनका लागि चाहिने सामान्य सामान पनि सिन्धुलीमा पाइँदैन । जनकपुर, काठमाडौँ या त भारतका बजारमा लिन जानु पर्छ । स्थानीय सरकारर्ले बस्ने ठाउँको उचित व्यवस्थापन गर्नेतर्फ चासो राखेको छैन । कर भने हरेक हप्ताकाे शनिबार ५० रुपैंयाका दरले लिने गरेको महोत्तरीको औरही नगरपालिका–६ बैरियाका नागेन्द्र रामले ३७ वर्ष बताए । यसैगरी, सार्वजनिक शौचालय प्रयोग गरेवापत प्रत्येक दिन प्रतिव्यक्ति बीस रुपैयाँ तिर्नु पर्ने उनले जानकारी दिए । सरकारले जीविका धान्नको लागि सडकमा बसेर जुत्ता, चप्पल सिलाउने व्यवसायीहरुको सीपलाई सम्मान नगरेको उनको भनाइ छ । यो र यस्तै सीपलाई व्यवस्थापन, संरक्षण, प्रवद्र्धन गर्न सके स्थानीय स्तरका धेरै युवाहरुले रोजगारी पाउने उनको धारणा छ । यसतर्फ कसैको ध्यान जान नसकेको उनले बताए । नागेन्द्रले सिन्धुलीमा यसरी जुत्ता सिलाउँदै आएको २६ वर्ष वित्यो । परिवारको दैनिक खर्च टार्नका लागि जुत्ता, चप्पल मर्मत गर्न थालेको बताउँदै उनले भने, ‘खेतवारी छैन, पेट पाल्नका लागि जसरी भएपनि कमाउनै पर्याे ।’ उनी जुत्ता मर्मत गरेर दैनिक चार सयदेखि एक हजार रुपैंयासम्म कमाउँछन् । त्यही कमाइले कोठाभाडा तिर्न, खानेकुरा जुटान, लुगा लगाउन, छोराछोरी पढाउन, बिरामी हुँदा औषधि, उपचार गर्नलगायतको लागि खर्च पु¥याउनु पर्ने उनले बताए । जुत्ता, चप्पल सिलाउने सियोदेखि आवश्यक कच्चा पदार्थसम्म बाहिरबाट महँगो मूल्य तिरेर ल्याउनुपर्ने र सेवाग्राहीले यसको मर्म नबुझिदिने उनकाे गुनासो छ । यो रामहरुको पुर्ख्याैली पेसा नै हो । आर्थिक र व्यावसायिक तालिमको अभावमा उनीहरुको पेसाले सम्मान पाउन सकेको छैन । उनीहरुको सीपलाई संरक्षण तथा प्रद्रवधन गरी व्यावसायिक रुपमा अगाडि बढाउन सके थप रोजगारीको सिर्जना हुने थियो । साथै, आम्दानी बढ्ने हुँदा उनीहरुको दैनिक जीविकामा सहयोग पुग्ने व्यवसायीहरु बताउँछन् । रासस
होण्डा एक्सचेन्ज महोत्सव : पहिलो २५० जना ग्राहकलाई ५० हजारसम्म छुट
काठमाडौं । होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ुतिहार एक्सचेन्ज महोत्सवु नामक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यो योजना अन्तर्गत ग्राहकहरूले प्रत्येक एक्सचेन्जमा थप सात हजार वा दशैंरतिहार योजना रोज्न सक्नेछन् । होन्डाका पहिलो २५० ग्राहकहरूले एक्सचेन्जको न्यूनतम मूल्याङ्कन ५० हजार पाउनेछन् । कात्तिक १ गतेदेखि सुरु भएको यस योजना कात्तिक ६ गतेसम्म सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।
बस्तीका शतप्रतिशत मुसहर समुदायका बालबालिका विद्यार्थी भर्ना
