भारतमा पहिलो गियर इलेक्ट्रिक मोटरबाइक ‘म्याटर ०७’ लञ्च
एजेन्सी । अहमदाबाद बेस्ड इभी स्टार्टअप ‘म्याटर इनर्जी’ ले आफ्नो पहिलो इलेक्ट्रिक मोटरबाइक ‘म्याटर ०७’ लञ्च गरेको छ । कम्पनीले यसलाई २२ औं शताब्दीको मोटरसाइकलको रुपमा प्रस्तुत गरेको छ । म्याटर मोटरसाइकलको मुख्य विशेषता भनेको ४ स्पिड हाइपर सिफ्ट म्यानुअल गियरबक्स हो । जुन भारतमा पहिलो पटक लञ्च गरिएको हो । ‘म्याटर ०७’ मा ५ किलोवाट पावर प्याकको जडान गरिएको छ । साथै यसमा एक्टिभ लिक्विड कूलिंग टेक्नोलोजी रहेको छ । म्याटर एनर्जी मोटरसाइकलले बलियो लुक्सको साथ मस्कुलर डिजाइनमा रहेको छ । यो बाइक ग्रे एण्ड नियोन, निलो एण्ड सुन, कालो एण्ड सुन र रातो/कालो/सेतो गरी चार रङमा उपलब्ध रहेको छ । मोटरसाइकलमा अटो क्यान्सिलिङ इन्डिकेटर सहित लिड लाइट रहेको छ । सो मोटरसाइकलको बुकिङ सन् २०२३ को पहिलो चौमासिकमा लिने कम्पनीले जनाएको छ ।
हिमालयन बैंकले डिस्कभर्स अन्तराष्ट्रिय सञ्जालका कार्डहरु स्विकार गर्ने
काठमाडौं । हिमालयन बैंकले डिस्कभर्स, डाइनर्स क्लब अन्तराष्ट्रिय तथा डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजको गठबन्धन संजालको कार्ड स्विकार गर्ने व्यवस्था शुरु गरेको छ । बैंक तथा डिस्कभर्स अन्तराष्ट्रिय नेटवर्क बिच भएको उक्त व्यवस्थाले कार्डधारकहरुलाई उनीहरुको सुविधाका लागि नेपालका विभिन्न मर्चेन्टहरुमा भुक्तानी गर्ने विकल्पहरु उपलब्ध हुनेछ । डिस्कभर्सका कार्डहरु स्विकार गर्ने नेपालका विभिन्न मर्चेन्टहरुले उक्त नेटवर्कका विश्वभरि फैलिएका २८ करोड ग्राहकहरुले वार्षिक रुपमा गर्ने ५०० अर्ब डलर बराबरको खर्चमा आफ्नो पहुँच प्राप्त गर्नेछन् । बैंकले काठमाडौं, पोखरा, चितवन, लुम्बिनी लगायतका पर्यटकीय क्षेत्रहरुका विभिन्न होटल, रेष्टुराँ, खुद्रा व्यापार तथा अन्य मर्चेन्टहरुमा रहेका आफ्ना पस मेशिनहरुमा उक्त नेटवर्कका कार्डहरु स्विकार गर्ने छ । डाइनर्स क्लब अन्तराष्ट्रिय तथा डिस्कभर्सको लोगो भएको मर्चेन्टहरुले डिस्कभर्स अन्तराष्ट्रिय नेटवर्कद्वारा जारी भएको कार्डहरु स्विकार गर्ने छ । नेपाल प्रमुख भ्रमण गन्तव्य रहेको हुँदा बैंकले पर्यटकहरुलाई आफ्नो छनौटको कार्ड प्रयोग गर्ने अवसर प्रदान गर्दै मर्चेन्टहरुलाई उक्त कार्ड स्विकार गर्ने अवसर दिएको छ । नेपालको बैंकिङ्ग क्षेत्रको अग्रणी हिमालयन बैंक प्रसिद्ध अन्तराष्ट्रिय कार्ड ब्राण्डहरु जस्तैः अमेरिकन एक्स्प्रेस, जेसिबी, मास्टरकार्ड, युनियनपे, भीसा जारी तथा स्विकार गर्ने तथा डाइनर्स एण्ड डीस्कभर कार्ड स्विकार गर्ने एक मात्र बैंक हो । बैंकले प्रारम्भमा उक्त कार्ड आफ्ना १६० ए टि एम तथा ६००० भन्दा बढि पस टर्मिनलहरुमा स्विकार गर्ने छ ।
