आफूले जिम्मेवारी पूरा गर्न नसकेको भन्दै बेलायती प्रधानमन्त्रीले दिइन् राजीनामा
काठमाडौं । बेलायती प्रधानमन्त्री लिज ट्रसले दुई महिनामै राजीनामा गरेका छन् । बिहीबार साँझ उनले राजीनामा दिएकी हुन् । आफूले प्रधानमन्त्रीको जिम्मेवारी पूरा गर्न नसकेका कारण राजीनामा दिएको उनले बताएकी छिन् । बोरिस जोन्सनको राजीनामापछि उनी भारतीय मूलका ऋषि सुनकलाई पछि पार्दै बेलायतको प्रधानमन्त्री बनेकी थिइन् । बेलायतमा अर्को प्रधानमन्त्री चयन नभएसम्मका लागि ट्रसले अन्तरिम प्रधानमन्त्रीका रूपमा काम गर्नेछिन् ।
जसले राष्ट्रिय खेलकुदमा लगातार पाँच स्वर्ण जिते
बागलुङ । आइटिएफ तेक्वान्दोका लीलाधर बस्नेतका लागि नवौँ राष्ट्रिय खेलकुद पनि सुखद् रह्यो । विभागीय टिम नेपाल आर्मीका लागि खेलेका उनले दुई स्वर्ण पदक जिते । यहाँ भएको प्रतियोगितामा ६५–७० किलो तौल समूहको एकल स्पाइरिङ र टिम स्पाइरिङबाट बस्नेतले स्वर्ण हात पारेका हुन् । विसं २०६४ देखि खेल जीवन सुरु गरेका बस्नेतले विसं २०७३ मा भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पहिलो स्वर्ण जितेका थिए । त्यस यताका दुई राष्ट्रिय खेलकुदमा पनि उनले आफ्नो अपराजित यात्रालाई कायमै राखे । नेपालगञ्जमा भएको आठौँमा पनि बस्नेतले दुई स्वर्ण पदक हाँसिल गरेका थिए । दाङ घर भएका उनी १८ वर्षदेखि नेपाल आर्मीमा आबद्ध छन् । ३८ वर्षीय उनले यसअघि आइटिएफको साउथ एसियन च्याम्पियनसीपमा पनि दुई स्वर्ण जितेका थिए । अङ्ग्रेजी वर्ष २०१२ र २०१८ मा भएको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक पाएको बस्नेतले सुनाए । सकारात्मक ऊर्जा, खेलप्रतिको समर्पण र देशका लागि खेल्ने इच्छाशक्तिका कारण खेलमा आफू पछाडि फर्कन नपरेको बस्नेतले बताए । ‘लक्ष्य त अन्तर्राष्ट्रिय पदकसम्मको हुन्छ, टिमले पनि त्यसरी नै मेहनत गरेको हुन्छ’, उनले भने, ‘राष्ट्रिय प्रतियोगिता जित्नु पनि हाम्रा लागि लागि महत्वपूर्ण छ, खेल जीवनमा यसले ठूलो अर्थ राख्छ ।’ ऊर्जा, उमेर र स्वास्थ्यले साथ दिँदासम्म खेलमै रहने बस्नेतले बताए । नेपाल आर्मी जस्तो प्रतिष्ठित टिमबाट राष्ट्रिय खेलकुदमा भाग लिन पाउँदा गौरवको अनुभूति हुने गरेको उनले सुनाए । उनीसहितका खेलाडीको उत्कृष्ट प्रदर्शनकै बलमा आर्मी नवौँ राष्ट्रिय खेलकुदमा पनि च्याम्पियन बन्न सफल रह्यो । आर्मीकै अर्का खेलाडी भीमबहादुर तामाङले अहिलेकै प्रतियोगितामा चार स्वर्ण हात पारेका थिए । एकल प्याटर्न, टिम प्याटर्न, एकल स्पाइरिङ र टिम स्पाइरिङमा उनले आर्मीलाई स्वर्ण दिलाएका हुन् । एकल स्पाइरिङमा ७६–८० किलो तौल समूहमा तामाङले प्रतिस्पर्धा गरेका थिए । आर्मीकी निकिता धिमालले पनि अहिलेको प्रतियोगितामा दुई स्वर्ण