रासायनिक मल उपलब्ध गराउन काभ्रेपलाञ्चोकका किसानकाे माग
काभ्रेपलाञ्चोक । आलुलगायत तरकारीजन्य बाली लगाउने समयमा रासायनिक मल अभाव भएकाले सहजरूपमा मल आपूर्ति गर्न पाँचखालका किसानले काभ्रेपलाञ्चोक प्रशासनसँग माग गरेका छन् । उनीहरुले मल आपूर्तिका लागि सङ्घर्ष समिति गठन गरी पाँचखाल नगरपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्रसमेत बुझाएका छन् । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र नगर उपप्रमुख सूर्यमाया दनुवारलाई सयौँ सङ्ख्यामा उपस्थित किसानले ध्यानाकर्षणपत्र बुझाउँदै एक वर्षदेखि रासायनिक मल अभाव झेल्दै आएकाले हालको आलुलगायत तरकारीजन्य बाली लगाउने समयमा पनि मल सहज आपूर्ति नभए आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन् । उनीहरुले बिहीबार पाँचखाल बजार र सदरमुकाम धुलिखेलमा मल माग गर्दै र्यालीको आयोजना गरी ध्यानाकर्षणपत्र बुझाएका थिए । प्रजिअ पाण्डेले किसानको ध्यानाकर्षणपत्र बुझ्दै किसानको समस्याप्रति आफू निकै गम्भीर भएको र समस्या समाधानार्थ केन्द्रीय निकायमा सहजीकरण गर्ने बताए । तिहारअघि रासायनिक मल सहजरूपमा उपलब्ध रासायनिक मल आपूर्ति सङ्घर्ष समितिका संयोजक ज्ञानबहादुर थापाले माग गरे। रासस
तिहारमा बिजबजारको भव्य उत्सव, ७६ प्रतिशत सम्म छुट
काठमाडौं । बिजबजारले दीपावलीलाई लक्षित गर्दै बिज बजारभव्य उत्सवू नामक योजना सञ्चालनमा ल्याएको छ। चाडपर्वमा सेवाग्राहीले अफरहरूलाई नै बढी प्राथमिकता दिने हुँदा ग्राहकको माग अनुसार यो योजना बजारमा ल्याएको बिजबजारले जनाएको छ। यो अफरअन्तर्गत सबै वर्गका सेवाग्राहीले विभिन्न क्याटेगोरिजका सामान खरिद गर्दा ७६ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । कम्पनीले यस योजनाअन्तर्गत विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप पनि सञ्चालन गर्ने जनाएको छ । साथै भाग्यशाली सेवाग्राही तथा विजेताले विभिन्न आकर्षक उपहार जित्ने मौका समेत प्राप्त गर्नेछन् । बिजबजारले तिहारका बत्तिहरुमा ६५ प्रतिशत अफर, दाजुभाईका लागि खरिद गर्ने गिफ्टका समानहरुमा ४० प्रतिशत, दिदीबहिनीहरुका लागि दिइने गिफ्टका समानहरुमा ४५ प्रतिशत, मिठाइका परिकारमा १० प्रतिशत, पुजाका सामाग्रीहरुमा १५ प्रतिशत, अन्य विविध सामाग्रीहरुमा ७६ प्रतिशत, फेसनका सामानहरुमा ५० प्रतिशत बढी,कपडाका सामानहरुमा ७५ प्रतिशत बढी र विभिन्न चाडबाडका सामाग्रीहरुमा पनि अफरको व्यवस्था मिलाएको जनाएको छ । साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो क्याम्पेन प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ । बिजबजार प्रतिको सकारात्मक दृष्टिकोणले सञ्चालनको छोटो समयमै सेवाग्राही माझ लोकप्रिय हुन सफल भएको छ । नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित ई-कमर्स प्लेटफर्म संचालन गरिरहेको छ ।
तिहारका लागि घर जानेको भीड
काठमाडौं । नेपालीहरुको दशैं पछिको ठूलो पर्व तिहार आउन केही दिन मात्रै बाँकी छ । बजारमा तिहारको रौनक सुरु भइसकेको छ । यतिबेला कामको सिलसिला तथा अन्य कामका लागि राजधानीमा आउनेहरु तिहार पर्व मनाउनका लागि आफ्नो गाउँ प्रस्थान गरिरहेका छन् । बसपार्कमा ठूलो संख्यामा उपत्यका छोडेर गाउँ फर्किरहेका छन् । यस्तै, हवाइ यात्रा भएर पनि हजारौं संख्यामा तिहार मनाउन आफ्नो गाउँ फर्किरहेका छन् । यति बेला त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा तिहार मनाउनका लागि घर जानेको भिड लागेको छ ।
नबिल इन्भेष्टमेन्टले कात्तिक २३ गतेदेखि म्युचुअल फण्ड निष्काशन गर्दै
