विकासन्युज

नर्भिक आइभिएफमा ५५ वर्षकी महिलाले जन्माइन् सन्तान

काठमाडौं । ललितपुरकी एक ५५ वर्षीया महिला टेष्टट्युब बेवी पद्दतीबाट आमा बनेकी छन् । नर्भिक आइभिएफ सेन्टरमा एक वर्षको उपचारपछि ललितपुरकी बिमला रजकले स्वस्थ बच्चाकाे आमा बेनकी हुन । शल्यक्रियामार्फत शनिबार बच्चा निकालिएको थियाे । हाल बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेकाे अस्पतालले जनाएकाे छ । बढ्दो उमेरमा गर्भाधारण गरी सन्तान जन्माउनु जोखिमपूर्ण मानिए पनि नर्भिक आइभिएफको उच्च जोखिम व्यवस्थापन र उत्कृष्ट उपचार प्रक्रियाबाट सहजै रुपमा आइभिएफमार्फत रजकले बच्च जन्माएकाे नर्भिक आइभिएफको उच्च जोखिम व्यवस्थापन र उत्कृष्ट उपचार प्रक्रियाबाट सहजै रुपमा आइभिएफमार्फत बताउँछिन् । ‘३० वर्षीय छोराको आकस्मिक निधन भएर विक्षिप्त बनेको हाम्रो परिवारमा २७ बर्षपछि छोराको रुपमा अर्काे सन्तान आउँदा खुसीको सीमा छैन,’बिमलाले भनिन् । नर्भिक आइभिएफमा उपचारका लागि आएका रजक दम्पत्तिले पहिलो प्रयासमै आइभिएफ पद्दतीबाट सन्तान जन्माउन सफल भएको डा. शर्माले जानकारी दिइन । नेपालको सन्दर्भमा उमेर बढ्दै जाँदा महिलाको हर्माेनमा आउने परिवर्तन, पाठेघरको अवस्था र विभिन्न स्वास्थ्य समस्याका कारण यो उमेरमा आइभिएफ पद्दतीबाट सन्तान जन्माउनु चुनौतीपूर्ण भएपनि आधुनिक सुविधा र दक्ष जनशक्तिका कारण सम्भव भएको डा. शर्माले बताइन । यसअघि पनि नर्भिक आइभिएफ सेन्टरमा उपचारपछि ५४ वर्षीया काठमाण्डौकी एक महिलाले आइभिएफ पद्दतीबाट जुम्ल्याह सन्तान जन्माएकी थिइन । ‘बढी उमेर समूहको भएका महिलालाई हामीले सुरुवातदेखि नै उच्च जोखिम समूहमा राखेर उपचार गर्छाै,’ डा. शर्माले भनिन्,‘पछिल्लो सफलताले पनि बढ्दो उमेर मात्र सन्तान प्राप्तिमा बाधक होइन भन्ने पुष्टि गरेको छ, तर सन्तान प्राप्तिको चाहना भएकाहरुले समयमै चिकित्सकसँग परामर्श गर्न जरुरी हुन्छ।’

संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बन्ने नाराले गगनलाई जितायो तेस्रोपटक सांसद