रसुवा प्रदेश नं १ मा कांग्रेस विजयी
रसुवा । रसुवा प्रदेश क्षेत्र नं १ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुलप्रसाद भट्टले चार हजार सात सय ७२ मत प्राप्त गरेका छन् । तामाङले आफ्ना प्रतिद्वन्द्वीभन्दा तीन हजार चार सय १४ मत बढी प्राप्त गरेका निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिए । उक्त क्षेत्रमा एक स्वतन्त्र महिलासहित आठजना उम्मेदवार थिए । उक्त क्षेत्रमा १३ हजार ६ सय ५५ मत खसेकामा १३ हजार दुई सय ८७ मत सदर भएको थियो ।
रिडी पावर कम्पनीले ४२.१० प्रतिशत लाभांश दिने
काठमाडौं । रिडी पावर कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंगलबार बिहान ११ बजे बसेको बैठकले सेयरधीलाई ४२.१० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी एक अर्ब १० करोड ६३ लाख ५८ हजारको ४० प्रतिशत बोनश सेयर र २।१० प्रतिशतको कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्न प्रस्ताव पारित गरेको हो । प्रस्तावित लाभांश विद्युत नियमन आयोगको स्विकृती तथा कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि बाँडिने छ ।
मेरो विजय भनेकै लोकतन्त्रको विजय हो : प्रकाशमान सिंह
काठमाडौं । काठमाडौं क्षेत्र नं १ बाट विजयी भएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान कार्यान्वयनका लागि राजनीतिक स्थायित्व र सुशासन नै अहिले मुख्य एजेण्डा भएको बताएका छन् । लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका उनी सात हजार १४३ मत ल्याई निर्वाचित भएका छन् । उनी निकटतम् प्रतिद्वन्दी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गरी प्रतिनिधिसभा सदस्यमा चौथोपटक विजयी बनेका छन् । निर्वाचित भएपछि काठमाडौं निर्वाचन क्षेत्र १ का मतदातालाई हार्दिक धन्यवाद दिँदै उनले यस जितले लोकतन्त्रवादीको शिर माथि उठेको बताए । लोकतन्त्रमा जनता सर्वोच्च र निर्णायक हुने र उनीहरूको मतले नै राज्य सञ्चालन हुने हुँदा यसलाई सबैले स्वीकार गर्नुपर्ने बताउँदै नेता सिंहले स्वच्छ प्रतिस्पर्धाले नै लोकतन्त्रलाई बलियो बनाउँछ भने । आफ्नो सम्पूर्ण जीवन नै लोकतन्त्रका लागि गरेको समर्पण र स्वच्छ छविकै कारण यस क्षेत्रका जनताले पटकपटक विजयी गराएका उनको भनाइ छ । उनले कांग्रेसले जनतालाई जसरी अधिकार दिलाउन तथा संविधान लेख्न र शान्ति प्रक्रियामा नेतृत्व ग¥यो अब त्यसलाई कार्यान्वयन गरेर आर्थिक क्रान्ति गरी समुन्नति र सम्पन्नता हासिल गर्ने अभियानमा पनि पार्टीले नेतृत्व गर्ने दृढता व्यक्त गरे । अहिलेको