विकासन्युज

अत्याधिक महत्वकांक्षाले अशान्ति निम्त्याउँछ, खुसीका लागि साना लक्ष्य तय गर्नुहोस्

एजेन्सी । ८ घण्टाको जागिरमा १२/१५ घण्टा समय बित्छ, परिवार र आफन्तका लागि समय हुँदैन । धेरै इच्छाहरु पनि पूरा हुँदैनन् । आफ्नो महत्वकांक्षा पूरा गर्न नसकेमा अति महत्वाकांक्षाको शिकार बन्न सक्छ मान्छे । यस्ता व्यक्तिहरूले व्यावसायिक सफलताको लागि मानसिक शान्ति र शारीरिक स्वास्थ्य दुवै गुमाउन सक्छन् । गत अक्टोबरमा अमेरिकामा मानसिक स्वास्थ्यसम्बन्धी अमेरिकी सर्जन जर्नलको प्रतिवेदनमा धेरैजसो अमेरिकीहरूले पछिल्लो समयमा व्यावसायिक सफलताको हतारले जीवन बिगारिरहेको महशुस गरेको कुरा उल्लेख गरिएको छ । कोरोना महामारीपछि मानिसको कामप्रतिको सोचमा परिवर्तन आएको छ । ठुलो लक्ष्यको पछि दौडनु र आफ्नो परिवारलाई बिर्सनुको सट्टा जीवनमा साना लक्ष्यहरू तय गर्नु उत्तम हुने उक्त जर्नलमा उल्लेख गरिएको छ । साना लक्ष्यहरुमा सफलता प्राप्त गर्दै जाँदा मानिसलाई आनन्द महशुस हुनसक्छ । काम रुचीले गर्नुहोस, पुरस्कार पाउने आशाले होइन अनुसन्धानले भन्छ कि कुनै चीजको लागि पुरस्कार, जस्तै नगद पुरस्कारको पछाडि लागेर काम गर्दा त्यसले उक्त कामप्रतिको आन्तरिक प्रेरणालाई मार्ने सम्भावना रहन्छ । उदाहरणका लागि यदि कुनै एपले साइकल चलाउनको लागि पुरस्कार दिइरहेको छ र साइकल चलाउनु तपाईंको शोंख छ, पुरस्कारका कारण भने बिस्तारै तपाईंले यसमा रुचि गुमाउनुहुनेछ। विकाससँगै शान्ति पनि हुनुपर्छ अनुसन्धानमा संलग्न समूहका जर्ज भन्छन्, जीवनमा प्रगति आवश्यक छ। अगाडि बढ्ने प्रयास जारी राख्नु पनि जरुरी छ । नयाँ कुरा सिक्नुहोस् तर विशेष काम वा तलब वा स्थानलाई प्रगतिको रूपमा लिने सोचमा परिवर्तन गर्नुपर्छ, तपाईंको क्षमताले नै विकास र शान्ति सम्भव छ भन्ने कुरालाई मान्न जरुरी छ । आफ्नो परिवार र सम्बन्धलाई महत्व दिनुपर्छ रायन भन्छन्, ‘व्यावसायिक जीवनका उपलब्धिहरू बाँड्नका लागि सम्बन्ध पनि आवश्यक हुन्छ ।’ त्यसैले परिवारलाई समय दिनुहोस्। टाढा भएकाहरूलाई बोलाउनुहोस्। तिनीहरूलाई थाहा दिनुहोस् कि तपाईंले तिनीहरूको ख्याल राख्नुहुन्छ। पारिवारिक सम्बन्ध बिगारेर प्राप्त गरिने सफलताले मानसिक तनाव मात्र दिनेछ। पदोन्नति र तलबको लागि काम नगर्नुहोस् अनुसन्धानले देखाउँछ कि तपाईंले आफ्नो काम पूरा गर्नमा ध्यान दिनुपर्छ । त्यसो गर्दा कामबाट हुने उपलब्धिले तपाईलाई सन्तष्टि प्राप्त हुन्छ । तर, बढुवा वा तलब बृद्धिको काम सकेर पनि तपाईंले सन्तुष्टि प्राप्त गर्न सक्नुहुन्न । ध्यान गर्नुहोस् विभिन्न अनुसन्धानले देखाएको छ कि दैनिक ध्यान गर्ने मानिसहरू आफैंमा धेरै सन्तुष्ट हुन्छन्। यस्ता व्यक्तिले सहजै प्रगति हासिल गर्छन् ।