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले कात्तिक २३ गतेदेखि खुलामुखी म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्ड निष्काशन गर्ने भएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका ७ करोड ५० लाख इकाई मध्ये १ करोड १२ लाख ५० हजार वा कुल निष्काशन गरिने इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धकका लागि १४ प्रतिशत वा १ करोड ५ लाख इकाई र योजना व्यवस्थापकका लागि १ प्रतिशत वा ७ लाख ५० हजार इकाई छुट्याइएको छ । बाँकी रहेको ६ करोड ३७ लाख ५० हजार इकाई मध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई निष्काशन गर्ने भएको हो । क्यापिटलको उक्त फण्डमा छिटोमा कात्तिक २७ गते र ढिलोमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १ सय इकाई र अधिकतम ७५ लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । उक्त फण्डमा धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । यो फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
१० हजार कित्ता आवेदन दिन मिल्ने बाराही हाइड्रोपावरको आईपीओ बिक्री खुला
काठमाडौं । बाराही हाइड्रोपावरको आईपीओ आज (कात्तिक ४ गते) देखि निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीको आईपीओमा बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं. १, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले छिटोमा कात्तिक १८ गते र ढिलोमा मंसिर ४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओलाई इक्रा नेपाले एनपी इस्यूअर रेटिङ्ग बि माइनस प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
‘नेपालमै मनग्य कमाएर खाने अवसर छ’
टङ्कीसिनवारी । मीठो सपना साकार पार्न भन्दै रोजगारीका लागि नेपालबाट विदेशिनेको सङ्ख्या दैनिक हजारौँमा छ । तर वैदेशिक रोजगार सबैका लागि फलिफाप सिद्ध हुँदैन । कामका लागि विदेश जाने कैयौँ विमानमा नभई नभई बक्सामा सुतेर फर्कनु पर्ने कहालीलाग्दो अवस्था विद्यमान छ । तर इच्छाशक्ति भए सीप र ज्ञानअनुसारको काम गरेर नेपालमा नै मनग्य कमाउन सकिन्छ भन्ने उदाहरण पेश गर्नेको पनि कमी छैन । लगन र मेहनत भए सानोतिनो काम र उच्च अध्ययनबिना नै पनि नेपालमा नै प्रशस्त रूपैयाँ आर्जन गरेर सपना साकार पार्न असम्भव छैन । कर्णाली प्रदेशअन्तर्गतको कालिकोट जिल्लाको तिलगुफा नगरपालिका बस्ने चक्रबहादुर थापा विभिन्न खाले धातुका औँठी र नेपाली ढाका टोपी बेच्छन् । कर्णालीबाट व्यापार गर्नैका लागि उनी इटहरीमा केही महिनादेखि डेरा जमाएर बसेका छन् । बूढीगङ्गा–३ को बाँसबारीमा औँठी बेच्दै अवस्थामा भेटिनुभएका थापा आफ्नो कारोबारबाट सन्तुष्ट छन् । थापाले दैनिक नौ सयदेखि एक हजार पाँच सयसम्मको औँठी र टोपी बेच्ने गरेका छन् । थापा ग्राहकले धेरै ग्रह दशा काट्ने औँठी खोज्ने गरेको र सन्तोषजनक परिणाममा औँठीको बिक्री हुने गरेको बताउँछन् । तिहार नजिकिँदै गर्दा ढाका टोपी पनि सदाको भन्दा दोब्बर बिक्री हुने र आम्दानी पनि झन् बढ्ने थापाले बताए । ‘आम्दानी पनि राम्रै भएको र आफ्नो मनको राजा आफैँ भएकाले अर्काको खटनमा काम गर्न वैदेशिक रोजगारीमा किन जानु ?’ भन्दै ठट्यौली पारामा थापाले प्रश्न गरे । बेलबारी नगरपालिका–९ डाँगीहाटका किशन राजवंशीलाई विदेश जाने रहर थियो । जिल्ला प्रशासन कार्यालय, विराटनगरमा राहदानी बनाउन आएका राजवंशी आफ्ना काका सत्यनारायण राजवंशीको प्रेरणाले पेन्टिङ काममा संलग्न भए । काकाले नै विराटनगर–४ मा सञ्चालन गर्दै आएको पूर्वाञ्चल मिडियामा ब्यानरदेखि नम्बर प्लेट रङरोगन गर्न सिके । आम्दानी हुँदै जान थालेपछि राजवंशीलाई विदेशको मोहले सताउन छाड्यो । राजवंशीले अहिले महिनामा ३५ हजारदेखि ४० हजार कमाउँछन् । उनले इमान्दारी साथ काम गर्ने जाँगर भए मुलुकमा नै मनग्य कमाएर खाने अवसर छ भने । राहदानी बोकेर विदेश उड्ने सोच लिएका राजवंशीले सीप सिकेर वैदेशिक रोजगारीमा जाने युवा युवतीभन्दा आफूले यहीँ बसेर मनग्य कमाउन थालेको भन्दै गर्व गरे । ठेलामा केरा राखेर बेच्ने संगीत महतोले आफू बसेकै ठाउँमा कमाइ छ भने विदेश किन जाने ? भनेर प्रश्न गरे । विराटनगर–७ को सहिद मैदान अगाडि भेटिनुभएका संगीतले आफूले सुनसरीको देवानगञ्जदेखि केराका