काठमाडौं । अहिले प्रतिनिधिसभार र प्रदेशसभाको निर्वाचनमा देशभरका विभिन्न ठाउँमा मतगणना भइरहेको छ । केही महिना अगाडि मात्रै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले देशव्यापी रुपमा चर्चा पाइरहेको छ । विशेष गरेर वर्षौंदेखि आफ्नो प्रभाव छोडिरेहका ठूला राजनीतिक दललाई पनि राष्ट्रिय स्वतन्त्र पार्टीले त्रास उत्पन्न गराइरहेको छ ।
अहिले देशभर मतगणना भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १३ निर्वाचन क्षेत्रमा अग्रता कायम गरिरहेको छ ।
काठमाडौं क्षेत्र नम्बर– ६ का उम्मेदवार शिशिर खनाल सुनसरी–२ बाट उम्मेदवारी दिएका लाल बिक्रम थापा, चितवन–१ बाट उम्मेदवारी दिएका हरि ढकाल, चितवन –२ बाटै उम्मेदवारी दिएका रसिव लामिछाने, काठमाडौं–७ बाट गणेश पराजुली, सुनसरी–३ बाट कमल बाबु मैनालीले अग्रता लिएका छन् ।
यस्तै, काठमाडौं–८ बाट बिराजभक्त श्रेष्ठ, झापा–३ बाट शम्भु प्रसाद ढकाल, रुपन्देही–२ बाट गणेश पौडेल, कास्की–२ बाट माधब प्रसाल कंडेल, ललितपुर–३ बाट तोसिमा कार्की र काठमाडौं–२ बाट सोविता गौतमले अग्रता लिएकी छिन् ।
यी सबै उम्मेदवारले प्रतिस्पर्धीसँग केही मतको अग्रता लिएका छन् ।