शाओमीको ल्यायो एउटा टिभी किन्दा ३ लाख रुपैयाँसम्मको अर्को टिभी जित्ने मौका

काठमाडौं । स्मार्टफोन र टि.भी. कम्पनी शाओमीले वर्ल्डकप २०२२ लाई लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि आकर्षक अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरुले मी अथवा रेडमी टेलिभिजन खरिद गर्दा ७५ इन्चको मी क्यु एलइडि टेलिभिजन जित्ने अवसर प्राप्त गर्न सक्नेछन् । शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले धेरैले प्रतिक्षा गरेकाे वर्ल्डकपलाई मध्यनजर गर्दै यस्ताे अफर ल्याएकाे बताए । ‘वर्ल्डकप हेर्नकै लागि भनेर नयाँँ टेलिभिजन किन्ने समय कुरेर बस्ने ग्राहकहरु धेरै हुन्छन्, यही कुरालाई मध्यनजर गरेर हामीले हाम्रा मी ग्राहकहरुको लागि गोल–डेन अफर ल्याएका छौँ, वहाँँहरुको मी अथवा रेडमी टेलिभिजन खरिद गर्ने गोलडेन रहरलाई अझै रोमाञ्चक बनाउन पाउँदा हामी पनि धेरै उत्साहित छौँ,’ उनले भने । यस अफर अन्तर्गत कुनै पनि मी अथवा रेडमी टेलिभिजन खरिद गर्दा एक जना भाग्यशाली ग्राहकले २ लाख ९९ हजार ९९९ मुल्य बराबरको ७५ इन्चको मी क्युएलइडि टेलिभिजन जित्ने मौका पाउनेछन् । त्यस्तै, अन्य ग्राहकहरुले दैनिक रुपमा ४५ हजार ९९९ बराबरको एयर प्युरिफायर ३, स्मार्ट एयर फ्रायर, एयर कम्प्रेसर, बियर्ड ट्रिमर र ईलेक्ट्रिक टुथब्रश पनि जित्न सक्नेछन् । लक्की ड्रमा सहभागि हुनको लागि टिभिमा भएको कोड स्क्यान गर्नुपर्ने हुन्छ अथवा टिभिको सिरियल नम्बर ३१००७ मा पनि एस्एमएस् गर्नुपर्ने हुन्छ । कम्पनीकाे अनुसार यो अफर मंसिर ४ गते देखि पुस ३ गतेसम्म लागु हुनेछ ।

मतदाताले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्छु : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नवनिर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठले मतदाताले दिएको जिम्मेवारीलाई पाँच वर्षसम्म कुशलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौं क्षेत्र नं ९ बाट विजयी भएपछि प्रतिक्रिया दिँदै उनले भने, ‘मतदाताले दिएको जिम्मेवारीलाई ५ वर्षसम्ममा कुशलतापूर्वक पूरा गर्न प्रतिबद्ध छु, जनताको हरेक समस्यालाई सम्बोधन गर्न जुट्नेछु, जनताको सल्लाहमा अघि बढ्नेछु ।’ नवनिर्वाचित जनप्रतिनिधि श्रेष्ठले आफ्ना निर्वाचन क्षेत्रका चालु योजना स्वाभाविकरुपले अगाडि बढाउने उल्लेख गर्दै भने, ‘अधुरा र अपूरा योजनालाई पनि पूरा गर्दै जान्छु, सङ्घ, प्रदेश र स्थानीय सरकारसँग परामर्श गरेर आवश्यकतानुसारको नयाँनयाँ योजना तर्जुमा गरी अगाडि बढछु ।’ उनले निर्वाचनमा सहयोग गर्ने पार्टीका नेता कार्यकर्तालगायत मतदातालाई धन्यवाद व्यक्त गरे । रासस

रविले लिए ७२८ मतको अग्रता, जित्नेमा ढुक्क

काठमाडौं । चितवन निर्वाचन क्षेत्रमा रवि लामिछानेले अग्रता कायम गरिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उनले ४ हजार ७५१ मत प्राप्त गरेर अग्रता कायम गरेका हुन् । यस्तै, नेकपा एमालेका कृष्णभक्त पोखरेलले ४ हजार २३ र काँग्रेसका उमेश श्रेष्ठले ३ हजार ६१९ मत पाएका छन् । उनले आफु अग्रता कायम गर्दै जाने र जित्नेमा ढुक्क रहेको प्रतिक्रिया दिएका छन् ।

