विकासन्युज

सुरज सिंह ठकुरी बने शुभगृहको ब्रान्ड एम्बेसडर

काठमाडौं। शुभगृह इन्स्टिच्युट एन्ड कन्सल्टेन्सीले सुरज सिंह ठकुरीलाई आफ्नो बोर्डमा बोर्ड एम्बेसडर नियुक्त गरेको छ ।  शनिबार आयोजित विशेष कार्यक्रममा सो संस्थाले ठकेरीलाई बोर्ड एम्बेसडर नियुक्त गरेको हो । ‘जेन्युन सिन्स २०१४’ के नारा बोकेको शुभगृहले विद्यार्थीरुलाई उचित सहयोग र परामर्श प्रदान गर्ने, उनीहरुको बौद्धिक जिज्ञासालाई उत्प्रेरित गर्ने विश्वव्यापी मान्यता र सहकार्यको संस्कृतिलाई बढावा दिई आफे सेवा प्रदान गरिरहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै ठकुरीले शुभगृह इन्स्टिच्युट एन्ड कन्सल्टेन्सीमा आबद्ध हुन पाउँदा धेरै खुसी लागेको बताए । उनले विद्यार्थीहरुलाई शुभगृहमा उनीहरुको लक्ष्य प्राप्त गर्न सहयोगका लागि तत्पर रहेको बताए । ‘शिक्षा वा सामान्य जीवनमा सफल हुनका लागि आफ्नो दृढ संकल्पको शक्तिमा विश्वास गर्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ, यदि तपाईंले यसलाई लगनशिलता र वास्तविकतासँग जोड्नु भयो भने कुनै पनि कुार असम्भव छैन, अष्ट्रेलिया, क्यानाडा, युरोप, संयुक्त राज्य अमेरिका वा युनाइटेड किंगडममा अध्ययन गर्ने विद्यार्थीहरुको सपना पूरा गर्न शुभगृहले ठूलो योगदान पुर्याइरहेको छ ।’ शुभगृह इन्स्टिच्युट एन्ड कन्सल्टेन्सीका प्रबन्ध निर्देशक सुभेन्द्र थापाले ठकुरीलाई ब्रान्ड एम्बेसडरको रुपमा स्वागत गर्न पाउँदा आफूहरुलाई धेरै खुसी लागेको बताए । उनले भने, ‘लक्ष्यप्राप्तिका लागि इच्छुक विद्यार्थीहरुलाई कसरी शुभगृहले सधैं सम्मान गरेको छ भन्ने भावनालाई सुरज सिंह ठकुरीले पूर्णरुपमा बुझेका छन्, उनले सही मनोवृत्ति, ठूला सपना र सच्चा सल्लाहकारको साथ भएमा जो कोही पनि सफल हुन सक्छन् भन्ने प्रमाणित गरेका छन् ।’ शुभगृह इन्स्टिच्युट एन्ड कन्सल्टेन्सीका प्रबन्ध निर्देशक थापाको थप भनाइ थियो, ‘विश्वभर धेरै विकल्पहरु बढेसँगै नेपाली विद्यार्थीहरुसँग उच्च शिक्षा हासिल गर्न पहिलेभन्दा धेरै जानकारी र स्रोतहरु पनि बढेका छन्, संसारमा मान्यताप्राप्त उच्च शिक्षा शिक्षा हासिल गर्ने नेपाली विद्यार्थीहरुको विश्वव्यापी उपस्थितिले उनीहरुको क्यारियरका लागि उत्कृष्ट प्लेटफर्म सिर्जना गर्ने छ भन्ने मेरो अनुमान छ । शुभगृहमा हाम्रो लक्ष्य भनेको नेपाली विद्यार्थीहरुलाई अहिले र भविष्यमा उच्च स्तरको अन्तर्राष्ट्रिय शिक्षामा पहुँच प्राप्त गर्न सक्षम बनाउनु हो ताकि उनीहरुले आफ्नो देश र विश्वको विकासमा योगदान दिन सकून् ।’ शुभगृह अ‍ेष्ट्रेलिया, क्यानडा, युरोप, बेलायत र अमेरिकामा केन्द्रित रहेको शैक्षिक संस्था र परामर्शदाता हो । यसले नेपाली विद्यार्थीहरुलाई उनीहरुको शैक्षिक लक्ष्यहरु प्राप्त गर्न मद्धत गर्नमा महत्वपूर्र्ण भूमिका खेल्दै आएको छ । यो संस्थाले सही मार्गदर्शन प्रदान गरेवापत धेरै अन्तर्राष्ट्रिय कलेजबाट ‘उत्कृष्ट परामर्शदाता पुरस्कार’ प्राप्त गरेको छ ।