पदक जितिन् । टिममा बस्नेत, तामाङ र धिमालजस्तै सक्षम तथा प्रतिभाशाली खेलाडी भएकै कारण आर्मी लगातार आइटिएफ तेक्वान्दोमा च्याम्पियन बन्दै आएको छ । सातौँ राष्ट्रिय खेलकुदमा १७ र आठौँमा १६ स्वर्ण पदकसहित आर्मी नै पहिलो बनेको थियो । बिहीबार सकिएको नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत आइटिएफ तेक्वान्दोमा छ स्वर्ण, तीन रजत र तीन कांस्य जितेर बागमती प्रदेशले दोस्रो स्थान बनायो । तेस्रो स्थान हासिल गरेको गण्डकी प्रदेशले पाँच स्वर्ण, आठ रजत र दुई कांस्य पदक जित्यो । प्रदेश नं तीन स्वर्ण, दुई रजत र पाँच कांस्य पदक हात पा¥यो । लुम्बिनी प्रदेशले एक स्वर्ण, तीन रजत र आठ कांस्य पायो । सशत्र प्रहरी बलले एक स्वर्ण, तीन रजत र दुई कास्यमा चित्त बुझायो । कर्णाली प्रदेशले दुई रजत र दुई कास्य पदक हात पा¥यो । नेपालले पुलिसले चार कास्य पदक जित्दा मधेश प्रदेशले एउटा मात्र कांस्य पदकमा सीमित भयो । सुदूरपश्चिम प्रदेशले कुनै पनि पदक जित्न सकेन । आइटिएफ तेक्वान्दोमा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । रासस
सयपत्री फूल बेचेर डेढ लाखसम्म आम्दानी
काठमाडौं । काठमाडौंको नागार्जुनका कृषकले सयपत्री फूलको खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । काठमाडौंको नागार्जुन नगरपालिका–६ पोखरीडाँडाका किसानले तिहारमा अत्यधिक प्रयोग हुने सयपत्री फूल बिक्रीबाट राम्रो आम्दानी गरेका हुन् । बाँझो रहेको जग्गाको सदुपयोग गर्दै काठमाडौँको नागार्जुन–६ पोखरीडाँडाका कृषक ऋषि खत्रीले सयपत्री फूलको खेतीबाट वार्षिक एक लाखभन्दा बढी रकम आम्दानी गर्दै आएका छन् । विगत पाँच दशकदेखि फूलको व्यावसायिक खेती गर्दै आएका खत्रीले बाँझो जग्गाको सदुपयोग गर्दै वार्षिक एक लाखदेखि डेढ लाखसम्म आम्दानी गर्दै आएको बताए । उनले पोखरीडाँडाको २६ आना जग्गामा फूलखेती गर्दै आएका छन् । विसं २०१८ मा जन्मनुभएका खत्रीले सुरुदेखि नै घरमा सयपत्री फूलको खेती हुने गरेको बताए । ‘विगत वर्षमा धेरै मात्रामा फूलको खेती गथ्र्यौँ, अहिले जग्गा बिक्री वितरण हुँदा र खेती गर्ने व्यक्ति नहुँदा फूलको खेती घटेको छ’, उनी भन्छन् । तिहार सुरु हुन केही दिन बाँकी रहे पनि फूल खोज्न भने व्यापारीहरू यतिखेर पोखरीडाँडा जाने गरेका छन् । सोही गाउँमा विगत १२ वर्षदेखि फूल व्यवसायी गर्दै आउनुभएकी कान्छी गिरी पनि यतिबेला फूल टिपेर बजारमा पठाउने काममा जुटेकी छिन् । तिहार सुरु हुन केही दिन बाँकी छँदा नै बजारमा फूलको माग आएकाले फूल टिपेर बिक्री वितरण गर्न सुरु गरेको बताइन् । कान्छी गिरीले भने पोखरीडाँडाको एक रोपनी क्षेत्रफलमा फूलखेती गर्दै आएकी छिन् । उनले फूल बेचेर घरखर्च चलाउँदै आएको बताइन् । सोही गाउँमा मकै, कोदो, तरकारी उत्पादन हुने भए पनि त्यहाँका स्थानीयवासीले फूल व्यवसायलाई नै प्राथमिकता दिँदै आएका छन् । कान्छी गिरीले भने वार्षिक फूल बिक्रीबाट ३० हजारदेखि ५० हजार आम्दानी गर्दै आएको सुनाइन् । ‘आफैँ बजारमा लगेर बेच्न पाए राम्रो आम्दानी हुन्थ्यो, घरमा आएका व्यापारीलाई बेच्दा राम्रो भाउ पाइँदैन’, उनी भन्छन् । उनले एक ढ्वाङ (चारपाथीको टिन) को पाँच सयमा बिक्री वितरण गर्दै आएको सुनाइन् । बजारमा फूल पुर्याउन सके एक ढ्वाङको एक हजारदेखि एक हजार पाँच सयसम्म आम्दानी हुने उनको भनाइ छ । साउनमा बेर्ना सारेपछि तिहारमा ढकमक्क फूल्ने सयपत्री फूल यसपालि भने राम्रोसँग फुल्न पाएको छैन । एकातिर तिहार चाँडो पर्नु र अर्कातिर दसैँको समयमा भारी वर्षा हुँदा राम्रोसँग फूल फुल्न नपाएको किसान बताउँछन् । यतिबेला नागार्जुन नगरपालिकाको इचङ्गु, भैरवनाथ, पोखरीडाँडा, हवलदार बस्ती, भीरकोट, रामकोट, थाप्लेलगायतका स्थानमा फूल ढकमक्क फूलेको देख्न सकिन्छ । सोही स्थानमा दुई रोपनी क्षेत्रफलमा फूलखेती गरेका ठूलोभाइ गिरी चाडपर्व चाँडो परेको कारण फूल राम्रोसँग फुलिनसकेको बताउँछिन् । सोही क्षेत्रमा फुल्ने फूलहरु विशेष गरेर काठमाडौंको असन, इन्द्रचोकलगायतका स्थानमा बिक्री वितरण हुँदै आएको छ । नेपालमा तिहारको समयमा सयपत्रीको माला बढी प्रयोग हुन्छ । तिहारमा दिदीबहिनीले टीका लगाइदिँदा सप्तरङ्गी टीकासँगै मखमली, सयपत्री र गोदावरीको माला लगाइदिने प्रचलन रहिआएको छ । तिहारमा लक्ष्मीपूजा, कुकुर, गाई, गोरुको पूजा गर्दा पनि सयपत्री फूलको प्रयोग हुन्छ । आजभोलि तिहारको समयमा घर कार्यालय सजाउनका लागि सयपत्रीको फूलको माला प्रयोग गरिन्छ । रासस
७ महिनामा ३ खर्ब विदेशी ऋण स्वीकृति, विदेशी कम्पनीले लिए २ खर्ब फिर्ता
काठमाडौं । नेपाल राष्ट्र बैंकले ७ महिनामा ३ खर्ब रुपैयाँ विदेशी ऋण स्वीकृत गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२२ को जुलाईसम्म ३ खर्ब ९ अर्ब ९३ करोड ३० लाख रुपैयाँ विदेशी ऋण स्वीकृत गरेको हो । राष्ट्र बैंकका अनुसार जुलाइसम्म १ खर्ब १८ अर्ब ८३ करोड ५० लाख रुपैयाँ विदेशी लगानी आएको छ भने २ खर्ब ४ अर्ब ९४ करोड ४० लाख रुपैयाँ स्वीकृत भएको छ । यस्तै, विदेशी लगानी रहेका कम्पनीले नेपालबाट करिब २ खर्ब रुपैयाँ लाभांश मार्फत् रकम विदेश लिगेका छन् । विभिन्न कम्पनीहरुले १ खर्ब ९६ अर्ब १३ करोड ७० लाख रुपैयाँ विदेश फिर्ता लिएको राष्ट्र बैंकको तथ्यांकमा छ । यस्तै, अघिल्लो वर्ष अर्थात् सन् २०२१ जुलाइसम्म भने २ खर्ब ६६ अर्ब ९० करोड ५० लाख रुपैयाँ विदेशी ऋण स्वीकृत भएको थियो भने १ खर्ब ७ अर्ब ९९ करोड २० लाख रुपैयाँ विदेशी लगानी आएको थियो । सन् २०२१ जुलाइसम्म १ खर्ब ९७ अर्ब ६० करोड ४० लाख रुपैयाँ विदेशी लगानी आएको थियो । सन् २०२१ जुलाइको तुलनामा सन् २०२२ मा विदेशी ऋण र लगानी बढेको छ । नेपालबाट विदेशमा लिने लाभांश पनि यस वर्ष बढेको छ ।
