विकासन्युज

चितवनमा घन्टी अगाडि बढ्दै, ३ वटै क्षेत्रमा कडा प्रतिस्पर्धा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले पुराना राजनीतिक दललाई कडा चुनौती दिइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनका ३ वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेलाई टक्कर दिइरहेको हो । चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार हरि ढकालले अग्रता लिएका छन् । उनी नेपाली कांग्रेसका विश्व पौडेलभन्दा १२ सयभन्दा बढी मतले अगाडि रहेका छन् । पछिल्लो परिणामअनुसार हरि ढकालले ५ हजार ९८ मत ल्याएका छन् । उनलाई कांग्रेसका विश्व पौडेलले ३ हजार ८८४ मत ल्याएर पछ्याइरहेका छन् । ढकाल र पौडेलबीच १ हजार २१४ मतले अघि रहेका छन् । त्यस्तै, अर्का प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे तेस्रो स्थानमा रहेका छन् । उनले ३ हजार ८८० मत ल्याएका छन् । यस्तै, चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई टपेका छन् । लामिछाने अहिले दोस्रो स्थानमा उक्लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार रबि लामिछानेले २ हजार ३८४ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले मत २ हजार २६३ मत ल्याएका छन् । उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन् । उनले २ हजार ६०३ मत ल्याएर अग्रता कायम गरिरहेका छन् । त्यस्तै चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बराल तेस्रो स्थानमा पुगेकी छन् । उनले २ हजार ७२० मत ल्याएकी छन् । पछिल्लो परिणामअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेले अग्रता लिएका छन् । उनले ३ हजार ८७ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा माओवादी उम्मेदवार भोजराज अधिकारी दोस्रो स्थानमा सीमित छन् । उनले २ हजार ८४१ मत ल्याएका छन् । नेपाली काग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले २ हजार ५५७ मत ल्याएका छन् ।

हरि ढकाल र विश्व पौडेलबीच १२ सय मतान्तर, एमालेका पाण्डे तेस्रो स्थानमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले पुराना राजनीतिक दललाई कडा चुनौती दिइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनका ३ वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेलाई टक्कर दिइरहेको हो । चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार हरि ढकालले अग्रता लिएका छन् । उनी नेपाली कांग्रेसका विश्व पौडेलभन्दा १२ सयभन्दा बढी मतले अगाडि रहेका छन् । पछिल्लो परिणामअनुसार हरि ढकालले ५ हजार ९८ मत ल्याएका छन् । उनलाई कांग्रेसका विश्व पौडेलले ३ हजार ८८४ मत ल्याएर पछ्याइरहेका छन् । ढकाल र पौडेलबीच १ हजार २१४ मतले अघि रहेका छन् । त्यस्तै, अर्का प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे तेस्रो स्थानमा रहेका छन् । उनले ३ हजार ८८० मत ल्याएका छन् ।

झापा ३ : सिटौलाभन्दा लिङ्देन १ हजार ३९७ मतले अगाडि

काठमाडौं । झापा क्षेत्र नंं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मतान्तरलाई फराकिलो बनाएका छन् । उनका मुख्य प्रतिस्पर्धी कृष्ण सिटौलाभन्दा १ हजार ३९७ मतले मतले लिङ्देन अगाडि रहेका छन् । हालसम्म ९ हजार १२ मत गणना सम्पन्न भएको छ । जसमा राप्रपाका अध्यक्ष लिङ्देनले अग्रता कायम राखेका हुन् । मंगलबार बिहान ७ बजेसम्म लिङ्देनले ४ हजार ७३९ मत प्राप्त ल्याएका छन् । उनका प्रतिष्पर्धी कांग्रेस नेता कृष्ण सिटौलाले ३ हजार ३४२ मत ल्याएका छन् । कांग्रेस नेता सिटौलाभन्दा लिङ्देन १ हजार ३९७ मतले अगाडि रहेका छन् ।

कालिञ्चोक दर्शनको आईपीओ मंसिर १४ गतेदेखि, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कति कित्ता ?

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले मंसिर १४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको १२ करोड रुपैयाँ अर्थात् प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १२ लाख कित्ता सेयर निष्काशन तथा बिक्री खुला गर्नेछ । कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्ने छ । त्यसैगरी, जारी पूँजीको १८ प्रतिशत अर्थात् १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयर मध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् । स्थानिय बासिन्दाहरुले अधिकतम ४ हजार ९९० कित्ता र वैदेशिक रोजगारमा रहेकाहरुले अधिकतम १० हजार ८ सय कित्तासम्म आवेदन दिन पाउनेछ । कम्पनीको आईपीओमा वैदेशिक रोजगारमा रहेकाहरु नेपाली तथा स्थानिय बासिन्दाहरुले मंसिर २८ गतेभित्र आवेदन दिनसक्नेछन् । यदि सो दिनभित्र पूर्ण आवेदन नपरेमा स्थानिय बासिन्दाहरुले पुस १४ गतेसम्म आवेदन दिन पाउने छैनन् । वैदेशिक रोजगारमा रहेकाहरु नेपालीहरुका लागि भने आवेदन दिने समय थप हुने छैन । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले बिक्री प्रबन्धक र कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेगा बैंक र सेञ्चुरी बैंकका दोलखाका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्दछ ।