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।  शुक्रबार तोलामा १ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज तेजावी सुनको भाउ पनि तोलामा ४ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

५ करोडको लगानीमा ‘चितवन ड्राइभिङ स्कुल’ सञ्चालनमा

चितवन । सवारी चालक प्रशिक्षण प्रदान गर्न आधुनिक सुविधासहित ‘चितवन ड्राइभिङ स्कुल’ सञ्चालनमा ल्याइएको छ । पाँच करोड रुपैयाँभन्दा बढीका लगानीमा चितवन ड्राइभिङ स्कुल प्रालिले भरतपुर महानगरपालिका–४ लङ्कुमा सो स्कुल शनिबारदेखि सञ्चालनमा ल्याएको हो । हालै बागमती प्रदेश यातायात व्यवस्था कार्यालयले चितवनबाट चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रिया सुरुआत गरेसँगै सो स्कुल सञ्चालनमा आएको जनाइएको छ । सो कार्यालयद्वारा जारी ‘सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४’ का अनुसार चितवनमा सो स्कुलले सञ्चालनको पहिलो अनुमति पाएको थियो । स्कुलमा फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिलाई पनि विशेष प्रशिक्षणको व्यवस्था रहेको र अहिले स्कुलमा पाँच कमजोर शारीरिक अवस्थाका व्यक्तिले निःशुल्क प्रशिक्षण लिइरहेको बताइएको छ । दुई बिघा क्षेत्रफलमा सञ्चालित सो स्कुलका सञ्चालकमा युवा व्यवसायी माधवप्रसाद अधिकारी, रामनारायण घिमिरे, राजन क्षेत्री र विवेकजङ्ग थापा रहनुभएको शनिबार यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । महेश सन्यास आश्रमदेवघाटका संरक्षक स्वामी मधुसुधानन्द गिरी शनिबार सो स्कुल सञ्चालनको शुभारम्भ गरे । सो अवसरमा सञ्चालक अधिकारीले भने, ‘सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४ का सबै मापदण्डअनुसार चितवन ड्राइभिङ स्कुल सञ्चालनमा ल्याएका हौँ ।’ उनका अनुसार स्कुलमा एकैपटक बीसभन्दा बढी प्रशिक्षार्थीलाई प्रशिक्षण दिन सकिने छ । हाल मोटरसाइकल, स्कुटर, अटो र चारपाङ्ग्रे सवारीसाधनको चालक प्रशिक्षण दिन स्कुलले सुरुआत गरेको छ । ‘प्रशिक्षार्थीको माग र आवश्यकतानुसार भविष्यमा अन्य सवारीसाधनको लागि पनि प्रशिक्षण दिने तयारीमा छौँ । प्रशिक्षार्थीलाई आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञानको सवारी सीप र ज्ञानसम्बन्धी पुस्तक वितरण, परामर्श र तालिम दिने छौँ’, उनले भने । स्कुलले ट्राफिक प्रहरीको समन्वयमा ट्राफिक नियम र सचेतनासम्बन्धी जानकारी पनि एकैसाथ अगाडि बढाउने जनाएको छ । स्कुलका सञ्चालक घिमिरेले भने, ‘यस स्कुललाई नमूना ड्राइभिङ स्कुल र सवारी सुरक्षासम्बन्धी अध्ययन केन्द्र रूपमा विकसित गरिने छ । हाम्रो ध्येय भनेकै सवारी दुर्घटनारहित समाज सिर्जना गर्नु हो । यसलाई पूरा गर्न सम्बन्धित निकायले गम्भीरतापूर्वक ध्यान दिनुपर्छ ।’ पछिल्लो समय सवारी दुर्घटनामध्ये ८० प्रतिशत दुर्घटना सवारी चालकको लापरवाहीले हुने गरेको ट्राफिक प्रहरी कार्यालको तथ्याङ्क छ । उनले दक्ष सवारी चालक उत्पादन गर्ने लक्ष्यका साथ धेरै लगानी गरेर स्कुल सञ्चालनमा ल्याइएको बताए । अर्का सञ्चालक थापाले अन्य ड्राइभिङ स्कुलभन्दा चितवन ड्राइभिङ स्कुल फरक रहेको दाबी गर्दै यसले दक्ष सवारी चालक उत्पादन गरी सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे । रासस

कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालय रुकुमपूर्व दोस्रो

रुकुम । जिल्ला प्रशासन कार्यालय रुकुमपूर्व कार्यसम्पादनमा जिल्ला प्रशासन कार्यालयमध्ये दोस्रो हुन सफल भएको छ । आर्थिक वर्ष २०७८-७९ मा गृहसचिव र प्रमुख जिल्ला अधिकारीबीच भएको अर्धवार्षिक कार्यसम्पादन मूल्याङ्कनमा जिप्रका रुकुमपूर्वी देशभरमै दोस्रो हुन सफल भएको हो । कार्यसम्पादन सम्झौता र सो सम्झौतामा उल्लेखित सूचकका आधारमा स्वाचालितरूपमा मूल्याङ्कन हुने प्रणाली (सिपीएएस)मा प्रविष्ट विवरणको मूल्याङ्कनबाट आर्थिक वर्ष २०७८-७९ को पहिलो अर्धवार्षिक अवधिमा दोस्रो स्थानमा रहेको हो । रुकुमपूर्व ७४  परिसूचकहरूमा ४०.१३ अङ्कसहित दोस्रो स्थानमा छ । रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवार हुनुहुन्छ । मन्त्रालयले आगामी दिनमाा पनि सम्पादन हुने सेवा र कार्यसम्पादन थप प्रभावकारी हुँदै जाने अपेक्षा लिएको छ । कार्यसम्पादन सम्झौताको पाँच विषयगत क्षेत्रहरू शान्ति सुरक्षा र अपराध नियन्त्रण, शासकीय प्रबन्ध, लागुऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास सहजीकरणअन्तर्गतका ७४  परिसूचकमा गरी चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा जिप्रका रुकुमपूर्वले ४०.१३ प्रतिशत अङ्क प्राप्त गरी दोस्रो हुन सफल भएको हो । आगामी छ महिनामा पनि प्रथम स्थान हुने गरी कार्यसम्पादन भइरहेको साथै बेरुजुको सूचकबाहेक अन्यमा राम्रो गर्न सकिने गरी तयारी भएको जानकारी  कार्यालयका सिपीएएस सम्पर्क व्यक्ति खम्बु रावतले बताए । विगत आर्थिक वर्ष २०७४-७५ र २०७५-७६ को स्थानीय भत्ता र दुर्गम भत्ताको बेरुजु रकम नियमित नभएको कारण सो सूचकमा अङ्क प्राप्त गर्न नसकिने हो कि भन्ने अनुमान छ । उक्त बेरुजु रकम फछ्र्योटका लागि गृह मन्त्रालय र महालेखापरीक्षकको कार्यालयमा फाइल पेस भइसकेकोसमेत उनले जानकारी दिए । पछिल्लो समयमा सो कार्यालयको कार्यसम्पादनको स्तर, कार्यालयको स्वरुप र सौन्दर्यतामा समेत परिवर्तन भएको छ भने नागरिकले सेवाप्रवाहसमेत सहजरूपमा प्राप्त भएको भन्ने सन्तुष्टि व्यक्त गरेका छन् । रासस