आइएमईको उत्सव अफरको सातौं हप्ताको विजेता घोषणा
काठमाडौं । चाडवाडकाे अवसरमा आइएमईले संचालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी अफर अन्तर्गत सातौं हप्ताका विजेता सार्वजनिक गरेको छ । बिहीबार काठमाडौं पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार सेवाग्राही यमप्रकाश चन्द र पूर्णबहादुर श्रेष्ठ सातौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् । संयुक्त अरब इमिरेट्स र मलेशियाबाट आइएमई मार्फत पैसा पठाएका उनीहरुले प्रतिव्यक्ति २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, सेवाग्राही गमबहादुर पुन, विष्णु बि.के., मन्तोष लिम्बु, शोमबहादुर घलान, कर्णबहादुर हिरोजक, लालविहारी शाह हलुवाई र सुस्मिता राना मगर दैनिक विजेता छनोट भएका छन् । उनीहरु प्रत्येकले एक/एक सेट सामसुङ् मोबाइल उपहार स्वरूप प्राप्त गर्नेछन् ।
एनएमबि बैंकले थप १० कराेड अमेरिकी डलर नेपाल भित्र्याउने
काठमाडौं । एनएमबि बैंकले १० करोड अमेरिकी डलरकाे वैदेशिक ऋण भित्र्याउने भएकाे छ ।यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनले बैंककाे प्रस्तावित वैदेशिक ऋण स्वीकृत गरेसँगै बैंकले उक्त रकम नेपाल भित्र्याउने भएकाे हाे । डिएफसी अमेरिकी सरकारको विभिन्न देशका निजी क्षेत्रसँग साझेदारी गरी विकासशील देशले सामना गरिरहेको चुनौतीहरूको समाधानको लागि ऊर्जा, स्वास्थ्य सेवा, पूर्वाधार र प्रविधिलगायत क्षेत्रमा वित्तीय लगानी गर्दै आइरहेको संस्था हो । एनएमबि बैंक र डीएफसीबीचको साझेदारीले नेपालको साना तथा मझौला व्यवसायलाई उद्यमशीलता मार्फत आत्मनिर्भरताको लागि महिलाहरूलाई प्राथमिकतामा राखेर नयाँ अवसरहरू सिर्जना गर्न बैंकले मद्दत गर्नेछ । हालको बैंकिङ्ग तरलताको परिदृश्यमा यसरी देशमा भित्रिने वाह्य वित्तीय श्रोतले देशकै आवश्यकता अनुरुप उत्पादनमुलक तथा प्राथमिकताको क्षेत्रमा लगानी बढाउन बैंकले विश्वास लिएको जनाएकाे छ । एनएमबि बैंकले जलविद्युत, नवीकरणीय ऊर्जा, कृषि तथा साना तथा मझौला उद्योगमा ऋण पूंजीको लागी डिएफसीसहित हालसम्म नौ डेभलपमेण्ट फाईनान्सियल ईन्सिटच्युसनबाट कुल ३०१.५० मिलियन अमेरिकी डलर ऋण भित्र्याईसकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
