विकासन्युज

नुवाकोटको क्षेत्र नं १ मा एमाले र क्षेत्र नं २ मा गठबन्धनको अग्रता

नुवाकोट । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका उम्मेदवार र क्षेत्र नं २ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन् । जारी रहेको मतगणनाअन्तर्गत आज अपरान्हसम्म क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ सात हजार पाँच सय ७० मतगणना हुँदा एमालेका उम्मेदवार बद्री मैनालीले तीन हजार ९३ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले तीन हजार ६६ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा प्रद्युम्न महतले आठ सय ९७ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए । उनका अनुसार क्षेत्र नं १ को प्रदेश–२ तर्फ तीन हजार एक सय ९० मत गणना हुँदा एमालेका पूर्णलाल श्रेष्ठले एक हजार तीन सय १५ मत ल्याएर अग्रता कायमै राखेका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रमेशकुमार महतले एक हजार दुई सय ६१ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका विमल थापाले तीन सय ३४ मत प्राप्त गरेका छन् । क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवारको अग्रता कायमै निर्वाचन क्षेत्र नं २ र उक्त क्षेत्रको प्रदेश १ मा जारी रहेको मतगणनामा सत्तारूढ पाँचदलीय गठबन्धनका साझा उम्मेदवारले अग्रता कायम राखेका छन् । प्रतिनिधिसभातर्फ पाँच हजार छ सय ८२ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसीले दुई हजार नौ सय ९६ मत, नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले एक हजार चार सय एक मत र राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार सुमनविक्रम पाण्डेले नौ सय ८५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । उनका अनुसार उक्त क्षेत्रको प्रदेश–१ तर्फ छ हजार सात सय २२ मतगणना हुँदा माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद ढुङ्गानाले तीन हजार पाँच सय ५२ मत ल्याएर अग्रता कायम राखेका छन् । एमालेका उम्मेदवार केशवराज पाण्डेको एक हजार नौ सय १३ मत र उम्मेदवारी निष्क्रिय बनाए पनि कांग्रेसका गीता अमात्यको सात सय ६५ मत प्राप्त भएको छ । जारी रहेको मतगणना निरन्तर अघि बढाइने सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएका छन् । रासस

कांग्रेस संसदीय दल निर्वाचनमा लाग्छु : गगन थापा

काठमाडौ । काठमाडौं क्षेत्र नं ४ प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचित भएका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू संसदीय दलको निर्वाचनमा जुट्ने बताएका छन् । निर्वाचनमा मतगणनाको अन्तिम परिणामपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यो निर्वाचनबाट मतदाताले तेतृत्वप्रति आक्रोश देखाएको मात्र नभइ नयाँ नेतृत्वको अपेक्षासमेत गरेको बताए । ‘मतदाताले स्थिर सरकार मात्र खोजेको होइन, नेपाल हाक्ने नयाँ चालक पनि चाहेको छ । त्यो चालक नेपाली कांग्रेसले दिनसक्छ । कांग्रेसले नै अन्य पार्टीलाई एकताबद्ध बनाएर नयाँ नेतृत्व लिन तयार छ’ महामन्त्री थापाले भने, ‘आम जनतालाई पनि विस्वस्त तुल्याउन चाहन्छु, निर्वाचन अभियान सकिएपछि अब म आजैदेखि कांग्रेस संसदीय दलको चुनावका लागि तयारीमा जुट्छु ।’अहिले गठबन्धन गरिरहेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावपछि पनि सहकार्य जारी राख्नेमा आफू आशावादी रहेपनि चुनावी अन्तिम नतिजाले त्यसको निक्र्योल गर्ने थापाको प्रतिक्रिया थियो । त्यसैगरी नागरिकका अपेक्षा पूरा गर्न नसक्दा अहिले मतदाताले आक्रोश पोखिरहेको पनि उनको भनाइ थियो । ‘हामीले गरेको वाचा पूरा हुन सकेका छैनन् । हामी पाँच वर्षका लागि निर्वाचित भए पनि व्यवहारिक हिसाबले पाउने समय भनेको पाँच महिना मात्रै हो,’ थापाले भने, ‘म मतदाताको ऋणी छु । जुन विश्वासका साथ मलाई मतदान गराएका छन्, त्यसमा ठेस लाग्ने र आघात पुग्ने काम गर्नेछैन । दिनरातको मेहनतबाट आजभन्दा भोलि राम्रो हुने अवस्था बनाउनुपर्ने छ ।’