काठमाडौं-१ मा चौथो पटक सांसद चुनिए प्रकाशमान, मिश्र १३२ मतले पराजित

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले झिनो मतान्तरले चुनाव जितेका हुन् । उनी यो क्षेत्रबाट चौथोपटक सांसद बनेका छन् । सांसद बन्न सिंहले फेरि पनि राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १३२ मतान्तरले पराजित गरे । सिंहले ७ हजार १४३ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी मिश्रले ७ हजार ११ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५, एमालेका किरण पौडेलले ३ हजार ५३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ मत पाएका छन् ।

रोल्पामा वर्षमान पुन अगाडि

रोल्पा । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्र्तगत जारी मतगणनामा रोल्पाको प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादीका उम्मेदवार वर्षमान पुनले अग्रता लिएका छन् । अहिलेसम्म एक हजार १६ मतगणना हुँदा पुनले छ सय ९० मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार पूर्ण बुढामगरले दुई सय आठ मत प्राप्त गरेका छन् । प्रदेशसभा (२) मा स्वतन्त्र उम्मेदवार दीपेन्द्रकुमार पुन सिजलले अग्रता लिएका छन् । तीन सय एक मत गणना हुँदा स्वतन्त्र उम्मेदवार सिजलले एक सय ४४ मत ल्याएका छन् । गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका अमरसिंह पुनले ७९ र नेकपा एमालेका प्रेमबहादुर घर्तीमगरले ६८ मत पाएका छन् । त्यस्तै प्रदेश १ मा ६०५ गन्दा गठबन्धनका उम्मेदवार नेकपा माओवादीका जोगबहादुर महराले ३७० र एमालेका कमलबहादुर बुढाथोकीले १०६ मत पाएका छन् ।

नवलपरासी १ मा विनोद चौधरीको अग्रता

काठमाडौं । नवलपरासीमा नेपाली कांग्रेसका विनोद कुमारी चौधरीले अग्रता कायम गरेका छन् । चौधरीले ८५३ मत सहित अग्रता कायम गरेका हुन् । यस्तै, चौधरीलाई पछ्याउँदै जनता प्रगतिशिल पार्टीका हृदेयश त्रिपाठी ६३२ मत सहित दोस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरी ४५५ मतसहित तेस्रो स्थानमा छन् ।

यस्तो छ भक्तपुरको पछिल्लो ‘अपडेट’

भक्तपुर । भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा जारी मतगणनामा साँझ ५ बजेसम्मको १५ हजार मत गणना गर्दा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले अग्रता कायम राखेको हो । यहाँ लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दुर्लभ थापा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतभन्दा छ सय ८३ मतान्तरले अगाडि छन् । नेपाली कांग्रेसका थापाले छ हजार एक सय ९४ मत प्राप्त गर्नुभएको छ भने एमालेका बस्नेतले पाँच हजार पाँच सय १९ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार ९८, राष्ट्रियता प्रजातन्त्र पार्टीले एक हजार एक सय ११ र नेपाल मजदुर किसान पार्टीले छ सय ६९ मत प्राप्त गरेको छ । त्यसैगरी भक्तपुर क्षेत्र नं १ मा एमालेले अग्रता लिएको छ । एमालेले आठ सय २० मत प्राप्त गर्दा राप्रपाले सात सय ७६ मत ल्याएको छ । नेमकिपाले छ सय ८२ मत पाएको छ । सत्ता गठबन्धनबाट माओवादीका उम्मेदवारले पाँच सय पाँच मत पाएका छन् । यस क्षेत्रमा नेकपा (एमाले) का तर्फबाट नवराज गेलाल, राप्रपाका तर्फबाट भरतबहादुर खड्का, नेपाल मजदुर किसान पार्टीका तर्फबाट प्रेम सु्वाल, सत्ता गठबन्धनका तर्फबाट सुनिल गोठेले उम्मेदवारी दिएका छन् । त्यसैगरी प्रदेशसभातर्फ भक्तपुरको क्षेत्र नंं १ अन्तर्गतको चाँगुनारायण प्रदेशमा नेपाली कांग्रेसका उम्मेदवारले फराकिलो मतले अग्रता लिएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका सुरेश श्रेष्ठले दुई हजार तीन ८९ मत ल्याउँदा एमालेका मोहनवीर श्रेष्ठले नौ सय ७९ मतले पछ्याएका छन् । राप्रपाका उम्मेदवार दीपक कुइँकेलले भने चार सय ७१ मत ल्याएका छन् । त्यस्तै क्षेत्र नं २ अन्तर्गतको सूर्यविनायक प्रदेशमा एमालेले अग्रता लिएको छ । एमालेका प्रदेशसभा उम्मेदवार किरण थापाले एक हजार एक सय ३८ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार विष्णुराज कार्कीले नौ सय ३९ मत ल्याएका छन् । राप्रपाका उम्मेदवार विक्रम थापाले तीन सय १२ मत तथा नेमकिपाका सरोजराज गोसाइँले दुई सय दुई मत ल्याएका छन् । दुवै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकसमेतको मतगणना सुरु गरेकाले नतिजा आउन एक साता लाग्ने मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिए ।