डलर हालसम्मकै महँगो, १ डलर साट्न १३३ रुपैयाँ १४ पैसा खर्च गर्नुपर्ने

<p>काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । डलरले मूल्यले नयाँ उचाइ कायम गरेसँगै नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि सार्वजनिक गरेको विनीमयदर अनुसार एक डलरको खरीददर १३२ रुपैयाँ ५४ पैसा तोकिएको छ । यस्तै, डलरको बिक्रीदर १३३ रुपैयाँ १४ पैसा तोकिएको छ । अमेरिकी डलरको मूल्य लगातार [&hellip;]</p>

काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । डलरले मूल्यले नयाँ उचाइ कायम गरेसँगै नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबारको लागि सार्वजनिक गरेको विनीमयदर अनुसार एक डलरको खरीददर १३२ रुपैयाँ ५४ पैसा तोकिएको छ । यस्तै, डलरको बिक्रीदर १३३ रुपैयाँ १४ पैसा तोकिएको छ ।

अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमासमेत नकारात्मक असर पर्ने अनुमान गरिएको छ । विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्नेछ । मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्नेछ ।

नेपाली मुद्रा र भारतीय मुद्राबीच स्थिर विनिमय दर भएकाले पनि डलरको मूल्यमा असर परेको हो । भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको असर नेपाली मुद्रामासमेत पर्न गएको छ ।

Share News