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने नाराका साथ काठमाडौं क्षेत्र नं ४ मा मत मागेका गगनकुमार थापा तेस्रोपटक प्रत्यक्ष सांसद निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्द्वी डा राजन भट्टराईभन्दा सात हजार चार सय ४७ मतान्तरले विजयी उनले २१ हजार तीन सय दुई मत ल्याउँदा भट्टराईले १३ हजार आठ सय ५५ मत पाएका थिए । विसं २०३३ साउन ४ गते काठमाडौ‌मा जन्मिएका महेन्द्रकुमार थापा र राजेश्वरी थापाको छोरा थापाले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । विसं २०४६ को जनआन्दोलनका बेलामा अध्ययनकै उक्त आन्दोलनमा सहभागी भएका उनी नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घमा आवद्ध थिए । उच्च शिक्षा अध्ययनका क्रममा २०५१ सालमा थापा त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भएकामा विसं २०५३ को स्ववियु निर्वाचनमा सोही क्याम्पसको सचिवमा निर्वाचित भएका थिए । विद्यार्थी सङ्घले सचिवका लागि टिकट नदिएपछि उनी विद्रोही समूहबाट सचिव निर्वाचित भएका हुन् । विसं २०५५ को स्ववियु निर्वाचनमा थापा त्रिचन्द्र क्याम्सको सभापति निर्वाचित हुनाका साथै सोही बखत त्रिभुवन विश्वविद्यालयबाट सिनेट सदस्यमा मनोनित भए । विसं २०५७ मा चितवनमा सम्पन्न नेपाल विद्यार्थी सङ्घको नवौँ महाधिवेशनबाट उनी उपाध्यक्ष निर्वाचित भएका थिए । २०५९ सालमा वीरगञ्जमा सम्पन्न नेपाल विद्यार्थी सङ्घको १०औँ महाधिवेशनबाट थापा महामन्त्री मनोनित भए। नेविसङ्घको महामन्त्री भएका बेला राजसंस्थाको सान्दर्भिकताका विषयमा बहस गरेर उनी चर्चामा आए । राजसंस्थाको सान्दर्भिकताका बारेमा बहस गरेरपछि २०६२ सालमा नेविसङ्घका तत्कालीन अध्यक्ष गुरुराज घिमिरे र थापालाई राजद्रोहको मुद्दा लगाइएको थियो । घिमिरे र थापासहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुका नेता पुरुषोत्तम आचार्यलाई राजद्रोहको मुद्दा लगाएपछि राजधानीलगायत मुख्य सहरमा विद्यार्थी आन्दोलन चर्किएको थियो । त्यसबेलाको विद्यार्थी आन्दोलनमा राजतन्त्रविरुद्ध नै नारा लागेको थियो । आन्दोलन चर्किएपछि तत्कालीन सरकार तीनै जना विद्यार्थी नेतालाई छोड्न बाध्य भएको थियो । सोही विद्यार्थी आन्दोलनले थापालाई चर्चित विद्यार्थी नेताका रुपमा स्थापित गरेको हो । विसं २०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभा निर्वाचनताका चर्चित वक्ताका रुपमा उहाँले धेरै ठाउँमा सम्बोधन गरे । पहिलो संविधानसभा सदस्यका लागि भएको निर्वाचनमा समानुपातिक सूचीमा रहनुभएका थापा परिणाम प्राप्त भएपछि संविधानसभा सदस्य बने । विसं २०६८ मा उहाँ कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएकामा महमान्त्रीमा भने पराजित भएका थिए । महामन्त्रीमा हारेपनि थापा केन्द्रीय सदस्य पदमा मनोनित भए । विसं २०७० मा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा काठमाडौं–४ बाट उहाँ पहिलो पटक प्रत्यक्ष सांसद निर्वाचित भएका थिए । सोही कार्यकालमा २०७१ सालमा थापाले संसद्को कृषि तथा जलस्रोत समितिको सभापति भएर काम गरे भने विसं २०७३ मा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बनेर गरेको कामका कारण पनि चर्चित भएका थिए । स्वास्थ्य मन्त्री हुँदा उनले सरकारी अस्पतालमा फार्मेसीको स्थापना गराउनुका साथै सफाइमा पनि विशेष अभियान चलाएका थिए । स्वास्थ्य बीमाको कार्यक्रम पनि थापाको कार्यकालमा आएको थियो । विसं २०७४ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि उनी काठमार्डौ–४ बाट दोस्रोपटक प्रत्यक्ष निर्वाचित सांसद बनेका थिए । दोस्रो कार्यकालमा थापाले संसद्को शिक्षा तथा स्वास्थ्य समिति सदस्य भएर काम गर्नाका साथै विसं २०७८ मा सम्पन्न कांग्रेस महाधिवेशनबाट भारी मतान्तरले महामन्त्री पदमा निर्वाचित भएका थिए । कांग्रेस महामन्त्री पदमा थापा र विश्वप्रकाश शर्माको विजयले पार्टीभित्र मात्र नभइ अन्य पार्टी र स्वतन्त्र युवा समूहमा पनि उत्साह जागृत भएको थियो । थापालाई अर्का महामन्त्री शर्माले पनि भावी प्रधानमन्त्री भनी सार्वजनिक घोषणा गरेका थिए । फरक–फरक भूगोलमा पुगेर युवासँग अन्तक्र्रिया गर्न रुचाउने थापा सबैका अनुभव सुन्न लालायित बन्छन् । विसं २०५९ असोजमा जननिर्वाचित सरकारलाई हटाएपछि भएका विभिन्न आन्दोलनका क्रममा दुई पटक राजद्रोहको मुद्दा खेपेका उनले राज्यबाट संविधानसभा पदक प्राप्त गरेका थिए ।

चुनाव प्रचारले ४५ अर्ब रुपैयाँ निक्षेप बढायो, बैंकिङ क्षेत्रमा तरलता अवस्था सामान्य हुँदै