बैंकको ऋण तिर्न हकप्रद जारी गर्दै बलेफी हाइड्रो

काठमाडौं । बलेफी हाइड्रोपावरले सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । फागुन १२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई एक बराबरको ०.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाइड्रोले बैंकको ऋण तिर्न अर्थात चुक्ता गर्नको लागि सो मात्राको हकप्रद जारी गर्न लागेको कम्पनी अध्यक्ष उमेश कसजुले बताए । हाल हाइड्रोको चुक्ता पुँजी १ अर्ब ८२ करोड रुपैयाँ छ ।

तारागाउँ रिजेन्सीका कर्मचारीको तलब एक वर्षमै दोब्बर, १० वर्षमा साढे २ अर्ब खर्च

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले कर्मचारीको तलव एक वर्षमा शतप्रतिशत बढाएको छ । कम्पनीले गत वर्ष कर्मचारीको तलव भत्ता १०३ प्रतिशत बढाएको हो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा २१ करोड ८ लाख ८७ हजार रुपैयाँ कर्मचारीलाई वितरण गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा कर्मचारी खर्च १० करोड ३५ लाख १४ हजार रुपैयाँ गरेको थियो । जुन एक वर्षको अवधिमा १०३.७३ प्रतिशत अर्थात् १० करोड ७३ लाख ७३ हजार रुपैयाँ कर्मचारी खर्च बढाएको हो । तारागाउँ रिजेन्सी होटल्सका सेयरधनी कमल भारतीले कर्मचारी खर्च अत्याधिक बढाएको प्रति आपत्ति जनाएका छन् । एक वर्षको अवधिमा १०/१५ प्रतिशत बढाउनु स्वभाविक भएपनि शत प्रतिशत बढाएको शंका गरे । ‘एक वर्षमा १०/१५ प्रतिशत कर्मचारी खर्च बढाउनु स्वभाविक हो, कर्मचारी खर्च बढाउने पनि प्रावधान हुन्छन्, प्रावधान अनुसार बढाउनु ठिकै हो तर १ सय प्रतिशतभन्दा बढी कर्मचारी खर्च कसरी बढ्यो ? कम्पनीले कर्मचारी खर्चमा किन एक सय प्रतिशत बढायो ?,’ उनले भने । कम्पनीका कार्यकारी सञ्चालक सुरेश लाल श्रेष्ठका अनुसार कोरोना महामारीका बेलामा होटल व्यवसाय ठप्प भएका थिए । होटलहरु पूर्ण रुपमा सञ्चालनमा आउन नसक्दा कर्मचारीको खर्च कटौति गरेको उनले बताए । कम्पनीले होटल संघ नेपाल (हान)सँग छलफल गरेर कर्मचारीको तलव कटौति गरेको उनको भनाइ छ । होटल पूर्ण रुपमा सञ्चालनमा आउँदा कर्मचारी संख्या बढेकाले खर्च पनि बढेको उनले बताए । ‘आर्थिक वर्ष २०७७/७८ मा कर्मचारीलाई ११ करोड रुपैयाँ तलव दिएको हो, कोरोना महामारी भएकाले होटल सञ्चालन हुन सकेन, बन्द भएको समयमा केही कर्मचारी घटाएको हो,’ उनले भने, ‘कर्मचारी र हानसँग वार्ता गरेर कोरोना महामारीको बेलाको तलव कम दिने सहमति भयो, जब होटल सञ्चालनमा अयाो तब कर्मचारीलाई पुरा तलव दिनु पर्याे, साथै नयाँ कर्मचारी पनि भर्ना गर्याै, जसले गर्दा कर्मचारी खर्च बढेको हो, त्यसअघि हामीले कर्मचारी खर्च घटाउँदै आएका थियौं ।’ १० वर्षको अवधिमा कम्पनीले साढे २ अर्ब रुपैयाँ खर्च गरेको तथ्याङ्कमा उल्लेख छ । कम्पनीले आर्थिक वर्ष २०६९/देखि आर्थिक वर्ष २०७८/७९ सम्ममा कर्मचारीलाई कूल २ अर्ब ३० करोड ४१ लाख ८७ हजार रुपैयाँ तलव भत्ता वितरण गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७४/७५ मा ३५ करोड ८१ लाख ५१ हजार रुपैयाँ, आर्थिक वर्ष २०७५/७६ मा ३४ करोड ८६ लाख ९४ हजार रुपैयाँ र आर्थिक वर्ष २०७६/७७ मा २६ करोड ३३ लाख १८ हजार रुपैयाँ कर्मचारी खर्च गरेको थियो । कम्पनीले आर्थिक वर्ष २०६९/७० मा १५ करोड ९४ लाख ७५ हजार रुपैयाँ, आर्थिक वर्ष २०७०/७१ मा १९ करोड ७८ लाख ७८ हजार रुपैयाँ, आर्थिक वर्ष २०७१/७२ मा २० करोड ८ लाख ३३ हजार रुपैयाँ, आर्थिक वर्ष २०७२/७३ मा २१ करोड ७८ लाख ९५ हजार रुपैयाँ र आर्थिक वर्ष २०७३/७४ मा २४ करोड ३५ लाख ४१ हजार रुपैयाँ कर्मचारीलाई खर्च गरेको थियो ।