अर्थतन्त्रको सङ्कट समाधान गर्ने र लगानीमैत्री वातावरण बनाउने नयाँ सरकारको मूल दायित्व रहेको उल्लेख गर्दै उनले त्यसका लागि आफूले पहल गर्ने बताए । उनले तीन तहका सरकारले आफ्नो हिसाबले जनतामा सेवा प्रवाह गर्न नसकेका कारण सङ्घीयता लागू भए पनि केन्द्रीकृत एकात्मक व्यवस्था र सङ्घीयताबीचको भिन्नताबारे मतदाताले प्रश्न गरिरहेको उल्लेख गरे । पूर्वउपप्रधानमन्त्री सिंहले भने, ‘सङ्घीयतामा तीन तहको सरकार सक्रिय हुनुपर्नेमा अहिलेसम्म त्यो भएको छैन । त्यो नभएकै कारण मात्र एकात्मक व्यवस्था र सङ्घीयताको फरक के हो भन्नबारे सर्वसाधारणबाट प्रश्न भएको छ, त्यसलाई अधिकारका साथ काम गरेर देखाउन चाहन्छौँ ।’ निर्वाचनको मत परिणामको प्रारम्भिक नतिजाले नेपाली कांग्रेस नै सबैभन्दा ठूलो दलको रूपमा स्थापित हुने दाबी गर्दै उनले जनतालाई आवश्यकतानुसारको सेवा र सुविधासहित देशलाई समृद्धिको बाटोमा अगाडि बढाउन पार्टी दृढ रहेको उम्मेदवार बताए । नेता सिंहले निर्वाचन घरदैलोका क्रममा मतदाताले राखेका विकास निर्माण, जनजीविकाका सवाल र राजनीतिक स्थिरताका लागि आफूले विगतमा जस्तै एक जिम्मेवार जनप्रतिनिधिको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए । विगतमा राजनीतिक अस्थिरताका कारण जनअपेक्षा पूरा गर्न नसकिएको भन्दै नेता सिंहले अब आफ्नो सम्पूर्ण ध्यान स्थायित्व कायम गर्दै जनताको जीवनयापन सरल बनाउन सक्रिय हुने बताए । विसं २०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंह र नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहका छोरा उनी सानो उमेरदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहेका थिए । विसं २०१२ मा जन्मिएका उनी २०३४ सालमा नेविसङ्घको केन्द्रीय सदस्य बने भने २०३६ सालमा अध्यक्ष बने । विसं २०४७ देखि निरन्तर १० वर्षसम्म नेपाली कांग्रेसको काठमाडौंको सभापति रहे भने नेपाली कांग्रेसको विभाजनपछि नेपाली कांग्रेस प्रजातान्त्रिकको उपसभापति बने । विसं २०६४ मा पार्टी एकीकरणपछि २०६७ मा भएको १२औं महाधिवेशनबाट उनी महामन्त्रीमा निर्वाचित भए । उनले २०५३ सालमा राष्ट्रियसभा सदस्य भएर छ वर्षको कार्यकाल पूरा गरे । विसं २०६४ मा भएको पहिलो संविधानसभा र त्यसपछिका तीनवटै आम निर्वाचनमा उनले काठमाडौं–१ मा क्षेत्रबाट विजय हासिल गर्दै आएका छन् । उनी सुशील कोइरालाको मन्त्रिमण्डलमा उपप्रधानमन्त्री, स्थानीय विकास तथा सङ्घीय मामिलामन्त्री भएका थिए । पार्टी र सरकारमा रहँदा सधैँ इमान्दार र निष्ठा राख्नने उनी विकासप्रेमी नेताका रूपमा चिनिन्छन् ।
अत्याधिक महत्वकांक्षाले अशान्ति निम्त्याउँछ, खुसीका लागि साना लक्ष्य तय गर्नुहोस्
