नेताको घर भत्कने भएपछि कलंकीदेखि चाबहिल चक्रपथ विस्तार योजना स्थगित

<p>काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको कलंकीदेखि चाबहिलको धोबीखोलासम्म ६ लेन सडक निर्माण कार्यले पुसदेखि तिब्रता पाउने बताएका छन् । मंसिर ४ को निर्वाचन पछि एमालेको सरकार बन्ने र उक्त सरकारले सडक निर्माणले तीव्रता दिने बताएका हुन् । काठमाडौं क्षेत्र नम्बर ५ मा बिहीबार आयोजित चुनावी कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले मुआब्जा र [&hellip;]</p>

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको कलंकीदेखि चाबहिलको धोबीखोलासम्म ६ लेन सडक निर्माण कार्यले पुसदेखि तिब्रता पाउने बताएका छन् । मंसिर ४ को निर्वाचन पछि एमालेको सरकार बन्ने र उक्त सरकारले सडक निर्माणले तीव्रता दिने बताएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ५ मा बिहीबार आयोजित चुनावी कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले मुआब्जा र सडक खाली गर्ने काम सकिए पनि एमाले सरकारबाट हटेपछि सडक विस्तारको काम रोकिएको बताए ।

सुरुमा कलंकीदेखि महाराजगञ्ज चोकसम्म मात्र सडक निर्माण गर्न लागे पनि आफूले चिनियाँ पक्षसँग पहल गरेका कारण धोबीखोलासम्म निर्माण हुन लागेको उनको दावी छ ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले धोबीखोला करिडोर र विष्णुमति करिडोर निर्माण पनि छिट्टै सुरु हुने बताए । धोबीखोला पुगेपछि सडक रातोपुलतिर डाइभर्सन गरेर गौशालातिर लैजाने योजना गरेको उनको भनाई छ ।

कार्यक्रममा सहभागीहरुले गठबन्धनका नेताको घर परेका कारण कलंकी धोबीखोला ६ लेन निर्माण रोकिएको भन्दै पोखरेलसँग गुनासो गरेका थिए । तर कुन नेताको घर भत्कने अवस्था आएको हो भन्ने कुरा पोखरेलको सचिवालयले जारी गरेको प्रेस नोेटमा उल्लेख छैन ।

Share News