असला माछाको पारखीको गन्तव्य बन्दै तातोपानी

म्याग्दी । बेनी नगरपालिका–४ तातोपानी म्याग्दी नदीको असला माछाको स्वादका पारखीहरूका लागि नयाँ गन्तव्य बनेको छ । प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो । असला माछाको स्वाद लिन देशका विभिन्न ठाउँबाट पाहुना आउन थालेका तातोपानीको थकाली होटलकी सञ्चालक मना तुलाचनले बताए । ‘यसअघि तातोपानी डुबेर उपचार गराउन आउने बिरामीका लागि पोषिलो खुराकका रुपमा प्रयोग हुने असला माछाको स्वाद लिन पछिल्लो समय टाढा–टाढाबाट पाहुना आउनुहुन्छ’, उनले भने, ‘यहाँ आउने पाहुनाले असलालाई स्वादिलो मानेर कोसेलीका रूपमा लैजाने पनि गर्नुभएको छ ।’ जिल्ला सदरमुकाम बेनीबजारबाट आठ किलोमिटर टाढा रहेको तातोपानी जोड्ने सडक गत वर्ष कालोपत्र भएपछि कुण्डमा स्नान गर्ने र असला माछाका पारखीहरूको गन्तव्य बनेको हो । बेनी, बागलुङ, कुश्मा, पोखरा, चितवन, काठमाडौँलगायत देशका विभिन्न ठाउँका पाहुना माछाको स्वाद लिन आउने गरेको होटल व्यवसायी पदम बानियाँले बताए । उनका अनुसार मुस्ताङ जाने र फर्कने क्रममा तातोपानी स्नान गर्न आउँछन् । ‘स्वादिलो हुने भएकाले तातोपानीमा स्नान गरेपछि बिरामीले यहाँका माछालाई पौष्टिक आहारका रूपमा खाने गर्दथे’, बानियाँले भने, ‘पछिल्लो समय तातोपानी घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकले स्नान गरेपछि ताजा माछाको सुप बनाएर खाने र फ्राइ गरेर कोसेली लिएर फर्कने गरेका छन् ।’ म्याग्दी नदीको किनारमा रहेका बजार दरबाङ र बाबियाचौर क्षेत्रबाट समेत माछा मारेर व्यापारीले बिक्रीका लागि तातोपानीसम्म ल्याउने गरेका छन् । अन्यत्रभन्दा तातोपानीका माछा बढी स्वादिष्ट मानेको बेनीका व्यवसायी कृष्णराज पौडेलले बताए । जाल, तेरी, ढडिया र बल्छीको माध्यमबाट माछा मारेर बेरोजगार युवाहरूले आम्दानी गरिरहेका छन् । ताजा माछाप्रति केजी एक हजार पाँच सय रुपैयाँमा बिक्री हुने गरेको छ । प्रतिप्लेट माछा चार सयदेखि पाँच सय रुपैयाँमा बिक्री हुन्छ । असला माछा खानकै लागि तातोपानीमा आउनेलाई पु¥याउन धौधौ भएको होटल हिमालयनका सञ्चालक कुमार केसीले बताए । “माछा कमै पाइन्छ, माग भने ह्वात्तै बढेको छ, तातोपानीकुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र घुम्न आएका पर्यटकको माग थेगिनसक्नु हुन थालेपछि पु¥याउन सकिएको छैन”, उनले भने, “माछा कमै पाइने भएकाले कोसेलीका रूपमा लिएर जान चाहनेलाई दिएर पठाउन हम्मेहम्मे परेको छ ।” व्यवसायीका अनुसार दैनिक एक सय किलोग्रामभन्दा बढी माछा खपत हुने गरेको छ । माछासँगै कोदो र फापरको ढिँडोले यहाँका होटल व्यवसाय पनि राम्रोसँग फस्टाएको छ । फापरको ढिँडो, रोटी, माछाको सुप र फ्राइ आइटमका खाना पर्यटकको रोजाइमा रहेको होटल श्रेष्ठ हट स्प्रिङ इनका प्रबन्धक प्रशान्त श्रेष्ठले बताए । प्राकृतिक उपचारको चिकित्सालयका रूपमा विकसित हुँदै गइरहेको तातोपानी कुण्डमा स्नान गर्ने बिरामी बढेका छन् । गत साउनदेखि माघसम्म नौ हजार जनाले तातोपानी कुण्ड स्नान गरेका कुण्ड व्यवस्थापन समितिले जनाएको छ । जमिनमुनिबाट ४८ डिग्री सेन्टिग्रेटको तापक्रममा बीरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिकएसिड, हार्डजोर्नी दुख्ने, हड्डीको दुखाइ, सड्किएको, मर्किएको, बज्रिएकोसहित चिसोबाट उत्पन्न सबैखाले रोग निको हुने जनविश्वास छ ।