काठमाडौं । निर्वाचनको प्रचारप्रसार तिव्र भएको अवधिमा ४५ अर्ब रुपैयाँ भन्दा बढी बैकिङ खातामा जम्मा भएको छ । चुनावको बेलामा बजारमा पैसा आउँछ भन्ने अनुमानलाई यसले केही हदसम्म पुष्टि गरेको छ । नेपाल बैंकर्स संघको अनुसार कात्तिक १७ अघि वाणिज्य बैंकहरुमा कुल निक्षेप ४५ खर्ब २४ अर्ब रुपैयाँ थियो । कात्तिक ३० गतेसम्म वाणिज्य बैंकहरुमा निक्षेप करिब ३९ अर्ब रुपैयाँले बढेर ४५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ । निर्वाचनको असरले यो सातामा बैंकहरुमा निक्षेप अझ वृद्धि हुने अनुमान बैंकर्सको रहेको छ । विकास बैंक र फाइनान्स कम्पनीहरुमा यस अवधिमा निक्षेप वृद्धि सन्तोषजनक रहेको उनीहरुले बताएका छन् । विकास बैंकहरुमा निक्षेप वृद्धि राम्रो भएकोले नै मंसिरदेखि ब्याजदर घटाउने निर्णय भएको विकास बैंकर्स संघको अध्यक्ष प्रद्युम्न पोखरेलले बताए । ‘ठ्याक्कै रकम भन्न सकिन्न, तर पछिल्लो तीन सातामा ६/७ अर्ब रुपैयाँ विकास बैंक र फाइनान्स कम्पनीमा निक्षेप वृद्धि भएको अनुमान गर्न सकिन्छ,’ उनले भने । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाका कुल निक्षेप ५१ खर्ब ८३ अर्ब रुपैयाँ भएको छ । सिडी रेसियो पनि ८६ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकले सिडी रेसियो ९० प्रतिशतभन्दा कम राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई भनेको छ । ८५ प्रतिशत सीडी रेसियो हुनलाई तरलताको हिसाबले बैंकिङ क्षेत्र सामान्य अवस्थामा फर्किएको मानिन्छ । तरलता बढ्दै जाँदा पोलिसी रेट ४ प्रतिशतमा झरेको छ । बैंकको अल्पकालिन कर्जाको व्याजदर ९.१९ प्रतिशतमा झरेको छ ।

निर्वाचनपछि पनि देखिएन सेयर बजारमा सुधारको संकेत

काठमाडौं । प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनपछि मंगलबार खुलेको सेयर बजार घटेको छ । मंगलबार सेयर बजार ७.१३ अंकले घटेर १९२९.७० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार ३७ लाख ६३ हजार ८३६ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३५ करोडको कारोबार भएको छ । आज सबैभन्दा बढि कारोबार नेपाल बैंकको भएको छ । बैंकको आज १२ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, आज सबैभन्दा बढी जानकी फाइनान्स कम्पनी रहेको छ भने गुमाउनेमा युनिलिभर नेपाल रहेको छ ।

काठमाडौं–९ बाट एमालेका श्रेष्ठ निर्वाचित, को हुन् उनी ?

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । उनले ११ हजार ९ सय ५६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेललाई ९९५ मतान्तरले पराजित गरेका हुन् । पराजित टेकबहादुर पोखरेलले १०९६१ मत ल्याएका छन् । ्उनले यसअघि प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ मा काठमाडौं ५ र मध्यावधि निर्वाचन २०५१ मा काठमाडौं ७ बाट निर्वाचित भएका थिए । यस्तै, संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा पनि उनी काठमाडौं ९ बाट निर्वाचित भएका थिए । २०५९ सालमा स्थानीय विकास राज्यमन्त्री भएका श्रेष्ठ केपी ओली नेतृत्वको सरकारमा २०७७ सालमा मन्त्री बनेका थिए।