टिभी किनेर ‘आइएमई पे’मार्फत भुक्तानी गर्दा ५ हजारसम्म छुट

काठमाडौं । आइएमई पे र बीग डिजिटलबीच सम्झौता भएको छ । सम्झौता अनुसार बीग डिजिटलबाट टिभी खरिद गरी आइएमई पे मार्फत भुक्तानी गर्द ग्राहकले १ हजार रुपैयाँ छुट पाउनेछन् । साथै, ग्राहकहरुले ५ हजारसम्मको स्क्र्याच कुपन र फ्रि स्पिकर पनि पाउन सक्नेछन् । यो अफर बीग डिजिटलका स्टोरहरुमा २०७९ साल मंसीर १ गतेबाट लागु भइ विश्वकप अवधिभर कायम रहने आइएमई पेले जनाएको छ ।

प्रधानमन्त्री देउवाको अग्रता निरन्तर

  डडेल्धुरा । पछिल्लो मत परिणामअनुसार डडेल्धुरामा प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवा अग्रस्थानमा छन् । सुरुआती चरणमावाट नै अगाडि देखिएका प्रधानमन्त्री देउवा १९ हजार पाँच सय ९६ मत गणना हुँदा नौ हजार सात सय ७३ मत ल्याएर अग्रस्थानमा छन् । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पाँच हजार एक सय ९३ मत ल्याएर पछ्याइरहेका छन् । प्रधानमन्त्री देउवा र स्वतन्त्र उम्मेदवार सागरबीच चार हजार पाँच सय ८० मतको फरक रहेको छ । यस्तै नेपाली कांग्रेस विपीका उम्मेदवार कर्णबहादुर मल्ललाई दुई हजार ६ सय ९४ मत प्राप्त भएको छ ।

एमालेका हाई-प्रोफाइल नेता : प्रतिस्पर्धीभन्दा धेरै तल, रोकिन सक्छ संसद छिर्ने बाटो