एजेन्सी । ८ घण्टाको जागिरमा १२/१५ घण्टा समय बित्छ, परिवार र आफन्तका लागि समय हुँदैन । धेरै इच्छाहरु पनि पूरा हुँदैनन् । आफ्नो महत्वकांक्षा पूरा गर्न नसकेमा अति महत्वाकांक्षाको शिकार बन्न सक्छ मान्छे । यस्ता व्यक्तिहरूले व्यावसायिक सफलताको लागि मानसिक शान्ति र शारीरिक स्वास्थ्य दुवै गुमाउन सक्छन् । गत अक्टोबरमा अमेरिकामा मानसिक स्वास्थ्यसम्बन्धी अमेरिकी सर्जन जर्नलको प्रतिवेदनमा धेरैजसो अमेरिकीहरूले पछिल्लो समयमा व्यावसायिक सफलताको हतारले जीवन बिगारिरहेको महशुस गरेको कुरा उल्लेख गरिएको छ । कोरोना महामारीपछि मानिसको कामप्रतिको सोचमा परिवर्तन आएको छ । ठुलो लक्ष्यको पछि दौडनु र आफ्नो परिवारलाई बिर्सनुको सट्टा जीवनमा साना लक्ष्यहरू तय गर्नु उत्तम हुने उक्त जर्नलमा उल्लेख गरिएको छ । साना लक्ष्यहरुमा सफलता प्राप्त गर्दै जाँदा मानिसलाई आनन्द महशुस हुनसक्छ । काम रुचीले गर्नुहोस, पुरस्कार पाउने आशाले होइन अनुसन्धानले भन्छ कि कुनै चीजको लागि पुरस्कार, जस्तै नगद पुरस्कारको पछाडि लागेर काम गर्दा त्यसले उक्त कामप्रतिको आन्तरिक प्रेरणालाई मार्ने सम्भावना रहन्छ । उदाहरणका लागि यदि कुनै एपले साइकल चलाउनको लागि पुरस्कार दिइरहेको छ र साइकल चलाउनु तपाईंको शोंख छ, पुरस्कारका कारण भने बिस्तारै तपाईंले यसमा रुचि गुमाउनुहुनेछ। विकाससँगै शान्ति पनि हुनुपर्छ अनुसन्धानमा संलग्न समूहका जर्ज भन्छन्, जीवनमा प्रगति आवश्यक छ। अगाडि बढ्ने प्रयास जारी राख्नु पनि जरुरी छ । नयाँ कुरा सिक्नुहोस् तर विशेष काम वा तलब वा स्थानलाई प्रगतिको रूपमा लिने सोचमा परिवर्तन गर्नुपर्छ, तपाईंको क्षमताले नै विकास र शान्ति सम्भव छ भन्ने कुरालाई मान्न जरुरी छ । आफ्नो परिवार र सम्बन्धलाई महत्व दिनुपर्छ रायन भन्छन्, ‘व्यावसायिक जीवनका उपलब्धिहरू बाँड्नका लागि सम्बन्ध पनि आवश्यक हुन्छ ।’ त्यसैले परिवारलाई समय दिनुहोस्। टाढा भएकाहरूलाई बोलाउनुहोस्। तिनीहरूलाई थाहा दिनुहोस् कि तपाईंले तिनीहरूको ख्याल राख्नुहुन्छ। पारिवारिक सम्बन्ध बिगारेर प्राप्त गरिने सफलताले मानसिक तनाव मात्र दिनेछ। पदोन्नति र तलबको लागि काम नगर्नुहोस् अनुसन्धानले देखाउँछ कि तपाईंले आफ्नो काम पूरा गर्नमा ध्यान दिनुपर्छ । त्यसो गर्दा कामबाट हुने उपलब्धिले तपाईलाई सन्तष्टि प्राप्त हुन्छ । तर, बढुवा वा तलब बृद्धिको काम सकेर पनि तपाईंले सन्तुष्टि प्राप्त गर्न सक्नुहुन्न । ध्यान गर्नुहोस् विभिन्न अनुसन्धानले देखाएको छ कि दैनिक ध्यान गर्ने मानिसहरू आफैंमा धेरै सन्तुष्ट हुन्छन्। यस्ता व्यक्तिले सहजै प्रगति हासिल गर्छन् ।