नुवाकोटको क्षेत्र नं १ मा एमाले र क्षेत्र नं २ मा गठबन्धनको अग्रता

नुवाकोट । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटको निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेका उम्मेदवार र क्षेत्र नं २ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन् । जारी रहेको मतगणनाअन्तर्गत आज अपरान्हसम्म क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ सात हजार पाँच सय ७० मतगणना हुँदा एमालेका उम्मेदवार बद्री मैनालीले तीन हजार ९३ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङले तीन हजार ६६ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा प्रद्युम्न महतले आठ सय ९७ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए । उनका अनुसार क्षेत्र नं १ को प्रदेश–२ तर्फ तीन हजार एक सय ९० मत गणना हुँदा एमालेका पूर्णलाल श्रेष्ठले एक हजार तीन सय १५ मत ल्याएर अग्रता कायमै राखेका छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रमेशकुमार महतले एक हजार दुई सय ६१ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका विमल थापाले तीन सय ३४ मत प्राप्त गरेका छन् । क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवारको अग्रता कायमै निर्वाचन क्षेत्र नं २ र उक्त क्षेत्रको प्रदेश १ मा जारी रहेको मतगणनामा सत्तारूढ पाँचदलीय गठबन्धनका साझा उम्मेदवारले अग्रता कायम राखेका छन् । प्रतिनिधिसभातर्फ पाँच हजार छ सय ८२ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसीले दुई हजार नौ सय ९६ मत, नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले एक हजार चार सय एक मत र राष्ट्रिय स्वतन्त्र पाटीका उम्मेदवार सुमनविक्रम पाण्डेले नौ सय ८५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । उनका अनुसार उक्त क्षेत्रको प्रदेश–१ तर्फ छ हजार सात सय २२ मतगणना हुँदा माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद ढुङ्गानाले तीन हजार पाँच सय ५२ मत ल्याएर अग्रता कायम राखेका छन् । एमालेका उम्मेदवार केशवराज पाण्डेको एक हजार नौ सय १३ मत र उम्मेदवारी निष्क्रिय बनाए पनि कांग्रेसका गीता अमात्यको सात सय ६५ मत प्राप्त भएको छ । जारी रहेको मतगणना निरन्तर अघि बढाइने सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएका छन् । रासस

कांग्रेस संसदीय दल निर्वाचनमा लाग्छु : गगन थापा

काठमाडौ । काठमाडौं क्षेत्र नं ४ प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचित भएका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू संसदीय दलको निर्वाचनमा जुट्ने बताएका छन् । निर्वाचनमा मतगणनाको अन्तिम परिणामपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यो निर्वाचनबाट मतदाताले तेतृत्वप्रति आक्रोश देखाएको मात्र नभइ नयाँ नेतृत्वको अपेक्षासमेत गरेको बताए । ‘मतदाताले स्थिर सरकार मात्र खोजेको होइन, नेपाल हाक्ने नयाँ चालक पनि चाहेको छ । त्यो चालक नेपाली कांग्रेसले दिनसक्छ । कांग्रेसले नै अन्य पार्टीलाई एकताबद्ध बनाएर नयाँ नेतृत्व लिन तयार छ’ महामन्त्री थापाले भने, ‘आम जनतालाई पनि विस्वस्त तुल्याउन चाहन्छु, निर्वाचन अभियान सकिएपछि अब म आजैदेखि कांग्रेस संसदीय दलको चुनावका लागि तयारीमा जुट्छु ।’अहिले गठबन्धन गरिरहेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावपछि पनि सहकार्य जारी राख्नेमा आफू आशावादी रहेपनि चुनावी अन्तिम नतिजाले त्यसको निक्र्योल गर्ने थापाको प्रतिक्रिया थियो । त्यसैगरी नागरिकका अपेक्षा पूरा गर्न नसक्दा अहिले मतदाताले आक्रोश पोखिरहेको पनि उनको भनाइ थियो । ‘हामीले गरेको वाचा पूरा हुन सकेका छैनन् । हामी पाँच वर्षका लागि निर्वाचित भए पनि व्यवहारिक हिसाबले पाउने समय भनेको पाँच महिना मात्रै हो,’ थापाले भने, ‘म मतदाताको ऋणी छु । जुन विश्वासका साथ मलाई मतदान गराएका छन्, त्यसमा ठेस लाग्ने र आघात पुग्ने काम गर्नेछैन । दिनरातको मेहनतबाट आजभन्दा भोलि राम्रो हुने अवस्था बनाउनुपर्ने छ ।’

टिभी किनेर ‘आइएमई पे’मार्फत भुक्तानी गर्दा ५ हजारसम्म छुट

काठमाडौं । आइएमई पे र बीग डिजिटलबीच सम्झौता भएको छ । सम्झौता अनुसार बीग डिजिटलबाट टिभी खरिद गरी आइएमई पे मार्फत भुक्तानी गर्द ग्राहकले १ हजार रुपैयाँ छुट पाउनेछन् । साथै, ग्राहकहरुले ५ हजारसम्मको स्क्र्याच कुपन र फ्रि स्पिकर पनि पाउन सक्नेछन् । यो अफर बीग डिजिटलका स्टोरहरुमा २०७९ साल मंसीर १ गतेबाट लागु भइ विश्वकप अवधिभर कायम रहने आइएमई पेले जनाएको छ ।