‘अर्थतन्त्र सुधारको बाटोमा छ, बैंकले मात्रै नाफा कमाए’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र सुधारको बाटोमा रहेको बताएका छन् । उनले पछिल्लो समय रेमिट्यान्समा सुधार देखिएको बताउँदै अर्थतन्त्र केही सुधारको बाटोमा देखिएको धारणा राखेका हुन् । ‘रेमिट्यान्स बढदैछ, साउनमा अघिल्लो बर्षको सोही महिनाभन्दा डलरमै १६ प्रतिशत वृद्धि भएको छ, गतबर्ष ६ लाख ३० हजार मानिस विदेश गए, यस बर्षको तीनमहिनामा झण्डै २ लाख रोजगारीका लागि गएका छन्,’ यसले पनि अर्थतन्त्र सुधारको बाटोमा जाने मेरो विश्वास छ,’ उनले भने । यस्तै, उनले पर्यटक आगमन बढ्न थालेको बताउँदै फेब्रुअरीसम्म मासिक २० हजारभन्दा कम पर्यटक आउने गरेकोमा त्यसयता मासिक ४० हजार कटेको र वैदेशिक लगानीको प्रतिवद्धता बढन थालेकोले अर्थतन्त्र सुधारको बाटोमा रहेको संकेत देखिएको उनको भनाइ छ । यस्तै, उनले यस्तो कठीन अवस्थामा बैंकले मात्रै नाफा गरेको बताए । उनले धेरै क्षेत्रहरुमा समस्या आउँदा बैंकहरुले मात्रै मनग्य आम्दानी गरेको धारणा राखे । उनले बैंकहरुको ब्याजदरमा एक वर्षमा ८० प्रतिशत बढेको बताउँदै प्रिमियम पनि ८ प्रतिशतसम्म लिन थालेको धारणा राखे । यस्तो छ उनले राखेको विचारका मुख्य बुँदाहरु : अर्थतन्त्रको विद्यमान अवस्था –एक बर्षदेखि निरन्तर शोधनान्तर घाटा –विदेशी विनिमय संचितिमाकरिब १७ प्रतिशतको गिरावट –२०७८ ७९ को साउन देखि पुससम्मकरिब ४५० अर्ब कर्जा प्रवाह, पुसयता ५५ अर्ब -२०७८ पुस यता १५५ अर्ब निक्षेप संकलन – कर्जाको ब्याजदरमा तरलताअभावकाकारण आधार दर बढेको छ भने त्यसमा ८ प्रतिशतसम्मप्रिमियमजोडिदा बैंक हेरि १८ प्रतिशतसम्मब्याजदर पुग्न सक्ने । – एक बर्षमा ब्याजदरमा ७० प्रतिशतसम्म वृद्धि । -व्यवसायमा ७० प्रतिशतसम्म गिरावट । – कार्तिक एक देखि लागु भएको चालु पूँजीकर्जा सम्बन्धि निर्देशिकाले व्यवसाय थप जोखिममा । – यसको असर प्रत्यक्ष रुपमा सरकारी राजश्वमा । – यस बर्षको पहिलो तीनमहिनामा राजश्व संकलनगतबर्षभन्दा १९ प्रतिशतकम । – राजश्वभन्दा १५ अर्ब बढि चालु खर्च, सरकार संचालनपनिकठिन । – मुल्यवृद्धि एक बर्षमा ४ प्रतिशतविन्दुले बढ्यो । -पछिल्लो तीन बर्षको औसत आर्थिक वृद्धिदर २ प्रतिशत । नवउत्थान र आर्थिक स्थायित्वका लागि महासंघको पहल – हाल हाम्रो मुख्य प्राथमिकताब्याजदर स्थायित्व र सहजलगानीको वातावरण सिर्जनागर्नेमा केन्द्रित छ । -कोभिड १९ को महामारीको मध्यमा कार्यभार सम्हालेको नया नेतृत्वद्धारा कोभिड १९ को महामारी विद्यमान रहँदा र त्यसपछिको पुनरोत्थानको रणनीति सहित राष्टिय २०७७ चैत्रमाआर्थिक रुपान्तरण २०३० सार्वजनिक । – राष्ट्रिय आर्थिक रुपान्तरण र सरकारको उद्योग वाणिज्य सम्वद्ध नीतिको संयुक्त रुपमाकार्यान्वयनगर्न सरकारसंग समझदारीपत्रमा हस्ताक्षर । – कोभिड १९ बाट नवउत्थानसम्मपुग्नमहासंघको पहलमापुर्नकर्जा, पुर्नसंरचना र पुर्नतालिकिकरणको व्यवस्था । – निजी क्षेत्र विस्तारकालागि ९ वटा कानुनमा सुधारको मस्यौदा तयार, निर्वाचनलगत्तै संसदमा पेश गरिने । -स्टार्ट अपनीतिको मस्यौदा तयार, तिहार लगत्तै राष्टिय रुपमा छलफल गरिने, नीतिलगत्तै महासंघको पहलमा सरकारले दिने सहुलियतकर्जा सम्बन्धि व्यवस्था कार्यान्वयन हुने विश्वास । – साना तथा मझौला उद्यमलाई परियोजना कर्जा सम्बन्धि अध्ययन र यसबारे बजेटमा व्यवस्था । – ५० स्टार्ट अप, ५० लगानीकर्ता कार्यक्रमकार्यान्वयन शुरु । – जिआइवायर, पामआयल, स्यानिटरी प्याड लगायतका वस्तुमा अस्वभाविक रुपमागरिएको नीतिगतव्यवस्था परिमार्जन । ड्ड ब्याजदर नियन्त्रण र चालू पूँजीकर्जा सम्बन्धि व्यवस्थाको परिमार्जनका लागि निरन्तर पैरवी, चालु पूँजीकर्जा सम्बन्धि व्यवस्थामा परिमार्जन, स्थगनका लागि निरन्तर प्रयास । -संस्थागत सामाजिकउत्तरदायित्वअन्तर्गत कोभिड १९ को दोस्रो लहरका वखत सहायता कक्ष, आइसोलेसन केन्द्र स्थापना गरि करिब एक हजार जनालाई सहयोग प्रदान । अध्ययन अनुसन्धानएवं कार्यक्रम – नेपाल अति कम बिकसित मुलुकबाट स्तरोन्नति हुँदा निजी क्षेत्रमा पर्ने प्रभावबारे अध्ययन । -नेपालमा विदेशी लगानीका लागि अवसर र नीतिगत व्यवस्था सम्बन्धिअध्ययन । -साना तथा मझौलाउद्यम संचालन सहयोगी पुस्तिका (दुइ संस्करण) । -उत्पादनमूलक उद्योगका विद्यमानअवस्था र समाधानका उपाय । -कोभिड महामारी पछिको आर्थिक सुधार सम्बन्धि नव उत्थान सम्मेलन, परिपक्व पूँजीबजार सम्मेलन, स्वास्थ्य बिमा, इन्धन र वित्तिय संकट, पर्यटन, चलचित्र, लगायत विभिन्न विधामा सम्मेलन एवं छलफल । -आइएफसिसंगको सहकार्यमा निजी क्षेत्रको अवस्थाबारे अध्ययनगर्न सहमतिएवं निर्यात सम्भावनाबारे विश्व बैंकसंग अन्तरक्रिया । संस्थागत सुदृढिकरण -महासंघ सचिवालयको भौतिकपुर्वाधार सुधार । -नयाँ आर्थिक नियमावली पारित । -मानव संसाधन, लेखा, सदस्यताएवं उत्पत्तिको प्रमाणपत्र सम्बन्धिएकिकृति सफ्टवेर – महासंघ सचिवालयमा सर्भर जडान । -नयाकर्मचारी नियमावलीको मस्यौदा तयार । -मुख्य लेखाअधिकृतको रुपमा चार्टर्ड अकाउन्टेन्टको नियुक्ति । अबको बाटो -वर्तमान कार्यसमितिको कार्यकाल निक्कै चुनौतिपूर्ण । -पूर्व निर्धारित समयभन्दा ८ महिना ढिलो गरि कार्यभार शुरु । -कोभिड १९ काकारण त्यसपछिको करिब आठ महिना प्रभावित । – पछिल्लो तीन महिनामा निजी क्षेत्रकालागिउपयुक्त समय भनेको गत आर्थिक बर्षको साउनदेखि मंसरसम्मको ५ महिनामात्रै । – त्यस अवधिमाकरिब ४ सय ५० अर्ब निजी क्षेत्रमाकर्जा प्रभावितभयो । निजी क्षेत्र फस्टाएकै कारण केन्द्रियतथ्यांकविभागले ५.८ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण पनि गरेको थियो । -त्यसयता तरलताअभाव, व्याह्य क्षेत्र असन्तुलन, त्यसले बढाएको ब्याजदर र पछिल्लो समय ल्याइएको चालु पूँजीकर्जा सम्बन्धिव्यवस्थाले निजी क्षेत्र निरुत्साहित । के अवस्था यस्तै रहन्छ त ? -रहँदैन, अर्थतन्त्रमा सुधारका संकेत पनि देखिन थालेका छन, जस्तो कि रेमिट्यान्स बढदैछ, साउनमा अघिल्लो बर्षको सोही महिनाभन्दा डलरमै १६ प्रतिशत वृद्धि । -गतबर्ष ६ लाख ३० हजार मानिस विदेश गए, यस बर्षको तीनमहिनामा झण्डै २ लाख रोजगारीका लागि गएका छन् । -पर्यटक आगमन बढ्न थालेको छ । फेब्रुअरीसम्ममासिक २० हजारभन्दा कम पर्यटक आउने गरेकोमात्यसयतामासिक ४० हजार कटेको छ । -वैदेशिकलगानीको प्रतिवद्धता बढन थालेको छ । – सिमेन्ट, स्टील, बिजुलीलगायतको निर्यात शुरु भएको छ । – वैदेशिक सहायता निर्वाचन पछि थप बढने अपेक्षा । -सुधारको अपेक्षा गरेर नै, महासंघले फेब्रुअरीमाभारत लक्षितलगानीएवं व्यापार सम्मेलनगर्दैछ । -साना तथा मझौलाएवं महिलाउद्यमी सम्मेलनपनिहाम्रो प्राथमिकतामा छ । -त्यसैले अबको ३ महिना देखि अर्थतन्त्रमा क्रमशः सुधार देखिंदै जानेछ । तर यसका लागि मुख्य दुइ शर्त छन् -पहिलो ब्याजदर अस्वभाविक रुपमा बढन दिनु हुँदैन् । अहिले बैंकहरुले ८ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याजदर सार्वजनिक गर्न थालेका छन् । त्यसलाई हालै अर्थमन्त्रालयमा गठित कार्यदलले २ देखि ४ प्रतिशतसम्ममात्रै प्रिमियम जोड्न पाउने सुझाव दिएको छ । यसैगरि सिआर आर र स्प्रेडदर घटाउनुपर्ने सुझाव पनि कार्यदलको छ । जुन कार्यान्वयन हुनुपर्छ । – दोस्रो कार्तिक एक देखि लागू भएको चालु पूँजीकर्जा मार्गदर्शन तत्काल स्थगन गरिनुपर्छ । ब्याजदर नियन्त्रण भएन र चालु पूँजीकर्जा मार्गदर्शन स्थगित भएन भने उद्यम व्यवसायचल्न सक्दैन । यसले अर्थतन्त्रमै दुर्घटना निम्त्याउन सक्छ ।
माधव नेपाललाई आयोगले सोध्यो स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका रौतहट क्षेत्र नं १ का उम्मेदवार एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई फ्रि भिसा र फ्रि टिकटको आश्वासन दिएको विषयप्रति २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको छ । अध्यक्ष नेपालले रौतहट जिल्लामा आयोजित एक कार्यक्रममा आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारी अवसर दिने आश्वासन बाँडेको विषयमा स्पष्टीकरण सोधेको आयोगले जनाएको छ । आयोगले उक्त सामग्रीका विषयमा आयोगबाट गठित सामाजिक सञ्जाल अनुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा नेता नेपालको हो होइन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकाले स्पष्टीकरण सोधेको हो । सोही विषयमा आयोगले जिल्ला प्रहरी कार्यालय, रौतहटलाई आवश्यक प्रक्रिया अगाडि बढाउन पत्र पठाएको छ ।