शाओमीको ल्यायो एउटा टिभी किन्दा ३ लाख रुपैयाँसम्मको अर्को टिभी जित्ने मौका
काठमाडौं । स्मार्टफोन र टि.भी. कम्पनी शाओमीले वर्ल्डकप २०२२ लाई लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि आकर्षक अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरुले मी अथवा रेडमी टेलिभिजन खरिद गर्दा ७५ इन्चको मी क्यु एलइडि टेलिभिजन जित्ने अवसर प्राप्त गर्न सक्नेछन् । शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले धेरैले प्रतिक्षा गरेकाे वर्ल्डकपलाई मध्यनजर गर्दै यस्ताे अफर ल्याएकाे बताए । ‘वर्ल्डकप हेर्नकै लागि भनेर नयाँँ टेलिभिजन किन्ने समय कुरेर बस्ने ग्राहकहरु धेरै हुन्छन्, यही कुरालाई मध्यनजर गरेर हामीले हाम्रा मी ग्राहकहरुको लागि गोल–डेन अफर ल्याएका छौँ, वहाँँहरुको मी अथवा रेडमी टेलिभिजन खरिद गर्ने गोलडेन रहरलाई अझै रोमाञ्चक बनाउन पाउँदा हामी पनि धेरै उत्साहित छौँ,’ उनले भने । यस अफर अन्तर्गत कुनै पनि मी अथवा रेडमी टेलिभिजन खरिद गर्दा एक जना भाग्यशाली ग्राहकले २ लाख ९९ हजार ९९९ मुल्य बराबरको ७५ इन्चको मी क्युएलइडि टेलिभिजन जित्ने मौका पाउनेछन् । त्यस्तै, अन्य ग्राहकहरुले दैनिक रुपमा ४५ हजार ९९९ बराबरको एयर प्युरिफायर ३, स्मार्ट एयर फ्रायर, एयर कम्प्रेसर, बियर्ड ट्रिमर र ईलेक्ट्रिक टुथब्रश पनि जित्न सक्नेछन् । लक्की ड्रमा सहभागि हुनको लागि टिभिमा भएको कोड स्क्यान गर्नुपर्ने हुन्छ अथवा टिभिको सिरियल नम्बर ३१००७ मा पनि एस्एमएस् गर्नुपर्ने हुन्छ । कम्पनीकाे अनुसार यो अफर मंसिर ४ गते देखि पुस ३ गतेसम्म लागु हुनेछ ।
मतदाताले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्छु : कृष्णगोपाल श्रेष्ठ
काठमाडौं । नवनिर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठले मतदाताले दिएको जिम्मेवारीलाई पाँच वर्षसम्म कुशलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौं क्षेत्र नं ९ बाट विजयी भएपछि प्रतिक्रिया दिँदै उनले भने, ‘मतदाताले दिएको जिम्मेवारीलाई ५ वर्षसम्ममा कुशलतापूर्वक पूरा गर्न प्रतिबद्ध छु, जनताको हरेक समस्यालाई सम्बोधन गर्न जुट्नेछु, जनताको सल्लाहमा अघि बढ्नेछु ।’ नवनिर्वाचित जनप्रतिनिधि श्रेष्ठले आफ्ना निर्वाचन क्षेत्रका चालु योजना स्वाभाविकरुपले अगाडि बढाउने उल्लेख गर्दै भने, ‘अधुरा र अपूरा योजनालाई पनि पूरा गर्दै जान्छु, सङ्घ, प्रदेश र स्थानीय सरकारसँग परामर्श गरेर आवश्यकतानुसारको नयाँनयाँ योजना तर्जुमा गरी अगाडि बढछु ।’ उनले निर्वाचनमा सहयोग गर्ने पार्टीका नेता कार्यकर्तालगायत मतदातालाई धन्यवाद व्यक्त गरे । रासस