राप्रपाले प्रदेशसभाबाट खाता खोल्यो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रदेशसभाबाट विजयको सुरुआती खाता खोलेको छ । काठमाडौं क्षेत्र नं २ १ मा राप्रपाका सुनिल केसी पाँच हजार पाँच सय ९८ मत ल्याएर विजयी भएका निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए । उनका प्रतिस्पर्धी सानुकुमार श्रेष्ठले पाँच हजार ७९ मत प्राप्त गरेका छन् । केसीले एक हजार पाँच सय १५ मत अन्तरले विजयी भएका हुन् । प्रदेशसभा ‘२’ को पनि मतगणना भइरहेको छ । प्रतिनिधिसभाको गणना जारी प्रतिनिधिसभातर्फ काठमाडौँ क्षेत्र नं २ को मतगणना जारी छ । अपराह्न ३ बजेसम्म २५ हजार चार सय ४६ मतगना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोविता गौतम सात हजार एक सय ८७ मतका साथ अग्रस्थानमा छन् । नेकपा एमालेका उम्मेदवार मणिराम फुँयालले पाँच हजार चार सय ९० मत ल्याएर दोस्रो स्थानमा छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तादेवी पोखरेलले पाँच हजार ५१ मत ल्याएर तेस्रो स्थानमा छन् । माओवादी केन्द्रका उम्मेदवार ओनसरी घर्तीले चार हजार नौ सय २९ मत प्राप्त गरेका सहायक निर्वाचन अधिकृत रेग्मीले जानकारी दिए । कूल ५२ हजार नौ सय ५७ मत खसेको थियो । सो क्षेत्रमा कूल ८१ हजार नौ सय ७० मतदाता रहेका छन् । रासस

यी १३ ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता, जित्ने सम्भावना कसको बढी ?

काठमाडौं । अहिले प्रतिनिधिसभार र प्रदेशसभाको निर्वाचनमा देशभरका विभिन्न ठाउँमा मतगणना भइरहेको छ । केही महिना अगाडि मात्रै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले देशव्यापी रुपमा चर्चा पाइरहेको छ । विशेष गरेर वर्षौंदेखि आफ्नो प्रभाव छोडिरेहका ठूला राजनीतिक दललाई पनि राष्ट्रिय स्वतन्त्र पार्टीले त्रास उत्पन्न गराइरहेको छ । अहिले देशभर मतगणना भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १३ निर्वाचन क्षेत्रमा अग्रता कायम गरिरहेको छ । काठमाडौं क्षेत्र नम्बर– ६ का उम्मेदवार शिशिर खनाल सुनसरी–२ बाट उम्मेदवारी दिएका लाल बिक्रम थापा, चितवन–१ बाट उम्मेदवारी दिएका हरि ढकाल, चितवन –२ बाटै उम्मेदवारी दिएका रसिव लामिछाने, काठमाडौं–७ बाट गणेश पराजुली, सुनसरी–३ बाट कमल बाबु मैनालीले अग्रता लिएका छन् । यस्तै, काठमाडौं–८ बाट बिराजभक्त श्रेष्ठ, झापा–३ बाट शम्भु प्रसाद ढकाल, रुपन्देही–२ बाट गणेश पौडेल, कास्की–२ बाट माधब प्रसाल कंडेल, ललितपुर–३ बाट तोसिमा कार्की र काठमाडौं–२ बाट सोविता गौतमले अग्रता लिएकी छिन् । यी सबै उम्मेदवारले प्रतिस्पर्धीसँग केही मतको अग्रता लिएका छन् ।

काठमाडौं–५ दुई हजार पाँच सय ३८ मतले प्रदीप अगाडि

काठमाडौ । काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । चौबीस हजार नौ सय मतगणना हुँदा कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले आठ हजार दुई सय २० मत प्राप्त गरेका छन् । प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले पाँच हजार छ सय ८२ मत प्राप्त गरेका छन् । पौडेल र पोखरेलको मतान्तर दुई हजार पाँच सय ३८ रहेको निर्वाचन अधिकृत रितबहादुर पुलामी मगरले जानकारी दिए । यस क्षेत्रमा कूल ७० हजार नौ सय १९ मतदाता रहेको यस क्षेत्रमा ४५ हजार नौ सय ९७ मत खसेको थियो । काठमाडौं क्षेत्र नं ५ मा १५ दलगत र १४ स्वतन्त्र उम्मेदवार गरी कूल २९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

हुम्लामा मतपेटिका सङ्कलन गर्न हेलिकप्टर

हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेका ३४ मतदान केन्द्रको एक सय ३६ मतपेटिका सङ्कलन गर्न हेलिकप्टर प्रयोग गरिने भएको छ । दक्षिण क्षेत्रका चार गाउँपालिकाअन्तर्गतको ३४ वटा मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ल्याइने भएको हो । दूर्गम क्षेत्रको मतदान केन्द्रबाट पैदल मार्गबाट ढुवानी गरेर ल्याउन जोखिम देखिएपछि निर्वाचन आयोगले हेलिकोप्टरमै ढुवानी गर्न सहमति दिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताए । लामो प्रयासपछि आयोगले हेलिकप्टरमा ती मतपेटिका हेलिकप्टरमा ढुवानी गर्न सहमति दिएपछि त्यो सम्भव भएको उनले बताए । हेलिकप्टरले सर्केगार्डबाट सिमकोटका लागि दुई उडान भरेर मतपेटिका ढुवानी गरिनेछ । मतदान कार्य सम्पन्न भएको दुई दिन बित्न लाग्दा पनि आधाभन्दा बढी मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेको छैन । रासस