
। नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाको राजीनामा मागेका छन् । सत्ता गठबन्धन जोगाउन नसकेको भन्दै घिमिरेले देउवाले पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।
देउवाले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्ने र राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाउनुपर्ने माग गरे ।
गठबन्धन गलत भन्दाभन्दै किन गरियो ? भन्ने प्रश्न गर्दै घिमिरेले लेखेका छन्, ‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ। राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइनेछ ।’