काठमाडौं । मंगलबार बाह्र बजेसम्मको मतगणनामा नेकपा (एमाले)का अधिकांश पदाधिकारीहरु ‘रेड जोन’मा देखिएका छन् । उपाध्यक्ष अस्टलक्ष्मी शाक्य र रामबहादुर थापा बाहेक १५ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् । चुनावी मैदानमा भएकामध्ये अधिकांश उम्मेदवारहरुको क्षेत्रको नतिजा आइरहेको छ । दिउसो १२ बजेसम्मको मतपरिणाम अनुसार झापा ५ मा उम्मेदवार रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले २४ हजार ४ सय २१ मत गणना गर्दा १२ हजार एक सय ८६ मत ल्याएका छन्। अध्यक्षको ओलीसँग प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले ७ हजार एक सय ३ मत ल्याएका छन्। ओली पाँच हजार बढी मतान्तरले अघि छन्। काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा उम्मेदवार रहेका एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल नेपाली कांग्रेसका उम्मेदवार प्रदिप पौडेलभन्दा पछाडि परेका छन् । १२ बजे सम्मको मतगणनामा पोखरलेलाई पौडेलले २५ सय ४० मतले पछाडी पारेका छन् । जसमा पौडेलले ८ हजार २२० मत प्राप्त गरेर अग्रस्थानमा छन् भने पोखरेलले ५ हजार ६८० मत ल्याएका छन् । रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका विष्णु पौडेल पछिल्लो मतगणनाको रिपोर्ट सार्वजनिक हुनेबेलासम्म पछाडि परेका छन् । पछिल्लो मतपरिणामअनुसार विष्णु पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलभन्दा पछि परेका छन् । स्वतन्त्र पार्टीका गणेश पौडेलले ३ हजार ३१९ मत पाएका छन भने विष्णु पौडेलले २ हजार ८९१ मत पाएका छन् । पछिल्लो मतपरिणामअनुसार इलाम निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका सुवासचन्द्र नेम्वाङ झिनाे मतान्तरसहित अगाडि देखिएका छन् । प्रारम्भिक मतपरिणामअनुसार उपाध्यक्ष नेम्वाङले २८ सय १५ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्प्रर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २७ सय १७ मत प्राप्त गरेका छन् । दाङ २ मा उम्मेदवार रहेका एमाले महासचिव शंकर पोखरेल माओवादी उम्मेदवार रेखा शर्मा भन्दा पछाडि परेका छन् । पछिल्लो मतपरिणामअनुसार महासचिव पोखरेल शर्माभन्दा १ हजार ५ सय ७४ मतले पछाडि परेका छन् । १८ हजार ३ सय ८० मत गणना गर्दा शर्माले ७ हजार ५ सय १३ मत प्राप्त गरेकी छिन् भने पोखरेलले ५ हजार ९ सय ३९ मत प्राप्त गरेका छन् । चितवन १ बाट उम्मेदवार रहेका एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि मतगणनामा निरन्तर रुपमा पछाडि परेका छन् । पछिल्लो मतपरिणामअनुसार एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे तेस्रो स्थानमा रहेका छन् । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ६ हजार ७६ मतका साथ अग्रता लिइरहेका छन् भने कांग्रेसका विश्वनाथ पौडेलले ५ हजार ८० मत प्राप्त गरेका छन् । एमाले उपाध्यक्ष पाण्डेले भने ४ हजार ५ सय २३ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् । लमजुङबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका एमाले सचिव पृथ्वी सुब्बा गुरुङ र गुल्मी २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका गोकर्ण विष्ट भने अगाडि देखिएका छन् । २० हजार ९०५ मतगणना हुँदा पृथ्वीले १० हजार ३३२ मत पाउँदा माओवादी केन्द्रका उम्मेदवार देव गुरुङले ८ हजार ५६७ मत पाएका छन् । त्यस्तै गुल्मी २ को पछिल्लो मतपरिणमअनुसार विष्टले १० हजार १ सय २५ प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एकीकृत समाजवादीकी उम्मेदवार राम कुमारी झाँक्रीले ८ हजार ७ मत प्राप्त गरेकी छिन् । त्यस्तै अर्घाखाँचीबाट उम्मेदवार बनेका एमाले सचिव टोपबहादुर रायमाझी र कैलाली ४ बाट उम्मेदवार बनेका एमाले सचिव लेखराज भट्टले अग्रता लिइरहेका छन् । एमाले सचिव पद्मा अर्याल, प्रदिप ज्ञवाली र योगेश भट्टराई उम्मेदवार रहेको जिल्ला क्रमशः स्याङ्जा २, गुल्मी १ र ताप्लेजुङमा को भने मतगणना शुरु भैसकेको छैन् । एमालेका चर्चित नेता तथा भक्तपुर १ का उम्मेदवार पनि पछिल्लो मतगणनासम्म आइपुग्दा रेडजोनमा परेका छन् । पछिल्लो मतपरिणामअनुसार सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा क्षेत्रीले १४ हजार ९६ मत ल्याएका छन् भने बस्नेतले १३ हजार ४३ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका अर्का चर्चित तथा विवादास्पद नेता गोकुल बास्कोटा पनि पछिल्लो मतपरिणामअनुसार रेडजोनमा परेका छन् । काभ्रेपलाञ्चोक २ मा उम्मेदवार रहेका बास्कोटालाई नेपाली कांग्रेसका उम्मेदवार शिबप्रसाद हुमागाईंले १३ सय ८० मतले पछाडि पारेका छन् । जसमा पछिल्लो मतपरिणामअनुसार हुमागाईंले ५ हजार ३ सय ८६ मत ल्याएका छन् भने बास्कोटाले ४ हजार ६ मत मात्रै प्राप्त गरेका छन् ।

प्रदेशको समानुपातिक मतगणना : कुन प्रदेशमा कस्को कति ?

काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेशसभाको समानुपातिकतर्फको मतगणना चलिरहेको छ । पछिल्लो मतगणनाअनुसार प्रदेश नं १ मा नेकपा एमालेले प्रदेशसभातर्फ २४ हजार ८२, नेपाली कांग्रेसले १९ हजार ६ सय ३८, नेकपा माओवादी केन्द्रले आठ हजार चार सय ५५, राष्ट्रिय प्रजातन्त्र पार्टीले छ हजार सात सय ४७, जनता समाज पार्टीले चार हजार १७ र अन्यले आठ हजार नौ सय तीन मत प्राप्त गरेका छन् । यसैगरी मधेस प्रदेशमा कांग्रेसले प्रदेशसभातर्फ तीन हजार नौ सय ५०, एमालेले तीन हजार नौ सय २४, जनमत पार्टीले तीन हजार पाँच सय ७४, माओवादी केन्द्रले एक हजार नौ सय ४४, जसपाले एक हजार नौ सय २५ र अन्यले पाँच हजार चार सय ९३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । बागमती प्रदेशमा कांग्रेसले प्रदेशसभातर्फ ११ हजार ६ सय ४१, माओवादी केन्द्रले १० हजार सात सय ८६, राप्रपाले सात हजार एक सय ५०, माओवादी केन्द्रले पाँच हजार एक सय ६७, नेपाल मजदुर किसान पार्टीले चार हजार एक सय ९६ र अन्यले तीन हजार चार सय ८३ मत प्राप्त गरेका छन् । गण्डकी प्रदेशमा एमालेले प्रदेशसभातर्फ १९ हजार सात सय ८९, कांग्रेसले १४ हजार एक सय ४९, माओवादी केन्द्र चार हजार तीन सय ५७, राप्रपा तीन हजार आठ सय २०, हाम्रो नेपाली पार्टी एक हजार सात सय १८ र अन्यले तीन हजार ६ सय ९६ मत प्राप्त गरेका छन् । लुम्बिनी प्रदेशमा एमालेले प्रदेशसभातर्फ २५ हजार एक सय २९, कांग्रेसले १७ हजार चार सय ७४, माओवादी केन्द्रले नौ हजार दुई सय ४३, राप्रपाले पाँच हजार सात सय १३, नागरिक उन्मुक्ति पार्टीले तीन हजार चार सय ७४ र अन्यले आाठ हजार नौ सय ४५ मत प्राप्त गरेका छन् । यसैगरी कर्णाली प्रदेशमा प्रदेशसभातर्फ माओवादी केन्द्रले तीन सय ४३, एमालेले एक सय ७९, राप्रपाले ७०, हाम्रो नेपाली पार्टीले ६ मत प्राप्त गरेका छन् । सुदूरपश्चिम प्रदेशमा प्रदेशसभातर्फ समानुपातिकको मतपरिणाम बारेको एकीकृत विवरण हालसम्म प्राप्त हुन नसकेको आयोगले जनाएको छ ।

चितवन-२ मा रविले टपे, कति ल्याए मत ?

चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् । कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिएका हुन् । लामिछानेले ४००७ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाएका छन् । कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन् ।

लमजुङमा एमालेका उम्मेदवार करिब दुई हजार मतले अघि

लमजुङ । लमजुङ प्रतिनिधिसभा सदस्यतर्फको पछिल्लो सार्वजनिक मतगणना परिणामअनुसार एमालेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङले एक हजार आठ सय २० मतले अघि हुनुभएको छ । पछिल्लो मतपरिणामअनुसार कूल गणना २३ हजार आठ सय ७० मध्ये गुरुङले ११ हजार ६ सय १७ मत प्राप्त गरेका छन् मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए । उनका अनुसार वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले नौ हजार सात सय ९७ मत प्राप्त गरेका छन् । उक्त मतगणना हुँदासम्म ६ सय ७८ मत बदर भएको छ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक लाख ३३ हजार पाँच सय ५९ मतदातामध्ये ८० हजार नौ सय १७ मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।