चितवनमा घन्टी अगाडि बढ्दै, ३ वटै क्षेत्रमा कडा प्रतिस्पर्धा

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले पुराना राजनीतिक दललाई कडा चुनौती दिइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनका ३ वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेलाई टक्कर दिइरहेको हो । चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार हरि ढकालले अग्रता लिएका छन् । उनी नेपाली कांग्रेसका विश्व पौडेलभन्दा १२ [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले पुराना राजनीतिक दललाई कडा चुनौती दिइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनका ३ वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेलाई टक्कर दिइरहेको हो ।

चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार हरि ढकालले अग्रता लिएका छन् । उनी नेपाली कांग्रेसका विश्व पौडेलभन्दा १२ सयभन्दा बढी मतले अगाडि रहेका छन् ।

पछिल्लो परिणामअनुसार हरि ढकालले ५ हजार ९८ मत ल्याएका छन् । उनलाई कांग्रेसका विश्व पौडेलले ३ हजार ८८४ मत ल्याएर पछ्याइरहेका छन् । ढकाल र पौडेलबीच १ हजार २१४ मतले अघि रहेका छन् ।

त्यस्तै, अर्का प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे तेस्रो स्थानमा रहेका छन् । उनले ३ हजार ८८० मत ल्याएका छन् ।

यस्तै, चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नेपाली कांग्रेसका उमेश श्रेष्ठलाई टपेका छन् । लामिछाने अहिले दोस्रो स्थानमा उक्लिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार रबि लामिछानेले २ हजार ३८४ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले मत २ हजार २६३ मत ल्याएका छन् । उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन् । उनले २ हजार ६०३ मत ल्याएर अग्रता कायम गरिरहेका छन् ।

त्यस्तै चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बराल तेस्रो स्थानमा पुगेकी छन् । उनले २ हजार ७२० मत ल्याएकी छन् । पछिल्लो परिणामअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेले अग्रता लिएका छन् । उनले ३ हजार ८७ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा माओवादी उम्मेदवार भोजराज अधिकारी दोस्रो स्थानमा सीमित छन् । उनले २ हजार ८४१ मत ल्याएका छन् । नेपाली काग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले २ हजार ५५७ मत ल्याएका छन् ।

Share News