जनकपुरधाम । घरदेखि करिब दुई सय मिटरको दूरीमा छ स्कुल तर, सप्तरीको डाक्नेश्वरी नगरपालिका– ५ पातोका १० वर्षीय किसनकुमार सदा विद्यालय जाँदैन्थे । पढ्ने रहर भएर पनि सामाजिक रुपमा गरिँदै आएको अपमानजनक व्यवहार र चेतनाको आभावमा विद्यालय नगएर घरको काममा आफ्ना बुबाआमालाई सघाउँदै आएका थिए, तर स्थानीयवासी युवा र महिलाको लामो प्रयास पश्चात अहिले विगत एक वर्षदेखि उनी नियमित स्कुल जान थालेका छन् । बाह वर्षको उमेरसम्म विद्यालयको मुखसम्म हेर्न नपाएका स्थानीयवासी ब्रह्मकुमार सदा पनि अहिले एक वर्षदेखि विद्यालय जाँदैछन् । स्थानीय जनता मावि तरहीको कक्षा ३ मा पढ्दै आएका सन्तोष र अशोकले अगुवा युवा तथा महिलाको सक्रियतामा आफूहरुले विद्यालयसम्म पुगेको बताएका छन् । हरुवाचरुवा परिवारका युवा र महिला सङ्गठित भएर अभियान चलाएपछि सन्तोष र अशोक मात्र होइन्, शिक्षाको उज्यालो घामबाट वञ्चित सो बस्तीका ३० बालबालिका एकै पटक स्कुल भर्ना भएर पढ्न थालेका छन् । ‘मुसहर बस्तीका हामी सबै प्रत्येक महिनामा एक पटक बैठक बस्छौंँ’, स्थानीय युवा तथा समाजिक अभियानकर्मी नरेश सदाले भने, ‘त्यही बैठकबाट सबै अभिभावकलाई विद्यालय जाने उमेरका आफ्ना बच्चालाई अनिवार्य विद्यालय पठाउनुपर्ने निर्णय गर्छौ ।’ दलित समुदायमा पनि सबैभन्दा पछाडि परेको मुसहर समुदायका बालबालिका स्कुलसम्म पुगेपछि पूरै बस्ती नै पूर्ण साक्षर हुने बाटोमा अघि बढ्को स्थानीयवासीले बताएका छन् । सामाजिक, आर्थिक र शैक्षिकलगायत सबै क्षेत्रमा पछाडि परेको हरुवाचरुवा मुसहर समुदायका बालबालिकालाई विद्यालयसम्म ल्याउन धेरै मेहनत गर्नुपरेको सामाजिक क्षेत्रमा क्रियाशील श्रीपुर्राज सामुदायिक विकास केन्द्रका टिम लिडर विनोदानन्द चौधरी बताउँछन् । ‘सुरु सुरुमा चेतनाको आभावमा मुसहर समुदायका अभिभावक बच्चालाई विद्यालय पठाउनै नमान्दैनथे’, टिम लिडर चौधरीले भने, ‘तर नियमित रुपमा हामीले स्थानीयस्तरमा हरुवाचरुवा नगर सञ्जाल बनाएर सङ्गठित रुपमै दबाब दिएपछि बल्ल अभिभावक आफ्ना छोराछोरीलाई विद्यालय पठाउन मञ्जुर भएका छन् ।’ मुसहर बस्तीका विद्यार्थी स्कुल जान थालेपछि अभिभावकसमेत उत्साहित बनेको उनको भनाइ छ । करिब दुई सय घरपरिवार रहेको मुसहर समुदायबाट पहिला मुस्किलले दुई/तीन बालबालिका मात्र विद्यालय आउने गरेकामा पछिल्लोे वर्षदेखि सो बस्तीका शतप्रतिशत बालबालिका विद्यालयमा भर्ना भएको जनता माविका शिक्षक पुलकित मुखियाले बताए । द फ्रिड्म फण्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित हरुवाचरवा सशक्तिकरण अभियानअन्तर्गत गठित बाबा डिहबार हरुवाचरवा परिवारमा आवद्ध भएर स्थानीयवासी सामाजिकसँगै आयआर्जनको बाटोमा समेत अघि बढेको छन् । छुवाछुत र भेद्भावलाई छाडेर सो गाउँका हरुवाचरुवा मुसहर परिवारका सदस्य अहिले बस्तीको विकास र आयआर्जनको काममा समेत नेतृत्व लिँदै आएका छन् । ‘छुवाछुत भनेको अन्धविश्वास हो, यसले मानव समाजलाई नै अघि बढ्न दिँदैन्’ स्थानीय युवा राजेश चौधरीले भने, ‘समाजमा उच निचको कुरा गर्नुहुदैन् भन्ने हामीमा ज्ञानको विकास भयो ।’ समूहमा महिला र पुरुष सबैलाई सहभागी गराएर एकापसमा आयआर्जन र सरसफाइको कुरा चलाएपछि स्थानीयमा सरसफाइ र बालबालिकालाई विद्यालय पठाउनुपर्छ भने सोचको विकास भएको हरुवाचरुवा नगर सञ्जालका अध्यक्ष मधु सदाले बताए । रासस
बालेनको सक्रियतापछि राजश्व संकलनमा वृद्धि, तीन महिनामा दोब्बरले उठ्यो