हल्ट प्राइज केसिएमको आयोजनामा रिडिजाइनिङ फेसन ग्रयान्ड फाइनल हुँदै

ललितपुर । महिनौको मेहेनत र लगनशीलताका साथ हल्ट प्राइज केसिएमले आज ‘फेशन रिडिजाइनिङ अन’ क्याम्पस फिनाले आयोजना गर्दै छ। कार्यक्रम काठमाण्डू म्यानेजमेन्ट कलेज (केसीएम) मा हुँदैछ । जसमा समुदायको विभिन्न उद्योगहरुबाट निर्णायकहरु रहने आयोजकले जनाएको छ । दिगो ब्राण्ड ‘कासा’ को संस्थापक रामिला नेम्कुल, नेपाल प्राइभेट इक्विटी एसोसिएशनका प्रमुख तथा कार्यकारी चार्टर्ड फाइनान्सियल एनालिस्ट सुयाश खरेल, कोक्रोमाकी संस्थापक रेवती गुरुङ, इन्स्टिट्यूट फर इन्डिजिनियस अफेयर्स एण्ड डेभलपमेन्टको बोर्ड निर्देशक तथा विश्व बैंकका सल्लाहकार सन्दीप श्रेष्ठ र वेदाका सी.इ.ओ.  निर्देश दावा मुल्या‌कनकर्ताको रुपमा सहभागी हुनेछन् । आफ्ना कार्यक्रम तथा योजनाहरूलाई फेशन उद्योगको टिकाऊका लागि स्पोन्सर गर्ने प्रायोजकहरूलाइ आयोजकले धन्यवाद दिएको छ । आईडीपी एजुकेशन स्टूडेन्ट सर्भिसेज नेपाल, होक्काइडो रामेन हाउसऽ डेक्काइडो रेस्टोरेन्ट, र जेन्ट्स पार्कले कार्यक्रममा स्पोन्सर गरेका छन् ।