काठमाडौं । नेपालीहरुको दशैं पछिको ठूलो पर्व तिहार आउन केही दिन मात्रै बाँकी छ । बजारमा तिहारको रौनक सुरु भइसकेको छ । यतिबेला कामको सिलसिला तथा अन्य कामका लागि राजधानीमा आउनेहरु तिहार पर्व मनाउनका लागि आफ्नो गाउँ प्रस्थान गरिरहेका छन् ।
बसपार्कमा ठूलो संख्यामा उपत्यका छोडेर गाउँ फर्किरहेका छन् । यस्तै, हवाइ यात्रा भएर पनि हजारौं संख्यामा तिहार मनाउन आफ्नो गाउँ फर्किरहेका छन् । यति बेला त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा तिहार मनाउनका लागि घर जानेको भिड लागेको छ ।