काठमाडौं । काठमाडौं महानगरपालिकाको राजस्व संकलनमा वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७८/७९ असोज सम्मको तुलनामा चालु आर्थिक वर्षको असोजसम्ममा महानगरको राजस्व करिब दोब्बरले वृद्धि भएको हो । महानगरको राजस्व संकलनमा ८३.१९ प्रतिशतले वृद्धि भएको काठमाडौं महानगरपालिका राजश्व विभागका प्रमुख शिवराज अधिकारीले बताए । चालु आर्थिक वर्षको असोजसम्ममा सम्पत्ति, घरवाहल, सवारीसाधन कर, रजिष्ट्रेसन दस्तुर, नक्सा पास दस्तुर, व्यवसाय रजिष्ट्रेसन दस्तुर, पार्किङ शुल्क लगायतका क्षेत्रमा राजश्व संकलन वृद्धि भएको छ । विभागका प्रमुख अधिकारीका अनुसार चालु आर्थिक वर्षको असोज महिनासम्ममा २ अर्ब ३५ करोड ८० लाख १८ हजार ३ सय ८५ रुपैयाँ राजश्व संकलन भएको छ । महानगरले गत आर्थिक वर्षको असोजसम्ममा १ अर्ब २८ करोड ७१ लाख ३२ हजार ६ सय ७७ रुपैयाँ संकलन गरेकाे थियो । गत आर्थिक वर्षको असोजसम्मको तुलनामा महानगरले चालु आर्थिक वर्षको असोजसम्म एक अर्ब ७० करोड ८८ लाख ७ हजार ७ सय ८ रुपैयाँ बढी राजश्व संकलन गरेको हो । महानगरकाे गत आर्थिक वर्षमा ९ अर्ब ८ करोड ७० लाख १३ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । चालु आर्थिक वर्षमा महानगरले १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । महानगरले कर नतिर्ने ठूला करदातालाई पत्राचार गरेर कडाइ गरेपछि राजस्व संकलनमा वृद्धि भएको महानगरले बताएको छ । महानगरपालिकाले वर्षौंदेखि कर नतिर्ने ठूला तथा साना कम्पनीलाई निश्चित समय नै तोकेर कर तिर्न ताकेता गरेको छ । ‘लामो समयसम्म कर नतिरेकाहरूले कर महानगरलाई बुझाइ रहेको छन्, कर तिर्नेहरूको संख्या महानगरमा दिनहुँ बढ्दो छ, अझै महानगरको राजश्व संकलनमा वृद्धि हुन्छ,’ उनले भने । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले कर नतिर्नेहरूलाई निश्चित समय दिएर कर संकलन गरिरहेको छ । यसअघि करको दायरामा आउन नमानेका संघ संस्थाले पनि यो वर्ष सम्पत्ति कर बुझाएका छन् । यस्तै, बहाल कर बुझाउन आनाकानी गरिरहेका संघ संस्थाहरूबाट ७८ लाख ३६ हजार ४४१ रुपैयाँ ६६ पैसा राजस्व असुली भएको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिए । महानगरले नियमित करदाताबाहेक कर तिर्न अटेर गर्नेहरूबाट करिब ५० करोड रुपैयाँ राजस्व थप हुने प्रक्षेपण गरेकाे छ । यसमध्ये विद्युत् प्राधिकरणले मात्र २६ करोड १९ लाख रुपैयाँ सम्पत्ति कर तिर्न बाँकी रहेको अधिकारीले बताए । गत आर्थिक वर्षमा महानगरपालिकाले सम्पत्ति कर प्रस्तावित ८० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको थियो । जसमध्ये महानगरले असोजसम्ममा यथार्थ ३० करोड ११ लाख ७४ हजार ९ सय ५६ रुपैयाँ संकलन गरेकाे थियो । चालु आर्थिक वर्षमा महानगरले सम्पत्ति कर प्रस्तावित एक अर्ब रुपैयाँ राजश्व संकलन गर्न लक्ष्य लिएको छ । जसमध्ये असोजसम्ममा ४६ करोड ५० लाख ५३ हजार ५ सय ६१ रुपैयाँ राजश्व संकलन गरिसकेको