भारी ल्याएर बेच्ने गरेको अनुभव सुनाए । महतोले केरा बिक्रीबाट चाहे जस्तो मुनाफा आर्जन गरेको र घर पनि मज्जाले चलिरहेको बताए । टुङ्गो न बुङ्गोको विदेश जानुभन्दा स्वदेश निर्माणमा योगदान गर्नु उत्तम हुने तर्क महतोले राखे । वैदेशिक रोजगारीमा गएका कतिपय व्यक्तिको बिचल्ली भएको छ । विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङको परिसरमा रहेको सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवासी स्रोत केन्द्रले आफूलाई विदेश लगेर बिचल्ली बनाएको भन्दै एजेन्ट र म्यानपावर विरुद्ध असोज महिनामा मात्रै १९ वटा उजुरी परेको बताएको छ । केन्द्रकी परामर्शकर्ता मुना निरौलाले चार वटा उजुरीको समाधान गरिएको र बाँकी अनुसन्धानको क्रममा रहेको बताइन् । निरौलाले साउनयता एक हजार दुई सय व्यक्तिले विदेश जानका परामर्श लिइसकेको बताए । जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप शाहले राहदानीका लागि प्रशासनको राहदानी फाँटमा दैनिक एक सय वटा आवेदन पर्ने गरेको बताए । सेवाग्राहीको अत्यधिक चापका कारण प्रशासनले दैनिक ८० वटा मात्र राहदानीको आवेदन लिने भनी गरेको अघिल्लो निर्णयलाई उल्टाउँदै आज बिहीबारदेखि दैनिक एक सय वटा आवेदन लिन थालिएको उनले बताए । रासस
आयोगले रोकिदियो सरकारले विभिन्न कामको लागि दिएको ३०० बढी निवेदन
काठमाडाैं । निर्वाचन आयोगले सरकार र मातहतका निकायले विभिन्न कामको अनुमतिका लागि दिएको तीन सयभन्दा बढि निवेदन रोकिदिएको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचन आचारसंहिता विपरित हुने खालका काममा अनुमति पाउँ भनि दिएको निवेदनहरु रोकिदिएको बताएका हुन् । बिहीबार अपरान्ह न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले कर्मचारी सरुवा, बढुवा, नयाँ नियुक्ती, नयाँ भवन शिलान्याश, उद्घाटन, अनावरणलगायतका विषयमा सरकार र मातहतका निकायले दिएको निवेदन निर्वाचन आचारसंहिता विपरित भएकाले त्यस्ता खालको काममा अनुमती नदिइएको बताए । तर आयोगले अत्यावश्यक सेवाका लागि परेको करिव १५३ वटा निवेदनमाथि अध्ययन गरी सो कार्य अघि बढाउन अनुमति दिइएको जनाएको छ । निर्वाचन आयुक्त भण्डारीले देशको प्रतिनिधित्व गरेर बाहिर मुलुकमा जानुपर्ने विषय, अत्यावश्यक स्वास्थ्य, सरसफाईलगायतका कार्यक्रम अघि बढाउन दिइएको निवेदन भने स्विकृत गर्दै अघि बढाउन अनुमति दिइएको बताए । निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा असर पर्ने कुनै पनि कामलाई अघि बढाउन अनुमति दिन नसकिनेतर्फ सरकारलाई सचेत गराउँदै आएको छ ।
नेताको घर भत्कने भएपछि कलंकीदेखि चाबहिल चक्रपथ विस्तार योजना स्थगित
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको कलंकीदेखि चाबहिलको धोबीखोलासम्म ६ लेन सडक निर्माण कार्यले पुसदेखि तिब्रता पाउने बताएका छन् । मंसिर ४ को निर्वाचन पछि एमालेको सरकार बन्ने र उक्त सरकारले सडक निर्माणले तीव्रता दिने बताएका हुन् । काठमाडौं क्षेत्र नम्बर ५ मा बिहीबार आयोजित चुनावी कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले मुआब्जा र सडक खाली गर्ने काम सकिए पनि एमाले सरकारबाट हटेपछि सडक विस्तारको काम रोकिएको बताए । सुरुमा कलंकीदेखि महाराजगञ्ज चोकसम्म मात्र सडक निर्माण गर्न लागे पनि आफूले चिनियाँ पक्षसँग पहल गरेका कारण धोबीखोलासम्म निर्माण हुन लागेको उनको दावी छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले धोबीखोला करिडोर र विष्णुमति करिडोर निर्माण पनि छिट्टै सुरु हुने बताए । धोबीखोला पुगेपछि सडक रातोपुलतिर डाइभर्सन गरेर गौशालातिर लैजाने योजना गरेको उनको भनाई छ । कार्यक्रममा सहभागीहरुले गठबन्धनका नेताको घर परेका कारण कलंकी धोबीखोला ६ लेन निर्माण रोकिएको भन्दै पोखरेलसँग गुनासो गरेका थिए । तर कुन नेताको घर भत्कने अवस्था आएको हो भन्ने कुरा पोखरेलको सचिवालयले जारी गरेको प्रेस नोेटमा उल्लेख छैन ।