महानगरपालिकाले जानकारी दिएको छ । महानगरपालिकाकाे गत आर्थिक वर्षमा घरवाहल कर १ अर्ब ७५ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य थियो । उक्त लक्ष्यमध्ये गत वर्ष महानगरले असोजसम्ममा ५४ करोड ४० लाख ४४ हजार रुपैयाँ संकलन गरेको जनाएको छ । चालु आर्थिक वर्षमा महानगरले सो कर प्रस्तावित २ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ । सो लक्ष्य मध्ये असोज महिनासम्ममा ६३ करोड ७६ लाख ८ हजार ५१ रुपैयाँ राजश्व संकलन भएको महानरको जनाएकाे छ । यस्तै, सम्पत्ति, बहाल तथा पट्टा वापतको आयमा लाग्ने करको संकलन गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा कमि आएको छ । गत आर्थिक वर्षमा महानगरले सो कर ५ करोड रुपैयाँ सङ्कलन गर्ने योजना बनाएको थियो । त्यसमध्ये महानगरले असोज महिनासम्ममा ४ करोड ३६ लाख २४ हजार रुपैयाँ संकलन गरेको थियो । चालु आर्थिक वर्षमा महानगरले उक्त कर १० करोड रुपैयाँ राजश्व संकलन गर्न लक्ष्य लिएको छ । सो रकममध्ये महानगरले असोजसम्ममा ५ करोड ५१ लाख ८५ हजार रुपैयाँ संकलन गरेकाे जनाएकाे छ ।
चितवन मेडिकल कलेजको प्रयोगशालाले पायो विशिष्ट श्रेणीको मान्यता
चितवन । चितवन मेडिकल कलेज सिएमसी शिक्षण अस्पतालको प्रयोगशालाले विशिष्ठ श्रेणी ए क्याटागोरीको मान्यता प्राप्त गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला नेशनल पब्लिक हेल्थ ल्याब्रोटरीले उक्त मान्यता प्रदान गरेको हो । राजधानी बाहिर यो मान्यता प्राप्त गर्ने सिएमसी पहिलो हो । चितवन मेडिकल कलेज सिएमसी शिक्षण अस्पतालले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी राजधानी बाहिर र मेडिकल कलेजमध्ये आफू पहिलो रहेको दाबी गरेको हो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ अनुसार ‘ए’ ग्रेडको प्रयोगशालाका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी मान्यता पाएको बताए । प्रयोगशालाले विशिष्ट श्रेणीको पूर्ण सुरक्षित भवन र त्यसभित्र आवश्यक पर्ने नमूना सङ्कलन, प्रतीक्षालय, बैठक कक्ष, कार्यालय क्षेत्र, भण्डार, शौचालयलगायतको व्यवस्था गरेको छ । न्यूनतम ३० मध्ये ५० प्रतिशत जनशक्ति स्नातक अथवा सोभन्दा माथिको योग्यताको हुनुपर्ने प्रावधान रहेको भए पनि सिएमसी प्रयोगशालामा तोकिएभन्दा बढी दक्ष जनशक्ति रहेको उनले बताए । सो मेडिकल कलेजले यसअघि नै आइएसओ १५१८९ः२०१२ प्राप्त गरिसकेको छ । देवकोटाले उच्च गुणस्तरको प्रयोगशालाका लागि चितवन तथा छिमेकी जिल्लाबाट राजधानी र विदेश जान नपर्ने गरी व्यवस्थापन गरिएको बताए । उनका अनुसार नेपालमा हुने सबै खालका परीक्षण यहाँ गर्न सम्भव छ । विशिष्ट श्रेणीको प्रयोगशालाको हैसियतले सिएमसी प्रयोगशालाले अन्य प्रयोगशालामा नहुने विशिष्ट जाँच पनि यसअघिदेखि नै गर्दै आएको छ । अब यहाँ परीक्षण हुन नसकेर नमूना विदेश नमूना पठाउनुपर्ने अवस्थाको अन्त्य भएको छ । सिएमसी प्रयोगशालामा यसअघि नै हरेक परीक्षण स्टान्डर्ड ओपरेटिङ सिस्टम एसओपी अनुसार र गुणस्तर म्यानुअलअनुसार परीक्षण गर्ने भएकाले यसलाई अझै प्रभावकारी बनाउँदै लैजाने प्रयोगशाला प्रमुख सञ्जयराय यादवले बताए । उनले भने, ‘प्रयोगशाला स्वाथ्य सेवाको अभिन्न अङ्ग हो । प्रयोगशालाको नतिजाका आधारमा नै रोगको पहिचान र उपचार सहज हुन्छ ।’ अस्पतालका निर्देशक डा दयाराम लम्सालले प्रयोगशाला उच्च गुणस्तरको नहुँदा बिरामीलाई उपचारमा कठिनाइ हुने भएकाले ठूलो लगानीमा विशिष्ट किसिमको प्रयोगशाला आफैँले बनाएको बताए । उनले भने, ‘राजधानी बाहिर यस्तो प्रयोगशाला अन्यत्र छैन, राजधानीमा हुने सबैखाले परीक्षण हामी गर्छौँ ।’ अन्य अस्पताल र प्रयोगशालालाई पनि यो प्रयोगशाला उपयोगी हुने उनको भनाइ छ । देशभरकै मेडिकल कलेजमा धेरै बिरामी उपचार गर्ने अस्पतालका रूपमा चितवन मेडिकल कलेजलाई चिन्ने गरिन्छ । रासस
स्रोत नखुलेको २० लाख नगदसहित धनुषाबाट दुई पक्राउ
जनकपुरधाम । स्रोत नखुलेको २० लाख रुपैयाँ नगदसहित प्रहरीले धनुषाको सबैला नगरपालिका–२ रघुनाथपुरबाट दुई जनालाई पक्राउ गरेको छ । निर्वाचन लक्षित विशेष सुरक्षा योजनाअनुरूप प्रहरी चौकी बरमझिया धनुषाबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको २० लाख रुपैयाँ नगदसहित सुनसरीको इनरुवा नगरपालिका–६ निवासी २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरङ्गप्रसाद गुप्तालाई पक्राउ गरेको हो । सवारीसाधन जाँच गर्ने क्रममा कामदले चलाएको प्र–०१–०२–०४६प ५६३१ नंको मोटरसाइकल पछाडि सवार गुप्ताले बोकेको कालो रङको झोलाभित्र स्रोत नखुलेको नेपाली नोट २० लाख रुपैयाँ बरामद भएपछि दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग काठमाडौंं पठाइएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए । रासस
सानिमा बैंकले गर्यो पिसीएफसँग सहकार्य
काठमाडौं । सानिमा बैंकले पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पिसीएफ) सँग साझेदारी गरेको छ । जस अनुसार बैंकले आफ्नो वित्तिय गतिविधिबाट भएको हरितगृह ग्यास उत्सर्जनको गणना, समिक्षा र लेखाङ्कन गर्नेछ । पिसीएफ विश्वभर रहेका विभिन्न वित्तीय संस्थाहरुले आफुले प्रवाह गर्ने ऋण र लगानीद्वारा उत्सर्जन हुने हरितगृह ग्यासको हार्मनाइज रुपमा लेखाङ्कन, मूल्याङ्कन तथा डिस्क्लोजर गरी प्रकाशन गर्ने वित्तीय संस्थाहरुको सहकार्य हो । (पिसीएफ) मा विश्वभर छ वटा महादेशका ३ सयभन्दा बढी वित्तीय संस्थाहरूकोे सहकार्य भैसकेको छ । साथै, उत्तर अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एशिया प्रशान्तमा पनि तिव्र रुपमा विस्तार भइरहेको छ । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले यस साझेदारीबाट सानिमा बैंकले प्रदान गरेका कर्जाका क्षेत्रहरुबाट उत्सर्जन हुने हरितगृह ग्यासको बैज्ञानिक तवरले मापन गर्ने हुनाले भविष्यमा दिगो वित्तीय गतिविधि गर्नका लागि टेवा पुर्याउने कुरा बताए । सानिमा बैंकको सातै प्रदेशमा १२९ वटा कार्यालयहरु र १२२ एटिएमहरु संचालनमा रहेका छन् ।